[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भो भो सबिता

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 21011 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-04-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा सत्य नाङगो हुन्छ ।
तिम्रो असत्य बाङ्गो हुन्छ
नाङगो सत्य तिमीलाई पच्दैन्,
बाङ्गो कुरामा मेरो कलम चल्दैन,
भो भो सबिता
अब, तिम्रो कबिता कोर्दिन

माया र प्रीतिका कुरा
तिम्रा लागि काँचका चुरा जस्तो
जीवन र भोगाइ सारा
तिम्रो लागि साँझको सुरा जस्तो

जति कपडा लगाए तिम्रो आङ् छोपिन्न
भो भो सबिता
अब तिम्रो रमिता हेर्दिन
भो भो सबिता
अब तिम्रो कबिता
कोर्दिन
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-04-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhanyabaad mitra haru, hausala ko laagi.
 
Posted on 11-04-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भो भो सबिता
अब तिम्रो कबिता कोर्दिन"

गजब छ! :)
 
Posted on 11-04-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुख र दुख्ख लाइ सधैं धन सँग तौलियौ
धन पछि सधैं तिमी राम्री तन सँग हौसियौ
भो भो सबिता
अब म तिम्रो पबित्रता सोध्दिन
भो भो सबिता
अब म तिम्रो कबिता कोर्दिन।
अस्तु!!!!!!!!!!!!
 
Posted on 11-04-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल ...
तिम्रा बोलिहरुलाइ मैले उहिल्यै तौलिएको भए
तिम्रो उन्माद् बैसको म पक्कै शिकार् हुन्नथे
सबैलाइ चुसे जस्तै मलाइ पनि चुस्यौ अनि मिल्कायौ
सुनाउन थाल्यौ सन्सारलाइ, भो भो सबिता भन्दै

मलाइ यौवनको रस् तिमिले नचखाएको भए
मेरो कुमारित्व्को हत्या तिमिले नगरेको भए
म आज पक्कै तिमि सङ्गै यतै कुनै ठाउमा
जुनि बिताउने सपना कोर्दैगरेकि हुन्थ्ये

भो भो राहुल
अब म तिम्रो गाथा सुन्दिन
तिम्रा नपुन्सक्ताका बहाना सुन्दिन
सोध्दिन म तिमिलाइ
तिमिले अरु कसैलाइ पनि मलाइ जस्तै दोबाटोमै छोड्यौ कि भनि
भो भो राहुल
अब तिम्रा बहनाहरु मलाइ चाहिदैन

बरु एउटै बिन्ति छ तिमिसङ्ग
आइमाइको इज्जत् गर्न सिख ... अझै ढिलो भएको छैन
भो भो राहुल
अब तिम्रा बहनाहरु मलाइ चाहिदैन
अब म पनि तिम्रो कबिता कोर्दिन।
 
Posted on 11-04-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल ...
तिमि यसरी मौन् भएको देख्दा
फेरि पुराना दिन् याद आये
जब मेरा लाख् बिन्ति लत्याइ
बलत्कार् गर्यौ पटक् पटक्
तर त्यतिले पनि चित्त तिम्रो बुझेनछ
भो भो राहुल
तिमि जस्तो ... तिम्रो बयान् म यहा गर्दिन

फेरि आखा मा कसिङर् पर्यो आज
म पक्कै रोएको भने होइन
रुन त मैले त्यै दिन् छोडे
जुन् दिन् बेच्यौ तिमिले मलाइ
अनि दलालि को धनले
किन्यौ आफ्नो लागि स्वतन्त्रता

तै पनि आश् थियो मुटुको कुनामा
पक्कै फर्किनेछ मेरो राहुल, यो नर्कबाट मुक्ति दिन
धन्न, आज त्यो भ्रमबाट पनि मुक्ति पाए
भो भो राहुल
तिम्रो उपकार् अब चाहिन्न
तिम्रा नपुन्सक्ताका कथा म सुन्दिन
भो भो राहुल, धेरै भो
अब तिम्रा स्पष्टोक्ति सुन्दिन
भो भो राहुल
अब भने पक्कै ... म पनि तिम्रो कबिता कोर्दिन।
 
Posted on 11-04-06 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम प्रसाद जी, कबिता कोर्ने प्रयास बहुत राम्रो लाग्यो । कबिताले भन्दा नि सबिता शब्द ले झस्किनु भाको जस्तो छ, माफ गर्नु होला, तपाईंको ब्यक्तिगत जीवन सँग मेल खान गएको छ भन संयोग मात्र मान्नु पर्छ ।
या तपाईं लाई रहुल शब्द सँग नफरत छ भन्ने मेरो केही भन्नु छैन । समझ्दार हुनु हुन्छ, त्यसरी कसैमाथि सिधै आक्षेप लगाउने कबिता साझा म सुहाउदैन ।
 
Posted on 11-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल ...
आफ्नो कायरताको परिचय
यत्ति छिट्टै देलाउ, मलाइ लागेको थिएन
भुन्टे जिलाइ ब्यर्थै के गुहार्छौ ...

तिमि पनि बुझ ...
राहुल् नाम् एउटै मात्र यो जगतमा छैन
अर्को कुरा, अरु राहुल तिमि जस्तै पक्कै छैनन्
आफ्नो नामको घमन्ड गर्न छोड

भो भो राहुल अब त हठ छोड
यथार्थको धरातलमा बास्तविक्ताका पाइला चाल्न सिख
स्विकार सबको सामु आज
तिमिले सबितालाइ भुल्न सक्या छैनौ भनि
सक्छौ भने समेट सबिताका टुक्रीएका सपनाहरु
देउ नया जिवन् आफ्नी सबितालाइ

भो भो राहुल
तिम्रो उपकार् अब चाहिन्न
तिम्रा नपुन्सक्ताका कथा म सुन्न चाहन्न
भैगो राहुल,
अब तिम्रो बिष् म पिउदिन
भो भो राहुल
अब भने साच्चै ... म तिम्रो कबिता कोर्दै कोर्दिन।
 
Posted on 11-04-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरु,

मैले rap battle मात्र सुनेको थिए तर कविता ब्याटल सुनेको थिएन।

जाओस अरु पनि ।

राहुलजी, मैले कविता पक्षलाई मात्र हेरेको है।
 
Posted on 11-04-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि पनि म भन्छु कि राहुल भाई लाई आँखा मा राख्दा पनि नबिझौने मान्छे लाइ किन कस्लाई रिस् इवि? हुन सक्छ राम् का श्रीमति सिता हुन सक्छिन्। यो कुरा राम्-राहुल् दुबै ले बुझ्नु पर्यो। I dont see any thing personal in both writeups, however, अब कथा कबिता लेख्दा यहाँ लेखेका कसै को जीवन सँग सन्योगबस् मिल्न गए मा लेखेका कुरा हरु काल्पनिक हुन भनि राहुल् भाइ ले डिक्लेअर गर्नु ।
 
Posted on 11-04-06 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन राहुल, के हो रामप्रसाद
तात्तो न छारासँग के को विवाद ?

नामको पछाडि लडेका छौ
घरि राहुल अनि घरि सविता भनेका छौ
को हुन यिनी सविता , हाम्लाई नि चिनाइदेउ
त्यो नामले न्यौपानेजी किन यत्रो आवेशमा, त्यो पनि बुझाइदेउ
घरि नपुंशक भनेका छन्, घरि घमण्डी भनेका छन्
क्या हो पुरानो हिस्ट्री छ कि कसो
सबिता सबिता भनेर राहुल रामप्रसादमा नै फँस्यो ?
 
Posted on 11-04-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै कविता अनायास, हुन गयो ब्यर्थैमा बिवाद ।
राहुलजिले नारिलाइ हेला नगरेको भए, साझा शान्त हुन्थ्यो आज ।।

मेरा प्यारा साथि, भाइ, दाजु, दिदि, बहिनिहरु रिसानि माफ होस ।
धेरै दिन पछि राहुलजि को कृपाले जन्म्यो, कविता लेख्ने जोश् ।।

छन्द् बिगारि किन तैले लेखिस् भन्नु होला सार्डुल्बिकृडित् छन्दमा ।
मकन पनि गाइखाने देश् आइ, भुल्या छैन 'क'पुरि कोर्न ।।

कुरो उठ्यो सबिताको आज, भन्छु मुटुमा ढुङा भएपनि ।
सबिता गर्छिन् 'नारि' जगत् को प्रतिनिधितित्व, म परे पक्का नारिवादि ।।

लौ पालो अब कवि मित्र राहुलजिको, कथा सुनाउने सबिताको ।
सुनाउनुस् ब्याथा आफ्नो लौ, बाडे दुख: हलुको हुनेछ बोझ् मुटुको
 
Posted on 11-04-06 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसानी माफ होस् । मैले कसैलाइ ब्यक्तिगत आक्षेप लगाएको होइन । न कसै नारी माथि अपहेलना का तुच्छ शब्दहरुनै कोरेको । सबिता मेरो कबिताको पात्र हुन । सबै नारिहरु पुज्यानीय हुँदैन । बजारमा बिक्ने केही नारी माथिका कलंकहरुको प्रतिनिधित्व गरेका छन मेरा सबिताले, मेरा कबिता ले ।
जे होस् कबिता युघ्द्को शंखघोष गर्नु भयो, राम प्रसाद जीले । म कबिता कोर्छु, युघ्द लड्दिन । देशमा शान्ति चाँहीएकोछ । युघ्द चाँहीएन ।अर्को कबिता नि कोरौं-शान्तिको । फेरी राम प्रसाद जी ले शान्ति पनि नारी हुन त्यस्को नि अपमान भयो भन्नु होला ।कृपया यस्पाली चाँही न भन्नु होला । कबिता राम्रो छ, राम जी जाओस् अझ जोशिला, फुर्तिला कबिता हरु जन्माओस् । फेरी पनि यहाँ को कबिता भन्ने शब्द कुनै नारिलाई इङगित खोजेको होइन । जय नेपाल ।
 
Posted on 11-04-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन हो नारी सबिता तेती कम्जोरी
पाएकी छिन उन्ले सक्ती द्रौपति को सारी
 
Posted on 11-04-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa wa. kyaa gajab kornu bhayo, dhungo pani fornu bhayo.
 
Posted on 11-04-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिन् कि क्या हो सविता, राहुलकि भु पु प्रेमिका
रामप्रसाद लाइ परे जस्तो छ दर्हो चस्का किनकि अहिले तिनै सविता होलिन उनकि अनामिका

तपाइहरु जस्तो कविता लेख्ने साहित्यकार् त म अवश्य होइन
तर दुइजनामा केहि कुरा लुकेको छ भनि नबुझ्ने त्यति अबुझ पनि म छैन

 
Posted on 11-04-06 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा क्या लेख्नु भए छ, कुनै साहित्यकार भन्दा कम छैन । एउटा कुरो भन्छु है, राम प्रसाद जी सँग मेरो कुनै परिचय छैन्, न कुनै सम्बन्ध । सबिता मेरो कबिता मात्र हो, प्रेमी प्रेमिका वा अनामिका, भूमिका, केही पनि होइन । अनि अमेजिङ जी, फोटो गजब को तास्नु भयो, ठ्याक्कै मेरो कबिताकी सबिता लाई सुहाउने, होइन त ?
 
Posted on 11-05-06 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताको जवाफ कविताले
सविताको जवाफ सविताले
 
Posted on 11-05-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते,
सेतो सर्ट लगा'को मै जस्तो लागो, पचाउन कस्तो गार्हो परेको।

राहुलजी, कवितात्मक जाओस न
 
Posted on 09-19-14 12:13 PM     [Snapshot: 1981]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो ठुल्दाइ कविले कुन भावमा लेखेको हो र के लेखेको हो भन्ने कुरा धेरै जान्नेहरुले पढ्दा हुने सामान्य दुर्घटना हो यो ...
 
Posted on 09-19-14 2:16 PM     [Snapshot: 2092]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इसे कहते है कबि और पाठक बीच कि दुरी !
मुझे ए किस्साकी याद आयी | 

एक जवान भाग रहा था और एक बुज्रुग ने कहा
 मारो मत    जाने दो ,
दुसरा ने सुना
 मारो      मत जाने दो
और उसकी धुलाई हो रही थि | 

Last edited: 19-Sep-14 03:51 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters