[Show all top banners]

instagrem
Replies to this thread:

More by instagrem
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यौवनको उन्माद र फुस्किएको कण्डम
[VIEWED 5562 TIMES]
SAVE! for ease of future access.
Posted on 12-12-16 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अष्टमीको दिन थियो । लामो समय भएको थियो यौनक्रियामा नजोडिएको । उनको यौवनको उन्मादले उनलाई कठिन अवस्थामा पु¥याएको थियो । थोरै मादक पदार्थको रंगमा रंगिएका उनलाई यौनलिलामा रमाउन मन लाग्यो । आफ्नो साथीको साथी कतै एकपटक मात्र भेटेको र यौवनले भरिपूर्ण उनको जिउडालले मोहित बनाएको रमेशलाई याद आयो । उक्त भेटमा साथीसँग उसको सम्पर्क नम्बर मागेका रमेशले मादकपदार्थको जोसमा उनीलाई फोन गरे । संयोग पनि कस्तो उनले फोन उठाइन् र बोलचाल सुरु भयो । रमेशले उनलाई आफ्नो परिचय गराए र हामी यसरी भेटेका थियौँ भनि सम्झना पनि गराए । उनीमा पनि यौवनको उन्माद रमेशमा जति नै नभएको हैन त्यसैले होला रमेशको प्रशंसामा कुनै कमी छाडिनन् । आफूसँगको पहिलो भेटले नै यति धेरै प्रशंसा पाएपछि रमेश पनि धेरै खुसी भए । रमेशमा भएको यौवनको उन्मादको आगोमा प्रशंसाले घिउ थपिदियो । कुराकानी लम्बँदै गर्दा रमेशले उनीसँग यौन सम्पर्क प्रस्ताव ग¥यो । कस्तो अचम्म थोरै लज्जा बाहेक रमेशले उनीबाट कुनै प्रतिक्रिया पाएन । रमेशले थाहा पाएन उनको उत्तर के थियो । थोरै लजालु स्वभावको रमेशले अफ्ठयारो मान्दै कुराकानी बिषय परिवर्तन ग¥यो । कुराकानी क्रममा उनले आफ्नो फ्याल्टमा कोही पनि नभएको र दशैँको लागि घरमा गएको बताईन् । तिमी किन नगएको भन्ने प्रश्न रमेशको मुखबाट सकिन नपाउँदै कामको सिलशिलामा भन्ने उत्तर उनीबाट प्राप्त भयो । रमेशले पुनः आफ्नो पुरानो प्रस्तावलाई अलि फराकिलो बनाउँदै प्रश्न ग¥यो “के म आउन सक्छु त आज ?” उनले पनि फेरी विषयबस्तु परिवर्तन हुने डरले हो की के हो प्रतिउत्तर गरिहालिन “कति बेला आईपुग्छौ ?” कुरा भुईंमा झर्न नपाउँदै रमेशले सिधै फ्याल्ट तर्फ हानियो । बाटो छेउकोे मेडिकल पसलमा रोकिएर उसले एक प्याकेट कण्डम किन्न भुलेन किनभने, रमेशको योजना जे थियो त्यहि हुँदै थियो । बाटोमा हिँड्दै गर्दा उसले आफ्ना पुराना घटनाहरुलाई स्मृतिमा ल्यायो । १८/१९ बर्षको यौवनको चर्को उन्मादका बेला पनि सुरक्षित साधन नहुँदा उसले यौन सम्पर्क नगरी रात बिताएको थियो । त्यसैले पनि उसले कण्डम किन्ने निर्णय ग¥यो । फ्याल्टको नजिकै पुगेर रमेशले उनको नम्बर डायल ग¥यो । पहिलो घण्टि पनि नबज्दै फोन उठ्यो । रमेशले आफू उसको घर अगाडी आईपुगेको बतायो । उनी रमेशलाई लिन गेटसम्म आईपुगिन् । कोठामा प्रबेश गरेपछि रमेशले गिद्ध दृष्टि लगाउँदै उनको स्तनमा हे¥यो । रमेश यति धेरै सामथ्र्य भएको युवा त थिएन तर मादक पदार्थको थोरै जोस र उनको सकारात्मक प्रतिक्रियाले यसका लागि सक्षम पनि बनाईदियो । रमेशलाई गेष्ट रुममा राखेर उनी किचन रुम तिर लागिन । गेष्ट रुमको टेबलमा राखिएको एसट्रेमा रमेशको आँखा पुग्यो । सायद उनका बाबु चुरोट खाँदा हुन् भन्ने लाग्यो । गेष्ट रुममा बसेको केही समय पश्चात हातमा चिकेन रोष्ट, केही बोटल चर्चित बियरका बोटल र चुरोटको बट्टा लिएर उनी रमेश सामु आई पुगिन् । “त्यो एसट्रे अलिकता उता सार त” उनले आफ्नो हातमा भएको सामान सहितको ट्रेलाई टेवलमा राख्ने प्रयास गर्दै रमेशलाई भनिन् । रमेशले एसट्रेलाई आफ्नो हातमा उठायो । रमेशको नजर उनको बक्षस्थलबाट बाहिर जान मानिरहेको थिएन । उनले पनि यो कुरा चाल पाएर रमेशको छेउमा आएर बसिन् । रमेश यौवनको उन्माद अलावा पहिला नै थोरै रक्सिले पनि झुम्मिएको थियो । नजिकै आएर बसेकी उनले आफ्नो प्रशंसाको केही शब्दहरु बोल्न नपाउँदै रमेशले उनलाई आफ्नो कसिलो अँलागोमा बाँध्यो र ओठमा मायाले भरिएको चुम्बन ग¥यो । उन्मादले भरिएकी उनी पनि रमेशलाई साथ दिन थालिन र दुबै योन आनन्दमा रम्न थाले । केही समयको पूर्वक्रिडा पश्चात दुबै योन सम्पर्कका लागि तयार भए । कोठासम्म पुग्ने पनि चेष्टा नगर्दै उनीहरु गेष्ट रुमको सोफामा पल्टिए । आफ्नो पकेटमा रहेको कण्डम निकालेर रमेशले आफ्नो लिङ्गमा लगायो । उनी रमेशलाई थोरै मुस्कुराउँदै हेर्दै थिईन । उनीहरुको यौन क्रिडा सुरु भयो । रमेश आनन्द लिने प्रयासमा थियो नै उनी पूर्ण आनन्द लिईरहेकी थिईन । यौनक्रिडा अघि बढ्दै जाँदा रमेशले यौन आसन परिवर्तन गर्ने सोच बनायो र आफ्नो लिङ्गलाई यौनीबाट बाहिर निकाल्यो । उनीहरु आसन मिलाउने तयारी गर्दैगर्दा रमेशको लिङ्ग उत्तेजनाबाट बाहिर आयो । केही समय उनीहरु अङ्गालोमा बाँधिए । यौनक्रिडालाई सुरु गर्नुपूर्व रमेशको लिङ्ग उत्तेजित गराउन उनले आफ्नो हातको प्रयोग गरिन । यसो गरिरहँदा रमेशको पुरानो उत्तेजना उम्लेर आयो र यौन क्रिडा सुरु हुन थाल्यो । विचरा रमेशले पत्तो पनि पाएन कि यो क्रिया सुरु गर्दा उसले आफ्नो लिङ्गमा लगाएको कण्डम फुस्किसकेको थियो । आफ्नो जीवनकालमा दर्जन जस्तै यौनसम्पर्कको कार्यमा जोडिएको रमेश र उनी कुनै पर्वाहबिना यौनक्रियामा तल्लिन थिए । यौन सम्पर्कको अन्त्यतिर स्खलित हुँदै गर्दा रमेशलाई आफ्नो लिङ्ग पोलेको जस्तो अनुभव भयो । उसले आफ्नो आँखा पु¥याएको मात्र के थियो आफ्नो लिङ्ग, उनको योनाङ्ग र सोफा सबै रगतले भिजेको देख्यो । दुबै जना डराए तर त्यो डर लामो समय रहेन । दुबै पालैपालो नुहाए र रमेश आफ्नो बाटो लाग्यो । रमेशलाई केही दुखाई महशुस भै रहेको थियो । रमेश छिटोछिटो आफ्नो घरमा गयो र आफ्नो रुममा छिरेर आफ्नो लिङ्गलाई राम्रोसँग नियाल्यो । उसले आफ्नो लिङ्गको मांसपेसी थोरै च्यातिएको पायो । यो भन्दा अगाडी सधैँ कण्डमको प्रयोग गरेको रमेशले सोच्यो सायद बिना कण्डम यौन सम्पर्क गर्दा यस्तो भएको होला । निरन्तर र लामो समयसम्म पीडा कम भएन । अझै केही दिनपछि पहेँलो पदार्थ निस्कन थाल्यो । हरेक पटक पिसाव फेर्दा पोल्ने र दुख्ने हुन थाल्यो । दैनिक रुपमा सामान्य भन्दा धेरै पिसाव लाग्ने र पिसाव पोल्ने हुन थालेपछि उ झनै चिन्तित हुँदै गयो । कार्यलयमा रहँदा होस् या घरमा या साथीहरुबीचमा उ सँधै त्यहि कुरा मात्र सोच्थ्यो । केही दिनसम्म पनि आफ्नो समस्या समाधान नभएपछि उसले आफ्नो समस्याका बिषयमा इन्टरनेटमा सर्च गर्न थाल्यो । कुनै पेजमा यो समस्यालाई सामान्य भनेर त कतै जटिल भनेर व्याख्या गरिएको हुन्थ्यो । उ झनै दुविधामा प¥यो । अन्ततः उसले चिकित्सकलाई देखाउने निधो ग¥यो । बिहानको १० बजेको थियो । उ आफ्नो घरबाट तयार भएर आफ्नो समस्या देखाउन निस्क्यो । अस्पताल नपुग्दासम्म उसमा अनेक विचारहरु आए । कहिले यो ठूलो समस्या भयो भने के गर्ने भन्ने सोच्थ्यो त कहिले यो समस्या सामान्य हो भन्ने सोचेर आफ्नो मनलाई सान्त्वना दिन्थ्यो । चिकित्सकलाई कुरेर बसेको रमेशलाई चिकित्सकले बोलाएपछि भित्र छिर्दै गर्दा पनि मनमा डर लागिरहेको थियो । रमेशले आफूलाई हुने हरेक समस्या चिकित्सकलाई सुनाए । चिकित्सकसँगको छोटो कुराकानी पछि सान्त्वना दिँदै चिकित्सकले भने “यो समस्यासँग डराईहाल्नु त पर्दैन ।” उनले थपे “यो यौन सम्पर्कबाट सर्ने रोग गनोरियाहो । तपाईँले जोसँग सम्पर्क गर्नुभएको थियो उहाँलाई यो रोग थियो । जसले गर्दा तपाईँलाई यो रोग सरेको हो ।” कागजमा औषधिको नाम लेख्दै चिकित्सक भन्दै थिए “डराउनु पर्ने कुरा के हो भने यो औषधिले ३० प्रतिशत मान्छेहरुलाई निको नपार्न सक्छ । यदि निको भएन भने रोग डरलाग्दो हुन्छ ।” रमेशले औषधिको कागज हातमा समाए । चिकित्सकले भन्दै थिए “यो औषधी एक चक्कि लिनुहोस् र अहिले भर्खरै खानुहोस् ।” अर्को औषधि तिर देखाउँदै चिकित्सकले थपे “यो औषधि सात दिनसम्म दिनमा दुई पटक खानुहोला ।” “तपाईँलाई भोली बिहानबाट नै सबै समस्या समाधान भएको जस्तो भयो भनेपनि सात दिनको औषधी पुरा खानुहोला ।” ढोकाबाट निस्कँदै गदा चिकित्सको आवाज सुनेका रशेम हस् भन्दै बाहिर निस्किए । दौडँदै औषधि पसलमा पुगेर औषधि खरिद गरे र चिकित्सकको सल्लाह अनुसार एक चक्कि औषधी तत्काल सेवन गरे । तिहारको केही दिन अघि चिकित्सककोमा पुगेका रमेशले औषधि पसलेले भनेको कुरा धेरै याद राखे “यो औषधिको प्रयोग गर्दाको दिनहरुमा दूध र दूधजन्य पदार्थ, क्याल्सियम धेरै पाईने खानेकुराहरु र मादक पदार्थ सेवन नगर्नुहोला ।” रमेशको मनमा यति धेरै डर पसिसकेको थियो कि उ त्यो नियम मिच्नु त परको कुरा सोच्न पनि सक्दैनथ्यो । अघिल्लो दिन बिहानबाट नै सबै कुरा सामान्य भएको अनुभूति ग¥यो रमेशले तर निरन्तर ७ दिनसम्म औषधीको सेवन ग¥यो । सात दिन पुरा भएपछि चिकित्सकोमा पुग्यो रमेश । आफ्ना सबै समस्या समाधान भएको बताए रमेशले । चिकित्सकले लामो सास फेर्दै भने “तपाईँ लक्की हुनुहुँदो रहेछ । ३० प्रतिशत बिरामीलाई यो औषधीले काम नगरेको, अहिलेसम्मको अध्ययनले देखाएको छ ।” “अब तपाईँ डराउनु पर्दैन तर यौन सम्पर्क गरेको तीन महिना पुरा भएपछि एचआईभी र भेनेरियर डिजिज रिसर्च ल्याब्रोटरी टेष्ट गराउनु पर्छ ।” चिकित्सकले भने । रमेशले आतिँदै सोधे “के यो रोग यौनसाथीमा भएको अवस्थामा सर्ने मात्रै हो की यौन सम्पर्कबीना नै यसका किटाणु आफैँ पनि तयार हुन्छन् ।” चिकित्सकले यो रोगहरु यौनसाथीबाट सर्ने हो भन्ने सुनेर रमेशले केही सहज महशुस गरे । आज रमेश केही शान्त त पक्कै छन् तर आफ्नो यौन सम्पर्क भएको तीन महिना कहिले पुग्छ र यी दुई टेष्टहरु गराउँ भन्ने सोचमा छन् । उनी बेलाबेलामा झस्कन्छन् यदि मलाई यी प्राणघातक रोग लागेको रहेछ भने के गर्ने होला ? तर फेरी आफ्नो मनलाई सम्झाउँछन् यस्तो त नहुनुपर्ने हो । यदि भएको भए आफूले यौन सम्र्पक गरेको साथीले उनलाई यो समस्या बताउने थिईन होला । टेष्टका लागि तीन महिना कुरीरहेका र मनमा केही डर बाँकी नै रहेका रमेश आजभोली आफ्ना साथीहरुलाई यौन सम्पर्क गर्दा सुरक्षित रहन सल्लाह दिने गर्छन् ।
 
Posted on 12-13-16 2:09 AM     [Snapshot: 281]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ल यो अंदरवियर ब्रो आजकाल काटा छ हो ? उहि गोनोरिहा डॉक्टरकोमा त गईरा छैन, तीन महीना कुर्दै ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters