[Show all top banners]

rmxyz

More by rmxyz
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 खुशी को खबर बल्ल आयो...
[VIEWED 9836 TIMES]
SAVE! for ease of future access.
Posted on 03-20-10 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली अर्थतन्त्र को लागि बल्ल खुसीको समाचार बन्ने किसिम को खबर आएको छ.

पुरा समाचार यंहा छ.

खतिवडा (युवराज) भए गभर्नर   


काठमाडौ, चैत्र ७ - मौद्रिक अर्थशास्त्री युवराज खतिवडा करिब ५ वर्षपछि आफ्नै राष्ट्र बैंक फर्किएका छन् । सहायक अधिकृतबाट २०४० सालमा केन्द्रीय बैंक प्रवेश गरेका उनी कार्यकारी निर्देशक पदबाट २०६१ सालमा बाहिरिएका थिए । सरकारले शुक्रबार केन्द्रीय बैंकको सर्वोच्च पद गभर्नरमा उनलाई नियुक्त गरेको छ ।

अर्थतन्त्रमा चुनौती देखिएका बेला राष्ट्र बैंकमा २१ वर्ष लामो र अन्तर्राष्ट्रिय क्षेत्रको समेत अनुभव भएका व्यवहारवादी अर्थशास्त्री खतिवडाको नियुक्तिले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । ५ वर्षअघि समेत गभर्नरको चर्चामा आए पनि अन्तिम समयमा कानुनी अडचन देखाइएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए । यसपल्ट पनि निकै लामो विवाद र प्रतीक्षापछि उनी नियुक्त भएका छन् ।

इमान्दार र सम्झौता नगर्ने स्वभावका खतिवडाका लागि नयाँ नियुक्ति अब अर्को परीक्षा हुनेछ । कांग्रेस र एमालेले यो पदलाई पछिल्लो समय प्रतिष्ठाको विषय बनाएका थिए । पाँचवर्षे गभर्नरको पदावधिमा उनले आफ्नो छवि बचाउन सक्छन् सक्दैनन् भन्ने मूल प्रश्न उनका लागि सधैं चुनौती बन्नेछ । उनका लागि बढिरहेका बैंक तथा  संस्था, तिनको नियमन र सुशासन पहिलो काम हो । नेपाल विकास बैंकको खारेजी भए पनि त्यसका दोषी कारबाहीको दायरामा आउन सकेका छैनन् ।

नियुक्तिलगत्तै कान्तिपुरसँग कुरा गर्दै उनले तत्काल मौदि्रक नीतिको समीक्षा गर्ने बताए । अर्थतन्त्रमा अहिले समस्या देखिएको छ ।

शोधनान्तर घाटा बढेको छ । निर्यात व्यापार घटेको छ । मूल्य वृद्धि दोहोरो अंकमा छ । कुल गार्हस्थ उत्पादनको वृद्धिदर कम छ । राष्ट्र बैंकले  विलासिता र अनुत्पादनशील क्षेत्रमा जाने कर्जामा कडाइ गर्दै विकास तथा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने गरी क्षेत्रगत आधारमा संकुचन र विस्तारको नीति लिनुपर्ने उनले बताए । उनले भने, 'अर्थतन्त्रमा तरलता छ तर बैंकिङ संयन्त्रमा तरलता छैन, त्यसलाई कसरी ल्याउन सकिन्छ भनेर बैंकर्सहरूसँग पनि

छलफल गर्नेछु ।'

यसबाहेक बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण सुदृढ बनाउन र सुशासनका लागि काम सुरु गर्ने पनि उनले आफ्नो योजना रहेको बताए । यसबाहेक नयाँ संस्था खुल्ने र क वर्गमा स्तरोन्नति हुने अहिलेको लहरबारे पुनरावलोकन गर्नुपर्ने सोचाइ पनि रहेको उनले बताए । 'राष्ट्र बैंककै कर्मचारी, सरकार र अन्य सरोकारवालासँग छलफल गरेर अघि बढ्नेछु,' उनले भने, 'राष्ट्र बैंकका कर्मचारीको आत्मसम्मान उच्च बनाउन प्रयास गर्नेछु ।'

को हुन् खतिवडा ?

२०१३ सालमा ताप्लेजुङमा जन्मेका खतिवडाको स्थायी घर झापाको वेगुन्धरामा छ । त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका उनले दिल्ली विश्वविद्यालयबाट २०४८ सालमा मौदि्रक अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । राष्ट्रिय योजना आयोगका सदस्य रहेका उनी माधव नेपालको सरकार बनेपछि आयोगका उपाध्यक्ष भएका थिए । राष्ट्र बैंकबाट २०६१ सालमा अवकाश पाएका थिए ।

२०६३ देखि कोलम्बोस्थित राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया प्रशान्त क्षेत्रका लागि वरिष्ठ अर्थशास्त्री (आर्थिक सल्लाहकार) का रूपमा उपाध्यक्ष हुनुअघिसम्म कार्यरत थिए । एमाले निकट मानिने खतिवडा अर्थशास्त्रका सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने थोरै अर्थशास्त्रीमा पर्छन् । त्यसैले खतिवडालाई उदारवादी अर्थतन्त्रको पक्षपोषक मानिने कांग्रेसले योजना आयोगमा सदस्य बनाएको थियो । बजेट तयारी र थुप्रै अनुसन्धान तथा आयोगमा उनको अनुभव छ ।

कक्षा चढे जस्तो स्तरोन्नति हुनुहुँदैन

कान्तिपुर: योजना आयोगको उपाध्यक्षभन्दा वरीयता क्रममा निकै तलको पदमा जानुभयो । शक्ति, पैसा वा अरू के छ त्यहाँ जसले तपाईलाई लोभ्यायो ?

खतिवडा : त्यो केही पनि होइन, यो उपाध्यक्ष गभर्नर हुँदै घर जाने बाटो हो, त्यसमाथि तपाईहरू मिडियाजस्तै ग्ल्यामर पनि छ यसमा ।   

कान्तिपुर: राष्ट्र बैंकमा काम गरेकाले नोटमा हस्ताक्षर पनि आकर्षण मानिन्छ । त्यो पनि हो कि ?

खतिवडा : त्यसो पनि होइन । तपाईको खल्तीमा भएको नोटमा हस्ताक्षर गरेका मानिस बाटोमा हिँडिरहेका छन् तर अरूले चिन्दैनन् ।

कान्तिपुर : कहाँबाट काम सुरु गर्नुहुन्छ ?

खतिवडा : मौदि्रक नीति पुनरावलोकन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

कान्तिपुर : के छन् योजना ?

खतिवडा :  अर्थतन्त्र संकटतर्फ उन्मुख देखिएकाले सैद्धान्तिक र व्यावहारिक ज्ञान उपयोग गरेर त्यसलाई ठीक दिशामा अघि बढाउन सबैको सहयोग लिएर प्रयास गर्नेछु । यसका लागि मौदि्रक नीतिको समीक्षा तत्काल गर्नुपर्छ जस्तो लाग्छ ।

कान्तिपुर : बैंक र वित्तिय संस्था बढिरहेका छन्, यसलाई कसरी हेरिरहनु भएको छ ?

खतिवडा : विद्यालयमा कक्षा चढे जस्तो स्तरोन्नति हुनुहुँदैन भन्ने भन्ने मेरो व्यक्तिगत

धारणा छ । पुँजीलाई मात्र यसको आधार बनाउनु हुँर्दैन, संचालकहरुको विश्वसनियता लगायत धेरै कुरा हेर्नुपर्छ । त्यसैले यस बारे पनि व्यापक छलफल अघि बढाउनु पर्छ ।

Last edited: 20-Mar-10 08:26 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters