[Show all top banners]

MR_TRUTH
Replies to this thread:

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजा बोले, तुल्सि गिरि बोले
[VIEWED 7307 TIMES]
SAVE! for ease of future access.
Posted on 04-09-08 2:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रेकिङ न्युज:

ज्ञानेले सम्पुर्ण नेपालि बालिग संबिधानमा सरिक भइ सफल पार्न आव्हान गरेका छ




राजा नारायणहिटीमा किन बसिरहने?
– डा. तुल्सी गिरी

अस्ताउँदो घामका रूपमा रहेको राजतन्त्रलाई सक्रिय पार्न र त्यसकै आधारमा समाप्त हुने स्थिति सिर्जना गर्न सशक्त भूमिका निर्वाह गर्नुहुने तत्कालिक शाही सरकारका उपाध्यक्ष डा. तुल्सी गिरीले राजा ज्ञानेन्द्रमाथि आक्रोश पोख्नुभएको छ। आफ्नै मन्त्रिपरिषद्का केही सहयोगी एवम् राप्रपा नेपालका नेताहरूसँग अस्ति सोमबार भएको भेटवार्तामा उहाँले राजा ज्ञानेन्द्रलाई निकम्मा भन्दै आफूले दिएका सल्लाह पालना नगर्दा राजतन्त्रको यो हविगत भएको दुःखेसो पोख्नुभएको छ।
लोकतन्त्रको स्थापना भएपछि पटक–पटक डेरा सर्दै र राजधानीको मण्डिखाटारमा हालसालै एक करोड ३५ लाख रुपैयाँमा खरिद गरेको घरमा बस्दै आउनुभएका गिरीको भनाइ थियो, 'राजा निकम्मा भएर बसे। पटक–पटक मौका पाएका थिए। तर, एक्सन गरेनन्।' उहाँले त्यस दिन राप्रपा नेपालका नेताहरू तोरणबहादुर गुरुङ, टंक ढकालसहित आधा दर्जनजति नेताहरूसँग करिब दुई घन्टा कुराकानी गर्नुभएको थियो।
भेटमा सहभागी एक नेताले घटना र विचारलाई दिएको जानकारीअनुसार राजा ज्ञानेन्द्रलाई लक्षित गर्दै डा. गिरीले भन्नुभएको छ, 'राजाले मेरो सुझाव पनि टेरेनन्। मैले भनेको केही पनि कार्यान्वयन भएन। उल्टै भावुक मात्रै बनिरहे। राजसंस्था डुब्दै गयो।' २०६३ साल वैशाख ११ गते राति शाही घोषणा गर्नुभन्दा पहिले राजालाई सत्ता नछाड्न सल्लाह दिएको पनि उहाँले राप्रपाका नेताहरूसँग खुलस्त गर्नुभएको थियो। उहाँले
राजालाई दिएको सल्लाह थियो, 'अहिले नछाडौँ सरकार! राजकाज चलाउँदा यस्तै हुन्छ।' तर, राजाले आफ्नो सल्लाह अटेर गरेर बढी भावुक भएको गिरीले दोहोर्याेउनुभएको थियो।
राजा बचाउनकै लागि चुनाव लड्ने घोषणा गरेका राप्रपा नेपालका नेताहरूले डा. गिरीलाई 'ह्याप्पी पोलिङ' भनेका थिए। स्रोतका अनुसार यो भनाइपछि डा. गिरी गलल्ल हाँस्नुभएको थियो। एकछिनपछि डा. गिरीले कमल थापाको राप्रपा नेपालले चुनावमा जानु नै गलत भएको बताउनुभएको थियो। उहाँको भनाइ थियो, 'यो चुनावले राजतन्त्रको अन्त्य गर्छ भनिएको छ, राजतन्त्र फाल्ने चुनावमा कमलजीहरूले भाग लिएर गल्ती गर्नुभो। बुद्धि पुगेको भए चुनाव वहिष्कार गर्नुपर्थ्यो।' राप्रपा नेपालका नेताहरूको भनाइ थियो, 'हाम्रो राजनीतिक इस्यु राजतन्त्र मात्रै होइन। तर, हामी चुनाव लड्ने पनि होइन। गणतन्त्रको विकल्प छ भनेर मात्रै लडेको हो।'
नेकपा माओवादीले चुनावमा भाग लिएकोमा डा. गिरीले अचम्म मान्नुभएको थियो। उहाँको भनाइ थियो, 'माओवादीले के लिनका लागि चुनाव लडेका होलान्? पावर लिनु थियो भने संसद्मै किन जानुपर्थ्यो र?'
भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको चिठ्ठी आएपछि राजा, नेपाली काङ्ग्रेस, नेकपा एमाले र भारत सरकारका प्रतिनिधि बसेर आन्दोलन उत्कर्षमा पुगेपछि सम्झौता गरिएको उहाँले खुलासा गर्नुभएको थियो। डा. गिरीको भनाइ थियो, 'त्यतिबेला एग्रिमेन्ट (सहमति) भएको हो। तर दलहरूले राजालाई धोका दिए।'
भारतीय प्रधानमन्त्रीको चिठ्ठी आफूसँग पनि सुरक्षित रहेको दाबी ग्ारे पनि उहाँले भेटमा सहभागी नेताहरूलाई त्यसबारेमा अहिले नै केही पनि नबोल्ने बताउनुभएको थियो। 'तर यदि राजाले त्यो सम्झौता जनसमक्ष ल्याइदिने हो भने को कहाँ पुग्छन्, मलाई राम्रो थाहा छ,' गिरीले ठोकुवा नै गर्नुभएको थियो।
राजा ज्ञानेन्द्रले संविधानसभाको निर्वाचनपछि एकपटक प्रतिकार गर्नुपर्ने बताउँदै डा. गिरीको भनाइ थियो, तर यस्ता निकम्माले गर्न सक्दैनन् होला।'
ज्ञानेन्द्रकै प्रसङ्गमा आक्रोश पोख्नुभएका गिरीले भन्नुभयो, 'केही पनि नगर्ने हो भने नारायणहिटी राजदरबारमा किन बसिरहने? अब निर्मल निवासमा गएर बसे भैगो नि?'
राजतन्त्र र प्रजातन्त्र सँगसँग्ौ जान नसक्ने बताउँदै आउनुभएका डा. गिरीले लोकतन्त्रका नाममा सबै कुरा खत्तम भएको पनि बताउनुभएको थियो। उहाँको भनाइ थियो, 'राजतन्त्रले प्रजातन्त्रको कुरा गर्नुहुँदैन। स्ट्रङ हुनुपर्छ। डेमोक्रेसी भनेको सब वाहियात हो। सबैजना लोकतान्त्रिक भएकोले देश बिग्रियो।'
'राजाले मौन बसेर गणतन्त्रलाई पनि स्वीकार गर्ने मनस्थिति बनाएको हो कि!' भन्ने एक नेताको जिज्ञासामा डा. गिरीको भनाइ थियो, 'मलाई पनि त्यस्तै लाग्न थालेको छ। राजा डेग नै चलेका छैनन्।'
अबको भावी राजनीतिमा माओवादी मात्रै दह्रो शक्ति भएर आउन सक्ने पनि गिरीको भविश्यवाणी थियो। उहाँले भन्नुभयो, 'अब काङ्ग्रेस, एमाले शक्तिको रूपमा आउन सक्दैनन्। आउने त त्यही माओवादी हो।' राजाको अधिनायकवादको वकालत गर्ने उहाँले 'सर्वहारावर्गको अधिनायकवाद'लाई शिरोपर गदर्ैै आएका माओवादीको सकारात्मक सम्भावना व्यक्त गर्नुभएको थियो।
भारतको बैंग्लोरमा रहेको फ्ल्याट डेढ करोड भारतीय रुपैयाँमा बिक्री गरेर उहाँले मण्डिखाटारमा कालो रंगको गेट भएको अढाई तल्ले घर खरिद गर्नुभएको छ। क्रिश्चियन धर्मका पास्टर रहेका गिरी बस्ने घर र भारतबाट योग सिकाउन आएका रामदेव बास बस्नुभएको घर आमने–सामने छ। गाडी र 'महिला'का पारखी मानिनुहुने गिरीले आफ्ना शुभेच्छुकहरूलाई रायमाझी आयोगको प्रतिवेदनका आधारमा नेपाल छाड्न नपाएको र घर किनेर बसेको बताउँदै आउनुभएको छ। डा. गिरी यसअघि चुनदेवी र बाँसबारीमा डेरामा बस्नुभएको थियो। हाल सासू–ससुरा र श्रीमती सहारा योञ्ज्ानका साथमा नयाँ घरमा बस्नुभएको छ। उहाँले एउटा गाडी पनि खरिद गर्नुभएको छ।


Last edited: 09-Apr-08 02:40 AM

 
Posted on 04-09-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uha haru dhaya baad ko patra hunu hunchha
sri pashupati naath le uha haru ko pani kalyaan garun

 
Posted on 04-09-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजतन्त्र र प्रजातन्त्र सँगसँग्ौ जान नसक्ने बताउँदै आउनुभएका डा. गिरीले लोकतन्त्रका नाममा सबै कुरा खत्तम भएको पनि बताउनुभएको थियो। उहाँको भनाइ थियो, 'राजतन्त्रले प्रजातन्त्रको कुरा गर्नुहुँदैन। स्ट्रङ हुनुपर्छ। डेमोक्रेसी भनेको सब वाहियात हो। सबैजना लोकतान्त्रिक भएकोले देश बिग्रियो।'
Best Best hehe what else can I say

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters