antimlove
More by antimlove
What people are reading
Subscribers
Please log in to subscribe to antimlove's postings.
:: Subscribe
|
|
[VIEWED 6591
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
antimlove
Please log in to subscribe to antimlove's postings.
Posted on 01-12-08 9:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जीवन अनि सम्झना
मनमा उठेका अनेकौ प्रश्न र उत्तरको खोजिमा बितिरहेका यि समयहरु धरै कठोर र निस्ठुरी भै आसु मात्रै दिन्छन। खुशी सजाउने सपना सँगै जोडीयको एउटा पापी सँगको समबन्ध झै काँच चक्नाचुर भै सक्दा पनि काँचको टुक्राको असरले सधैं नै दुक्ख दिँदो रहेछ। चाहेर पनि भत्काइयको जिन्दगिको भग्नाबशेशहरुको पुन निर्माण हुन नसकि गन्तभ्य बिहिन भयर यत्र-तत्र छरियका ति तिता-मिठा अतितहरु सम्झनामा बाँचि नै रहदो रहेछ। आज मैले बितायका मेरा ति सुन्दर आतितहरु जुन् नेपालमा नै छोडेकि थिय । तिनै आतितहरु आज भौतारि रहेको जिन्दगिमा धमिलो दृश्यको रुपमा मानसपटलमा घरि घरिघुमिरहेछन्। सायद पापिले दियको चोट भुलाउनलाइ पो हो कि।
चैतको खडेरिमा आगोले खायको त्यो बनमा बसन्त सँगै पाउलिन र नयाँ वीरुवा उम्रन बाध्य भै फेरि हरियालि छाउछ। जिवनका ति अति सुन्दर मेरो बिगतलाइ यौटा घमन्डको पहाड र योजनाको पारखिले भताभुङ पारेपनि स्मृतिका यि पलहरुमा उ आज पनि ताजा बनेर मेरो मस्तिस्कमा रुमलिइरहेछ।यौता धमिलो तर धारिलो रुपमा। न त उ मेरो मानस्पटलबाट टाढा हुन्छ न त मेरो भबिश्यबाट। सायद् उ मेरो जिन्दगिको सहयात्री हुदो हो त यति नजिक हुने थियन होला अनि यति सम्झनामा,दुखमा सँगै हुने थियन होला।तर उ म सँगको सहयात्रामा नभय र नै सबै भन्दा करिब अनि,गाढा रुपमा म सँगै छ र सँगै हुने छ यौटा चोटिलो प्रहार भयर मेरो जिन्दगिको आसपासमा नै हुने छ।
धेरै समय पछि आज काममा नजानु र दिन भरि नै घरमा बस्नु मेरो लागि निकै सहज बनेको छ। नेपालमा हुदा आइतबार देखि सुक्रबारसम्मको office सकि बेलुका घर जाँदा जागिरबाट आयकि दिदि भन्दै बहिनिहरुले खाना दिँदा त मन धेरै नै खुसि हुन्थियो। सायद ति दिनहरु फेरि न आउलान तर पनि आजको सनिबार चाँहि कता कता नेपालमा बिताय झै लाग्यो।जाडोको सिजन बिहाननै उठेर नुहाइ पुजा गरे पछि चिया संगै breakfast सकि फुलबारिमा फुलगोड्ने ,रोप्ने काम सकि खाना खाइ दिनभरि ३ दिदि बहिनिहरुको भलाकुसारि,घरसरसफाइ र बेलुकि पख घुम्न जाने ,घुमि सकेर आइ कोहि खाना बनाउने,कोहि करेशाबारिमा पानि सिचाँउने हाम्रा ति बिगत त सिर्फ् सम्झनामा मात्रै बाँकि छन।
तर पनि आज u.s.a.मा भनायकि दिदिले language and country फरक भय पनि आफ्नै दिदिले झै मिठो breakfast बनाई खान आउभन्दा त आफ्नै बहिनिहरु को पो याद झलक्क आयो।केहि समय computer मा बसेपछि मलाई बोर लाग्न थालेकोले (नेपालमा झै बोर हटाउने उपाय) सुइटर बन्न थाले। सोचे साँच्चैनै आँधिबेहेरि पछि फेरि पालुवा पलाउन थालेको त्यो यौटा रुख झै म पनि पुन पलाउने
आशामा पुरानै ति इतिहाँसहरु दोहोर्याइ रहेकि छैन भन्ने मनभरि प्रश्न बोकि यौटा रुख सँग को कल्पनामा भुले।फेरि सोचे १ बिरुवा हुर्कन्छ कंयौ घामपानिमा अनि खडेरि सहदै जब बुडो हुन थाल्छ उहि ठाँउमा ठिँग उभियर बर्सौ समय पछि तेहि ठाँउमा ढल्छ र आफ्नो आस्तित्व मेटाउछ।अनि मेरो जिन्दगि पनि त १ रुख भन्दा कति नै पो फरक छ र!त्यो रुखलाइ आधिबेहेरिले अपाँङ बनाय झै मलाई पनि त तो पापिले बनायको छ। त्यो रुखबाट पात झरेपछि सिक्रो बनेर उभियको रुख झै नामको आस्तित्व खोसेर उस्ले मेरो बदनाम गरि तो सिक्रो भै सुकेको रुख नै त बनायको छ नि।आखिर के फरक म अनि रुख मा। without answer म question गरिनै रहे। Answer बिना नै साँझ परिसकेछ।त्यस पछि म बेलुका को खाना बनाउने तरखरमा लागे।
निकै कल्पनामा रुमलिय पनि यथार्थ त आफु सँङै हुँदो रहेछ।बाबा,आमा,भाई,बहिनि ,हजुर-आमा,आफन्त अनि साथि सँङि सँङका ति रमाइला आतितहरु लाई सम्झनामा ताजा बनाउदै म निदाउने कोसिस गर्दै छू। good night every body.
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| नेपाली वालमार्ट चोर |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|