[Show all top banners]

sayami
Replies to this thread:

More by sayami
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आज नारायणहिटी छाड्ने.....
[VIEWED 6010 TIMES]
SAVE! for ease of future access.
Posted on 06-01-08 6:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्वराजा ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने

ईश्वरराज ढकाल (काठमाडौं)आज जेठ १९ गते राजा वीरेन्द्रको वंश विनाश भएको दिन। आजै पूर्वराजा ज्ञानेन्द्र शाह देशमा गणतन्त्र घोषणापछि परिवारसहित नारायणहिटी दरबार छाड्दै छन्।


सामान बरबुझारथको काम शुरू

करिब ७ सय १ रोपनी क्षेत्र ओगटेको नारायणहिटी दरबार छाडी पूर्वराजा ज्ञानेन्द्र उनका जिजुमुमा सरला राज्यलक्ष्मी देवीसमेतलाई साथ लिएर बाहिरिँदै छन्।

पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, मुमा रत्न र जिजुमुमा सरलासहित उनीहरू शाहवंशका केही पुस्ताको आधिकारिक निवास रहिसकेको नारायणहिटी दरबार सदाका लागि छाड्दै छन्।
२०५८ साल जेठ १९ गते राति सवा ९ बजे पारिवारिक जमघटमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐर्श्वर्यका पुत्रहरू दीपेन्द्र, नीराजन, पुत्री श्रुति, भाइ धीरेन्द्र, बहिनी शान्ति, जयन्तीलगायतको हत्या भएको थियो।

नेपाल सरकारको १५ दिने म्यादसहितको पत्र प्राप्त भएपछि आज आइतबार दरबार छाड्न लागेका पूवराजा ज्ञानेन्द्रले निजी सम्पत्ति सबै निजी आवास निर्मल निवास ओसारिसकेका छन्।
नारायणहिटी दरबारभित्र रहेका ७५ वटै जिल्लाको नामबाट बनेका ७५ वटै सभाहल, महेन्द्र मञ्जिल, श्रीसदन, त्रिशूल सदन, गणेश हिमाल सदन सबै अब संग्रहालयमा परिणत हुने भएका छन्।

दरबारको दक्षिण ढोकाबाट टावरमा बलिरहेको बत्तीसँगै रहेको मुख्य ढोका सगरमाथा र त्यसपछिको अन्नपर्ण ढोका रहेको दरबारको पछाडिपट्ट महेन्द्र मञ्जिलमा पूवराजा ज्ञानेन्द्रकी आमा रत्न बस्ने गरेकी छिन्। महेन्द्र मञ्जिलपछाडि त्रिशूल सदन रहेको छ।

दरबारभित्रको उत्तर ढोकामा शाही रक्षक वाहिनी छ। सैनिक ब्यारेकपछाडि श्रीसदन रहेको दरबारमा राजा वीरेन्द्र बस्ने गरेका थिए। स्वर्गीय राजा वीरेन्द्रलाई अति मन पर्ने सो भवन परम्परागत नेपाली शैलीमा निर्मित छ।

ँहत्या गरिएका राजा वीरेन्द्रका घरहरू त्यत्तिकै रहेका छन्’, दरबार स्रोतले भन्यो- ँराजा वीरेन्द्रको बाल्यकालदेखि पूरै जीवन त्यही भवनमा बितेको थियो।’
संग्रहालय बन्न लागेको नारायणहिटी दरबारको श्रीसदनको पूर्वी भागमा कम्पट्रोलर विभाग र त्यसको उत्तरपट्ट गाईगोठ, घोडा तबेला र त्योसँगै हेलिप्याड रहेको छ।

हेलिप्याडको पूवतर्फपोखरी र सेनाको परेड खेल्ने स्थल रहेको छ भने त्यसको दक्षिणपट्ट पूवराजाको पूजाकोठा रहेको छ। पूजाकोठासँगै दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन पूवराजा ज्ञानेन्द्रले भत्काएर नयाँ भवन बनाएका थिए। त्रिभुवन सदनको पूवपट्ट त्रिभुवनकी भित्रिया ९१ वषीया सरलाराज्यलक्ष्मी शाह बसोबास गर्दै आएकी छिन्।

पर्ूवराजा ज्ञानेन्द्रकी आमा बस्दै आएको महेन्द्र मञ्जिलपछाडिपट्ट िपुतली बगैंचा रहेको नारायणहिटीभित्र चारैतिर बाटोको व्यवस्था छ। दरबारको भित्र रहेका यी संरचना आज आइतबारदेखि खाली हुने भएका छन्। ँपर्ूवराजा ज्ञानेन्द्र आज जाँदै छन्’, दरबार स्रोतले नेपाल समाचारपत्रसँग भन्यो- ँराति जाने वा दिउँसो टुंगो छैन।’
नेपाल सरकारसँग केही समयका लागि नागार्जुन दरबार मागेका तर प्राप्त हुन नसकेपछि अब पूवराजा ज्ञानेन्द्र सपरिवार केही समयका निम्ति निर्मल निवासमा बस्नेछन्।

ँशान्त रूपमा दरबार छाड्न खोजेका पूवराजा ज्ञानेन्द्र हूलहुज्जत भए रातमा बाहिरिन सक्नेछन्’ -स्रोतले भन्यो। पूवराजाले आज आइतबार एक सन्देश दिएर बिदा हुँदै छन्’ -स्रोतले भन्यो।
दरबारको सम्पत्ति बरबुझारथ गर्न गृह मन्त्रालयका प्रवक्ता एवम् दरबार सुरक्षा संयोजक मोदराज डोटेल शनिबार नारायणहिटी पुगेका थिए।

दरबारले शनिबार सबै कर्मचारीलाई हाजिर गर्राई दुइ दिनभित्र सम्पर्ण सामान बरबुझारथ गर्न आदेश दिएको थियो। दरबारमा हाल ६ विभाग, चारवटा सचिवालय र दुइवटा कार्यालय रहेका छन्।


 
Posted on 06-01-08 6:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

copy paste garda at least include the source dude...

_x


 
Posted on 06-01-08 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is going on with Paras all this time? He seems MIA. Could he have left Nepal already? Does anybody know?
 
Posted on 06-01-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

_X-Mandaleji

अब मण्डलेलाई मात्र गरेर पनि नपुग्ने
न्युज सोर्स पनि चाहिने
गूगलमा मात्र पेष्ट गरेर हेर न
ज्ञानेले मुर्ती पोका पारीराखेको फोटोपनी देखिन्छ   
भोली सिएनएनमा हेर्नु लाइभ देख्छौ
ज्ञाने दुलोबाट निस्किने ....


 
Posted on 06-01-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 02-Jun-08 08:42 PM

 
Posted on 06-01-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मण्डले ल्याइते भित्रिनिको सन्तान हुनु पर्दछ
नत्र यो कुकुर यत्रो ठुलो स्वरले
किन भुके होला त्यो पनि राती
ज्ञाने निस्किने बेला .....

साझाको यो पुरानो कुकुर स्तात
नयाँ अबतार लिएर जन्मेको छ
रणबिर सेनाका पाइप बमको
Auto Cad Draftman.....

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters