[Show all top banners]

pkr_boston
Replies to this thread:

More by pkr_boston
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

shirish
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 MUST HAVE TO READ....Ma Sakchu....Coming Soon
[VIEWED 7999 TIMES]
SAVE! for ease of future access.
Posted on 02-10-09 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सक्छु


 


कर्ण शाक्य


एकजना पत्रकारले मलाई सोधेको थियो, ‘तपाई आफूले आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?’ ‘म उद्यमी हुँ र मात्र उद्यमीको रुपमा आफूलाई चिनाउन चाहन्छु’- मैले भने। म ठूलठूलो आदर्शको कुरा गर्नुभन्दा धरातलिय व्यवहारमा उत्रेर काम गर्न चाहन्छु। म आफूलाई निस्वार्थी भन्ठान्दिन, म मा अवश्य पनि स्वार्थ छ। तर आफ्नो स्वार्थले अरुलाई अहित गर्ने काम गर्न खोज्दिन। मलाई लाग्छ उद्यमीको सही परिभाषा पनि यही हो। अरुलाई विगारेर नै आफू बन्नुपर्छ भन्ने आवश्यकता छैन। अरुलाई पनि साथमा लिएर हामीले धेरै काम गर्न सक्छौं र यो मेरो विश्वास पनि हो। यसै सर्न्दर्भमा आजकाल म नेपालमा उद्योगधन्धा सन्चालन गर्नको लागि नेपाली युवाहरुलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्नेबारे एउटा परियोजना शुरु गर्न लागिरहेको छु। वास्तवमा यो प्रेरणा मलाई एकजना बच्चा बेलाको साथीले दिएको थियो। एक दिन उसले ‘आफ्नो छोरा विदेश जान खोजिरहेको छ, सम्झाईदेऊ’ भनि मलाई टेलिफोन गरेको थियो।
मेरो साथी एउटा खुद्रा व्यापारी हो। हरेक दिन दाल, चामल, गेडागुडी बिक्री गर्न बोराहरू बाहिर राख्ने अनि साँझ ती बोराहरू भित्र राखेर पसल बन्द गरि खाना खाइसकेपछि भजनकिर्तनमा जाने उनको दिनचर्या हो।










धेरै पढेको छैन उसले, तर ऊ सधैं खुशी छ, कमाइ राम्रो छ, मुल सडकमै करोडौ जाने घर छ, पसलमा टन्न मालसामान छ। दिउँसोतिर अलि लज्जालु स्वभावको उसको छोरा मोटरसाइकल चलाउने पन्जा फुकाल्दै मलाई नमस्कार गरि घरभित्र पसे। उसले बोडिङ स्कूलबाट एस. एल. सी. र राम्रै कलेजबाट बी.बी.ए. गरेको रहेछ। विदेश जाने तर्खरमा दुई वर्षदेखि त्यसै हल्लेर बसिरहेको रहेछ। ‘बाबुको पसलमा काम गरे हुन्छ नि’ भनि सुझाव दिदा उसले विना शब्द मुख खुम्च्याएर चामल बेच्ने काममा नलाग्ने संकेत दिए। “यदि चामल बेच्न लाज लाग्छ भने ‘गेडागुडी सुपरमार्केट’ वा ‘चीजवीज भण्डार’ जस्ता आकर्ष नाम राखेर उद्योगधन्धा सन्चालन गरे हुन्छ नि, पैसा छदै छ” भनि मैले उसलाई सुझाव दिए। तर त्यो केटामा उद्योग गर्ने जोश नै देखिएन। पूख्र्यौली पेशामा लाज लाग्छ उसलाई, तर विदेशमा नोकरी गर्न ऊ आतुर छ।


एकजना मेरो धनाढ्य साथी लेबनान भ्रमण गर्ने सोखमा पोल्ट्री सम्बन्धी अध्ययन गर्न गएको थियो। फर्केर आएपछि सरकारी जागिर खान नपाएर ट्राभल एजेन्सीमा काम गर्यो। तर कहिल्यै परिश्रम गरेर उनले पोल्ट्री उद्योग खोल्ने आँट गरेन। यो गलत सोचाइ हो कि हुनेखानेको छोराले मात्र काम गरि सफलता हासिल गर्न सक्छ भनी सोच्नु। सफलता सोखबाट होइन, इच्छा आकाङक्षाको भोकबाट प्राप्त हुन्छ। सफलता टुप्पोबाट पलाउदैन, जमिनबाट उम्रिन्छ। दैलेखमा बस्ने एउटा युवाले मलाई केही महिना अघि नेपालमा के कस्ता उद्योग सन्चालन गर्न सकिन्छ भनि सात पृष्ठको अत्यन्त भावुक हस्तलिखित पत्र पठाएका थिए। ऊसित मेरो साथीको छोराको जस्तो पैसा छैन तर उसमा काम गर्ने जोश र जाँगर छ। वास्तवमा धनाध्यको सन्तानलाई भन्दा निर्धनको छोरालाई काम गर्न सजिलो हुन्छ किनभने उनीहरुमा एउटा जिजिविषा “सर्भाइभल इन्सटिन्ट” हुन्छ, चाहना, लक्ष्य र आकाङ्क्षाको भोक हुन्छ। सम्पन्नता विपन्नता वरदान हो वा अभिशाप हो, यो मात्र समयले बताउने कुरा हो।


सायद देशको परस्थिति नराम्रो भएकोले पनि आजकालका पुस्तालाई मात्र होइन अहिले स्वदेशमै काम गर्ने चाहने थुप्रै उद्यमीहरु पनि निराश भएका छन। बिजुली, इन्धन, प्रदुषण आदि समस्याहरु त एक न एक दिन सुल्झिएर जाला रे, तर असुरक्षा साथै अन्यौल राजनैतिक, सामाजिक एवम् आर्थिक अवस्थाले देशमा एउटा विषम परिस्थिति सिर्जना गरिदिएको छ। यसले गर्दा उद्योग फस्टाउन सकेन, फलस्वरुप रोजगारीमा ह्रास आयो। रोजगारीको लागि उद्योग हुनुपर्यो, उद्योगको लागि लगानी हुनुपर्‍यो, लगानीको लागी ऋण उपलव्ध हुनुपर्‍यो, ऋणको लागि बैंक सक्षम हुनु पर्‍यो, बैकको लागी पर्याप्त निक्षेप हुनुपर्‍यो, निक्षेपको निमित्त बैंकमा रकम जम्मा हुनुपर्‍यो र जबसम्म पैसा जम्मा गर्ने मानिसको मन ढुक्क हुदैन, बैंकमा पैसा जम्मा हुँदैन।


आर्थिक सन्जाल माकुराको जालो जस्तै हुन्छ, एउटा धागो झुल्लियो भने सारा संरचना हलिन्छ अनि भत्किन्छ। महत्वपूर्ण कुरा के हो भने, आर्थिक स्रोतको मुहान कुवा र इनारहरु होइन, निरन्तर बगिरहने खोला हो। विकासको मूल आधार अन्ततः अर्थ नै हो र अर्थ बिना सबै प्रयास अनर्थ छ। त्यसैले सारा संसार आर्थिक दौडमा प्रतिस्पर्धा गरिरहेको छ। व्यवहारिक विडम्बना के हो भने, दौडमा दगुर्ने सँधै चुस्त घोडा नै हुन्छ, घोडालाई तर्साएर भगाउँदैन, लगाम खुकुलो पारेर नै दौडाउनु पर्छ। वास्तवमा यहाँ कोही निस्वार्थ छैन, मन्त्रीदेखि कर्मचारी, उद्यमीदेखि मजदुर सबै आ-आफ्नो स्वार्थमा तल्लीन छ। बस्, आ-आफ्नो स्वार्थबाट अरुलाई अहित मात्र नगरे पनि हामीले धेरै काम गर्न सक्छ। अन्ततः सक्षम उद्यमीहरुलाई स्वदेशमै काम गर्ने प्रोत्साहन नदिएसम्म देशको समस्या सुल्झिँदैन। यही कुरालाई ध्यानमा राखी मैले नेपालका युवाहरुलाई स्वदेशमा कसरी उद्योग/व्यापारमा आकर्षित गराउन सकिन्छ भन्ने बारे ‘म सक्छु’ भन्ने एउटा पुस्तिका तयार गर्ने विचार गरेको छु। यस किताबमा नेपालका २५-३० जना सिजर्नशील सफल उद्यमीहरुको प्रोफाइल तयार पारी उनीहरूले कसरी आफ्नो उद्योग शुरु गरे, विध्नबाधाहरु कसरी सुल्झाए, उद्योग कसरी विकास गरे आदि इतयादि धरातलीय व्यवहारिक अनुभव एवम् अर्थपूर्ण घटनाक्रमका कुराहरु समावेश गरिनेछ जसको माध्यमबाट उद्योग सन्चालन गर्न चाहने पुस्तालाई मार्गदर्शन प्रदान गरोस्।


‘म सक्छु’ नामक यो पुस्तकमा उद्यमीहरुको प्रोफाइल चार परिच्छेदमा विभाजित गरिनेछ। पहिलो परिच्छेदमा उद्यमीको १० वर्ष छँदाको अवस्था, बानी व्यहोरा प्रस्तुत गरिनेछ। दोस्रो परिच्छेदमा २० देखि ३० वर्षको उसको क्रियाकलाप प्रस्तुत गरिनेछ। यसमा उसको शैक्षिक विवरण, रूचीका विषयहरू, कलेजमा पढ्दाको आर्थिक अवस्था, अध्ययन खर्च कसरी जुटाए, आफ्नै घरमा बसेर वा बहालमा बसेर अध्ययन गरे, स्वदेश भ्रमण गरेका ठाँउहरु, मनपर्ने खेल, फिल्म, नाटक, किताब, मनोरञ्जनका साधनहरु, मिल्ने साथीहरुको नाम सबै उल्लेख गरिनेछ। साथै युवा अवस्थाको विर्सनै नसक्ने तिता-मिठा सम्झनाहरु र त्यो बेलाको आकाङ्छा र चाहनाहरु स्पष्ट रुपमा समावेश गरिनेछ।


तेस्रो परिच्छेदमा ३० देखि ४० वर्षसम्मको उसको सिर्जनशील र उद्यमशीलतालाई विस्तृत रुपमा प्रस्तुत गरिनेछ जसमा उद्योग शुरु गरेको मिति, कम्पनिको नाम, ठाँउ, विवरण र यदि उद्योग गर्नुभन्दा पहिले जागिर खाएको थियो भने कुन, कहाँ र कहिले जागिर खाएको थियो, त्यसको संक्षिप्त विवरण र जागिर किन र कसरी छोडे त्यसबारे उल्लेख गरिनेछ। उद्योगको लगानी कहाँबाट जुटाए, उद्योग गर्ने प्रेरणा, जोश र जाँगर कहाँबाट आयो, पारिवारिक सहयोग कसरी जुटाए, उद्योगको परिकल्पना, योजना कसरी बनाए, कति सोचे र सोचेको कुराको कार्यान्वयन कसरी गरे, दिनको कति घण्टा काम गरे, राति सोच्ने गरे कि गरेन, जिम्मेवारीपन कति रुचाउछ, कामलाई बोझ ठान्छ वा ठान्दैन, समयको व्यवस्थापन कसरी गरे, समस्याबाट भाग्ने गर्छ कि तत्काल समाधान गर्छ, कसैले धोका दिएको छ भने (नाम उल्लेख नगरिकन) कस्तो किसिमको धोका दिए र त्यसलाई कसरी समाधान गरे, उद्योग गर्दा गरेका प्राविधिक भुलहरु, सिकेका पाठहरु पनि उल्लेख गरिनेछ। सफल उद्यमी बन्नको निमित्त सकारात्मक सोच आवश्यक पर्ने भएको हुँदा उद्यमीको व्यक्तिगत बानी व्यहोरा, रिसलाई कसरी नियन्त्रण गर्छ र साथीभाई, इष्टमित्र, ग्राहकहरुसँग कसरी मनोरञ्जन गर्छ, मनोरञ्जन गर्दा दिल खोलेर खर्च गर्छ या खर्चमा मितव्ययीता अपनाउछ साथै उद्योग र व्यापार मात्र पैसा कमाउन गर्छ वा समाजको लागि पनि योगदान पुर्‍याउने मनसायले गर्छ र कुन कुन सामाजिक संघ संस्थामा आबद्ध छ र अहिलेसम्म समाजको लागि गरेका योगदानहरु के के हुन् त्यो पनि समावेश गरिनेछ।


चौथो परिच्छेदमा ४० वर्षपश्चातका दिनचर्याहरु उल्लेख गरिनेछ। जस्तैः कतिवटा उद्योग सञ्चालन गरिरहेको छ, त्यसको नाम, ठेगाना, उत्कृष्ट उद्योगहरुको क्रमानुसार संक्षिप्त विवरण, व्यवस्थापन, स्रोतको परिचालन कसरी गरे, कति जना मान्छेले रोजगारी पाइराखेका छन, भोगेको समस्याहरु, समाधानका उपायहरु, समय तालिका, कतिजना राजनितिक नेताहरुलाई चिनेको छ, उनीहरुसँग उठबस कत्तिको छ, राजनीतिज्ञहरुको मित्रताले सहयोग पु-याएको छ वा वाधा अड्चन ल्याएको छ, नेपालमा उद्योग गर्दा के नेता, कार्यकर्ता सँग सर्म्पर्क राख्न आवश्यकता हुन्छ वा हुँदैन भन्ने कुराहरु यसमा समावेश गरिनेछ। उद्योग धन्दा गर्नुको साथसाथै हाल के के सामाजिक कामहरु गरिरहेका छन, कसलाई कस्तो सहयोगहरु दिइरहेको छ, विर्सन नसक्ने घटना र सम्झनाहरु, कति समयसम्म सक्रिय भै उद्योग सञ्चालन गरिरहने, कहिले रिटायर्ड हुने, भावी योजनाहरु पनि यस परिच्छेदमा समावेश गरिनेछ। साथै उसको धर्मप्रति आस्था छ कि छैन, पुजापाठमा दिनको कति समय बिताउँछ, ध्यान गर्छ वा गर्दैन, समय समयमा नियमित स्वास्थ्य परिक्षण गर्छ कि गर्दैन, मांसाहारी, शाकाहारी र दैनिक खानपानको बारेमा पनि जानकारी दिइनेछ।
साथै उद्योगधन्धा गर्न चाहने युवापुस्ताहरुलाई नेपालमा कुन कुन उद्योग गर्न सकिन्छ त्यसको सम्भावित खाँकाहरु र नयाँ उद्यमीले उद्योगधन्धा शुरु गर्दा के के व्यवसायिक प्रक्रियाहरु अपनाउनुपर्छ र उद्योगलाई सफल पार्ने धरातलिय व्यावहारिक सुझावहरु समेत यस पुस्तकमा समावेश गरिनेछ। नेपालमा धेरै सिर्जनशील उद्यमीहरू छन् जसले यो देशलाई ढाडस दिइरहेका छन्। आज उनीहरूबाट केही सिक्ने हो भने केही वर्षा नै उद्यमीहरुको जमात बिकसित गर्न सकिन्छ। देशको हरेक कुना केही न केही उत्पादनका लागि उपयुक्त छ, र हरेक व्यक्ति केही न केही गर्न सक्षम छ। कसैको स्रोत छ, साधन छैन, कसैको पैसा छ, विचार छैन। यहि सक्ने र गर्न नसक्ने बीचको पुलेसो बनाउन सक्यो भने थुप्रै विकासका सम्भावनाका धोकाहरु खुल्न सक्छन्।







 
Posted on 02-11-09 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto padnai alchi lagne lamo rahicha yaar.....maile ta padina
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters