[Show all top banners]

Bornto_Rise

More by Bornto_Rise
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Real Face of Maoist & Bijay Kumar gachchadar
[VIEWED 4431 TIMES]
SAVE! for ease of future access.
Posted on 03-25-13 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

रेडकर्नर नोटिसबाट नाम हटाउन १० लाख खर्च

  • चौकिदार बन्न २ लाख ५० हजार खर्च

  • अपराधीलाई संरक्षण दिन चलखेल

 

सुनसरी, चैत्र १२ - दुई देशले आतंकवादी घोषित गर्दै 'मोस्ट वान्टेड' को सूचीमा राखेका व्यक्तिलाई कारबाहीबाट जोगाउन नेपालमा आर्थिक चलखेल भएको पाइएको छ । चलखेलमा राजनीतिक दल, प्रहरी र गृह प्रशासनको संलग्नतासमेत खुलेको छ ।

बंगलादेश र भारतले आतंकवादी गतिविधिमा लागेको भन्दै इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गरेका बंगलादेशी नागरिक सुब्रतो बायनको नाम उक्त सूचीबाट हटाउन चलखेल भएको अनुसन्धानले देखाएको छ । गत कात्तिक २७ गते सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ खनेर १२ कैदी भागेपछि यो रहस्य खुलेको हो ।

कैदी भागेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बायनलाई इन्टरपोलको मोस्ट वान्टेड सूचीबाट हटाउन माओवादी नेता कृष्णबहादुर महरा गृहमन्त्री हुँदादेखि चलखेल थालेको पाइएको छ । बायन नागरिकताको मुद्दामा छुट्ने बित्तिकै नेपाल प्रहरीले पुनः पक्राउ गर्न सक्ने भएकाले पक्राउ पर्नबाट जोगिन चलखेल भएको स्रोत बताउूछ ।

कैदीहरू कारागारबाट भागेपछि बायनकी श्रीमतीसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेका काठमाडौं बुद्धनगरका व्यापारी नन्दकिशोर साहलाई पक्राउ गरिएको थियो । उनले चलखेलबारे बताएका हुन् । साहले बायनसूग आफ्नो सम्बन्ध रहेको र बायनले नै आफूलाई व्यापारमा स्थापित गरेको बताएका छन् । उनका अनुसार बायनले आतंककारी सूचीबाट आफ्नो नाम हटाउन निक्कै मिहेनत गरेका थिए ।

एमाओवादीको स्वरोजगार मजदुर युनियनका केन्द्रीय अध्यक्षसमेत रहेका साहले कान्तिपुरसूग आफूले सूचीबाट हटाउन मद्दत गरेको बताए । 'उसले अप्ठ्यारो परेका बेला मद्दत गरेकाले मैले पनि एमाओवादीको सानोतिनो नेता भएकाले सहयोग गरेको हुँ,' कारागारमा रहेका उनले भने, 'प्रहरीको इन्टरपोल वेबसाइटबाट नाम हटाउन बायनको श्रीमतीलाई नेता र सभासद भेटाएको छु ।'

 उनका अनुसार तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराकै पालादेखि बायनको नाम इन्टरपोलको सूचीबाट हटाउन पहल भएको थियो । बायनले आफू बंगलादेशी नभई भारतीय नागरिक भएको पुष्टि हुने कागजपत्र श्रीमतीमार्फत पेस गराएका थिए । महराले 'निवेदन छाडेर जानु म प्रहरीसूग बुझौंला' भन्दै पठाएका थिए । त्योबेला महरालाई भेट्न साहसँग माओवादी सभासद उमा भुजेल पनि गएकी थिइन् । पत्र थमाएपछि उनीहरू प्रहरी मुख्यालयसमेत धाएका थिए ।

त्यस कामका लागि भुजेलसूग १० लाख रुपैयाँको सम्झौता भएको थियो । त्योमध्ये ८ लाख नगद र २ लाखको गरगहना दिएको साहले बताएका छन् । बायनकी श्रीमती जमिना खातुन र साहले बालकुमारीस्थित भुजेलको डेरामा लगेर रकम बुझाएका थिए । 'पैसा दिएपछि के गर्ने भन्ने विषयमा पटक- पटक उमालाई सोधेका थियौं,' उनले भने, 'भुजेलले छुट्नुभन्दा एक महिनाअघि खबर गर्नु म १५ दिनअघि नै सबै कागजपत्र तयार पारिदिन्छु भन्ने आश्वासन दिए पनि केही भएन ।'

पैसा दिएपछि प्रहरीले पुनः पक्राउ नगर्ने बताएको थियो । बायनले कारागारभित्र चौकिदार हूँदा अन्य कैदीबाट र विभिन्न व्यापारका नाममा मासिक ८० हजार रुपैयाँ कमाइ गर्ने प्रहरीको गोप्य प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक बायनलाई बंगलादेशबाट रुनी भाइ र दुबईबाट नानाभाइले जमिनाको नाममा आईएमईमार्फत पैसा पठाउने गरेका थिए । भुजेललाई पैसा दिएको कोलकातामा पक्राउ परेका सुब्रतोले समेत स्वीकारेका छन् । उनले केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको प्रहरीसमक्ष भुजेललाई श्रीमतीमार्फत रकम दिएको बताएका हुन् ।

भुजेलतर्फबाट केही नभएपछि बायनले कारागारमा नियमित भेट गर्न आउने सुनसरी लौकहीका सदानन्द मण्डलमार्फत रेडकर्नर नोटिसबाट नाम हटाउने प्रयास गरेका थिए । पूर्वगृहमन्त्री विजयकुमार गच्छदारनिकट मण्डल र दुहबीका तपन दासमार्फत नाम हटाउन खोजिएको थियो । '१५ लाखमा काम गरिदिने सहमति भएको पाइयो,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'तर रिहा भएपछि पुनः पक्राउको डरले सुरुङ खनेर भागेको पाइयो ।'

उनका अनुसार मण्डलले बायनलाई आफू गृहमन्त्रीको नजिकको मान्छे भन्दै रेड कर्नर नोटिसबाट नाम हटाउन १५ लाख मागेका थिए । 'सपन र सदानन्दले त्यो कुरा गरेका रहे्न्,' साहले भने, 'मलाई बायनले यस्तो प्रस्ताव आएको छ, यी मान्छेले काम गर्न सक्छन् कि सक्दैनन् भनेका थिए ।' उनले भोजराजलाई सपन र सदानन्दबारे सोधेको बताए । भोजराजले सदानन्द र सपन गच्छदारको नजिकका मान्छे भएकाले काम गर्न सक्ने जानकारी गराएका थिए । 'मैले त्यही कुरो बायनलाई सुनाइूएिू,' उनले भने, 'त्यसपछि के भो, किन भागे, थाहा भएन ।'

बायनले सुरुङ खनेर भाग्नु एक दिनअघि आफूलाई फोन गरेर योजना बताएको उनले उल्लेख गरे । 'तिमीहरूले माथि धेरै पैसा खर्च गरिसक्यौ तर इन्टरपोलबाट नाम हटाइदिन सकेनौं । अब म अ्फ्नै तरिकाले बाहिर निस्कन्छु,' बायनको भनाइ उद्धृत गर्दै साहले भने, 'निस्कनलाई पैसा चाहिन्छ, ५ लाख रुपैयाँ तयारी हालतमा राख ।' भागेको बिहान ४ बजे फोन गरेर अढाई लाख रुपूयाू जमालको हातमा दिनु भनेका थिए । जमाल सुनसरी कारागारमा तरकारी पुर्‍याउने ठेकेदार हुन् । जमालले फोन गरेर एउटा मान्छे पठाएको र उसैको चेक दिएको साहको भनाइ छ ।

भाग्नमा कारागार सुरक्षार्थ खटिएका सई जितबहादुर केसी खत्री र सुब्रतोलाई चौकिदार बनाउने तत्कालीन जेलर भोजराज रेग्मीको मिलेमतो भएको अनुसन्धानले देखाएको छ । घटनालगत्तै कारागार व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालासहितको टोलीले अनुसन्धान गरेको थियो ।

बायनलाई नागरिकता बनाउने देखी कारागारभित्र अनेक सुविधा दिने काममा रेग्मीको प्रत्यक्ष संलग्नता देखिएको छ । कारागार ऐनअनुसार विदेशी नागरिकलाई चौकिदार बनाउन पाइूदैन । तर रेग्मीले २ लाख ५० हजार रुपैयाँ लिएर त्यस्तो जिम्मेवारी दिएको साहले बताएका छन् । त्यस अतिरिक्त उनलाई रेग्मीले अन्य सुविधासमेत प्रदान गर्दै आएका थिए । उनी २०६६ भदौ ३० देखि २०६८ असार १२ गतेसम्म सुनसरी कारागारमा जेलर थिए ।

 गच्छदार गृहमन्त्री हुँदा उनको पीए शाखामा रेग्मी ४ महिना बसेका थिए । त्यसपछि अध्यागमन विभाग पुगेका उनीविरुद्ध प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो । तर गृहमन्त्री गच्छदारले दबाब दिएर कारबाही प्रभावित पारेको स्रोत बताउँछ । 'मुख्य सचिवज्यूले रेग्मीको चरित्र थाहा पाएपछि पक्राउ गरेर कारबाही गर्न भन्नुभएको थियो,' केन्द्रीय अनुसन्धान ब्युरोका एक प्रहरी अधिकृतले भने, 'तर गच्छदारले केही गर्न दिएनन् ।'  

चामल, मसला र कवाडीको व्यवसाय गर्दै आएका साह र बायनबीच २०६४ देखि सम्बन्ध थियो । साह २०६४ मा पहिलो पटक भारतीय जाली नोट कारोबारको आरोपमा काठमाडौंमा पक्राउ परेका थिए । ६ महिना जेल परेर छुटेका उनी पुनः भारतमा समातिए ।

त्यही बेला भारतीय कारागारमा रहेका बायनसूग चिनजान भएको बताएका छन् । बायन भारतीय कारागारमा थिए । त्यसबेला साहलाई कारागारमा भेट्नसमेत उनैले मद्दत गरेको प्रहरीको भनाइ छ । साह जेलबाट भेट्न र वकिलसूग लड्न पैसा नभएको अवस्थामा बायनले ११ लाख रुपैयाभन्दा बढी रकम सहयोग गरेको बताएका छन् ।

 प्रकाशित मिति: २०६९ चैत्र १२ १२:११


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters