[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Travel Refresh page to view new replies
 नारायणगोपालको प्रजग कोरिया भ्रमण–३
[VIEWED 5702 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-18 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा¥ह बज्नै आँट्यो । होटेल फर्कन्छौं । लन्च लिन्छौं । फेरि बस चढ्छौं, नगरको बीच भागमा बस रोकिन्छ । एउटा ठूलो ढोकाबाट भित्र पस्छौं अनि एउटा हल्ला फैलिन्छ चारैतिर । केटीहरू अत्तालिएका छन्, केटाहरू हतासिएका छन्, नदीको सानो पुलबाट भेडाबाख्राहरू हिँड्न तर्सिएका जस्तै । एउटा लामो र गहिरो सुरुङ हो यो । यहाँ स्वचालित भ¥याङ छ ।
यस भ¥याङमा खुट्टा टेकिदिए पुग्छ, भ¥याङले तलसम्म आफै पु¥याइदिन्छ । यस्तो भ¥याङ चढेर अभ्यस्त भैसकेकाहरूले खुट्टा टेकिदिन्छ । अनि एकपछि अर्कोले त्यस्तै अनुकरण गर्छन्, कति लड्छन् र कतिले आँखा चिम्लन्छन् ।

यो १५० मिटर गहिरो छ । निकै बेरसम्म भ¥याङ तल गइरहेको हुन्छ । ओर्लने बेलामा पनि फेरि एकपटक धेरैलाई आछुआछु पर्छ । कोहीलाई अरुले समाइदिन्छ, कोही फुत्त उफ्रेर एकातिर पुग्छन् । हाँसोको भल फुटिदिन्छ यहाँनेर ।
१५० मिटरमुनिको यस रेल वे प्लेटफार्ममा आँखै तिरमिराउने प्रकाशको व्यवस्था छ । भित्ताहरूमा किम इल सुङका अनि क्रान्तिका विभिन्न पोटे«टहरू झुन्डयाइएका छन् । फूलहरू आकर्षक ढङ्गबाट सजाइएका छन् । फोहर कतै देखिन्न । बिजुलीबाट चल्ने ससाना रेलहरू आउँदै–जाँदै गरेको छ । हामीले पनि रेल चढ्छौं, फेरि फर्किएर आउँछौं अनि फेरि लामो
स्वचालित भ¥याङ चढेर माथि पुग्छौं । एउटा रमाइलो दिन आजको ।

जुन उद्देश्य लिएर हामी यहाँ आएका हौं त्यो आज अर्थात् २९ जुनको दिन हुने भएको छ । बिहानै ब्रेकफास्टपछि एसुल गुकचाङ (आर्ट थिएटर) मा रिहर्सल हुन्छ । बेलुकी सात बजे सो छ ।

ठीक समयमा हल पुगिसक्छौं । केटीहरू ग्रिन रुममा मेकअप गर्दैछन् । ग्रीन रुसको बीच भागमा एउटा लामो टेबुल छ । त्यहाँ मेकअपका सामानहरू छन् । ऐनाहरू छन् । लुगा झुन्ड्याउने ह्याङ्गरहरू छन्, एक प्रकारको गन्ध कोठाभरि फैलिएको छ । अर्को एउटा विश्राम कक्ष छ, त्यहाँ सोफासेट पनि छ । ऐना छ, पियानो छ अनि बासबेसिन पनि छ । हामी केटाहरू यहाँ छौं । एउटा किस्तीभरि फूल र टफीहरू राखिदिएका छन् अनि केक पनि छन् र कोल्ड ड्रिड्ढ पनि कसैले खान्छन्, कोही हाँस्छन् र कोहीकोही चुरोट फुक्छन् । सबैले दौरासुरुवाल र टोपी लगाएका छन् ।

पहिलो घन्टी बज्छ । यही विश्राम कक्षको एक कुनामा स्पिकर लगाइएको हामीले भर्खरै मात्र चाल पाउँछौं । उसो भए स्टेजमा हुँदै गरेको जम्मै कार्यक्रम यहीं बसीबसी सुन्न सकिने भयो । हामीकहाँ पनि यस्तो भैदिए कति राम्रो हुने थियो । यसैबसी दोस्रो घन्टी पनि बज्छ, सबै तयार छन्, कार्यक्रम ठीक छ । स्वागतगान गाउनेहरू तयार होऊ । एकजनाले आएर भनेर जान्छ । बाजायीहरू (बाजा बजाउनेहरू) ले बाजा मिलाइसकेका छन्, पाश्र्वगायकगायिकाहरू आ–आफ्नो ठाउँमा बसिसकेका छन् । उद्घोषकहरू कार्यक्रमको रुपरेखा हेंर्दै कुन्नि केके बर्बराइरहेका छन् । लाइट कन्ट्रोल सब ठीकठाक छ । लौ अब तेस्रो घन्टी बज्नै आँट्यो । गाउनेहरू सबै स्टेसनमा आइसकेका छन् । गायिकाहरू सबैको लुगा रातो छ । पङ्क्ति मिलाएर सबै उभिन्छन्, केटीहरू दायाँ र केटाहरू बायाँतिर छन् । म बीचतिर उभिन्छु । सबैले विस्तारै खाक्खाक र खुक्खुक गर्छन्, मुख पुछ्छन्, टोपी मिलाउँछन्, लुगा सार्छन् र एकअर्काका मुख हेर्छन् ।

तेस्रो घन्टी बज्यो । पर्दा अझ खुलेको छैन । बाहिर रङ्गमञ्चको अघिल्तिर शान्ता दिदीको नेपाली उद्घोषणलाई सोनीले कोरियाली भाषामा अनुवाद गर्दै गरेको हामीले भित्रबाट सुन्छौं । लौ, पर्दा खुल्यो । दर्शकहरू टम्मै छन् । जोडतोडले ताली बजाएर हाम्रो अभिवादन गर्छ अनि तालीको ध्वनि विस्तारैविस्तार कम हुँदै जान्छ । हार्मोनियमको कर्डसँगसँगै कोरियाली भाषामा हाम्रो स्वागतगान सुरु हुन्छ । मादल र ढोलको स्वरले हल थर्किरहेको छ । गीतका प्रत्येक शब्दहरू हलभरिका भित्तामा ठक्कर खाएर श्रोताहरूको मुटुमा लागी स्पर्श गर्दैछ । हामी झन् फूर्तिला हुँदै गइरहेका छौं, हाम्रो स्वर खँदिलो हुँदै गइरहेको छ । श्रोतहरू मौन छन् अनि वातावरण गम्भीर ।

गीत सिध्यो । पर्दा लाग्यो । धेरै बेरसम्म ताली बजिरहेको हुन्छ । अनि दोस्रो कोसेली, फेरि तेस्रो र चौथो । यसरी नै अन्तिम कार्यक्रम दिइसकेपछि फेरि एकचोटि तालीको गड्गडाहटले हल थर्किन्छ । यसमा हामीले पनि रङ्गमञ्चमा उभिएर तालीमा साथ दिन्छौं । मित्रताको उद्गारस्वरुप यो तालीको गुँज सधैं फैलिरहोस् भनी एकअर्कोसित कामना गछौं ।
आजको कार्यक्रममा मीराको गीत ताराको गीत, मीरा र गङ्गाको कोरियाली गीत, त्यस्तै तारा, कमला र निर्मलाको कोरियाली गीत, कुमार बस्नेतको झ्याउरे गीत, भरत, पुष्प र बसुको ट्याङ्कुले नाच, मथुरा र वेदको टप्पा नाच, सानुमान र विमलाको चण्डालिका नाच, लक्ष्मी, कृष्ण, सानु, मथुरा, गोपाल र सावित्रीको सेबुनाच, सुभद्रा, वसु र पुष्पको झ्याउरे नाच, लक्ष्मी र सानुको महिषासुर नाच आदि र मेरो आफ्नै ‘आँखा छोपी नरोऊ भनी’ ले भाग लिएको हुन्छ । मीराको गीत, ट्याङ्कुले नाचले विशेष प्रभाव पारेको हुन्छ आजको कार्यक्रमले । मेरोबारे म के भनँु, भन्न पनि त मिल्दैन हैन र ?
प्योङयाङ जुन ३० तारिख । यो दिन खुब रमाइलो भएको दिन । विश्वकै सुन्दर थिएटरहरूमध्ये एउटा अत्यन्तै सुन्दर हेर्न पाइउको छ । मान्सुडे आर्ट थिएटर । यो १९७७ जनवरी पहिलो तारिखको दिन राष्ट्रपति किम इल सुङले उद्घाटन गर्नुभएको हो यही दिन स्वर्गको गीत शीर्षक ओपेरा देखाइएको थियो ।

कोरियाली जनता यो थिएटरदेखि निकै गौरव गर्दा रहेछन् । हुन पनि अत्यन्तै चित्ताकर्षक छ यो । एउटा विशाल भवनजस्तो देखिने यो नाचघरको अघिल्तिर सातआठवटा सिङ्मरमरका मूर्तिहरूबाट फोहरा छुटिरहेको छ । फोहराको पानी झन्डै १०० फिट माथिसम्म पुग्छ । हलभित्र पस्ने ऐनको ढोका स्वचालित छ । भित्र पस्नासाथ रङ्गीबिरङ्गी फोहराहरूको कलहल ध्वनीले दर्शकहरूको मन मोहित पारिदिन्छ । माथि सिलिङमा ठूल्ठूला झारपानसहरू झुन्ड्याइरहेका छन् । विचित्र खालका खाँबाहरू छन् । बाटाभरि गलैँचा बिछ्याइएको छ । माथिल्लो तल्लामा जान साधारण गोल भ¥याङ र अर्को स्वचालित भ¥याङ पनि छ । यहीँनेर माउन्ट कुम गाङको दृश्य प्रोजेक्टरद्वारा चित्रित गरिएको छ जुन चित्रमा एउटा झर्ना बगिरहेको छ, त्यसको आवाज पनि आइरहेको छ अनि तलतिर खोला बग्दै गएको छ ।

माथि पुगेपछि ठूल्ठूला हलहरू छन् ठाउँठाउँमा कोरियाली लोककथामा आधारित परीहरूका चित्र अङ्कित छन् । एउटा ठूलो रिहर्सल रुस छ जसको चारैतिर भित्ताभरि ऐना लगाइएको छ । यहाँ ५०–६० जना कलाकारहरू एैकपटक रिहर्सल गर्न सकिन्छ । योबाहेक अरु हलहरू पनि छन् । दसबा¥हवटा जति ग्रीन रुम छन् र प्रत्येकमा टी ह्वी सेट छ, पियानो छ, बाथरुम र अन्य आवश्यक मेकअपका सरसामानहरू छन् ।
यत्रो ठूलो हल घुम्नलाई घन्टौं लाग्छ । अनि घुम्दैफिर्दै मुख्य हलमा हामी पुग्छौं । हल ठूलो छ तर सिट एकदमै थोरै छन् मात्र ५५० । सायद दर्शकहरूको सुविधाको ख्याल राखेर त्यति थोरै सिट राखेको होला । सिलिङभरि इन्द्रेणी रङका बत्तीहरू बदलिंदै जाँदो छ । प्रकाशव्यवस्था अत्यन्तै रोचक छ । एउटा सानो क्यालकुलेटिङ मेसिनजस्तो वस्तुको सहायताले हलभरिको प्रकाशलाई नियन्त्रण गर्दा रहेछन् । आफ्नो इच्छामुताबिक बटन थिच्नुस् तत्कालै प्रकाश व्यवस्था बदलिन्छ, रातो, हरियो, पहँेलो, मिश्रित वा जे भन्नुस् तुरुन्त पाउनुहुन्छ । कतिवटा चिम बाल्ने, कति निभाउने, कहाँनेरको बाल्ने, कुन बेला निभाउने र कस्तो इफेक्ट दिने आदिको काम गर्दाे रहेछ त्यस मेसिनले । अनि त्यो मेसिन चलाउने एकजना प्रकाश नियन्त्रकले यो सबै अहिले हामीलाई देखाउँदैछन् । हामी वाल्ल परेर यी सबै हेरिबस्छौं मानो यो कुनै दैवी चमत्कार हो ।

आज पहिलो जुलाई । घर छाडेको एक हप्ता मात्र भयो । तर एक वर्ष बितेझैं लाग्दैछ । बिहानबिहानै नरमाइलो लागेर आउँछ । बिहानको तातो घामले कोठाभित्र चियाउँछ । उफ ! कस्तो गर्मी एकाबिहानै । झ्यालबाट बाहिरको दृश्य हेर्छु, तालवरिपरि एक हुल युवतीहरू दौडिरहेका छन् । कोही बोटिङ गर्दैछन् । परबाट इन्द्रलाल एक्लै घुमेर फर्किरहेको छ । आज म घुम्न जान्नँ, जीउ बिसञ्चो जस्तो लाग्दैछ, हिजोको खुमारी अझै उत्रेको छैन । बरु नुहाउनुप¥यो । लुगा खोज्छु अनि बाथरुमको ढोका ढ्याम्म लगाउनुको साथसाथै टबमा पानी भरिँदै जान्छ ।

एक बजे लन्चका लागि डाइनिङ हलमा सबै पुगिसकेका छन् । आज प्रत्येक टेबुलमा जितसेङ छ । सायद हिजो राति कसैले डाइनिङ हलमा गई मागेकाले होला आज दिउँसो यस्तो । हिजो कसले त्यस्तो काम गरेको भन्ने त थाहा पाएन तर कुनै पत्रकार बन्धुले त्यस्तो गति देखाएको हो भन्ने सबैको गाइँगुइँ सुनिन्छ । जे होस् लन्चमा पनि यसरी ट्वाँट दिएको मलाई त मन परेन । यति मात्र कहाँ हो र लन्चपछि कोठामा पुग्दा एक बोतल जिनसेङ र दुई बोतल बियर राखिदिएको रहेछ । छक्कै पर्छु तर यहाँ मात्र होइन, सबको कोठामा त्यस्तै रहेछन् । यस्तो किन ? कसैको आदेश पाएर हो कि ? कोही केही बुझ्दैनन् ।
बेलुकी सात बजे आज अर्को कार्यक्रम दिनुपर्छ । आज हाम्रो कार्यक्रम अर्को हलमा हुनेछ । दिनभरि केही काम छैन । एकछिन सुत्छु । अनि सोमा जान्छु । आजको सो ग्रयान्ड थिएटरमा हुन्छ अनि यहाँ उदीतले पनि गाउँछ । बाँकी कार्यक्रम पहिलेको जस्तो रह्यो । यस हलमा आज २००० दर्शकहरूले हाम्रो कार्यक्रम हेरे । आज टि ह्वी दलको पनि उपस्थिति थियो । हाम्रा पत्रकारहरू कतै देखिन्न ।

–समाप्त
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
maga got what they voted for
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters