[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Desh ma k vai sakeko rahecha thaha pauu hai Sajha nepali daju bhai dd baini haru !!!
[VIEWED 6307 TIMES]
SAVE! for ease of future access.
kuragarokuraikodukha
Posted on 08-09-11 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौ, श्रावण २३ -
नेपाली सेनाको संरक्षणमा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका पुराना हतियार अति सस्तो मूल्यमा बिक्री गरिएको खुलासा भएको छ । ११ वर्षअघि माओवादीसँग द्वन्द्व चर्केका बेला सरकारले अत्याधुनिक हतियार भित्र्याउने होडमा इतिहास चिनाउने धरोहरका रूपमा रहेका झन्डै ४ सय ५० टन हतियार बेचेको थियो । सरकारले उक्त हतियार अमेरिकाको न्युजर्सीस्थित 'इन्टरनेसनल मिलिटरी एन्टिक्स' का प्रमुख क्रिस्चियन क्रान्मरलाई बेचेको पत्ता लागेको छ ।  

कान्तिपुर टेलिभिजनले गरेको खोजअनुसार त्यसबेला ५० लाख अमेरिकी डलर अर्थात् करिब ३५ करोड रुपैयाँमा ती पुरातात्त्विक महत्त्वका हतियार बेचिएका थिए । 'एक चलचित्रका लागि हतियारबारे शोध गर्दा यति ठूलो परिमाणमा राष्ट्रको हतियार सरकार स्वयंले बेचेको थाहा पाएँ,' कान्तिपुर टिभीका कार्यक्रम प्रमुख भूषण दाहालले भने । यससम्बन्धी उनले तयार पारेको सामग्रीको पहिलो अंश सोमबार राति 'फायरसाइड' कार्यक्रममा प्रसारण गरिएको थियो ।

अनुसन्धान अनुसार काठमाडौंको लगन सिलेखानामा नेपाली सेनाका ऐतिहारिक हतियार भण्डारण गरिएका थिए । त्यहाँबाट मात्रै ५० हजारभन्दा बढी बन्दुक, १ सय ८० वटा तोप, हजारौं थान खुकुरी, राइफलको संगीन, गोली गठ्ठा, बहुमूल्य पत्थरसमेत बिक्री गरिएको थियो ।

सरकारले उक्त अमेरिकी कम्पनीसँग सुरुमा तीन म्याटि्रक टन हतियार बेच्ने कबोल गरेको थियो । सरकारले बढी रकमको चाहना गरेपछि उक्त कम्पनीको मागअनुरूप मुलुकका अन्य भागमा भण्डारण गरिएका सेनाका पुराना हतियारसमेत खोतलिएका थिए । क्रिस्चियन क्रान्मर स्वयं नेपाल आएर रोजीरोजी ५ म्याटि्रक टन पुराना हतियार किनेर लगेको सैनिक अधिकारीहरूले बताएका छन् ।

सम्झौताअनुरूप उनले सन् २००१/०२ मै ती हतियार लैजानुपर्ने थियो । तर भारतले आफ्नो बाटो भएर लैजाने अनुमति दिन समय लगाएकाले निकै पछि मात्र लगेका थिए । ती ऐतिहासिक हतियार स्थलमार्गबाट भारत पुर्‍याएर त्यहाँबाट अमेरिकातर्फ लगिएको थियो ।

त्यो नेपालको इतिहास मेटाउने गम्भीर घटना थियो । नेपालका प्रथम वैज्ञानिक गेहेन्द्र शमशेरले बनाएका बन्दुकसमेत त्यसबेला बेचिएका थिए । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५८ सालमा सेनालाई तत्कालै आधुनिक हतियार चाहिएको थियो ।

सरकारले पुरानालाई विस्थापित गर्ने नाउँमा हतारमा पुरातात्त्विक महत्त्वका हतियार ३५ करोड रुपैयाँमा बेच्ने निर्णय गरेको थियो । तर उक्त सौदाबाजी केवल ३५ करोड बराबरको नयाँ हतियार भित्र्याउन गरिएको थियो भनेर कसैले विश्वास गर्दैन ।

सरकारी पक्षले ती सबै हतियार कामै नलाग्ने भएको दाबी गरेको छ । तीमध्ये कति हतियार स्वदेशमै मर्मत गरेर काम चलाउन वा संग्रहालयमा राख्न सकिने थिए कि थिएनन्, यस्ता पक्षमा पनि ध्यान दिएको देखिँदैन । 'यही कारण पनि यो प्रकरणमा ठूलै चलखेल भएको अनुमान गर्न सकिन्छ,' उक्त मामिलाका जानकार एक सैनिक अधिकारीले बताए ।

ती पुरातात्त्विक हतियार किन्ने अमेरिकी कम्पनीले आफ्नो वेबसाइट -आईएमए ड्यास यूएसए डटकम) मा ती हतियार खुला बिक्रीमा राखेको छ । केही क्रेताले यूट्युबमा ती हतियार काम लाग्ने र मजाले पडकरहेको समेत उल्लेख गरेका छन् । 

ऐतिहासिक महत्त्वका शस्त्रहरू पाएकामा अमेरिकी नागरिक क्रान्मर दंग छन् । उनले यी हतियार नेपोलियन बोनापार्ट र अमेरिकी गृहयुद्धताकाका भएको दाबी गर्दै यसबारे वृत्तचित्र बनाउन र पुस्तक लेख्नसमेत भ्याएका छन् ।

उनी खासगरी राणाकालीन वैज्ञानिक गेहेन्द्र शमशेरले बनाएका हतियार पाएकामा खुसी छन् । 'सरकारले बढी रकमको चाहना गर्‍यो, हामीले अझ बढी हतियारको माग राख्यौं,' उनले वृत्तचित्रमा भनेका छन्, 'सेनाले उपलब्ध गराएको हेलिकप्टरमा अरू भण्डारणमा पुगेर थप पुरातात्विक हतियार खोजेर ल्यायौं ।' क्रान्मरले यसका लागि सरोकारवाला सबै सरकारी र सैनिक अधिकारी एवं तत्कालीन मेजर जनरल कुमार फुदुङका तर्फबाट सक्रिय भूमिका खेल्ने ठमेलका व्यवसायी नरेश दासलाई वृत्तचित्र र पुस्तकमा हार्दिक आभार व्यक्त गरेका छन् ।

सरकारले सन २००० अगस्त २० मा पहिलोपटक र सेप्टेम्बर २० मा दोस्रो पटक पुरातात्त्विक हतियार बिक्रीका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । क्रान्मरले सरकारको चाहनाअनुरूपको रकम दिँदै तीन हजार काठका बाकसमा ती सामग्री लगेका थिए । उनले उल्लेख गरेअनुसार तीमध्ये ९७ प्रतिशत हतियार सन् १८९८ भन्दा अघि बनेका हुन् ।  

यस घटनाबारे वरिष्ठ सैन्य अधिकारी र त्यस बेला नेतृत्वमा रहेकाहरूको आ-आफ्नै दाबी छ । तत्कालीन प्रधानसेनापति प्यारजंग थापाले हतियार बेच्ने निर्णय मन्त्रिपरिषद्बाटै भएको बताए । यता, तत्कालीन रक्षामन्त्री महेश आचार्यले त्यो घटना नै बिर्सिसकेका रहेछन् । उनले यसबारे आफूलाई स्मरण नभएको प्रतिक्रिया दिएका छन् ।

पूर्वरथी बालानन्द शर्माले हतियार राम्रोसँग राख्न सक्ने अवस्थामा नभएकाले बेचिएको बताएका छन् । हतियार बेच्न जुनसुकै कारण प्रस्तुत गरिए पनि यो राष्ट्रमाथि ठूलो धोका भएको जानकारहरू बताउँछन् । भावी पुस्ताले दर्शन र अध्ययन गर्न संग्रहालय बनाएर राख्नुपर्ने ती हतियार बेचिएको कथा खोतल्दै जाँदा ठूलो चलखेल र कसरत भएको देखिएको त्यससम्बन्धी कार्यक्रम बनाएका पत्रकार दाहालले बताए । 'मुलुकको यो सम्पत्ति जसरी भए पनि मुलुकमै फर्काउनुपर्छ,' उनले भने ।

Source:- http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=249156

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Oli must go for the UML to survive?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
When will the culture of impunity end?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters