[Show all top banners]

mardshab
Replies to this thread:

More by mardshab
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Khagendra Sangroula's article on TKP
[VIEWED 6312 TIMES]
SAVE! for ease of future access.
Posted on 03-08-06 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउवा, अर्ध-नारीस्वर र मार्ग-चित्र



खगेन्द्र संग्रौला


उस्तैउस्तै मति भएका दुई भाइ उदाउँदो उदार लोकतन्त्रलाई ठोक्न र जग हल्लिरहेको अनुदार राजतन्त्रलाई बोक्न काँधमा काँध मिलाएर कटिबद्ध भएका छन् । यी हुन्, महामहिम जेम्स एफ मोरिआर्टी र भूपू शाही प्रधानमन्त्री शेरबहादुर देउवा । श्री जर्ज बुसले दिल्लीबाट नेपालतिर फर्केर खटन गरे, माओवादी हिंसा थाम, राजा दलहरूसँग बात मार । बुसले बेस गरे । उनले कमसेकम उग्र दमनमा परेका दलहरूलाई मुन्टो टेकेर दमनकारीसँग बात मार त भनेनन् नि । बुस नामक बोसका वचनले मोटीआर्टीका मुखमा झ्याप्प बुजो लगाइदियो । अबलाई केही दिन यिनको प्रतिगामी अर्ती सुन्नबाट यो ज्यानले छुटकारा पाउने भो ।
देउवाको अशोभनीय ताहुरमाहुरको असर भने अझै सेलाएको छैन । मलाई लागेको थियो, चिन्तन भुत्त-भुत्तेे भए पनि देउवा बैगुनीचाहिँ नहोलान् । तर यी उत्पात बैगुनी रहेछन् । यिनले आपmनो दलका दामले सहयात्री गोपालमान श्रेष्ठप्रति भयानक कृतघ्नता प्रदर्शन गरे । गम्नुस्त पाठकवृन्द ! शाही खोरमा नभएका भए दलमा देउवाको हबिगत के हुँदो हो ? यी पक्का पनि ठूलो होहल्लाबीच सभापतिको पदबाट सदाका लागि निकाला गरिन्थे । तर भाग्यवश यिनको थमौती भयो । यिनलाई थमौती गर्ने मूल पात्र गोपालमान थिए । शाही सत्तापीडित देउवालाई सभापतिमा थमौती गर्नु दुःखको बेलामा उनलाई नैतिक समर्थन गर्नु र सर्वसत्तावादी राजातिर चुनौतीको चोके फाल्नुथियो । जे गरे, विशालहृदयी गोपालमानहरूले सर्वथा उचित काम गरे ।

बाह्र बुँदे समझदारीमा दलका कावा सभापतिको नाताले गोपालमानको सही गिरेको छ । पदीय नाताले गोपालमान दलका प्रतिनिधि बिम्ब हुन् । यस अर्थमा त्यो सिङ्गो दलको सही हो । उसो त त्यो सहीमा ससुरालीतुल्य थुनामा बसेका देउवाको पनि गोप्य सहमति थियो । रहँदा बस्दा आन्दोलनको दबाबले देउवा थुनामुक्त भए । जब बाहिर निस्के, वैचारिक यार मोरिआर्टीसँग तत्काल उनको भेट-मुलाकात भयो । अनि उनी राजावादी मोरिआर्टीको कार्बन कपीमा ढलान भए । हेर्नु, अहिले उनका हातमा बन्चरो छ । त्यो मारिआर्टीले दिएको बन्चरो हो । उनी बन्चरो उजाएर १२ बुँदे समझदारीमा भकाभक मार हानिरहेका छन् ।

आफू तल झरेर देउवालाई माथि सभापतिको आशनमा बसाउने गोपालमान यतिखेर शाही खोरमा छन् । तर देउवालाई उत्रो पर्वाह छैन । उनलाई त पर्वाह केवल कुर्सीको छ । बाह्र बुँदे शिशुलाई सराप्दै देउवा गोपालमानको निर्णय क्षमता र उनको नैतिकताको घोर अपमान गरिरहेका छन् । अनि कांग्रेसी एकताका नाउँमा घुर्की लगाउँदै कुरो घुमाएर मोलतोल गर्नमा उनी मग्न छन् । उनका निधारमा राजाका हातबाट लगाइएका अक्षम प्रधानमन्त्रीका दुईवटा कलंक ताजै छन् । तर इतिहासबाट कहिल्यै केही नसिक्ने देउवालाई कलंकको सम्झना र त्यसको पीडा रत्तिभर छैन । उनलाई त जसरी हुन्छ १२ बुँदे समझदारीलाई भत्काउनु छ । दरबार र अमेरिकाको साखुल्य बन्नु छ । अनि बकसका रूपमा गिरिजा बाबुका कुम टेकेर सिंहदरबारको गद्दीमा पुनः विराजमान हुनु छ ।

जगत् जान्दछ, देउवा विनाशको कलामा माहिर छन् । बाहन र पेन्सन बाँडेर यिनले संसद्को दुर्नाम चलाए । सांसद किनबेचको धन्दा थालेर यिनले संसद्लाई बंगुरालय बनाउन खोजे । यिनले रातिबीच प्रतिनिधिसभा लगेर राजाका पाउमा चढाए । यिनले असोजतन्त्रको करिया प्रधानमन्त्री बनेर बल्लतल्ल रापिन थालेको आन्दोलको हत्या गरे । अनि अहिले संकटको भुमरीबाट मुलुकलाई पार लगाउला कि भनी झिनो आशा गरिएको १२ बुँदे मार्गचित्रको शिर कलमी गर्न यिनी कन्दनी कसेर लागिपरेका छन् । तब न देउवा !

देउवाको विनाशकारी बक्बक्ले जब कान खायो, मलाई सातमध्येका ६ दलको याद आयो । म ठान्थेँ, सामन्ती दरबारविरोधी सात दलीय एकता-मोर्चा अराजकहरूको झुन्ड अवश्यै होओइन । बोल्नु हुने र बोल्नु नहुने कुराको सीमा तोक्ने लछुमन रेखा त यसको पनि होला नै । उसोभए अब देउवामाथि हुने के हो ? एक चित्तले कान थापेँ । तर केही भएन ।

मेरा कुरा गर्ने हो भने जे छोयो त्यसैलाई ध्वस्त पार्ने देउवालाई मोर्चाबाट तत्काल हटक गर्नुपथ्र्यो । प्रकृतिमा पतझडको याममा रूखबाट पहेँला पातहरू र्झछन् । तर रूख सदाका लागि नांगो हुँदैन । पहेँला पातहरू झर्नु भनेको भावी हरिया पातहरूलाई ठाउँ खाली गर्नु हो । कांग्रेसी रूखमा देउवा नामक पहेँलो पात लिसो लागेर झुन्डिरहेको छ । यो जीर्ण, बन्धुघाती र अतिशय पदलोलुप पात हो । प्रजातान्त्रिक कांग्रेसका विचारवान् र नैतिकवान् नरनारीहरू के हेरी बसेका हुनन् सोचेर ल्याउँदा मलाई उदेक लाग्छ ।

Read the rest in today's Kantipur

http://kantipuronline.com/kolnepalinews.php?&nid=67584

Posted on: 2006-03-07 20:50:59
 
Posted on 03-08-06 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaslai bhaneko ho Khagendra Sangraulla le "aardha nariswor" ko khalapatra bhanera? Oli lai ho ki ke ho? Ki Sushil Koirala?
 
Posted on 03-08-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ofcourse Oli..
 
Posted on 03-08-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>> वरिष्ट र पाका नेता गिरिजाप्रसाद कोइरालालाई आन्दोलनका साझा कमान्डर किन नमान्ने ?

खगेन्द्र संग्रौला पनि दही-चिउरे न हो!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters