[Show all top banners]

U_2
Replies to this thread:

More by U_2
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Our King: a butt of joke!!
[VIEWED 7884 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-05 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is King Gyanendra becoming more and more a butt of joke in Nepal these days?

1. Read how Balaram Bania makes fun of him in today's Kantipur, repeating Maharaj and Maharaj. Maharaj doesn't sounds like King in his writing, but sounds more like something funny:

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=52522

2. And, lately too many cartoons have appeared here and there which made fun of our Maharaj!
 
Posted on 09-22-05 2:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ मोडलको अनुपम लीला
समय/सन्दर्भ
बलराम बानियाँ
( महाराज देखिने र सुनिने भएपछि जनताले ुमोबाइल न्यायु पाउन थालेका छन् । न्याय पनि यस्तो कि महाराज देश दौडाहामा जता(जता गइबक्सन्छ, उतै(उतै पछि लाएर जाने । उदयपुरवासीले सवारीमा रहेका महाराजसँग ुलोकसेवा आयोगको अञ्चल कार्यालय खोटाङमा छ, हामीलाई परीक्षा दिन जान टाढा भयोु भन्ने बिन्ती बिसाउनासाथ न्याय तल उदयपुरमा ओर्लन लागेको छ । महाराजको हुकुम पनि यस्तो अचुक औषधि कि दायाँ(बायाँ, अगाडिरपछाडि कतै नहेरी लोकसेवा आयोगले आफ्नो अञ्चल कार्यालय खोटाङबाट उदयपुरमा सार्ने तयारी गरिरहेको छ । फेरि कुनै दिन महाराजको सवारी खोटाङमा भयो भने न्याय पनि खोटाङतिरै उकालो लाग्नेछ । यस्तो पो न्याय .
मौसुफ हुकुम तामेली भएरनभएको स्वयंं हेरिबक्सन्छ । मध्यपश्चिमाञ्चलका सम्पूर्ण क्षेत्रीय कार्यालय नेपालगन्जबाट सुर्खेतमा सार्न हुकुम भयो । दोस्रोपटक सुर्खेत सवारी हुँदासम्म हुकुम कार्यान्वयन नभएपछि मौसुफबाट कर्मचारीहरूलाई विभागीय कारबाही गर्ने चेतावनी दिइबक्सेको छ । मौसुफ जनताका विकासनिर्माण र न्याय निम्ति यति गम्भीर होइबक्सन्छ कि जनताका काम समयमै सम्पादन नगर्ने जिल्ला(जिल्लाका खरदाररसुब्बालाई समेत आफैं कारबाही गर्दै हिडिबक्स्यो भने पनि अनौठो हुनेछैन । क्षेत्रीय कार्यालय सुर्खेतमा सर्न लागेकामा नेपालगन्जका राजावादी नै सडकमा उत्रन थालेका छन् । मौसुफ जनताको बिन्ती काट्नै सकिबक्सन्न । फेरि नेपालगन्ज आउँदा बिन्ती बिसाए पुग्छ, ती कार्यालय फेरि फर्किहाल्छन्, बित्थामा आन्दोलित हुनुको कुनै अर्थ छैन । हुकुमको जवाफ र कालको औषधि हुन्न भनिन्छ । हुकुमका अगाडि कार्यालय सार्ने स्रोत, पूर्वाधार र ठाउँ छ, छैन भन्ने कुराको कुनै अर्थ रहन्न । धनकुटावासीको सौभाग्य नै भन्नुपर्छ । ुतथास्तुु शब्द मुखबाट झर्नासाथ विराटनगरमा रहेका पूर्वाञ्चलका क्षेत्रीय कार्यालय धमाधम धनकुटा सार्ने तयारी हुँदैछ ।
नयाँ मोडलको प्रजातन्त्रमा अनुपम लीला देखिइरहेका छन् । सम्पत्तिका नाममा जम्मा १० तोला सुन भएका मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीले 1 करोड ७४ लाख रुपैयाँ ऋण कसरी तिर्नोला, कौतुहलको विषय बनिरहेको थियो । केही नहुनेलाई भगवान्ले हेर्छन् भन्ने पुरानो भनाइ छ । राजकृपा भयो कि भगवान् कृपा रु त्यो त खुट्टनि बाँकी छ, तर उनी ऋण मुक्त भएका छन् । ऋण कसरी तिरियो, ठूलो कुरा होइन, गिरी कालोसूचीबाट मुक्त भएर ुस्वच्छ छविु मा दरिन पाउनुभएको छ, त्यो नै ठूलो हो । महाराज मुलुकमा रामराज्य बहाली गर्न लागिबक्सेको छ । मौसुफलाई ुस्वच्छ छविहरूु मात्र मन पर्छ ।

राजाले कति खोजी गरेर ल्याएका स्वच्छ छविका मान्छेमा प्रेस भएरनभएका दाग देख्छन् । ऋण त बैंकको पो चिन्ताको कुरा हो, यहाँ त प्रेस होनाहार मन्त्रीले ऋण नतिरेका घटना सार्वजनिक गरिरहेका छन् । सरकारका प्रवक्ता टंक ढकाल, सहायकमन्त्रीद्वय जगत् गौचन र सिनेट श्रेष्ठ कालो सूचीमा परेको घटना उछालिरहेका छन् । माघ १९ सँगै मुलुकमा राजकृपा सुरु भएको छ, भर्खरै गिरीको ऋण तिरियो, पालैपालो अरू मन्त्रीको पनि ऋण तिरिंदै जाला । कसले तिरिदिन्छ, त्यसबाट राष्ट्रलाई प्रत्यक्षरअप्रत्यक्ष कति घाटा हुन्छ, त्यो महत्त्वको विषय होइन । महाराजका सबै मन्त्री एकरएक गरी ऋण मुक्त भएर स्वच्छ छविमा दरिने निश्चित छ, त्योमात्र महत्त्वको विषय हो ।
 
Posted on 09-22-05 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघ १९ सँगै राजभक्तहरूको बाहार आएको छ । यतिबेला उनीहरूको उद्धार नभए कसको हुने रु फेरि इतिहासमै राजभक्तहरूका लागि यो अन्तिम उर्वर मौका हो । राजभक्तहरूले स्वाभिमान र स्वत्व नै महाराजमा समर्पण गरेका छन्, महाराजका लागि त्योभन्दा ठूलो त्याग के हुन सक्छ रु यसमा उपाध्यक्ष गिरी नै अनुपम उदाहरण हुनुहुन्छ । उहाँले ०१७ सालमै महाराजसामु आफ्नो विचार समर्पण गरिसक्नुभएको छ । राजाबाट जे सोचिबक्सन्छ, जे गरिबक्सन्छ, त्यो नै गिरीको दिशा र गन्तव्य हो । महाराज स्वतन्त्र सञ्चारमाध्यम, नागरिक समाज र आन्दोलनरत सात दललाई नियन्त्रण गरेर मुलुकमा शान्ति बहाल गर्न चाहिबक्सन्छ, त्यसो गर्न वर्तमान संविधान बाधक ठानिबक्सेको छ । महाराजबाट मुलुकलाई छिट्टै नयाँ संविधान दिन लागिबक्सेको छ भनेर गिरीले बेलैमा जनतालाई सुसूचितमात्र गराउनुभएको छैन, राजनीतिक इमानदारीसमेत प्रदर्शन गर्नुभएको छ । गिरी असल राजभक्त हुनुहुन्छ, उहाँ महाराजकै विचारमात्रै बोल्नुहुन्छ । राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने आफ्नो कार्यक्रम रद्द गर्नुपर्दा महाराज अन्तर्राष्ट्रिय समुदायसित असन्तुष्ट होइबक्सन्छ । एफएम रेडियोमा आफूले बन्द गराएको समाचार र सूचनामूलक कार्यक्रम खोलिदिने न्यायालयसित समेत मौसुफ सन्तुष्ट होइबक्सन्न । आन्दोलनरत दलका नेतालाई डर र त्रासमा पारेर आफ्नो समर्थनमा आउन बाध्य पार्ने भ्रष्टाचार नियन्त्रण शाही आयोगरूपी हतियारलाई समेत सर्वोच्च अदालतले खारेज गरिदिने सम्भावना देखेपछि मौसुफको चित्त दुख्नु स्वाभाविकै हो । गिरीले दलहरू विदेशीको इशारामा चलेको र अदालतसमेत तिनकै मतियार भएको जुन अभिव्यक्ति दिनुभएको छ, त्यो राजाको विचार हो । यसबाट नयाँ प्रजातन्त्रले स्वतन्त्र होइन निर्देशित न्यायालय खोजिरहेको प्रस्ट भएको छ । मानवअधिकार आयोगको भूमिकासित समेत दरबार सन्तुष्ट हुन नसकेको गिरीले उजागर गर्नुभएको छ । माओवादीले गरेको युद्धविरामप्रति सरकारले सकारात्मक प्रतिक्रिया व्यक्त गरेर सेना ब्यारेकमा फर्काउनुपर्छ भन्ने आयोगको आग्रहप्रति समेत गिरीले टिप्पणी गर्नुभएको छ( ुसरकारले नियुक्त गरेको आयोगको भनाइ उचित हो त रुु गिरीले आयोगका पदाधिकारीलाई बोल्नुभन्दा पहिले आफ्नो मनोनयनको धरातल सोच्न नयाँ मोडेलको प्रजातन्त्रअनुरूपको आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्का सदस्य र मनोनीत पदाधिकारीहरूले मुलुकमा नयाँ शासन सुरु भएको अनुभूति जनतालाई दिलाइरहेका छन् । सबैले बुझेकै हो, मनोनीतहरू लाएरअह्राएको काममात्र गर्छन् । मन्त्रीत्रय बद्री मण्डल, दानबहादुरी शाही र मधुकरशमशेर राणाले गोप्य बैठक गरी भारतबाट रासायनिक मल तस्करी गर्ने निर्णय गरेर मुलुकमा भूमिगत शासन सुरु भएको सन्देश दिइरहेका छन् । सिराहाका स्थानीय विकास अधिकारीलाई दुव्र्यवहार गरेको तीन महिना नपुग्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीमाथि जाइलागेर सगरमाथा अञ्चल प्रशासक रामकुमार सुब्बाले नयाँ शासनका अनेक रूप रहेको संकेत दिइरहेका छन् । सरकारले लोकसेवा आयोगको दैलो नै नदेखेका लोकमानसिंह कार्कीलाई मुख्यसचिवमा बढुवा गरेपछि मुलुकमा हुकुम प्रमाङ्गीको स्वर्ग फर्किन लागेको सुखद् समाचारसमेत प्रवाह भएको छ । त्यसबाट सहजै बुझ्न सकिन्छ( मुलुकले होइन दरबारले योग्य ठानेकाहरूको दिन आएको छ ।
 
Posted on 09-22-05 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He has done great job. That is the reality. heru hetuda ko bikas Pani.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters