[Show all top banners]

Samrat Singh Karki
Replies to this thread:

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली रिय अधिकारी पहिलो सिकार, अमेरिका छाड्न ट्रम्पका समर्थकको धम्की
[VIEWED 51863 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-17 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एच-१बी विधेयक पेश भएपछि ट्रम्पको अमेरिका तथा विश्वका विभिन्न देशमा चर्को विरोध भइरहेका बेला उनका समर्थकहरु भने आप्रवासीहरुलाई धम्की दिन उनीहरुको कोठा कोठामा पुग्न थालेका छन् ।

ट्रम्पका समर्थकहरुले नेपालीहरुलाई पनि कोठामै पुगेर अमेरिका छाड्न धम्की दिन थालेका छन् । नेपालबाट पढ्नका लागि अमेरिका पुगेकी विद्यार्थी रिया अधिकारी बस्दै आएको छात्राबासको कोठाको ढोकामा उनलाई अमेरिका छाडेर जान भन्दै चेतावनीयुक्त सन्देश लेखिएको हो ।

जर्जिया राज्यको मेकन शहरस्थित महिला कलेज वेस्यलेनको छात्रबासको कोठाको ढोकामा सेतो पाटीमा ‘गो अवे इमिग्रेन्ट (आप्रवासीहरु जाओ) #ट्रम्प भन्दै धम्कीपूर्ण भाषामा लेखेको सन्देश पाइएपछि त्रासको माहोल बनेको छ ।

तर ट्रम्पका समर्थकको यो धम्कीपूर्ण सन्देशको रियाले फेसबुकमार्फत कडा जबाफ दिएकी छन् । उनले यो धम्कीले आफू बिचलित नभएको भन्दै आफूलाई अझै शक्तिशाली बनाएको उल्लेख गरेकी छन् । (ट्रम्पले तर्साएपछि चीनको शरणमा भारतीय कम्पनी)

'हामीलाई यो सन्देश छाड्नेहरुमाथि पैदा भएको घृणाले आफूसँग कति समर्थन छ भन्ने देखाएको छ', उनले भनेकी छन्,‘तिमीले मलाई एक्ली सोच्यौ होला। तर, तिमीले बुझ मसँग सेना पनि छ । अब तिमीले मलाई संगठित गर्न झनै सहयोग गरिदियौ ।’

म्याकोन डटकमका अनुसार रिया बस्दै आएको छात्राबासमा रहेका अन्य आप्रवासी विद्यार्थीहरुका ढोकामा पनि यस्तै धम्कीपूर्ण सन्देश लेखिएका छन् ।

समाचार अनुसार आप्रवासीविरुद्ध भड्काउपूर्ण धम्कीयुक्त सन्देश लेखिएपछि रियाले पढ्दै आएको कलेजको पढाई पनि मङ्गलबार रोकिएको थियो ।

धम्की दिएको यो घटना सार्वजनिक भएपछि अमेरिकामा आप्रवासीको पक्षमा अझै जबरजस्त माहोल बनेको छ । केही दिनयता चर्केको विरोधको स्वरले अझै उचाई लिइरहेको छ ।

घटनाबारे जानकारी पाएपछि रिया पढ्दै आएको कलेजमा प्रमुख रुथ नक्सले सामूहिकता नै आफूहरुको बल भएको बताउँदै यसबाट बिचलित नहुन पनि अपिल गरेका छन् ।

एच-१बी भिसासम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित भएमा आप्रवासी दक्ष कामदारको अमेरिका प्रवेश धेरै कठिन हुने भएको छ ।

नयाँ प्रावधानमा आप्रवासी कामदारलाई रोजगारी दिने कम्पनीले अब बार्षिक तलब १ लाख ३० हजार डलर पुर्‍याउनुपर्ने भएको छ । यसअघिसम्म वार्षिक ६० हजार तलब दिए पुग्ने प्रावधान थियो ।

यसको सबैभन्दा धेरै मार भारतीय आईटी कम्पनीहरुलाई पर्ने भएको छ । त्यहाँबाट बर्षेनि बीसौँ हजार नागरिक पढ्न तथा रोजगारीका लागि एच-१बी भिसाको प्रयोग गरेर अमेरिका पुग्छन् ।

नेपालबाट पनि एच-१बी भिसाको प्रयोग गरेर बर्सेनि करिब १२ सय जना नेपाली युवा युवती अमेरिका पुग्ने गरेका छन् । डीभी लोट्रीबाट अमेरिका पुग्ने नेपालीको सङ्ख्या अलग्गै छ ।
 
Posted on 02-01-17 8:39 AM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धम्की दिइएको तस्बिरसहित रियाको फेसबुक स्टाटस


 
Posted on 02-01-17 9:15 AM     [Snapshot: 900]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I would add: Ask Malania Trump first.


If you were stopped and bother by this type of moron: Snap him/her with strong word use profanity and tell him go and ask your first lady Malania Trump to go to her country. She is immigrant too.

Believe me he/she will leave you alone.

 
Posted on 02-03-17 6:23 PM     [Snapshot: 19332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Esi herda ra afai Georgia baseko anubab ra teha ko mahol herda yo state ma testo chai ali hudaina ,yo chai hamro baini le sasto lok priyetako lagi gare jasto cha..hai

eso herda chai
 
Posted on 02-03-17 6:29 PM     [Snapshot: 19377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Eso herda ra afai Georgia baseko anubab ra teha ko mahol herda yo state ma testo chai ali hudaina ,yo chai hamro baini le sasto lok priyetako lagi gare jasto cha..hai

eso herda chai
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters