[Show all top banners]

Jawala
Replies to this thread:

More by Jawala
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Nepali24

Meetra
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Some Interesting Articles
[VIEWED 8624 TIMES]
SAVE! for ease of future access.
Posted on 07-06-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोरिआर्टी, सूबथा र पुच्छरहरू


खगेन्द्र संग्रौला


वर्षअघि मैले संसदलाई 'बङ्गुरालय' भनेको सम्झन्छु । त्यसो भन्नुका पछिल्तिर उचित र यथेष्ट कारण थिए । माननीय भनिने सांसद जनतासँग भोट माग्दा आफूले बाचा गरेका सिद्धान्त र आदर्शबाट च्युत भएको थियो । ऊ त्यागी जनसेवी हुनुको सट्टा लम्पट, भोगी हुँदै थियो । सत्ता, पैसा र विलासका लागि एउटा सांसद अर्को सांसदलाई किन्दै थियो । सोचेँ, वैचारिक र नैतिक दृष्टिले हाम्रो सांसद टुप्पीदेखि पैतालासम्म सड्यो । त्यसैले शब्दको भाने मुङग्रो उजाएर मैले दिएँ दह्रो दनक — बङ्गुरतुल्य जीवहरूको यो भीड खसोखास बङ्गुरालय हो । पवित्र संसदलाई तैँले अपवित्र शब्दले किन पुकारिस् भनेर बङ्गुरालयका बेतनभोगी प्रवक्ताहरू ममाथि खनिए । प्रत्युत्तरमा इतिहासका पण्डित प्रत्यूष वन्तले मधुर मुस्कानसाथ भने — कुरा ठीकै हो, एउटा सही शब्द सही ठाउँमा पर्‍यो !
दुर्भाग्यवश, संसदमा फेरि बङ्गुरालयको प्रेत बौरिएको प्रतीत हुन्छ । बौराउने प्रेरक अमेरिकी सरकारका दूत महामहिम मोरिआर्टी हुन् । उनै मोरिआर्टी जसले कुनै बेला 'सकारात्मक सङ्केत'को हरियो घाँस देखाएर हाम्रा कतिपय लोभी नेतालाई आन्दोलनको डबलीबाट थुतेर दरबार छिराएका थिए । उनै मोरिआर्टी जसले हाम्रो आशाको दीप बाह्रबुँदे समझदारीलाई खरानीमा परिणत गर्न त्यसमा आगो झोँसेका थिए । उनै मोरिआर्टी जसले नेपाली नागरिकलाई निरङ्कुश राजतन्त्रको सडेगलेको शव बोकाइराख्न घरिघरि गर्नु नगर्नु अनर्थ गरेका थिए । उनै मोरिआर्टी जो अहिले आठबुँदे समझदारीलाई नष्ट गर्न र नेपाललाई अफगानिस्तान र इराकको रक्तरञ्जित बाटोतिर डोर्‍याउन रूद्रघण्टी हल्लाउँदै मैदानमा उत्रेका छन् ।

नेपाली लोकतन्त्रको मिर्मिरे उज्यालो देखिनसहने मोरिआर्टीले ध्वाँसको भाकामा भने, माओवादी हतियार नत्यागी अन्तरिम सरकारमा घुस्यो भने अमेरिकाले नेपाललाई चुनदाम पैसो दिनेछैन । मालिकको दिव्य वचन सुनेर निजहजुरका अनन्य अनुयायी महापञ्च सूर्यबहादुर थापा हौसिए । तिनको रातो अनुहार झनै रातो भयो । तिनको सदाबहार हुङ्कारमा पाइन चढ्यो । बेलायती बैठकमा उत्तेजक हाउभाउसाथ ती जुरुक्क उठे । अनि आनन्दमय मुद्रामा आफूले रचेको छिन्ताङ हत्याकाण्डको सम्झना गर्दै ती कुर्लिए, सात दलका नेताहरू निरङ्कुश हुन् । प्रतिनिधिसभा यिनका बाउको बिर्ता होइन । बरु म मर्छु, प्रतिनिधिसभा भङ्ग गर्न दिन्नँ । यो सभा मेरो सानदार गाँस, बास र कपास तीनैथोकको मुहुनीमय मुहान हो । शान्ति नआए खाँचैसिती !

सिङ्गो बेलायती बैठक हल्लिने गरी थपडीका पर्रा छुटे । मिहिन दृष्टिले हेरेँ, थपडी बजाउनेहरूका टाउका छैनन् । न त तिनका देह नै छन् । ती त केवल पुच्छरमात्र छन् । उता मोरिआर्टीका पुच्छररूपी सूबथा फिँज काड्दै र पाखुरो बटार्दै प्रतिगामी भाषण ठोकिरहेका छन् । यता थापारूपी पुच्छरका पुच्छरहरू मच्चिमच्चिकन ताली बजाइरहेका छन् । ताली बजाउने पुच्छरहरूको भीडमा बल्खु मुख्यालयका 'लाल सलाम'हरू पनि छन्, सानेपा मुख्यालयका 'जय नेपाल'हरू पनि छन् । वास्तवमा यी 'लाल सलाम' र 'जय नेपाल'का विकृत सन्तान हुन् । यी फगत प्रतिगामी पुच्छरका पुच्छरमात्र हुन् ।

उता आठबुँदे समझदारीमा ठूला दलका दुई शिखरपुरुष गिरिजाबाबु र माधवबाबुको सही गिरेको छ । यता संसदमा माननीयको पगरी गुथेका तिनका कार्यकर्ता सूबथालाई सलाम ठोक्दै आपmनै नेताको अखण्ड निन्दा गरिरहेछन् । थापाको युद्धमुखी लोलीमा आपmनो काइँकुत्ते बोली मिलाउँदै यी भन्दा छन्, बरु म मर्छु, प्रतिनिधिसभा भङ्ग गर्न दिन्नँ । यो सभा मेरो सानदार गाँस, बास र कपास तीनैथोकको मुहुनीमय मुहान हो । न्याय र शान्ति नभए खाँचैसिती !

हो, यो बङ्गुरालय हो । जनबोलीमा '...लाईभन्दा देख्नेलाई लाज' भनेको यही हो ।

More: - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=78782
 
Posted on 07-19-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूमिबाहिर हिसिला

भोजराज भाट

जति कम पढ्यो, महिलाको स्यान्डिलको उचाइ उति नै ठूलो देखिने । बोलीचाली, लवाइ-खवाइदेखि उनको जीवनशैली पनि बिल्कुलै फरक । सायद यो आधुनिकता झल्काउने नेपाली समाजको 'मौलिक' आडम्बर थियो । यस्तो कृत्रिमता देखेर हिसिला यमीलाई लाग्थ्यो, यो चेतनाको अभाव हो । जहाँ अशिक्षा हुन्छ, त्यहाँ यस्ताखालका खराब प्रवृत्तिले मौलाउने अवसर पाउँछन् ।

भारतको कानपुरस्थित 'आइआइटी' बाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किदा हिसिला यमीले फरक अनुभूति गरिन् । भारत पुगेर धनीका घरमा भाँडाकुँडा माझेर जीविकोपार्जन गरिरहेका महिलाको दिनचर्या र नेपालमा देखापर्न थालेका ठूला स्यान्डिल लगाउने महिलाको दिनचर्याबीच ठूलो विरोधाभास थियो । ४६ वषर्ीया हिसिला भन्छिन्, 'यी दुवै अशिक्षित वा अर्धशिक्षित महिला हुन्, एकथरि चरम श्रम शोषणमा परेका छन् भने अर्काथरि फेसनको काल्पनिक दुनियाँमा रमाउन खोज्दैछन् ।' नेपाली समाजको यस्तो विभेदीकरण देख्ोर हिसिलाले उच्च शिक्षा पढ्ने क्रममा भविष्यमा समाजसेवा गर्ने अठोट लिइन् । त्यसबेला उनी महिलावादी पत्रिका 'मानुषी' सँग सम्बद्ध भैसकेकी थिइन्, जहाँ माक्र्सवादीहरूको जमघट हुन्थ्यो । यहीँबाट उनी महिलावादी पनि हुन थालिन् ।

काठमाडौंको सम्पन्न घरानामा जन्मिएकी हिसिला परिवारकी कान्छी छोरी हुन् । उनले सबैबाट प्रशस्तै लाडप्यार पाइन् । १० वर्षको उमेरदेखि भारतमा अध्ययन गरेकी हिसिलाले व्यक्तिगत दुःखको अनुभव गरेकी थिइनन् । दुःखको पीडा अरूको भोग्ााइबाट बुझ्दै गएको उनी बताउँछिन् । दिल्लीको 'स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर' मा स्नातक गर्ने बेलासम्म उनको सोचाइमा निकै परिवर्तन आइसकेको थियो ।

चण्डीगढबाट बीई आर्किटेक्चर सकेर दिल्ल्ाीमा उही कलेजमा भर्ना भएका बाबुराम भट्टराईसँग हिसिलाको पहिलो भेट छात्रावासको खाना खाने मेचमा भएको थियो । दुवैबीच परिचय भयो, हिसिलाका पिताका बारेमा उनीभन्दा बाबुरामलाई धेरै जानकारी रहेछ । बाबुरामले नै उनका पिता राजनीतिमा आबद्ध छन् भनेर बताए । त्यतिखेर उनी छक्क परिन् । त्यसअघि बुवा राजनीतिमा संलग्न भएको कुरा उनलाई थाहा थिएन ।

काठमाडौंका रैथाने धर्मरत्न यमीले राणाविरोधी आन्दोलनमा सर्वस्वहरणसहित जन्मकैद पाएका थिए । राणाविरोधी आन्दोलनपछि धर्मरत्न राजा त्रिभुवनसँग नजिक हुन पुगे । २००९ सालतिर मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनी वन मन्त्रीसमेत भए । त्यसपछि उनको निकटता पञ्चायतकालका नेताहरूसँग भयो । अनौठो कुरा, तिनै पञ्चसमर्थककी छोरी हिसिला कसरी कट्टर कम्युनिस्ट हुन पुगिन् त ? उनी भन्छिन्, 'यसको श्रेय तिनै नेपाली अशिक्षित नारीलाई दिनुपर्छ । उत्पीडनमा परेका महिलाका लागि यथास्थितिबाट केही गर्न सकिन्न भन्ने हिसाबले म कम्युनिस्टप्रति आकर्ष्र्ित भएकी हुँ ।'

उनको कम्युनिस्टप्रतिको झुकाव अखिल भारतीय नेपाली विद्यार्थी संघमा आबद्ध भएपछि बढ्न थाल्यो । त्यतिखेर संघका अध्यक्ष बाबुराम थिए भने महासचिव हिसिला थिइन् । नारीसँगको संक्षिप्त कुराकानीमा बाबुरामले बताए, 'त्यो राजनैतिक सहकार्य र एउटै कलेज, एउटै होस्टल आदिका कारण हामीहरूबीच वैचारिक परिपक्वतामा प्रेम चल्यो, अनि विवाह गर्‍यौं ।'

यद्यपी उनीहरूको विवाहको कारण यतिमात्र थिएन । डा. बाबुराम भट्टराई 'नेपाली एकता' पत्रिकामा काम गरेर डेरा र्फकने क्रममा पछाडिबाट मोटरले हिर्काएकाले ४८ घन्टासम्म बेहोस भए । त्यो बेला हिसिलाले ठूलो सहयोग गरेकी थिइन् । त्यसपछि उनीहरूबीचको सम्बन्ध प्रगाढ हुँदै गयो । २०३७ सालमा भारतमा उनीहरूको विवाह भएको थियो ।

More at : - http://www.kantipuronline.com/kol/nepali/nari/bektito.php
 
Posted on 07-19-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So Khagendra is showing his true original color. His support for Mao Supremo Prachanda.
 
Posted on 07-19-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think the leaders of SPA did have interesting stories to tell as well. Remember Mohan Chandra, the Nepali Nelson Mandela, what happened to him?

Leftist Romanticism is always intersting to read, and so is the communist theory. When it is down to get your fingers dirty, lefts are the most corrupt.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters