[Show all top banners]

lopchanlama
Replies to this thread:

More by lopchanlama
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

lopchanlama
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 poem

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 27283 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-19-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशुहरु
लोप्चन सलाम सिंह लामा
पानी भन्दा सस्तो भयो
आज मेरो आशुहरु
थाहा छैन
गंगाको मुहान हो या
हिमालयको भन्दार
यि मेरा आँखाहरु
असार-साउनको
अवीरल झरिभन्दा
दर्किन्छ मेरो आशुहरु
न त म यो
रोक्न सक्छु
न त म छेक्न सक्छु
मेरा हातहरुले
मेरो आशुहरु
हर रात
हर दिन
पल्-पल
आशुको सागर चल्किन्छ
मेरो आँखाहरुमा

Mobile,Alabama,U.S.A
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-29-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली मन

- लोप्चन सलामसिं लामा



सात समुद्रपारि

संर्घषमय जीवन बिताइरहेछु

तर मेरो मन

हरपल तिम्रो सुख समृद्धिको

कामना चाहन्छ

यी मेरा आँखाहरू

प्रत्येक नेपालीको आँगनहरूमा

शान्तिको किरण

झुल्केको हेर्न चाहन्छन्

यी मेरा कानहरू

शान्तिको धुन

गुन्जिएको सुन्न चाहिन्छन्

आखिर नेपाली मन त हो

जहाँ गए पनि

नेपालआमा

सदा मुस्कुराएको

हेर्न चाहन्छ

सारा नेपालीको

उत्तर-उत्तर प्रगति होस्

यही समृद्धिको

कामना चाहन्छ ।
 
Posted on 06-29-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great SalamSingh! Keep it up, Beleive me, you have great potential, keep writing .

Good Luck..
 
Posted on 06-29-06 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa wa waa...
 
Posted on 06-29-06 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa wa wa... kasto mana chuune hou...
 
Posted on 06-30-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत

लोप्चन सलाम सिंह लामा

अलिकति जिउन देउ
अलिकति पिउन देउ
पिडा सबै भुलेर
अलिकति जिउन देउ

रेत्यो मुटु तिमीले यसरी
जिउने अर्को पाटो रहेन
साथ छोड्यो तिमीले यसरी
हिंड्ने अर्को बाटो रहेन
अलिकति झुम्न देउ
अलिकति पिउन देउ
पिडा सबै भुलेर
अलिकति जिउन देउ

जलाई दिए तस्वीर
बगाई दिए खरानी
भिज्ने छैनन अब कहिल्यै
हर रात सिरानी
अलि कति भुल्न देउ
अलिकति पिउन देउ
पिडा सबै भुलेर
अलिकति जिउन देउ
Mobile,Alabama
 
Posted on 07-01-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुनर्जन्म

लोप्चन सलाम सिंह लामा

वियोगन्त जिन्दगीहरु
जिउन नसकि
आफ्नै हातले
हत्य गरी
जिशिबिशाहरु
जिई रहदा
अर्को उनिलाई भेत्दा
फेरी जुर्मुरायो
जिशिबिशाहरु
नयाँ उन्मत्त
जवानी लिएर
लिप्त हुन उनिको
अधरहरुमा
असिम प्यासहरु
मेटाउन
उनिको बहुपाशहरुमा

Mobile, Alabama,USA
 
Posted on 07-05-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शान्ति को कबिता


लोप्चन सलाम सिंह लामा

उ पर क्षितिज पारी
सुर्य निदाउदै थियो
म बरदलिमा बसी
शान्तिको कबिताहरु कोरिरहेको थिय
आस्था अनि बिश्वास छ
मेरो कबिता सँगै
शान्तिको किरणहरु झुल्किने छन
प्रत्यक नेपालीहरुको आगनहरुमा
विहानी अखबारहरु सँगै
 
Posted on 07-12-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुक्तक


लोप्चन सलाम सिंह लामा
धुवा हो माया चुरोटको
भित्रै देखि खोक्रो बनाउछ
काडा हो माया वनको
सपनिमा भिजाउछ
बेल हो माया खहरे खोलाको
बेदनामा डुबाउछ
श्राप हो माया यमराजको
मृत्युको काखमा सुलाउछ
त्यसैले साथीहरु हो
माया सय बोल्टको करेन्ट हो
छुने कोसिसै नगर
माया सुनामि लहर हो
डुब्ने कोसिस नगर
 
Posted on 07-14-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुक्तक


लोप्चन सलाम सिंह लामा


तिमी जे हेरिरहेको छौ
म पनि देख्तछु त्यही
फूल अनि भमराको रसलीला
तिमीले पुलुक्क हेरी शिर जुकायौ
तर म
फूललाई नै हेरिरहेको थिय
पल भर मै भमरा उडि गयो
अनि अर्को भमरा आयो
कति निर्लज्जा साथ
फूल भमरालाई
साथ दिई रहेको थिई
तिमी जुरुक्क उठि
त्यो फूल टिपी
मलाई दिन
हात अगाडि वडायौ
म तिमीलाई हेरीरहे
 
Posted on 07-30-06 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुक्तक

लोप्चन सलाम सिंह लामा

कसरी भनु म
माया तिमीलाई कति गर्छु
आफ्नै छायाँ पनि
तिमि जस्तै लाग्छ
छुदै तिम्रो तस्बिर्
वषौंदेखिको प्यास्
मेटे जस्तो लाग्छ
यि हेर
मेरो आखाँमा
अझै
तिम्रो तस्बिर् बसेको छ
मेरो ओठहरुमा
तिम्रो लालि
लत्पतिएको छ
 
Posted on 07-30-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोप्चनजी, सबै राम्रा छन्! धेरै हरफहरले तपाईँको अनुभव बयान गरे जस्तो लाग्यो।
यो चाहिँ गजबै लाग्यो-

...फूल अनि भमराको रासलीला
तिमीले पुलुक्क हेरी शिर झुकायौ
तर म
फूललाई नै हेरिरहेको थिय....

 
Posted on 08-14-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुनु

लोप्चन सलाम सिंह लामा

अन्धकारमय थियो
मेरो जीवन
औशिको रात झैं
पुर्णेको जुन भई
उज्यालो छाइदियौ
दुई दिनको साथमा
सुन्नेले के गुन्छ र ?
देखनेले के बुज्छ र ?
शितल तिमी त
छाहारि हौ
यात्री हु म त
उजाड मरुभुमिको
आलो घाउ
मुटुभरि लिई
छटपाटिरहेको घाइते हुँ


चोट दिने लाखौं हुन्छन
चोट खाने हजारौं हुन्छन
मलम लगाउने
एउटा हुन्छ
तर
रित्तो छु म आज
छैन शब्दहरु
तिम्रो बखान गर्न
खाली रिकपिमा
कलमहरु भाँची सकेको छ
आश नगर्नु
बैगुनी छ संसार
नत्र किन ?
छोटो हुन्थ्यो
मिठो तिम्रो साथ
स्वर्थी छ
ईस्वर पनि
भर नपर्नु
नत्र किन ?
मिलन पछी बिछोड हुन्थ्यो
बिछोड पछी
मिलन बनाउन सक्दैनाथयो
 
Posted on 08-14-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho........... dherai din pachi kehi raamra rachana haru padhna paaiyo ....
 
Posted on 08-15-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महामुर्ख भाग-१

लोप्चन सलाम सिंह लामा
ए पटमुर्ख
ए महामुर्ख
त आफुले आफैलाई
मान्छे ठान्छस्
सोमत नभएको
वरीपरी ख्यालै नगरि
अपशब्द बोल्छस्
कति लाजमर्दो
आफैलाई
जगंबहादुरको नाती ठन्छस्
खै देखा त
तेरो छाति ?
छि-छी
हाँछ्यु गर्दा
प्याट्ट फुट्ने
भागेराको जत्रो छाती
मलाई नदेखा
फु गर्दा डल्लास्
मैले सास् फेर्दै
मर्लास्
जा-जा
उता जा
मेरो नजिक न आइज

निर्दोस् हत्यारा बन्न चाहन्न
 
Posted on 08-21-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

salam, that is a nice poem. and people like you are rarely found. keep it up la. you are very nice person. i appreciate
 
Posted on 08-23-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रम्

लोप्चन सलाम सिंह लामा

भन्नेहरु त भन्दै गर्छन्
कोसेली हो रे
माया
ईश्वारको
जिउने आधार हो रे
माया
जीवनको
सुन्दर अंश हो रे
माया
जिन्दगीको
धत्
वाईयात् कुरा
किन भ्रममा पर्छौ?
ए मुर्ख मानिस
आँफु भोकै बसेर
पोथिलाई चारो खुवाउने
भाँले बन्नुलाई पनि
माया भनिन्छ
लाटा
कुखुरे बैसको
कुखुरेहरुको
पछी नलाग
जातोमा मकै पिसिए झै
पिसिदा
चाल पाउछौ
गधा
 
Posted on 08-24-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महामुर्ख भाग-२

थुइक्क
नकचरो गधाँ
बाझीँ होस्
तलाई जन्म दिने
कोख
गर्व मै त
किन तुहिनस् ?
धर्तिको बोझ
बिरलोको मुटु लिएर
बाघ बन्न खोज्छ्स् ?
न त तलाई
घुर्न आँउछ
न त गर्जन नै
धेरै म्याउँ-म्याउँ नगर
ट्यम्को जत्रो छाती
दमहा जसरि बजाईदिउलाँ
प्याट्ट फुट्छ
छताछुल्ल हुन्छ रगत
प्राण पखेरु उडछ
खेल नै खतम
 
Posted on 09-12-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस पालिको झरिमा

यस पालिको झरिमा
निथ्रुक्क भिझेर
तिम्रो न्यानो अंगालोमा
बेरिन पाईन
मायाहरु साटा-साट गर्न पाईन
अंह
तिम्रो हात समाई
प्रेमका प्यालाहरु
पिउन पाईन ।
यस पालिको झरिमा
रोपाईको हिलो छ्यापी
पिरतिको गीत गाउन पाईन
प्रिया
मेरो मायामा
कमि भएर हो कि
अथवा
तिम्रो माया झुठो भएर
दोबाटोमा घंटौ कुर्दा पनि
भेट्न आईनौ
यस पालिको झरिमा
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters