[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Hang the Journalists
[VIEWED 8411 TIMES]
SAVE! for ease of future access.
Posted on 04-24-05 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रजिअ श्री वामनप्रसाद न्यौपाने समक्ष बुधवार साप्ताहिकका सम्पादक सूर्य थापाले गरेको बयान

स. १. तपाईंको नाम, बाबुको नाम, उमेर, पेशा वतन खुलाइदिनुहोस्
ज. मेरो नाम सूर्य थापा, बाबुको नाम खेतबहादुर थापा, उमेरमा ३० वर्षको भएँ, पेशा बुधवार साप्ताहिकको सम्पादक भएकोले पत्रकारिता, घर प्यूठान बाङ्गेमरोठ गाविस वडा नं. ९ मा पर्छ ।

स.२. तपाईं आज यस कार्यालयमा किन आउनुभएको हो ?
ज. मसँग केही कुरा बुझ्नुपर्ने भएकोले यस कार्यालयमा उपस्थित हुन फोनद्वारा खबर प्राप्त गरेकोले उपस्थित भएको हुँ ।

स.३. मिति २०६१/१२/१७ को बुधवार साप्ताहिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुन आशय र मनशाय के हो ?
ज. भुटानमा नयाँ संविधानको मस्यौदा जारी भएको र छलफलको प्रक्रिया अघि बढेको सर्न्दर्भमा त्यहाँका राजा जिग्मे सिंगे वाङचुकले ?राजाभन्दा देश धेरै महत्वपुर्ण हुन्छ? भनिबक्सेको कुरा पत्रपत्रिकामा आएकै कुरा हो । त्यहाँको राजतन्त्र निर्दलीय हुकुमशाहीबाट नयाँ संविधानसँगै प्रजातान्त्रिक र संवैधानिक संरचनामा रूपान्तरण हुन अग्रसर भएको प्रसँगलाई पत्रपत्रिकाले निकै महत्वका साथ छापेका थिए । हाम्रा कार्टुनिष्ट बासु क्षितिजले चैत १७ गतेको अंकमा दुइजना सामान्य मान्छेबीचको संवादलाई नेपाल र भुटानको संविधानको हैसियतसँग तुलना गर्नुभएको छ । जसमा भनिएको छ- ?भुटानमा नयाँ प्रजातान्त्रिक संविधानको तयारी । ? भनेपछि हामी भुटानभन्दा अगाडि छौं कि पछाडि हँ ??

यो संवादमार्फ् एकजना मान्छेले दुइ राजतन्त्रात्मक देश नेपाल र भुटानबीच तुलना गरेको स्पष्टै छ । दक्षिण एसियामा राजतन्त्रात्मक देशहरू नेपाल र भुटान मात्रै हुन् । भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र बंगलादेशमा गणतन्त्र छ । ती देशको संविधानसँग हाम्रो मुलुकको संविधानको कसरी तुलना हुनसक्छ र ? नेपाल र भारतबीचको तुलना न्यायोचित हुँदैन । तर भुटान र नेपालमा यो तुलना सम्भव हुन्छ र जनमानसमा यसरी तुलना भएको हुनुपर्छ भन्ने आशय हो । दुइ देशका संविधानबीचको तुलना गर्नुको आशय र नियत स्पष्ट गराइरहनुपर्छ र ?

स.४. बुधवार साप्ताहिक सोही अंकमा ?प्रजातन्त्र कहाँ छ महाराज ?? भन्ने शीर्षकमा प्रकाशित समाचार सूचना तथा सञ्चार मन्त्रालयबाट मिति २०६१/१०/२० मा जारी भएको सूचना विपरीत र शाही घोषणाको मर्मलाई लाञ्छित गर्ने अभ्रिप्रायले प्रकाशन गरिएको जस्तो देखिन्छ । यसमा उक्त समाचार प्रकाशन गर्नुको तपाईंको मनशाय के हो ? स्पष्ट गरिदिनुहोस् ।
 
Posted on 04-24-05 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज. ?प्रजातन्त्र कहाँ छ महाराज ?? भन्ने समाचार शीर्षक स्वयंले त्यसको स्रोत र आशय स्पष्ट गरेको छ । त्यसका निम्ति उक्त शीर्षकलाई इन्भर्टर्ेेगरिएको छ । त्यो प्रश्न बुधवार साप्ताहिकको होइन । देशका बहालवाला सांसद बलबहादुर र्राईको रोदन हो । मुलुकमा राष्ट्रियसभाको अस्तित्व छ र प्रजातान्त्रिक कालमा उन्नाइसौंपटक कार्यवाहक प्रधानमन्त्री रहिसक्नुभएका सांसद बलबहादुर र्राईले त्यो प्रश्न सोधेर यतिबेला प्रजातन्त्र भए नभएको बारे आफ्नो आशंका स्पष्ट गर्नुभएको छ ।

नेपाल अधिराज्यको संविधान २०४७ को व्यवस्था अनुसार प्रतिनिधिसभा नभएको स्थितिमा देशमा लागू संकटकालीन अवस्था तीन महिनाभित्र राष्ट्रियसभामा छलफल गरी अनुमोदन गर्नुपर्छ । यो बाध्यात्मक व्यवस्था हो । यसका लागि राष्ट्रिय सभाका एक दर्जनभन्दा बढी सांसदहरूले संकटकाल घोषणाको प्रारम्भतिरै सम्बद्ध सबै पक्षको ध्यानाकर्षा गराइसकेको तथ्य जगजाहेर छ । तर यसबीचमा संविधानतः बस्नुपर्ने राष्ट्रियसभाको बैठक बसेको छैन, बरू एकदर्जनभन्दा बढी सांसदहरूलाई गिरफ्तार गरी हिरासतमा राखिएको छ ।


more at - http://www.blog.com.np/nepali/?p=10
 
Posted on 04-24-05 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kisser,

What do u mean?? ....
After seeing your title....you urge goverment to hang the journalists.
.....
And after reading the wagle's UWB....doesn't imply that....

.....
 
Posted on 04-24-05 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hand the kisser who intends to hang the journalist...i didn't know so mucha bout bhutanese govt until now...awesome the way the kingdom is preserved also i was watching Cameron diaz's tour to nepal and bhutan as well..there i knew 70% of bhutan is a forest awesome...but then i kicked out all bhutanse to Nepal..dammit nepal gets booted byh all the countries...

tibet, bhutan, pakis, musaltes, bin ladins, iraqis, all european countries, us and of course china and india..damn we have bigger issues that maobadis....lets all get together and punch in the nose of every ass..i guess like my sis i need to join the army..damnnn
 
Posted on 04-24-05 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aren't journo's getting hanged by the Gyan Bdr government?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters