ojhasamajdhangadhi
More by ojhasamajdhangadhi
What people are reading
Subscribers
Please log in to subscribe to ojhasamajdhangadhi's postings.
:: Subscribe
|
|
[VIEWED 2010
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ojhasamajdhangadhi
Please log in to subscribe to ojhasamajdhangadhi's postings.
Posted on 02-07-26 2:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति ‘TrumpRx’ अर्थात् ट्रम्पआरएक्स नामक एउटा नयाँ संजालस्थल (वेबसाइट )सुरु गरेका छन् । यो संजालस्थल (वेबसाइट)को मुख्य उद्देश्य बिरामीहरूले सिधै सस्तो मूल्यमा औषधि किन्न सकून् भन्ने हो। यसका लागि ट्रम्प प्रशासनले विश्वका ठूला औषधि उद्योगहरूसँग सम्झौता गरेको छ। सिबिएसन्यूजका अनुसार अहिले अमेरिकामा कतिपय औषधिको मूल्य निकै महँगो छ। उदाहरणका लागि, तौल घटाउन प्रयोग गरिने ‘वेगोभी’ सुईको मूल्य करिब १,३४९ डलर पर्छ। तर अब यो नयाँ संजालस्थल (वेबसाइट)बाट पाइने छुट पुर्जी अर्थात् कुपन प्रयोग गर्दा सुरुको दुई महिनासम्म मात्र १९९ डलरमा किन्न सकिनेछ। त्यस्तै, सन्तान नभएका दम्पतीहरूका लागि गरिने ‘आईभीएफ’ उपचारमा प्रयोग हुने औषधिको मूल्यमा पनि ८३ प्रतिशतसम्म छुट दिइएको छ। राष्ट्रपति ट्रम्पले औषधि कम्पनीहरूलाई अन्य विकसित देशहरूमा जस्तै सस्तो मूल्यमा अमेरिकामा पनि औषधि बेच्न दबाब दिँदै आएका थिए । उनले भने “अहिलेसम्म अमेरिकीहरूले संसारकै महँगो मूल्य तिरिरहेका थिए, तर अब त्यस्तो हुने छैन।” सन् २०२६ को सुरुवातदेखि नै धेरै औषधिको मूल्य बढिरहेका बेला यो नयाँ योजनाले धेरै अमेरिकीहरूलाई राहत दिने विश्वास गरिएको छ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Deepak Bhatta could help bring down the three stooges |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|