[Show all top banners]
Back to: Sports and Games Refresh page to view new replies
 mariage controversy solve
Keywords associated with this thread

[VIEWED 12483 TIMES]
SAVE! for ease of future access.
Posted on 10-17-10 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In marriage game, show nagarneko mal count huncha ki hunna sathi ho,
need help ,suggest how u guys play.

 
Posted on 10-17-10 10:36 PM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

show nagareni mal count huncha !!
 
Posted on 10-18-10 1:21 AM     [Snapshot: 158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्यारिज नियमावली

म्यारिज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा भएर समय समयमा विवाद आईरहने भएको कारण म्यारिज खेललाई व्यवस्थित तथा मर्यादित पार्नु वान्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारिजलाई स्थान दिई सबैको घरदैलोमा चाडवाड देखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पूराण लगाएको घरमा वा जागीरे वा बेरोजगार, मन्त्री वा सचिव सबैले रुची राखेको कारण नियमको अभावमा सधैँ किचलो उत्पन्न हुने तथा झैझगडाको अवस्था समेत सिर्जना हुने भएकोले तत्काल दलहरुबीचको राजनीतिक सहमति कायम हुन नसकी संविधान सभाको वैठक अवरुद्ध भएको अवस्थामा मूल कानुन निर्माण हुन नसकेको हुँदा तत्काल केहि न केहि गर्नै पर्ने भएकोले यो नियमावली तर्जूमा गरिएको छ ।



परिच्छेद १

१) संक्षिप्त नाम र प्रारम्भः

क) यो नियमावलीको नाम म्यारिज नियमावली २०६६ रहेको छ ।

ख) यो नियमावलीको म्यारिज खेलाडीहरु र यस खेल प्रति रुचि राख्ने दर्शक तथा अन्य खेलाडीको हकमा मात्र लागू हुनेछ ।

२) परिभाषाः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमाः

क) “तास” भन्नाले एक्का देखि वादशाह सम्मका चिडी, सुरत ईट, र पानका चार प्रकारका तास (चक्की) सम्झनु पर्दछ ।

ख) “बुक” भन्नाले खण्ड (क) मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समूहलाई सम्झिनु पर्दछ ।

ग) म्यारिज बुक भन्नाले खण्ड (क) अनुसारको ४ बुक तास सम्झिनु पर्दछ ।

घ) “दाना” तथा गेडा भन्नाले तास खेल्दा पैसाको आदान प्रदान गर्न तथा विनिमय गर्न सहज होस भनी पैसाको मूल्यमा सटही गरी राखिएको मकै, भटमास,
सिमी, केराउ मटर तथा अन्य सजिलो किसिमले गन्न सकिने गेडागुडी चिज वा वस्तुलाई सम्झिनुपर्दछ ।

ङ) “खेलाडी” भन्नाले जित्ने नै मनसाय राखी दुई वा दुई भन्दा बढी तर ८ जना भन्दा नबढ्ने गरी स्वास्नी, छोराछोरीको आँखा छली तथा घरको वा कार्यालयको
कामकाज माया मारी म्यारीजको खालमा घुँडा टेकेर चौवीसै घन्टा बिताउनेलाई सम्झिनुपर्दछ ।

च) “टट्टु” तथा धुपौरे भन्नाले घरको वा कार्यालयको कामकाज गर्नका दुःखले म्यारिजको खालमा गएर उँघ्ने वा लम्पसार परेर पुरानो पिनास पनि ठिक पार्ने
अपानवायु छोड्दै सुत्ने, हात टेकेर अलिच्छिना लाउँदै यो फाल त्यो फाल भन्ने, हात टेकेर लोदर लाग्यो भन्दा हतपत पलेटी कस्ने, अरु खेलाडिले नबोल
भन्दा ङिच्च दाँत देखाउँदै हाँस्ने वा निन्याउरो मुख लगाई बस्ने व्यक्तिलाई सम्झिनुपर्दछ ।

छ) म्यारिजको खाल भन्नाले सम्भव भएसम्म सुकूल माथि शतरञ्जा ओछ्याईएको अम्मलीहरुको अम्मल अनुसारको पानी, रक्सी, चुरोट, पानपराग, खैनी, सुर्ती वा अन्य पानमसाला वा यस्तै किसिमको अम्मल जुटाईएको निर्धारीत स्थानलाई सम्झनुपर्दछ ।

ज) “मुर्गा” भन्नाले खेलको अवधिमा अधिक मात्रामा रुपैँया हार्ने व्यक्तिलाई सम्झनुपर्दछ ।

झ) लाग्यो भन्नाले साथमा भएको नगदी वा जिन्सी सबै सम्पत्ति हारी टाट पल्टी मुर्गा हुने व्यत्तिले तिर्न नसकी ङिच्च दाँत देखाउँदै दिएको जवाफ सम्झनु
पर्दछ ।

ञ) “डबल म्यारिज” भन्नाले खण्ड (ञ) अनुसारको २ जोडा सम्झनुपर्दछ ।

ट) ”चौरेला“ भन्नाले कुनै पनि रङ्गका ४ कार्डलाई सम्झनुपर्दछ ।

ठ) “डबल चौरेला” भन्नाले नियम २ को खण्ड (ठ) बमोजिमको जोडी सम्झनुपर्दछ ।

ड) “सिक्वेन्स” भन्नाले एकै रङ्गका क्रमिक ३ देखि ५ कार्ड सम्मको तासलाई सम्झनुपर्दछ ।

ढ) “जोक्कर” भन्नाले कटुवाले माल काटेपछि पल्टेको मालको विभिन्न रङ्गको तासलाई सम्झनुपर्दछ ।

ण) ”माल“ भन्नाले कटुवाले तास काटेपछि घोप्ट्याई वा उत्तानो पारी खेलाडीको वीचमा बुकले थिचेर राख्ने तास वा चक्कीलाई सम्झनुपर्दछ ।

त) “वाई.सी.एल”. भन्नाले मुल जोक्करलाई सम्झनुपर्दछ ।

थ) “कटुवा” भन्नाले ३ सीक्वेन्स पुगेपछि भुईंमा सबै खेलाडीहरुले देख्ने गरी भुईंमा पछाडि जोक्कर वा माल काट्ने व्यक्तिलाई सम्झनुपर्दछ । तर पहिले
माल काट्ने खेलमा तास बँडुवा भन्दा देब्रे बसी माल काट्ने व्यक्तिलाई जनाउँदछ ।

द) “सुको मरु झा” भन्नाले कटुवाले माल काटेपछि जोक्कर समेत नपरेको अवस्थालाई सम्झनुपर्दछ ।

ध) ”अल्टर” भन्नाले कटुवाले काटेको मालको अल्टर ( ठिक विपरीत) रङ्ग र अंकको तासलाई सम्झनुपर्दछ ।

न) बाटो खर्च भन्नाले खेलको पिरीयडमा अधिक मात्रामा हारी टाट पल्टी १ किलोमिटर भन्दा टाढाको गन्तव्य सम्म पुग्नु पर्ने मुर्गा भएमा उक्त मुर्गालाई सुतुरमर्गा बनाएर जितुवा मध्ये ज्येष्ठ जितुवाले भाडा वापत अप्ठ्यारो नमानी दिने खर्चलाई बुझ्नुपर्दछ ।

प) “बँडुवा” भन्नाले शर्त बमोजिम सर्वप्रथम वा सो पश्चात एक अर्कालाई तास बाँढ्ने भान्सेलाई सम्झनुपर्दछ ।

फ) “कटफर” भन्नाले ४ जना सम्म खेलाडी भए प्रत्येक २ राउण्डमा र सो भन्दा माथि खेलाडीहरु भए प्रत्येक राउण्डमा बुकबाट ठूलो तास पल्टाउने खेलाडीले
रोजेको स्थानमा बस्न पाउने गरी स्थान सट्टापट्टा गर्ने कार्यलाई सम्झनुपर्दछ ।

ब) १५ प्वाईन्ट भन्नाले अघिल्लो दिनको ह्याङ्ग वा धङ्गधङ्गीले हो वा अन्य कुनैपनि भूलवश खेलाडीले नियम बमोजिम सो नगरी अन्यथा सो गरे बापत तिराईने जरिवानालाई सम्झनुपर्दछ ।

भ) ”डुप्ली“ भन्नाले एकै रङ्गका एकै अंक भएका जोडी तासलाई सम्झनुपर्दछ ।

म) “डुप्ली शो” भन्नाले ७ डुप्ली बनाएर लेस भएपछि ८ डुप्ली बनाई गरिने शो लाई सम्झनुपर्दछ ।

य) “बेटर” भन्नाले शुरु तास बाँडेपछि १० वा सो भन्दा माथिको मालपरेपछि वा मालै नपरेपछि खेलिने दोव्वरको खेललाई सम्झनुपर्दछ ।

र) “खाल” भन्नाले संसारैमा कुनै केहि पेसा, नोकरी गर्न नसकेपछि वा नपाएपछि स्वास्नी, छोराछोरी पाल्नैपर्ने बाध्यताले वा सानोतिनो केही पेसा
वा रोजगारी भएतापनि बढी सम्पती आर्जन गर्ने मनशायले आफ्नै घरमा खाल स्थापना गरी बसेको हुतिहारा वा नामर्द व्यक्तिलाई सम्झनुपर्दछ ।

ल) “पुरानो कोदो” भन्नाले खेलाडीले पहिलै खेलेको म्यारिजको उठ्न बाँकी रकमलाई सम्झनुपर्दछ ।

व) “डिपोजिट” भन्नाले खेलाडीहरुको आपसी विश्वाशमा रकम तिर्ने विषयमा संकट भएको अवस्थामा खेलाडीक्हरुको सहमतिमा राखेको डिपोजिट रकमलाई सम्झनुपर्दछ ।


परिच्छेद २

यस नियमावलीमा निम्न बमोजिम नियमको व्यवस्था गरिएको छ ।
(१) खेलाडीको संख्या:- यो खेल २ जना देखि ८ जना सम्ममा नबढ्ने गरी खेल्न सकिनेछ । यसरी २ देखि ८ जना सम्मले खेल्ने हुँदा शर्त बमोजिम घोप्टो वा उत्तानो पारी खेल्न सक्नेछन् ।
(२) माल गणना विधि:- यस खेलमा निम्न बमोजिम माल गणना हुनेछ ।
  (क) कटुवाले काटेको रङ र अंकको मुनीको टिप्लु र पप्लु २/२ को माल हुनेछ ।
  (ख) खण्ड (क) मा उल्लेखित दुवै तास भने ४ को माल हुनेछ ।
  (ग) १ टनेला ५ को, २ टनेला १५ को र ३ टनेला परेमा स्वतः ४० को माल हुने छ।
  (घ) १ अल्टर ५ को, २ अल्टर १५ को र ३ अल्टर २५ को र ४ अल्टरको ३०, जोक्करको ५ को २ जोक्करको १५, ३ जोक्करको २५, ४ जोक्करको ३० को माल हुनेछ।
  (ङ) पल्टेको तासको पप्लु वा टिप्लु तथा पप्लु दुवै भएमा ९ को माल र म्यारिज १० को माल हुनेछ ।
 (च) उल्लेखित माल बाहेक खेलाडीहरुले शर्त बमोजिम अन्य जोक्करलाई माल थप गरी खेल खेल्न सक्नेछन् ।
(३) डुप्ली खेल सम्बन्धी व्यवस्था:- यस खेलमा डुप्ली खेल्दा हातमा ७ डुप्ली भएपछि भूँईमा देखाई लेसमा बस्न सकिनेछ र ८ डुप्ली भएमा सो गर्न सकिनेछ।
तर उत्तानो पारी खेलिएको खेलमा डुप्ली भुँईमा पछार्नु पर्ने छैन । यस बापत ५ प्वाईन्ट सलामी खान पाईने छ तर ७ डुप्ली हुँदा सम्म हातैमा राखेमा गणना
हुँदा कायम भएको प्वाईन्ट तिर्नु पर्ने छैन ।
(४) टनेला तथा डुप्लीमा हुने शो सम्बन्धी विशेष व्यवस्था:- यस खेलमा ३ टनेला शुरुमा परेमा वा ८ डुप्ली हातमा परेमा स्वतः शो हुनेछ ।
(५) बेटर खेल खेलिने व्यवस्था:- यस खेलमा १० को माल भन्दा माथि परे पछि वा माल पर्दै नपरेको अवस्थामा खेलाडीहरुको आपसी सहमतीमा बेटर गेम खेल्न सकिनेछ ।
(६) जोक्करलाई माल मानी खेल्न सकिने:- यस खेलमा माल बाहेक खेलाडीहरुको सहमति अनुसार बाहिरको जोक्कर १ वा २ वा ३ वा ४ राखेर अल्टरको गणनामा पनि खेल्न सक्नेछन् ।
(७) लागो भन्न नपाईने:- खेल खेल्दै जाँदा खेलाडीले हारी टाट पल्टी मुर्गा भएपछि लागो भन्न पाइने छैन । यस्तो खेलाडीले डिपोजिटमा धक्का लाग्ने बित्तिकै जुरुक्क उठ्नु पर्नेछ ।
(८) खालमा हराएको वस्तुको जवाफदेही स्वयं खेलाडी नै हुनु पर्ने:- यस खेलमा खेलाडीहरु हारी टाट पल्टी जो सुकैको पनि जुत्ता, रिङ्ग, चेन, घडी, ज्याकेट
तथा अन्य नगी तथा जिन्सी सरसामानहरु जमानतमा राखेको वा हराएकोमा सो को जावफदेही खाले नभै स्वयं खेलाडीहरु नै हुनु पर्नेछ ।
(९) पुरानो कोदो नयाँ खेलमा हिसाब गर्न नहुने:- यदि कुनै खेलाडी मुर्गा हुन लागे पछि अस्ति खेल्दाको भनी पुरानो कोदाको कुरा निकाली नयाँ खेलमा हिसाब गर्न पाईने छैन । यस्तो उठती रकम उत्तिनै खेरी खालमै उठाउनु पर्नेछ वा वा माफ मिनाहा गरी अन्यत्रको खेलमा हिसाब नगर्ने घोषणा गरी उठ्नु पर्नेछ ।
(१०) खेल खेलिरहेको समयमा कोही लिन आएमा तुरुन्त उठ्नु पर्ने:- खेल भईरहेको समयमा कुनै पनि खेलाडीको स्वास्नी वा छोरा छोरी वा अन्य नातेदार आई उठ्नोस भनेमा खेलाडीले तुरुन्त आˆनो हरहिसाब किताब र्फछयौट् नगरी उठ्नु पर्नेछ
(११) जितुवालाई जितौरी बाँड्न बाध्य नपारिने:- खेलको अन्त्य भएपछि जित्ने खेलाडीलाई जितौरी बाँड्न बाध्य पारिने छैन, जितुवाले आˆनो स्वेच्छाले दिएको जितौरीलाई दर्शक दिर्घाले आˆनो खूद आम्दानी सम्झी ग्रहण गर्नु पर्नेछ । तर तैंले यति उति कत्ति दिनु पर्नेछ भनी दबाब दिन पाईने छैन ।
(१२) बाटो खर्च दिइने:- खेलको समयमा अधिक मात्रामा हारी टाट पल्टी हार्ने मुर्गालाई जित्ने खेलाडीहरु मध्येबाट १ कि.मि.भन्दा पर सम्मको गन्तव्यमा जानु पर्ने भएमा बाटो खर्च दिन किनेछ । तर जितुवाले आनेकाने गरी जुत्ता टिपी भाग्न खोजेमा यसै महलको दण्ड सजायको महलमा व्यवस्था भए बमोजिम कारवाही गरिनेछ ।
(१३) म्यारीज खेल तथा खालमा निषिद्ध कार्यहरु:-
(क) गलत शो गर्न नहुने ।
(ख) खेलाडी तथा दर्शक दिर्घाहरु बिच मुख छाड्न तथा हात हाल्न नहुने ।
(ग) खालेको स्वास्नी, छोरी, चेलीहरु माथि गिद्धे दृष्टि लगाउन नहुने ।
(घ) धारिलो हतियार लिएर आउन निषेध ।
(ङ) ईशारा वा कुनै माध्यमबाट अन्य खेलाडीलाई मालको बारेमा जानकारी दिन नहुने ।
(च) वाई.सि.एल.काटेमा काट्ने व्यक्तिले ५ प्वाईन्ट स्वतः पाउने छ । पुनः काट्दा पुनः परेमा १० प्वाईन्ट स्वतः पाउने छ ।


परिच्छेद ३


यस खेलमा निम्न बमोजिमको दण्ड सजायको व्यवस्था गरिएको छ ।

१) खेलको क्रममा खेलाडीले माल चोर्ने नियत राखेमा वा चोरेको भेटिएमा अथवा गलत निषिद्ध कार्य गरेको ठहर भएमा १५ प्वाइन्ट जरिवाना तिर्न लगाई तास हाप्न बाध्य पारिनेछ ।

२) खेल भइरहेको अवस्थामा कटुवाले माल काटे पश्चात् माल वा जोक्कर परेन भनी कुईंकुईं गरी म्यारीजको बुक चलाउने, था…था…थु…थु गर्ने तथा यस्ता मूला तास भन्दै रिसाएर तासै समेत हुत्याउने जस्तो अपराध गरेमा त्यस्तो खेलाडीलाई १५ प्वाईन्ट जरिवाना तिराई त्यो हातको तास हाप्न बाध्य पारिनेछ र गम्भीर अवस्था आएमा खेलबाट बरखास्त पनि गरिनेछ ।

३) धारीलो हतियार लिएर आउन निषेधः कुनै पनि खेलाडी तथा टट्टु वा धुपौरेले खेल भएको समयमा धारिलो हातहतियार लिएर आई, देखाई वा आतंकित पारेमा वा हतियार प्रहार गरी खेलाडी घाइते बनाएमा ३५ दिन भित्र निको नहुने चोट लागेको अवस्थामा कानुन बमोजिम कारवाहिको लागि नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुपर्नेछ । तर ३५ दिन भित्र निको हुने चोट भएमा प्रहारकर्ताले घाइतेको सम्पुर्ण उपचार बेहोर्नु पर्नेछ ।

४) आफन्त लिन आएमा जुरुक्क उठ्नुपर्नेः खेल भईरहेको अवस्थामा कुनैपनि खेलाडीको स्वास्नी वा छोरा, छोरी अथवा अन्य नातेदार आएर उठ्नोस् भनेमा
खेलाडीले तुरुन्त आफ्नो हरहिसाब मिलान गरी खालबाट जुरुक्क उठ्नुपर्नेछ । तर “एकै हात” “एकै हात” भन्दै खेललाई लम्ब्याई लिन आएको व्यक्ति आवेशमा आई तास च्यात्ने वा हुरर््याईदिई म्यारीजको खेलको गरिमामा आँच पुर्याउने जस्तो जघन्य अपराध गरेमा त्यस्तो खेलाडीलाई तासको मूल्य सहित १० प्रतिशत रकमा जरिवाना स्वरुप असूलउपर गराईनेछ । यस्तो सजायबाट असुल उपर हुन आएको रकम मध्ये ५ प्रतिशत रकम म्यारीज खेल सफल बनाउन खालको वरिपरि झुम्मिएर अथवा उँघेर भएपनि खेल सफल बनाउन लागि परेका टट्टु वा धुपौरेहरुलाई चिया नास्ता शिर्षकमा तुरुन्त खर्च गर्नुपर्नेछ ।

५) जिस्क्याउन वा गिज्याउन नहुनेः खेल भईरहेको अवस्थामा यदि कुनै उँघेर बस्ने धुपौरेहरुले बोलाउन आउने खेलाडीको स्वास्नी, बहिनी, छोरी,
चेलीबेटीमाथि कुदृष्टि राखी जिस्क्याउने वा गिज्याउने, आँखा झिम्क्याउने, हात समाउने,गालामा म्वाई खाइदिने वा अन्य यहाँ लेख्न नमिल्ने जस्तो जघन्य
अपराध गरेमा त्यस्ता बिल्टुवालाई खालेले उत्निखेरै खालबाट बाहिर निकाली नाङ्गेझार पारी सिस्नुपानी लगाउन सक्नेछ । सो कार्य गर्ने बिल्टुवा अन्य
कानूनी कारवाहिबाट समेत मुक्त हुनेछैन ।

६) जितुवा खेलाडी भाग्न नहुनेः जितुवा खेलाडीहरु आफन्तहरु लिन गएको अवस्थामा बाहेक घटीमा १० राउण्ड खेल नखेली भाग्न पाउने छैन । त्यस्ता
जितुवा खेलाडी जितौरी नबाँडी खेल छाडी खालबाट भाग्न वा बाहिरिन खोजेमा त्यस्तो खेलाडीलाई खालेले कठालोमा समाई जितेको सबै पैसा थुती बाहिर पठाईनेछ । यस्तो अवस्थामा उपस्थित टट्टु वा धुपौरेले समेत मद्धत गर्नुपर्नेछ ।

७) अन्य नियम विनियममा असर नपर्नेः यस नियमावलीमा उल्लेख भएको नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तीमा बनेका नियम, विनियमलाई कुनैपनि असर गर्ने छैन ।

८) लागू हुनेः यो नियमावली केवल म्यारीजप्रेमी खेलाडीहरु वा यो संग सम्बन्धित व्यक्तिलाई मात्र लागू हुनेछ ।


Last edited: 18-Oct-10 01:28 AM

 
Posted on 10-18-10 10:31 AM     [Snapshot: 320]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo chai sahi cha la
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters