[Show all top banners]

npsmarties

More by npsmarties
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Maobadi got VISA for USA !
[VIEWED 5470 TIMES]
SAVE! for ease of future access.
Posted on 11-12-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FYI please check : http://www.mysansar.com/?p=2086#more-2086

Here is same news

माअ‍ोवादी शान्ति प्रक्रियामा आएर अन्तरिम संसद र मन्त्रिमण्डलमा सहभागी भइसक्दा

पनि अमेरिकाले उसलाई ‘आतंककारी’ को सूचिबाट हटाउन मानेको थिएन। बरु ‘हमास’ लाई

जस्तो व्यवहार गर्ने भन्ने पनि सुनिएको थियो। आक्रामक कुटनीति अख्तियार गर्ने

अमेरिकी दूत जेम्स एफ मोरियार्टी नेपालबाट विदा भएर बंगलादेश पुगेपछि भने अमेरिकी

रणनीतिमा केही परिवर्तन आएको हो कि भन्ने भान भएको छ। नयाँ राजदूत नान्सी जे पावेल

एकदमै लो प्रोफाइलमा बसेकी छिन्। मोरियार्टीको पालामा भए दूतावासका सामान्य

गार्डलाई माअ‍ोवादीले चन्दा माग्यो भन्दै निन्दा गर्दै कडा शब्दमा वक्तव्य निकाल्ने

अमेरिकी दूतावास यस पटक पत्रकार वीरेन्द्र साहको अपहरण हुँदा पनि एक शब्द बोलेन,

हत्या हुँदा पनि एक शब्द बोलेन। आज दिउँसो केटिभी हेर्दै गर्दा एउटा समाचार देखेँ, अमेरिकी दूतावासले माअ‍ोवादी

नेता तथा विधायक जनार्दन शर्मा ‘प्रभाकर’ र नन्दकुमार प्रसाइँलाई भिसा दिएछ। यसलाई

पनि अमेरिकी रणनीतिमा आएको परिवर्तन कै रुपमा लिएँ मैले त।

<P>केही अघि माअ‍ोवादीका अर्का विधायक सुरेश आले मगरलाई अमेरिकाको भिसा दिन इन्कार

गरिएको थियो। त्यतिबेला दूतावासले आले मगरलाई अन्तर्वार्ता लिँदा तपाईँ आतंकवादी हो

? भनेर प्रश्न सोधेकामा उनले हैन भनेर भन्दा माअ‍ोवादीको सदस्य हो भने आतंकवादी

भइहाल्यो नि भन्दै अमेरिकाले आतंककारीको सूचिमा राखेको हुनाले भिसा दिन मिल्दैन

भन्दै फर्काइ दिएका भनी त्यतिबेलाका पत्रिकामा समाचार छापिएका थिए। </P>

<P>यस पटक भने अमेरिकाको नजरमा ‘आतंककारी’ माअ‍ोवादी पार्टीको ‘आतंककारी’ संगठन

माअ‍ोवादी जनसेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ लाई भने भिसा प्राप्त

भएछ। प्रभाकरले कयौँ माअ‍ोवादी आक्रमणको नेतृत्व गरेका थिए। नन्दकुमार प्रसाइँ भने

तीन महिनाअघि मात्रै माअ‍ोवादीमा प्रवेश गरेका हुन्। </P>

<P>प्रसाइँ अमेरिका पुगिसकेका छन्। प्रसाइँले अमेरिका पुगेर राष्ट्रसंघको कार्यालय

अमेरिकाबाट सार्नु पर्छ भनेर समेत भाषण ठोक्दै हिँडेको सुनिएको छ। तर प्रभाकर भने

अमेरिका आएको थाहा नभएको त्यहाँका पत्रकारहरुले बताएका छन्। </P>

<P>प्रभाकर र नन्दकुमार प्रसाइँलाई राष्ट्रसंघको एउटा कार्यक्रममा सहभागी हुनका

लागि भिसा दिइएको हो। उतिबेला सुरेश आले मगर पनि राष्ट्रसंघ कै कार्यक्रममा भाग लिन

जान लागेका थिए। उतिबेला माअ‍ोवादी नेतालाई रोकिएको भिसा यस पटक किन दिइएछ ? चीनसँग

नजिकिँदै गएको माअ‍ोवादीप्रति अमेरिकी रणनीतिमा परिवर्तन आएकै हो त ?


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters