[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KATHA KO DESH
[VIEWED 4905 TIMES]
SAVE! for ease of future access.
Posted on 02-12-06 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कविताको देश', म जस्ता धेरै साथीहरुले मनपराऊनु भएको देखिन्छ। त्यसमा अझै धेरै साथिहरुले आफ्नो कविता थप्दै हुनुहुन्छ जुन स्वागतयोग्य छ!
शायद त्यसै बाट प्रभावित भएर होला मलाइ केहि दिन देखि साझामा एउटा कथाको धागो पनि भए राम्रो हुन्थ्यो जस्तो लाग्यो त्यसैले यो 'कथाको देश' शुरु गर्दै छु। धागो सुरु गर्दा नयाँ कथा भने टाँस्न सकिन तर पनि एउटा पुरानो कथा टाँस्दैछु, यसपछि आशा छ साथिहरुले यसलाई निरन्तरता दिनुहुनेछ!

बेरोजगारी व्यथा-

मनमा कुरा खेलाउँदै हिड्दा ऊ, कुमारीपाटी तिर जानु पर्ने एकान्तकुना तिर लागेछ!
निकै पर पीपलबोटमा पुगेपछि मात्रै ऊसले चाल पायो। नमिठो मुख बनायो, हात झड्कार्यो र आफैँलाई एउटा फोहोर गालि गर्दै ऊ फरक्क फरक्यो।

बिहान उठे देखि नै मन ठिक थिएन उसको। हुनत उसलाई बिहान अबेर सम्म सुत्न मन् लाग्छ तर बिगत केहि दिनदेखि ऊ बिहान ४ बजे नै उठेर डेरा बाट बाहिर निस्कन्छ र राति अबेर
फर्कन्छ।उसलाई थाहा छ यो चौथो महिना हो उसले घरभाडा नबुझाएको। घरबेटि संग राम्रो सम्बन्ध थियो उसको त्यसैले उसके आफूलाई परेको अप्ठ्यारो घरबेटीको सामु राखेको थियो र ३महिना नबित्दै सबै भाडा बुझाउने बाचा गरेको थियो।स्वाभिमान हुँदै नभएको मान्छे त हैन ऊ,
तर अहिले त्यो स्वाभिमान कायम राख्न उसलाई धेरै गाह्रो पर्दैछ त्यसैले घरबेटीलाई मुख
देखाउन नपरे हुन्थ्यो भनेर ऊ यस्तो गर्दै छ; मानौँ खल्तिमा पैसा नलिइ घरबेटीको सामुन्ने
नपर्ने अठोट लिएको छ।

ऊ जाउलाखेल पुग्यो र दूरसंचार कार्यालयको छेउ हुँदै कुमारीपाटी तिर मोडियो।
"उफ.. ढिलो भैसकेछ" घडि हेर्दै उसले मनमनै भन्यो।
११ बजेर केहि मिनट गएको हुँदो हो। ट्याक्सि, टेम्पो, बस र मोटरसाइकलले धुलो उडाउँदै
कोलाहाल मच्चाइराखेका थिए सडकमा। यता उता हिँड्ने मान्छेहरु पनि धेरै नै थिए र सबै
हतारमा देखिन्थे। उसले फटाफट पाइला चाल्न थाल्यो। दौडेर जाने मन भैरहेको थियो उसको
तर दौडेन।

आखिर ऊ त्यहाँ पुग्यो। गाडिले उडाएको धुलोले उसको कपाल र कपडा धुलाम्म्य बनाएको
थियो। कपाल झड्कारेर धुलो झार्यो अनि सर्ट र पाइँट पनि टकटक्यायो। दाँतमा धुलोले
किरिकिरि लागेको जस्तो लाग्यो उसलाई,खल्ति बाट रुमाल झिकेर मुख पुछ्यो र एक पटक
आन्द्रै बाहिर निकालौँला जसरि खकारेर एउटा ठूलो खकारको गुजुल्टो थुक्यो र भित्र पस्यो।
..क्रमष..
 
Posted on 02-12-06 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अफिस जस्तो कोठाको ठुलो हलमा उसके आफूलाई पायो। मान्छेको भिड उसले
अनुमान गरेको भन्दा निकै बढि थियो। केहि त्यहाँ राखिएका कुर्सिमा बसेका थिए र धेरै जसो त्यसै उभिएका थिए।अलि पर अर्को छेउमा दुइवटा ढोकाहरु थिए भित्र कोठामा जानको लागि, जुन मद्धे एउटामा अंतरवार्ता लिने मान्छेहरु होलान भन्ने उसले अनुमान गर्यो।
ती दुइ ढोकाहरुको बिचमा एउटा ठुलो काउन्टर जस्तो थियो जसको पछाडि एउटी केटी कुर्सिमा बसेकि थिइन्। केटी के भन्नु एउटा सौन्दर्य प्रशाधनको पोको नै थिइन्।
"यो रिसेप्सनिस्ट हुन पर्छ!" उसले मनमनै भन्यो र त्यतैतिर गयो।
काउन्टर अगाडि पुगेर ऊ उभियो। केटी कम्प्यूटरमा केहि गर्दै थिइन्, पुलुक्क उसलाई हेरेर
फेरि आफ्नो काम गर्न थालिन्। ऊ एकछिन त्यसै उभिइरह्यो प्रतिक्षा गर्दै तर
उनलाई ऊ त्यहाँ केहि सोध्न आएको संग मानौ केहि मतलब थिएन।
"सुन्नुस त?"
उसले मुख फोर्यो।
" के चाहियो?"
केटीले पुलुक्क प्रश्नवाचक दृश्टीले हेरिन् र सोधिन् ।
उपेक्षित हेराई र रुखो प्रश्न! तर उसको लागि यो अनपेक्षीत भने थिएन। किनभने उसलाई थाहा थियो २६ बर्षे उमेर भए पनिउसको साधारण व्यक्तित्वमा कठालो मैलिएको थोत्रो सर्ट,
धुलाम्ये कपाल अनि गरिवी र बेरोजगारीले खाएको अनुहारले अरु विकर्षण उत्पन्न गराएको
हुन्छ!
“मेरो अंतरवार्ता थियो ११ बजे, म अलि ढिलो भएँ”
उसले कुरो ओकल्यो।
“अहिले कति बज्यो थाहा छ?”
केटीले कड्केर प्रश्न गरिन् मानौँ ऊ ढिलो आएकोमा ऊ संग कड्केर कुरा गर्ने पूर्ण अधिकार छ उनलाई।
”अहिले त साढे एघार भयो, सरि.. अलिकता ढिलो भएछ”
ऊ अलि धकाएर बोल्यो, अनाबश्यक अपराधबोधको शिकार हुन्छ ऊ आजकल धेरैजसो।
“ढिलो हुनुभो अहिले त पठाउन मिल्दैन, ल त्यहाँ कुरेर बस्ने अरुको सकिएपछि पठाउँला तपाइँलाई”
केटी पुन: कम्प्यूटरमा हेर्न थालिन्।
“हस!”
यति भनेर ऊ भिडमा मिसियो।

धेरै बेर कुर्यो उसले। बस्ने ठाउँ नपाएर १ घन्टा भन्दा बढि त उभिएरै बितायो। पछि एउटा कुर्सिमा बसेको मान्छेको अंतरवार्ताको पालो आएको बेलामा कुर्सि खालि भएपछि झम्टिएर कुर्सि ओगटेको थियो उसले र धेरै मान्छेको भिडमा कुर्सि हात पार्न सफल भएकोमा एकछिन खुसि पनि भएको थियो।
बिस्तारै मान्छे अन्तरवार्ता दिंदै पातलिँदै गए, र आखिरमा ऊ मात्र बाँकि भयो। ऊ पटक पटक युवती तिर हेर्दै थियो बोलाइहाल्छे कि भनेर। तर युवती भने आफ्नै काम गर्दै थिइन्। सबै गइसकेपछि पनि धेरैबेर उसलाई नबोलाइएपछि सोध्ने निधो गरेर ऊ फेरि काउन्टरतिर लाग्यो।
“अब मेरो पालो आयो कि?”
उसले झिनो स्वरमा प्रश्न गर्यो युवतीलाई।
“ए तपाईँ पो? अंतरवार्ता त सकियो!। सम्झाउनु पर्थ्यो नि तपाइँले अगि नै”
युवतीले भनिन्।
ऊ अलिकता आत्तियो।
“तपाईँले नै एकछिन कुर्नुहोस अरुको सकिएपछि बोलाउँछु भन्नुभएको हैन र”
उसले झिनो प्रतिवाद् गर्न खोज्यो।
“भनेको त हो नि के गर्ने बिर्सिएँ, सम्झाउनु पर्छ नि”
केटिको स्वर अगिको भन्दा अलि कडा भयो।
“म त झन कुरेर बसिराखेको”
तै पनि भित्र पठाइहाल्छिन कि भनेर उसले भन्यो।
उसको यो कुरा सुन्ने बित्तिकै केटी कम्प्यूटर नै चलाउन छाडेर सिधा भएर बसिन् र झन रुखो स्वरमा भनिन्-
“हेर्नुहोस मेरो अरु पनि सयौँ काम हुन्छन, तपाइँकै कुरा सम्झेर बस्ने फुर्सद मलाइ हुँदैन, तपाईँ ढिलो आउनुभयो, अंतरवार्ता सकियो, अब तपाइँ जान सक्नुहुन्छ”
त्यसपछि ऊ त्यहाँ बसेन, खुरुक्क बाहिरियो।
..क्रमष..
 
Posted on 02-12-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसलाई मात्रै थाहा छ, यो अंतरवार्ता उसको लागि कति महत्वपूर्ण थियो भनेर। अंतरवार्तामा फालिनु र कति पटक अंतरवार्ता नै दिन नपाउनु उसको लागि नौलो त थिएन तर जागिरको बिज्ञापन हेरे देखि नै यसमा चाहिँ उसलाई अलि बढि नै आश लागेको थियो त्यसैले ऊ अहिले पहिले भन्दा बढि नै खिन्न थियो। अब साउनमा एक बर्ष पुरा हुन्छ उसले झोलामा ‘बि.ए.’ को प्रमाणपत्र लिँदै काठमान्डुको सडक चहार्न थालेको। यो शहरमा उसको आफ्नो भन्नु कोहि थिएन त्यसैले ऊ अहिले सम्म बेरोजगार थियो तर मनमा एउटा जागिर खाने आश बने अहिले सम्म मरेको थिएन।

बाहिर आएर लगनखेलतिर बाट आउँदै गरेको टेम्पोलाई उसले हात उठाएर रोक्यो। टेम्पो भरिएको जस्तो देखिन्थ्यो तर उसले सरसर्ती मान्छे गनेर थाहा पायो दाहिने पट्टि थप एकजनाको लागि ठाउँ छ। उ टेम्पोमा बस्ने बेलामा नराम्रो संग उसको टाउको ठोकियो टेम्पोको छतमा। टाउको सुमसुम्याउँदै बल्ल बल्ल बस्यो र मुन्टो सिधा बनायो। सबैले उसैलाई हेरिरहेको जस्तो लाग्यो उसलाई। उ बाहिर तिर हेर्न थाल्यो। टेम्पु गुडिरहेको थियो, फुटपाथमा मान्छेहरु हिँड्दै थिए।


रत्नपार्क पुगेर टेम्पो रोकियो। पैसा तिरेर ऊ एकातिर लाग्यो।
कुनै होटलमा केहि पाकेको गन्धले उसलाई भोकको तिव्र आभाष भयो।
“बिहान देखि केहि खाएकै छैन!” उसले मनमनै भन्यो।
खल्ति छाम्यो र एउटा होटल भित्र छिर्यो।
साधारण होटल थियो। होटलको बाहिर नै एकजना तराईबासि समोसा पकाउनमा ब्यस्त थियो। भित्र करिब १० वटा जति टेबुलहरु राखिएका थिए र सबैले खाजा खाने समय भएर होला उसले एउटा टेबुल मात्र खालि भेट्यो कुना पट्टि, जता होटलको भाँडा माझ्ने ठाउँ थियो शायद्। ऊ बस्यो अझै कुनामा र भित्तामा अडेस लाग्यो। ३-४ जना काम गर्ने कलिला केटाहरु यता उता गर्दै थिए। कोहि आएर “के ल्याउँ” भनेर सोध्ने आशमा एकछिन यता उता हेर्दै बस्यो। एउटा फुच्चेले ऊ तिर हेर्यो उसले इशाराले उसलाई बोलायो।
“ के ल्याउँ दाई?” फुच्चेले ऊ तिर आएर सोध्यो
“दुइटा समोसा ल्याऊ” उसले भन्यो।
“ ५ नम्बरमा दुइटा समोसाSSS”उसको बोलि खस्न नपाउँदै फुच्चे करायो।
त्यसको केहि छिनमै ऊ समोसा खानमा ब्यस्त थियो। खाइसकेपछि उसले चिया र एउटा शिखर चुरोट मगायो।
चिया र चुरोट खाँदै ऊ फेरि सोचमग्न भयो-
४ महिनाको घरको भाडा ३००० रुपियाँ तिर्नु छ। रिन नै लगभग ४००० रुपियाँ जति छ। एक पैसा आउने ठाउँ छैन। अहिले सम्म लगभग २० ठाउँमा जागिर पाइन्छकि भनेर आवेदन भर्यो होला उसले तर कतै पाएन। अब त कसैले रिन पनि दिँदैन। घरबेटी कहिले सम्म चुप लाग्ने होला र? प्रत्येक दिन डेरामा फर्कँदा घरबेटीले सामान फालिदियो कि जस्तो लाग्छ उसलाई। पैसा तिर्न नसकेर मुख लुकाउँदै हिँड्नुपरेको छ उसलाई साथिभाईहरु संग। गाउँमा बुबा आमा शहरमा छोरोले पढाइ सकाएर राम्रो जागिर खाँदैछ भनेर खुसि होलान्! यसपाली दशैँमा जाँदा केहि त लगिदिनु पर्ने हो। कतै केहि टुङ्गो लागे त बिहे पनि गर्नु पर्ने उमेर भयो उसको।
“ऊफ!!” उसले लामो सास फैर्यो।
उसलाई भोलि नै जागिर चाहिएको छ, हैन आज नै चाहिएको छ जागिर तलब सबै!
उसको मन त्यसै अमिलो भएर आयो। चिया सकाएर चुरोट निभायो र पैसा तिर्न काउन्टरमा गयो। पैसा तिर्यो। एकछिन त्यत्तिकै उभियो।
“साहूजी!” उसले साहुजीलाई बोलायो।
कन्तुरमा पैसा हाल्दै साहुले उसलाई हेर्यो र बोल्यो-
“हजूर भन्नुस्”
“साहूजी यहाँ काम पाइएला?” यति भन्दा मन भारि भएर आएको अनुभव गर्यो उसले।
साहूजी अनुहारभरी आश्चर्यको भाव लिएर उसलाई टुलुटुलु हेर्दै थियो!
****** समाप्त*****
 
Posted on 02-12-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि कारणबस मेरो पहिलो पोस्ट दोस्रोमा पर्न गएकोमा क्षमाप्राथि छु!
मिलाएर पढ्नुहोला।
धन्यवाद्
 
Posted on 02-12-06 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो शुरुवात बिर्खेजी, शुभकामना र धन्यवाद। यो कथा पनि राम्रो छ।

म पनि कथा लेख्ने प्रयास गर्छु कहिलेकाहीं। तर ढुक्कले समय दिएर लेख्न नसक्ने हुनाले कथामा अघि बढ्न सकेको छैन। अब अलि 'सिरियस'नै भएर लाग्ने विचारमा छु। चाँडैनै तपाईँको यात्रामा साथ दिन आउनेछु।
 
Posted on 02-12-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गौतम जी,
समय मिलेको बेलामा कथा पनि कोरौँ र साहित्यीक यात्रालाई निरन्तरता दिउँ!
यो माथिको कथा पाठकलाई पढ्न अलि अप्ठ्यारो भएछ उल्टोपाल्टो भएर, अहिलेलाई ठिकै छ पछि धागो अलि लामो भएपछि फेरि मिलाएर राखौँला।
:)
 
Posted on 02-12-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला,
श्री गणेश गरेकोमा धन्यवाद छ। अब कबिता सँगसँगै कथापनि लैजान पर्छ है। कथामा पनि यस्सो दम्तरीहरुले कबितामाझैं कलम चलाएको हेर्न पाइयोस्।
गोताएँगुरुको कथाको प्रतिक्षामा छु है म।
 
Posted on 02-12-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, कथा मन पर्यो। नन फिक्सन जस्तो छ।
प्लिज किप इट अप।
 
Posted on 02-13-06 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी, कथाको देश शुरु गर्नु भएकोमा साधुवाद। केहि दिन पछि एउटा गाउ लिएर म पनि उपस्‍थित हुनेछु। बेरोजगारी व्यथा- राम्रो छ। अझै गहकिला श्रृजना पढ्‍न पाउने आशामा छौ।
अनि साहिलाजी, तपाई पनि पस्‍किने हैन त एउटा परिकार?
गौतमजीको कलमको जादू पनि जाओस्‌ है।
साझाका साहित्‍यकारहरुलाई सलाम......
 
Posted on 02-13-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् साइँला र ग्वाँचे जी!
आशा छ ग्वाँचेजीले छिटै गाउँ लिएर आउनुहुने छ।
:)
 
Posted on 02-25-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पढेँ।

यो कथा भित्रको वस्तुगत टिप्पणी गर्ने हो भने -

रिसेप्सनिस्ट केटीको दोष पनि छ, किनभने उसले कुरा भित्रसम्म पुर्याउनु पर्थ्यो। "बस्नुस्!", भनेपछि बोलाउनु पर्थ्यो। तर म पाठकको हैसियतले त्यो भन्दा बढि केटाको दोष देखेँ है अहिलेलाई। बिहान ४,४ बजे उठेर अन्तर्वार्तामा ढिलो पुग्नाको कारण कथाबाट अलि चित्त बुझ्दो भएन कि।

बिचमा बेरोजगारहरुकै जुलुसले टेम्पो अगाडि बढ्न नसकेर हिँडेर जाँदा ढिला भा पो हो कि?
हो भने अलिअलि चित्त बुझ्थ्यो।
शिक्षितहरुले फलानो काम गर्नुहुन्न तिलानो काम गर्नुहुन्न भन्ने नेपाली भावना अब बाध्यताबश हराउँदै जाला, जुन आबस्यक कुरा पनि हो।

वस्तुगत कमेन्ट ग-या रे क्या!

लेखाई त सलल बग्छ जिम्मालको। कथा अरु नि जाओस् है।
 
Posted on 02-27-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters