[Show all top banners]

avii
Replies to this thread:

More by avii
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रामहरि हत्या प्रकरण: प्रहरीले नभेट्टाएका अभियुक्त मन्त्रीको अघिपछि
[VIEWED 6357 TIMES]
SAVE! for ease of future access.
Posted on 10-25-08 3:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामहरि हत्या प्रकरण: प्रहरीले नभेट्टाएका अभियुक्त मन्त्रीको अघिपछि

भरतपुर, कार्तिक ८ - रक्षामन्त्री रामबहादुर थापा चितवन जिल्ला प्रशासनमा मंगलबार सा“झ आइपुग्दा उनको पछि एउटा सेतो जिप अडियो । प्रस्ट नम्बर नभएको जिपबाट सामान्य नागरिकझैं एकजना व्यक्ति तीन सहयोगीसाथ सरासर प्रशासनभित्र प्रवेश गरे । मन्त्रीस“ग करिब १० मिनेटको भलाकुसारीपछि उनी बाहिरिए ।

मन्त्रीलाई यसरी भेट्ने व्यक्ति माओवादी छापामार तेस्रो डिभिजन चितवन, शक्तिखोरका निलम्बित कमान्डर कालीबहादुर खाम हुन् । उनी काठमाडौं, कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको ६ महिनाअघि भएको हत्याकाण्डका मुख्य अभियुक्त हुन् । घटना लगत्तैपछि प्रहरीले उनलाई खोजिरहे पनि पक्राउ गर्न सकेको छैन । 

'सा“झको बेला मन्त्री थापाले उनलाई छुट्टै भेटेका थिए,' एक प्रत्यक्ष्ँदर्शीले नाम नखुलाउने गरी कान्तिपुरलाई भने, 'वरपर रहेका सुरक्षाकर्मीका उच्च तहका व्यक्ति, प्रमुख जिल्ला अधिकारीलगायत हेरेको हेरेकै भए ।'

प्रहरीले मात्र नभई विविधलाई माओवादीले समेत खोजी गरेर प्रहरीलाई बुझाउने बताएको थियो । हत्याकाण्डमा माओवादीको तीव्र आलोचना भएपछि उनलाई पार्टर्ीी कमान्डरबाट निलम्बनको घोषणा गरेको थियो ।

विविधले सोही मुद्दामा मन्त्री थापास“ग थुनामा रहेका गोविन्दबहादुर बटालाको रिहाइबारे समेत कुरा राखेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

व्यापारी श्रेष्ठको ६ महिनाअघि वैशाख २८ गते कुटपिटका कारण मृत्यु भएको र उनको शव जेठ १२ गते त्रिशूली नदीमा फेला परेको थियो । पीडित श्रेष्ठ परिवारले प्रहरीमा दिएको जाहेरी र अदालतमा दायर मुद्दामा मुख्य अभियुक्त कमान्डर विविधलाई किटान गरेको छ ।

उक्त अभियुक्त फरार भएको र खोजी कार्य जारी रहेको चितवन प्रहरीले बताउ“दै आएको छ । घटनामा संलग्न अन्य अभियुक्त ब्रिगेड कमान्डर केशव अधिकारी र बटालियन सहायक कमान्डर गंगाबहादुर थापासमेत फरार छन् । बटालालाई चितवन जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको हो । ती चारैजनामाथि श्रेष्ठ हत्याकाण्डमा संलग्न भएको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ ।

चितवन प्रहरीले खोजी गर्दा नपाएपछि डिभिजनलाई खामका नाममा पत्र काटेको थियोे । त्यो पत्र साउन २२ गते शक्तिखोरमा रहेको डिभिजनको मूलगेट र सेन्ट्रीगेट नजिकको चौतारामा टा“सिएको थियो । पत्रमा '७० दिनभित्र अदालतमा उपस्थित हुनु' भन्ने उल्लेख छ ।

'विविधलगायत अन्य अभियुक्तलाई मुद्दाका क्रममा अदालतले म्याद जारी गरेको हो,' चितवन जिल्ला अदालतका रजिस्ट्रार नारायण रेग्मीले कान्तिपुरस“ग भने । हालसम्म उनी अदालतको सर्म्पर्कमा नआएकाले उनीविरुद्ध दायर मुद्दाको कारबाही अगाडि बढ्न नसकेको उनले बताए ।

विविधबारेमा भने प्रहरीले अनभिज्ञता प्रकट गर्दै खोजी कार्य भएको कान्तिपुरलाई प्रतिक्रिया दिएको छ । 'हामीले उनी र अन्य अभियुक्त खोजी कार्य जारी राखेका छौं,' प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले कान्तिपुरस“ग भने, 'फेला नपरेका अभियुक्तलाई कसरी पक्राउ गर्न सकिन्छ र -'

प्रहरीको खोजीमा रहेका अभियुक्त खुलेआम सुरक्षाकर्मीकै अघिपछि र मन्त्रीस“ग भेटेपछि प्रहरीको खोजी कार्यप्रति कानुन व्यवसायीले आर्श्चर्य व्यक्त गरेका छन् । 'एउटा अभियुक्तलाई खोजी गरेर पक्राउ गनर्ुर्ुर्ेमा उल्टै नदेखेझैं गनर्ुर्ुण्डहीनताको पराकाष्ठा हो,' एक कानुन व्यवसायीले भने ।

माओवादी तेस्रो डिभिजनले गत वैशाखमा जारी गरेको विज्ञप्तिमा अभियुक्त चारैजना संलग्न भएको भन्दै पार्टर्ीीध्यक्ष पुष्पकमल दाहाललगायत कमान्डरले माफी मागेका थिए । हत्या प्रकरणविरुद्ध पर््रदर्शन बढ्दै गएपछि माओवादीले खामलाई निलम्बन गरेर कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

जेलमा रहेका अभियुक्त बटालाले प्रहरीमा दिएको बयानअनुसार तेस्रो डिभिजन शिविरभित्रको कुटाइले घाइते भएका श्रेष्ठको उपचारका लागि काठमाडांै लैजा“दा मृत्यु भएपछि उनको शव त्रिशूली नदीमा फालिएको थियो ।


 
Posted on 10-25-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल को नयाँ ऐन कानून। माओवादी कानून भन्दा माथि छन। १३ हजारको ज्यान लिदा त कार्बाही भएन जाबो राम हरिको मा यत्रो हल्ला? 
 
Posted on 10-25-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो नयाँ नेपाल, चोरलाइ चौतारी साधुलाइ सुली


 
Posted on 10-25-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओबादीको आधार भनेकै बीबीध जस्ता मान्छे हरु हुन। बीबिध हरुलाई कारबाही गरेर माओवादीले आफ्नो खुट्टा मा बन्चरो हान्ने वाला छैनन। बीबिध जस्तालाई कारबाही गर्छ माओवादीले आफुलाई सुधारछ र माओवादी जनताकै लागि हो भनेर बीश्वास गर्नु अर्को नेपे हुनु बाहेक अरु केही होइन।

 
Posted on 10-25-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bihar ra nepal bichma aba simana narahane bho, nepal lai pani chutiya maobadi haru le bihar nabanai nachhadne bhae.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters