[Show all top banners]

elle123

More by elle123
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Update on Visitor visa Extension from Nepali Visitors to USA
[VIEWED 6785 TIMES]
SAVE! for ease of future access.
Posted on 04-01-20 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This news was published in ekantipur.com


अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपतिको चासो

दिनेशजंग शाह


यसैबीच हाल अमेरिका भ्रमणमा रहेको नेपालीहरुको भिसाको म्याद सकिने अवस्थालाई मध्यनजर गर्दै नेपाली दूतावासले अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ समक्ष आवश्यक पहल थालिसकेको कार्कीले बताए।

Has any decision been made ? Did Mr Karki get any response from State Department or USCIS ? Someone please respond...


Where do we find updates about visit visa extension for Nepali people in USA whose flights have been cancelled because of COVID.

Auto extension would be so helpful for all those Nepalese living in uncertainties.

What is the best thing these people can do to stay safe and worry free now?

https://ekantipur.com/news/2020/04/01/158570663770858728.html?fbclid=IwAR0DkYp0c-hNkbWxXSThF5iWwEAuRxrGZUSoowivA6h_f4-AzdKYGUtAROQ



   न्युयोर्क — कोभिड–१९ प्रकोप बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका बारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन् । स्थानीय समय अनुसार मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले फोन मार्फत कोरोना भाइरसको फैलँदो संक्रमण, समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित नेपाली राजदूत डा अर्जुन कार्कीले बताए ।

‘अमेरिकामा रहेका नेपाली र विद्यार्थीहरुबारे राष्ट्रपतिले चासो र चिन्ता देखाउनु भयो,’ कार्कीले कान्तिपुरसँग भने, ‘संक्रमित नेपालीहरुका बारे उहाँले सोध्नुभएको थियो।’

 राष्ट्रपतिले पछिल्लो स्थिति प्रति दूतावासको लगायत गैरआवासीय नेपाली संघ लगायत नेपाली सामाजिक संस्थाको सक्रियताको विषयमा चासो राखेको राजदूतले बताए। विशेषत सर्वाधिक नेपालीहरुको बसोबास रहेको न्युयोर्क सहरको पछिल्लो स्थिति बारे राष्ट्रपतिको चिन्ता रहेको थियो।


कोरोना संक्रमणले न्युयोर्कमा एक नेपालीको मृत्यु भइसकेको छ भने दर्जनौं संक्रमित भएको अनुमान छ। यद्यपि आधिकारिक तथ्यांक भने उपलब्ध छैन।


दूतावास र समुदाय सहकार्य


डिसीस्थित नेपाली दूतावासले कोरोना संक्रमणलाई मध्यनजर गर्दै समुदायसँगको सहकार्यको अभियान सुरु गरेको छ। अभियानअन्तर्गत दूतावासले अत्यधिक संक्रमित न्युयोर्क लगायत पचासै राज्यमा रहेका नेपालीहरु सँगको संवाद र अन्तरक्रिया थालेको छ।


‘विशेषत यो नेपालीको स्थितिबारे जानकारी लिन र आवश्यक परेमा सहयोग एवं सहकार्यका लागि नेपाली संस्थाहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने उदेश्यले सुरु गरिएको’ दूतावासले जनाएको छ। संवाद अभियान अन्तर्गत हरेक एकदिन बिराएर करिब ४ घन्टाको भिडियो कन्फरेन्स आयोजना गरिँदै आएको छ। विभिन्न पेसामा संलग्न लगायत संघ संस्था एवं विद्यार्थीहरुको सहभागिता रहँदै आएको छ। आफनो राज्यमा नेपालीहरुको स्थिति, संक्रमितको जानकारी र उपायको बारेमा छलफल गरिन्छ। ‘दूतावासले समन्वय गरेको हो। यस मार्फत संक्रमित नेपालीहरुको अवस्था एवं तथ्यांकलाई ट्रयाक गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं।’ राजदूत कार्कीले भने।


मंगलबार साँझको संवादमा अमेरिकाभरबाट दर्जनौं नेपालीहरुको सहभागिता थियो। चिकित्सक, कानुन व्यवसायी, लेखा विज्ञ एवं अन्य क्षेत्रका जानकारहरुले यो परिस्थतिमा कसरी सहयोग लिने विषयमा जानकारी गराएका थिए भने संक्रमितहरुलाई सेल्टरमा राख्ने विषयमा छलफल भएको थियो।


यसैबीच हाल अमेरिका भ्रमणमा रहेको नेपालीहरुको भिसाको म्याद सकिने अवस्थालाई मध्यनजर गर्दै नेपाली दूतावासले अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ समक्ष आवश्यक पहल थालिसकेको कार्कीले बताए।

Last edited: 01-Apr-20 10:40 PM
Last edited: 01-Apr-20 10:42 PM
Last edited: 01-Apr-20 10:44 PM
Last edited: 01-Apr-20 10:56 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters