[Show all top banners]

waka
Replies to this thread:

More by waka
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
[VIEWED 11038 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-08 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई

सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई

हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई

सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई


 
Posted on 02-28-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very Nice WAKA. धेरै राम्रो छ  Keep it up..
Last edited: 28-Feb-08 08:58 PM
Last edited: 28-Feb-08 08:59 PM

 
Posted on 02-28-08 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अभिव्यक्तिमा पुराना टुक्राहरुमा जस्तै प्रखरता छ । तर शैली (गजलको प्राविधिक पक्ष) को हिसाबले त तपाइले गजलको नितान्त नयाँ शैलीको आविष्कार गर्नुभयो ।

परम्परागत गजलमा "काफिया" (अनुप्रास) र त्यसको पछाडी "रदिफ" (दोहरिईरहने एउटै शब्द वा शब्दहरु) हुन्छ । तपाईले भर्खर आविष्कार गर्नु भएको चाही "काफिया" र त्यसको पछाडी "रदिफ" को सट्टामा फेरि अर्को "काफिया" भएको "मुरद्दफ" (रदिफ-विहिन) गजल हो ।

बधाई ;-)

Nepe


 
Posted on 02-29-08 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त के होला भनेर नपढी बसेको !

 

Waka

गजब छ गजल !

परिपक्व छ ! 

डाह गर्न सकिन्छ !

चानचुने छैनन् !

अरु पनि जावोस् !


 
Posted on 02-29-08 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु ,
धन्यवाद । खासै मैले थाहा पाएर नयाँ शैली प्रयोग गरेको थीइन ,तर आँफैलाई रमाइलो लाग्यो ,
मैले भनी सके यहाँहरुको गजलहरु बाट प्रभाबित भएर गजल तिर हात हालेको हुँ ,गीत भने लेख्थे ।
आगामी दिनहरुमा पनि यहाँको सुझाबको मलाई नितान्त खाचो रहने छ ।
शिरिश ज्यु ,
तपाईंकै गजल बाट मेरो गजलको थालनी  भएको हो ,यस अर्थमा तपाईं मेरो प्रेरणाको श्रोत र नेपे गुरु
मार्गदर्शकको रुपमा मानेको छु ,गजल मनपराइ दिएकोमा धन्यवाद ।
 
Posted on 03-01-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chuchepati jyu,

धन्यबाद गजल मन पराइदिनु भएकोमा ,
अनी हौसलाको थपिदिनु भएकोमा


 
Posted on 03-06-08 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एउटा गजल टासेको छु ,अशा छ सुझाब पाउछु

कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ


एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ


हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ


बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ


छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ


 
Posted on 03-07-08 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्यस्त्य जीवन को उत्तम श्रीजना। । सार्थक भावनाका अभिब्यक्ती पोखीरहनु , शुभकामना 
दिनेश कार्की
कोलोरादो
 
Posted on 03-07-08 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्यस्त्य जीवन को उत्तम श्रीजना। । सार्थक भावनाका अभिब्यक्ती पोखीरहनु , शुभकामना 
दिनेश कार्की
कोलोरादो
 
Posted on 03-07-08 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद कार्की कान्छो जि
यहाको शुभकामना साथ लिएर प्रयासरत रहने छु ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters