[Show all top banners]

Sajivan

More by Sajivan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाबुरामको डीएनए परीक्षणको माग
[VIEWED 8183 TIMES]
SAVE! for ease of future access.
Posted on 07-21-12 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भरत दाहाल -- 
प्रधानमन्त्री बाबुराम भट्टराईका बारेमा लामो समयदेखि जुन कोणबाट चर्चा हुने गर्थ्यो, त्यो चर्चा व्यवहारमा खतरनाक रुपमा देखा पर्न सुरु गरेको छ। आफ्नो संगठनात्मक शक्ति र जनसमर्थनका हिसाबले सर्वाधिक निर्धो व्यक्ति भए पनि अहिले उनी सबै प्रमुख दलहरुसहित पुष्पकमल दाहालका लागि समेत भारी भएका छन्। भट्टराईको अटेर प्रवृत्तिलाई कुर्सी छोड्न नचाहेको भन्ने अर्थ लगाउँदै हिंड्नेहरुले उनको वजन बढाउन 'युरिया मल' हाल्ने को हो भन्ने कुरातर्फ गहिरिएर ध्यान दिन जरुरी भइसकेको छ। 
भट्टराईको कुर्सी हठ के का लागि देखापरेको हो भन्ने तथ्यलाई ठीकसँग बुझ्न उनी प्रधानमन्त्री भएपछि भएका केही घटनाहरुलाई हेरे पुग्छ। नियोजित रुपमा उनी दुईवटा उद्देश्य प्राप्तिको दिशामा हिंडाइएका छन्। एउटा उद्देश्य हो, नेपालको सम्पत्तिदेखि अस्मितासम्म भारतलाई बुझाएर आफ्नै कार्यकालमा यसलाई भुटान बनाउने। दोस्रो उद्देश्य हो, समाज र राज्य प्रणालीलाई क्षतविक्षत बनाएर भारतका सामु आत्मसमर्पण गर्ने पूर्वाधार तयार पार्ने। 
पहिलो उद्देश्यअन्तर्गत विप्पा सम्झौता, जल सम्झौताहरु, सुपुर्दगी सन्धि भएका छन् र अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुझाएर देशको सुरक्षा प्रणालीको मेरुदण्ड भाँच्ने योजना अघि बढेको छ। दोस्रो उद्देश्यअन्तर्गत उनले सर्वप्रथम राज्यको पूर्णरुपमा अपराधिकरण गरे। 'मधेसी'हरुसँग मिलेर देशको राजस्वमा नांगो डकैती गर्ने चरित्रलाई सामान्यीकरण गर्न प्रयास गरे। भारतीय विस्तारवादले खटाएका पेशेवर अपराधीहरुले गर्दै आएको नेपालीहरुको हत्याको शृंखलालाई दण्डहीन बनाएर प्रोत्साहन गरे। 
बाबुराम भट्टराईले गर्नुपर्ने कामहरु अझ बाँकी छन्। तर यसबीचमा उनी एकदमै बद्नाम र कलंकित हुँदै गएका छन्। आफ्नो नियतिबाट पर्दा खस्न नदिई अगाडि बढ्नका लागि उनको निशाना बन्दैछ, सञ्चार क्षेत्र। सञ्चार क्षेत्रको मुख बन्द गर्ने उनको प्रयास के कुराको द्योतक हो भने उनलाई पर्दा पछाडिबाट दौडाइरहेको शक्तिले अब उनको चेहरा हिंस्रक जनावरका रुपमा प्रदर्शन गर्ने तयारी गर्दैछ। यसका लागि सबैभन्दा ठूलो बाधा सञ्चार जगत भएकोले यसको घाँटी निमोठ्ने योजना तत्कालको प्राथमिकतामा परेको छ। 
बाबुराम भट्टराई को हो भन्ने चल्दैआएको चर्चा निराधार थिएन। अहिले पश्चिमी शक्तिहरु र चिनियाँहरुको कुटनीतिले यो चर्चालाई लाटागाँडाले पनि बुझ्ने गरी प्रस्ट पारिदिएका छन्। पश्चिमी शक्तिहरु बाबुरामको राजीनामाको पक्ष र संविधानसभाको विघटनको विपक्षमा रहेको कुरा त सबैले बुझेकै थिए। चिनियाँ प्रधानमन्त्रीले ब्राजिलमा बाबुरामलाई भेटेनन्। यो भन्दा पनि अगाडि बढेर उनीहरुले अपत्यारिलो ढंगले त के गरे भने भर्खरै नेपालबाट फर्किएका चिनियाँ उपविदेशमन्त्रीले यहाँका मुख्य दलहरु कसैलाई पनि नछोडेर भेटघाट गरे तर बाबुरामलाई 'दर्शन' दिएनन्। आफ्नो कुटनीतिक व्यवहारलाई थोरै पनि तलमाथि पर्न नदिने भनी कहलाइएको चीनको यो कुटनीतिक व्यवहारले दिएको सोझो सन्देश हो– बाबुराम भट्टराई दिल्लीको मानिस हो। भरपर्दो सूचनाका लागि नेपालीहरुभन्दा लाख गुना सक्षम रहेका विदेशीहरुको यस्तो संकेतको कुरा मात्र होइन कि जनता र देशको हितका पक्षमा एउटा झिंगो नमार्ने निर्लज्जता प्रदर्शन गर्दै आएका उनले गरेका क्रियाकलापहरु र आफूले वैतर्णी तर्न पुलको रुपमा काम गरिदिएका संसदवादीहरुसँग द्रोह गरेर अपत्यारिलो ढंगले जसरी 'मधेसवादी'हरुसँग जोडिएका छन्, यसले पनि प्रस्ट पार्छ कि उनी दिल्लीका मानिस नै हुन्। 
दिल्लीका गुप्तचरहरु यहाँका सबै पार्टीमा छन्। कांग्रेसका सुशील कोइरालालाई उनीहरुले नै चलाउँछन्। भारतीय नागरिक भएको प्रमाणित भैसक्दा पनि रामचन्द्र झालाई 'नेपालको नेता' बनाउनु र पैसाको लालचमा पार्टीलाई एनजीओकरण गर्नुको पाप एमालेले अब भोग्न सुरु गरेको छ। तर कांग्रेस, एमाले वा अन्य दलमा भएका भारतीय गुप्तचरहरु र बाबुराम भट्टराईका बीचमा धेरै ठूलो अन्तर छ। बाबुरामका हातबाट दिल्लीले नेपालका हातखुट्टा भाँच्न खोजिरहेको छ। चिनियाँहरुको रोष पनि उनी दिल्लीसँग जोडिएकोले मात्र होइन, नियोजित रुपमा त्यसको योजना अघि बढाएको विषयमा केन्द्रित छ। कांग्रेसका कतिपय दिल्ली ब्रान्डेड नेताहरु बाबुरामका क्रियाकलापहरुप्रति मौन रहनु र पुष्पकमल दाहाल तर्सिनुका पछाडि भट्टराईको निजी प्रभावले एकरत्ति पनि काम गरेको छैन भन्ने वास्तविकता अब कसैले लुकाएर लुक्ने अवस्था छैन। 
बाबुराम भट्टराईका क्रियाकलापहरु र तिनले उत्पन्न गर्दै गएका परिणामहरुको घातक प्रभाव नै बहसमा लैजानु पर्ने महत्वपूर्ण पक्ष हो। उनले राज्यलाई पूर्णरुपमा अपराधिकरण गरिरहेका छन्। दण्डहीनता, हत्या, हिंसा, कालोबजारी, मूल्यवृद्धि, मलको अभाव, तस्करी, पहाडी जिल्लाहरुमा खाद्यान्न अभाव आदि वातावरण सिर्जना गरेर देशमा हाहाकार मच्चाउने र लामो बेथितिबाट नेपालीहरुलाई मानसिक रुपमा थकित र क्षिण गराएर कुनै पनि स्तरको प्रतिरोध गर्न नसक्ने अवस्थामा पुर्‍याउन खोज्दैछन् उनले। विदेशी शक्तिहरुको प्रवेशका लागि तयार नगरी नहुने पूर्वाधारका रुपमा उनीबाट यस्तो काम भइरहेको छ। 
दोस्रो कुरा, संविधानसभाको गठनबाट दिल्लीको आधारभूत योजना पूरा नभएपछि त्यसकै दबाबमा उनले संविधानसभा र संसदलाई तुहाउन अहं भूमिका खेलेका मात्र छैनन् कि अहिलेको आन्तरिक शक्ति समीकरणलाई भताभुंग बनाएर अर्को वातावरण बनाउनका लागि उनले देशलाई जबर्जस्ती मुठभेडमा लग्न खोजिरहेका छन्। निर्वाचनको घोषणा चुनाव गर्नुपर्छ वा गर्न सकिन्छ भनेर गरिएको होइन, यो त्यसका नाममा मुठभेडको वातावरण तयार पार्ने योजना हो। 
तेस्रो ध्यानयोग्य पक्ष हो– देशको हितका बहानामा उनले भारतसँग मात्र धमाधम सम्झौताहरु गरिरहेका छन्। उनको यस्तो रुचि अन्य देशहरुको सन्दर्भमा छैन। जसरी भए पनि नेपाललाई भारतीय विस्तारवादको आर्थिक, राजनीतिक र सुरक्षा सञ्जालको घेरामा हाल्ने उनको पराई चरित्र कदम कदममा देखापरिरहेको छ। 
चौथो एकदमै गम्भीर प्रश्न हो, दिल्लीले उनलाई प्रयोग गरेर नेपालभित्रका शक्तिहरुको अन्तिम परीक्षण गरिरहेको छ। अन्य दलहरुभित्र घुसपैठ गरेर प्रभावकारी बन्न नदिन सफल हुँदै आएको दिल्लीले बजेटका नाममा राष्ट्रपतिको औकातलाई अन्तिम परीक्षण गर्न बाबुराममार्फत् जिस्काइरहेको छ। यो लेखाजोखामा दिल्ली सफल भयो भने त्यसपछिको राजनीतिक परिवेश नसोचेको दिशामा अघि बढ्न सक्छ। जसरी कटुवाल काण्डले पुष्पकमलको नियोजित उद्देश्यलाई छिन्नभिन्न पारेर उनको प्रभुत्व ओरालो लगाउन निर्णायक भूमिका खेलेको थियो, त्यस्तो अवस्था आउँछ वा आउँदैन भनेर पुनः बजेट प्रकरणमा राष्ट्रपतिको तौल लिने काम भइरहेको छ। 
बाहिर चर्चामा नआएको तर बाबुराम भट्टराई निरन्तर लागिपरेको पाँचौं षड्यन्त्र हो, विपक्षीहरुको दमनको योजना। यो षड्यन्त्र हाललाई नवगठित माओवादीप्रति लक्षित छ र यसमा सफल भए अन्यत्र पर्न सक्ने छ। चितवनको पार्टी कार्यालयको विवादमा भएको मुठभेडलाई आधार बनाएर भट्टराईको अग्रसरतामा वैद्य पक्षका १० जना मुख्य कार्यकर्ताहरुमाथि गम्भीर अभियोगमा मुद्दा चलाउने तयारी भइसकेको थियो तर माओवादीले यसको परिणाम देशव्यापी रुपमा नराम्रोसँग चुकाउनुपर्ने चेतावनी दिएपछि मात्र उनी हच्केका थिए। 
यी सबै योजनाहरु अघि बढाउन सञ्चार क्षेत्रमाथिको आक्रमण उनको तात्कालिक प्राथमिकता हो। किनभने आम जनतासम्म पुग्न सक्ने र दलहरुजस्तो विखण्डनबाट कमजोर बनेको अवस्थामा यो छैन। त्यसैले सञ्चारलाई जसरी पनि नियन्त्रण गर्नुपर्छ भन्ने यस्ता तत्वहरुको मनोकांक्षा रहेको छ। 
यद्यपि आजको परिवेशमा बाबुरामका सपनाहरु निर्वाध रुपमा अगाडि बढ्न सक्ने अवस्थामा छैनन्। देशभित्र उनको हैसियत सिक्किमका लोन्डुप दोर्जेको जस्तो पनि होइन। न त यिनी भुटानका राजा नै हुन्। तर वातावरण भाँडेर देशलाई नाजुक अवस्थामा पुर्‍याउने काम उनीबाट हुनसक्छ। 
बाबुरामले जे गरिरहेका छन्, यसको वास्तविक प्रभाव जनस्तरमा कसरी पर्दै गएको छ भन्ने कुराको घतलाग्दो उदाहरण गत शनिबार काठमाडौंको धोवीधारामा भएको एउटा कवि गोष्ठीमा अनुभूति गर्ने मौका यो पंक्तिकारलाई पनि प्राप्त भएको थियो। गोष्ठीमा कविता वाचन गर्नेहरु कविहरुमध्ये २ जनाले आफ्ना कविताबाट बाबुराम भट्टराईको डीएनए परीक्षण गर्नुपर्ने आवाज उठाए। भट्टराईका कामकारवाहीहरुको लामो सूची वाचन गर्ने कविहरुको माग थियो, सक्कल नेपालीजस्तो भए पनि वास्तवमा उनी नेपाली नै हुन् वा भारतीय भन्ने कुराको निर्क्योल गर्न उनको डीएनए परीक्षण गरिनुपर्छ। कविहरुले कुरालाई धेरैले पछि बुझे। बाबुरामको डीएनए नेपालीहरुसँग मिल्दैन भन्ने तथ्य एक दशक पहिले नै पुष्टि भइसकेको थियो, जुन बेला उनले भारतीयहरुलाई सुझबुझपूर्ण किसिमले छनौट गरिदिएको शब्द 'लोकतन्त्र' लाई बक्सिस थापेर 'लोकतान्त्रिक गणतन्त्र'को 'क्रान्तिकारी माग' अघि सारेका थिए।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters