[Show all top banners]

Launakehigaraum
Replies to this thread:

More by Launakehigaraum
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अर्जेन्टिना हारेर के भो, नेपाललाई जिताउन सकिन्छ नि
[VIEWED 7697 TIMES]
SAVE! for ease of future access.
Posted on 07-04-10 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.mysansar.com/archives/2010/07/id/11818#more-11818

अर्जेन्टिना हारेर के भो, नेपाललाई जिताउन सकिन्छ नि




ब्राजिल र अर्जेन्टिना त हार्‍यो,
तर नेपालले जित्‍न सक्नेछ। सुनको डल्लो कप हैन, गरिब र असहायलाई शिक्षाको
सुनौलो घाम दिलाउने काम तपाईँ गर्न सक्नुहुन्छ। यसका लागि तपाईँले पैसा
खर्च गर्नु पर्दैन, मात्र केही मिनेट खर्चेर फेसबुकमा भोट गर्नु पर्नेछ।


यस वर्षको एस‌एलसी परीक्षामा ६४ प्रतिशत विद्यार्थी पास भए। प्रथम
श्रेणीमा पास हुने त ३५ प्रतिशत मात्र। चापागाउँको ज्योतिदय विद्यालयमा
भने शतप्रतिशत उत्तीर्ण भए त्यो पनि ३ वर्ष लगातार। यस वर्ष सबै
विद्यार्थी प्रथम श्रेणीमा पास भए। स्थानीय युवाले आफ्नो गाउँमा गरिब र
असहाय विद्यार्थीहरूसँग गुणस्तरीय शिक्षा पुर्‍‌याउन सुरू गरेको यो
विद्यालय नेपालको लागि नै नमूना हुनसक्छ। मुनाफारहित सहकारी विद्यालयको
रूपमा खोलिएको यो विद्यालय न त सरकारी हो न त नाफामुखी निजी। नितान्त सेवा
भावले खोलिएको ज्योतिदय सहकारी विद्यालयमा स्थानीय बालबालिकाहरू कम
शुल्कमा पढ्छन्, नसक्ने सित्तैमा।


स्थानीय युवाहरूको प्रयासमा चलेको यो विद्यालयलाई अब तपाईं पनि सहयोग गर्न सक्नुहुनेछ।


ज्योतिदय स्कूललाई दीगो रूपमा विकास गर्न सहयोग पुर्‍याइरहेको सर्वोदय
नामक सामाजिक संस्था अहिले फेसबुकको एक प्रतियोगितामा सहभागी छ।


अमेरिकाको चेज बैंकद्वारा सञ्चालित फेसबुक प्रतियोगितामा सबैभन्दा बढी
भोट ल्याउने संस्थाले २ लाख ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। सर्वोदय,
नेपालका कार्यकारी निर्देशक शिशिर खनालले भने- यो रकम पाएमा हामी नेपालमा
स्कूल भवन बनाउन प्रयोग गर्ने थियौँ। सबै पैसा त्यसैमा खन्याउने हैन,
स्कूलको भवन निर्माण गर्न स्थानीय स्रोतको भरपुर प्रयोग गर्ने थियौँ।


एनजीओको नाम आउने बित्तिकै हामी मध्ये अधिकांशको नाक खुम्चन्छ। अरुबाट
पैसा लिने अनि त्यसको सानो अंश खर्च गरेर आफूहरु मोटाउने! उनीहरुले त
पाउँछन्, हामीले चाहिँ के पाउँछौँ त? हाम्रो सोच त्यसरी विकास भइरहेको छ।
यो संस्था के अर्थमा फरक छ त? खनाल भन्छन्- महात्मा गान्धीको विचारबाट
उत्प्रेरित सर्वोदय, नेपालमा अहिंसात्मक तथा दीगो विकास प्रवर्द्धन गर्नका
लागि खडा गरिएको नेपाली संस्था हो। यो संस्था शत प्रतिशत स्वयंसेवामा
चल्छ। आफू वरपरका र छरछिमेकलाई सहयोग गरी उनीहरुको जीवनस्तर माथि उकास्ने
सोच “सर्वोदय” को मूल मन्त्र हो। गान्धीको यही सर्वोदय दर्शनबाट प्रभावित
भएर श्रीलंकामा ‘सर्वोदय श्रमदान’ नामको दीगो विकाससम्बन्धी आन्दोलनले
निकै सफलता पाएको थियो।


यो संस्थाका बारेमा थप जानकारी चाहिए शिशिर खनाललाई skhanal@gmail.com मा सम्पर्क राख्‍नसक्नुहुन्छ।


अहिले सर्वोदय फेसबुक प्रतियोगितामा ४ हजार ७६० मतका साथ आठौं
स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको हिथर अन अर्थ म्युजिक फाउन्डेसन
इन्कको भोट १० हजार २ सय छ। टप टेनभित्र परिसकेको सर्वोदयलाई अब
माइसंसारका पाठकहरुको साथ चाहिएको छ। तपाईँले केही मिनेट खर्च गर्नुभयो
भने यो गौरव हामी प्राप्त गर्न सक्छौँ।


भोट कसरी गर्ने ?


पहिला यहाँ क्लिक गर्नुहोस्


१) सुरुमा फेसबुक लग इन गर्नुहोस (फोटो step1.jpg)



२) लाइक LIKE Click गर्नुहोस् (फोटो step2.jpg)



३) Get Started Vote मा Click गर्नुहोस् (फोटो step3.jpg)



४) Allow मा Click गर्नुहोस् (फोटो step4.jpg)



५) Vote Now मा Click गर्नुहोस्। (फोटो step5.jpg)


अब भोट बढेको देखिन्छ। त्यस पछि Share your friends मा Click गरेर अरू साथीहरूबाट पनि भोट गराउन सक्नुहुन्छ।


यो संस्थाको काम हेर्न यो भिडियो हेर्नुहोस्।




अन्य जानकारीको लागि आधिकारिक साइट पनि हेर्नुहोला।

 
Posted on 07-04-10 7:19 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Help a great work. Vote now and pass it on. 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters