[Show all top banners]

thopa

More by thopa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 U GOT to read this to.........
[VIEWED 4522 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-09 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्थायी सत्ताका लागि मनोवैज्ञानिक अस्त्र





खेम भण्डारी



बुटवलका युथफोर्स कार्यकर्ता प्रचण्ड थैवको हत्यापछि राजनीतिमा नयाँखाले
तरङ्ग महसुस गरियो । सत्ता साझेदार एमालेले सरकारमा नबस्ने चेतावनी दिएपछि
प्रत्युत्तरमा अर्थमन्त्री डा बाबुराम भट्टराईको गर्जन सुनियो । गर्जनको
निहितार्थ नयाँ नभए पनि फरक परिस्थितिमा त्यसले बोकेको अर्थ सोचनीय थियो ।
भट्टराईले स्पष्टै भने, 'सरकार ढाल्ने काम भयो भने माओवादी फेरि विद्रोहमा
उत्रिन्छ ।' बारम्बार दोहोरिने यस्तो धम्कीपूर्ण अभिव्यक्ति सुन्दा
सामान्य लागे पनि त्यसको नियत र आशय खतरनाक छ ।

सत्तारुढ
दलको माथिल्लो तहका नेताले क्षणिक आवेशमा 'विद्रोह'को धम्की दोहोर्‍याएका
हुन् भन्ने सोच्नु गलत हुनेछ । डा भट्टराईले माओवादीको अत्यन्त नियोजित र
सुविचारित कार्यक्रमको संकेत दिएका हुन् । उनको अभिव्यक्तिले अरू राजनीतिक
दल र आमनेपालीलाई मनोवैज्ञानिक रूपमा ब्ल्याकमेल गर्ने अभीष्ट बोकेको दाबी
गर्न सकिन्छ । त्यसले सिङ्गो माओवादी पार्टीभित्रको सर्वसत्तावादी सोचको
प्रतिविम्ब पनि प्रस्तुत गरेको छ । सत्तारोहणपछि पनि माओवादीको व्यवहार,
आचरण र कार्यशैलीमा सुधार नआउनु, लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको
माओवादी आस्था शङ्कास्पद हुँदै जानु र सबै तहका माओवादीमा दम्भ र
अहङ्कारको प्रवृत्ति झाङगिदै जानु 'जनयुद्ध'का विकार होइनन्, बरु
मनोवैज्ञानिक ब्ल्याकमेलमा माओवादीले देखेको तागतप्रतिको मोहका परिणाम
हुन् । माओवादीले सशस्त्र विद्रोहका दौरान प्रभाव र नियन्त्रणका लागि
प्रयोग गरेका मनोवैज्ञानिक सूत्रहरूलाई आंशिक परिमार्जन गरेर सत्ताकब्जाको
पूर्वाधार खडा गर्न उपयोग गरिरहेको आरोप लगाउन सकिने पर्याप्त आधार
भेट्टाउन सकिने अवस्था छ ।

सशस्त्र
विद्रोहका बेला माओवादीले बल, हिंसा र धम्कीमा निहित शक्तिको प्रत्यक्ष
अनुभव गरेको छ । प्रभाव विस्तार र नियन्त्रण स्थापनाका लागि उपयोगी औजार
'धम्की' हो भन्ने उसले प्रयोगात्मक रूपमै बुझेको छ । सरकारको विरोध
गर्नेले वाईसीएलको कुटाइ खानुपर्नेदेखि फैसला गर्दा न्यायाधीशले
सोच्नुपर्ने अवस्था स्वत सिर्जना भएको होइन । माओवादी योजनाकारहरूले आम
मनोविज्ञानमा निहित भय र त्रासको पाटोलाई उपयोग गर्न खोजेका छन् ।
सन्त्रासको औजार बोकेर समाजका हरेक कुनामा आफ्नो प्रभाव विस्तार र
नियन्त्रण गर्ने रणनीति सुविचारित हो भन्ने डा भट्टराईका गर्जनहरूबाट
प्रमाणित हुन्छ । सन्त्रास फैलाई आधिपत्य कायम गर्ने युद्धकालीन
उपकरणहरूलाई परिमार्जन गरेर आजको परिस्थितिमा उपयोग गर्ने माओवादी प्रयास
क्रमशः सत्ताकब्जा गर्ने रणनीतिको अंश हो । माओवादीले संसद र सरकारमा
प्रवेश गरेपछिका डा भट्टराईका कथनहरूलाई शृङखलाबद्ध गरी हेर्ने हो भने
प्रस्ट तारतम्यता देख्न सकिन्छ । जति नरमपन्थी र लोकतन्त्रवादी भनिए पनि
धेरैमध्ये केही प्रकरणमा मात्रै उनी बोल्छन् र उनले जे बोल्छन्, त्यसमा
अतिवाद हावी हुन्छ । सरकार ढले विद्रोह गर्ने धम्की दिने उनी पहिलो नेता
हुन् र पटक-पटक त्यो धम्की दोहोर्‍याउने उनी एक्ला माओवादी हुन् । सैन्य
विज्ञानमा स्थापित मनोवैज्ञानिक आक्रमणका सूत्रमध्येको एउटा माओवादीले
प्रयोग गरिरहेको छ । विरोधीका कमजोरीहरूको पहिचान गरी आक्रमण गर्ने
मन्त्रअनुसार माओवादीले काम गरिरहेको छ ।

जनताले
शान्ति चाहेका छन् । जनताको त्यो चाहनाको गुरुत्त्व माओवादीले बुझेको छ ।
कांग्रेस-एमाले लगायतका दल शान्तिपूर्ण राजनीतिमार्फत अगाडि बढ्न चाहन्छन्
। शान्तिपूर्ण राजनीतिप्रतिको त्यो लगावको दरिलोपन पनि उसलाई थाहा छ ।
त्यसैले माओवादीले 'शान्ति'लाई मोलमोलाइको वस्तु बनाएको हो । दीर्घकालीन
शान्तिको बदला जनताले उसलाई भोट दिन्छन् र राजनीतिमा हिंसा र अराजकता आउन
नदिन कांग्रेस र एमालेले सत्तामा उसको निरन्तरतालाई बाधित गर्दैनन् भन्ने
प्रस्ट बुझाइसाथ बदनामीसमेतको डर नमानी माओवादी अगाडि बढिरहेछ ।
दण्डहीनताको विकराल समस्या आकस्मिक वा सङ्क्रमणलको उपज होइन, नत त्यो
सरकारको लाचारीबाट उत्पन्न भएको हो । सन्त्रास फैलाउने उपकरणका रूपमा
दण्डहीनतालाई माओवादीले प्रश्रय दिइरहेकोे छ । जनताले नयाँ संविधान लेख्ने
सम्पूर्ण जिम्मेवारी माओवादीको टाउकोमा थुपारिदिएको छ । तर माओवादी त्यो
काम कांग्रेस र एमालेको हो भन्ने तरिकाले प्रस्तुत भइरहेको छ । आफ्नो
सरकार र सत्ता टिकाउने जिम्मेवारी अरू दलको हो भन्ने आशयसाथ बाबुराम
भट्टराईजस्ता नेताहरू सरकार ढालिए विद्रोहको धम्की दिन्छन् । यो सबै
जनताले शान्तिको महत्त्व सम्भिmराखुन् र अरू दलले शान्तिप्रति जनताको
चाहनाको सम्मान गर्दै दिन बिताउन् भन्ने माओवादी अभिप्रायको एउटा
अंशमात्रै हो । विद्रोह गर्नु वा अशान्ति मच्चाउनु माओवादीको जन्मजात
अधिकार हो भन्ने आमजनताको मानसपटलमा स्थापित गरेर सुशान्ति अरूको
दायित्वभित्र पार्दा माओवादीलाई फाइदा हुन्छ भन्ने अनुमानले पनि काम गरेको
छ । सत्ता छाड्नुपरे उत्पात मच्चाउने विशेषाधिकार माओवादीसँग छ भन्ने
किसिमले अभ्यास भइरहेछ ।

विभिन्न
तरिकाले प्रेसमाथिको आक्रमण, औद्योगिक तथा व्यापारिक क्षेत्रमाथिका
विभिन्न प्रहार, शैक्षिक तथा प्राज्ञिक क्षेत्रमाथिका विविध हस्तक्षेप,
कर्मचारीतन्त्रभित्रको खेलवाड, सैन्य क्षेत्रमाथिको हस्तक्षेप, न्यायालय
विरुद्धका प्रदर्शन, गैरसरकारी क्षेत्रप्रतिको व्यवहार र असहमतहरूप्रतिको
गरम दृष्टिकोणले माओवादीले योजनाबद्ध ढङ्गले समाजका सबै अङ्गमाथि एकसाथ
नियन्त्रण पाउने प्रयास गरिरहेको छ भन्ने तथ्य लुकाउन सकिन्न । एमालेलाई
साहस भए सरकार छाड्न र कांग्रेसलाई सक्छ भने सरकार ढाल्न माओवादी नेताले
दिने कडा चुनौती पनि सन्त्रास पैदा गरी बर्चस्व कायम राख्ने र गहिरो
प्रभाव जमाउने प्रयासका उपज हुन् । प्रतिनिधि घटनाहरू गराएर समग्रतामा
प्रभाव र नियन्त्रण गर्ने रणनीतिअनुसार माओवादी अगाडि बढिरहेछ ।
मनोवैज्ञानिक रूपमा आफ्नो दबदबा कायम गर्न नियोजित तरिकाले चलिरहेको यस्तो
खेलको पटाक्षेप हुने निश्चित छ भन्ने पनि माओवादी योजनाकारहरूलाई थाहा छ ।
तर उनीहरू पटाक्षेपभन्दा पहिले नै खेल पूरा गर्न र एकतर्फी रूपमा आफ्नो
विजय सुनिश्चित गर्न चाहन्छन् । तिगडमहरूको प्रयोग गरेर, मनोवैज्ञानिक
ब्ल्याकमेललाई सफल पार्दै समाजका सबै अङ्गमा आफ्नो प्रभाव पुर्‍याउने र
परिस्थिति प्रतिकूल हुँदा ती अङ्गमा उथलपुथल उत्पन्न गर्नसक्ने बल सञ्चय
गर्न माओवादी उद्यत छ ।

आवधिक
निर्वाचन स्वीकारेको पार्टीले सन्त्रासलाई सत्ताको चाबी ठान्ने यस्तो
मानसिकता र सोच युद्धकालको धङधङीको विकृत सहउत्पादनमात्रै हो भन्ने बुझ्न
भने बाबुराम भट्टराईहरूले सकिरहेका छैनन् । समाज विकासको जतिसुकै
द्वन्द्ववादी ज्ञान बोकेका भए पनि माओवादीहरूले बहुदलीय प्रतिस्पर्धालाई
अङ्गाल्नुपर्ने र सशस्त्र विद्रोहलाई बिसाउनुपर्ने परिस्थिति झेल्नुको
चुरो कारण बुझ्नसकेका रहेनछन् । समकालीन समाजले उत्पन्न गरेको दबाबले
दीर्घकालीन जनयुद्धलाई किन दसकीय दुःसाहसमा स्खलित गर्‍यो भन्ने सत्यको
आँकलन उनीहरूले गर्नसकेका छैनन् भन्ने अब प्रस्ट हुँदै गइरहेको छ ।
'जनयुद्ध'का जोखिमबाट पार पाउन यहाँसम्म आइपुगेका भए पनि किन त्यो युद्ध
जोखिमपूर्ण भयो भन्ने कुराको सही अनुमान अझै गरिएको छनक पाइँदैन ।
अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र परिवेशलाई मात्रै मूलकारक मान्ने तर
आन्तरिक जनमतले युद्धप्रति दर्शाएको उदासीनता र उत्पन्न गरेको प्रतिरोधको
गणना माओवादीले गर्न नसकेको स्पष्ट छ । एमाले र कांग्रेसका पछाडि रहेको
जनमतलाई मनगढन्ते तरिकाले विश्लेषण गरेर विभिन्न विशेषणको फुर्को
लगाइदिँदै माओवादीले आत्मरति गरिरहेको छ । संविधानसभामा आफूले पाएको मतको
समेत उसले उचित विश्लेषण गर्नसकेको छैन । जनताले गणतन्त्र र नयाँ
संविधानमात्रै चाहेका हुन् भन्ने ढङ्गले विश्लेषण गरिएको छ । जनताले
शान्ति पनि चाहेका हुन् र त्यसका लागि माओवादीलाई नै सबै दायित्व
सुम्पिएका हुन् भन्ने बुझ्न माओवादीले कञ्जुस्याइँ गरिरहेछ ।

एक
वर्षको सत्ताभोगका क्रममा पनि नसुधि्रँदाका परिणाम देखिनथाले पनि
माओवादीका सबै तहका नेतामा त्यसको कुनै पर्वाह देखिन्न । विस्तारै
माओवादीलाई पनि कांग्रेस र एमालेको श्रेणीमा राखेर हेर्ने आमप्रवृत्तिको
विकास हुँदैछ । विभिन्न तह र तप्कामा रहेको जनाधार भत्किँदै गइरहेको छ ।
माओवादी विरुद्ध नाराबाजी, आक्रमण हुने क्रम बढ्दो छ । जनतामा विरक्ति र
उदासीनता मात्रात्मक रूपमा बढेको छ । सुकुम्वासीदेखि श्रमिक वर्गसम्मले
पालेको आशावाद खिइँदै जाँदा माओवादीका जुलुस र प्रदर्शनको आकारमा पातलोपन
देखिन्छ । स्ववियु निर्वाचनको परिणामले दिएको सन्देशलाई बुझ्न आनाकानी
गरेर माओवादीले आफूमा सुधारका सबै आवश्यकता नकारेको छ । कार्यशैलीमा यस्तै
जडता, बुझाइमा यस्तै केटाकेटीपन र हिँडाइमा यस्तै जथाभावी कायम रहे
माओवादीले सुखका धेरै दिन देख्न नपाउने निश्चित छ ।

ekantipur.com


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters