[Show all top banners]

shivanatarajan
Replies to this thread:

More by shivanatarajan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 [अन्तर्वार्ता] देशका लागि सपना देखौं
[VIEWED 2226 TIMES]
SAVE! for ease of future access.
Posted on 04-24-16 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली ठिटो प्रबल गुरुङ अमेरिकामा फेसन उद्योगका लागि चर्चित नाम हो । उनले डिजाइन गरेका ड्रेसहरू लगाउनमा प्रथम महिला मिचेल ओबामा हुन् वा बेलायती राजकुमारी केट मिडल्टन र थुप्रै हलिउड सेलिब्रेटी र गायिकाहरू गर्व गर्छन् ।

पछिल्लो समय झन्डै दुई वर्षअघि नेपाल आउँदा मुस्ताङ ट्रेक पुगेका थिए । त्यसबेला प्रबलले त्यहाँका बुद्धमार्गी भिक्षुले लगाउने हल्का पहेंलो, गाढा रातो र सुन्तला रंगको पोसाकदेखि पाउजुको कन्सेप्टलाई टिपेर न्युयोर्क फेसन विकमा आफ्नो डिजाइनमा ढालेर पस्कँदा सनसनी मच्चाएको थियो ।

यतिबेला फेरि प्रबल नेपाल आएका छन् । तर यसपटकको उनको भ्रमणको उद्देश्य पेसाभन्दा फरक छ । पाँच वर्षअघि प्रबलले नेपालमा शिक्षा क्षेत्रको विकासका लागि भन्दै केही साथीभाइको साथमा शिक्षा फाउन्डेसन नेपाल खोलेका थिए । भूकम्पपछि उनको फाउन्डेसनले शिक्षाका अलावा भूकम्पपीडितका लागि सेल्टर निर्माणदेखि आधारभूत राहत सामग्री उपलब्ध गराउने काममा समर्पित गरायो । यतिबेला उनको भ्रमण फाउन्डेसनले गरेका कामको अवलोकनसँगै थप गर्न सक्ने क्षेत्रको अध्ययनमा केन्द्रित हुनेछ ।

शिक्षा फाउन्डेसनले भूकम्पपछि दोलखा, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट र ललितपुर केन्द्रित रही झन्डै दुई हजार सेल्टर, झन्डै दुई हजार परिवारलाई राहत सामग्री उपलब्ध गराएको थियो । यतिबेला प्रबलको शिक्षा फाउन्डेसनसँग सन् २०१२ की सीएनएन हिरो पुष्पा बस्नेतको संस्था पनि जोडिएको छ । नेपालको व्यस्त र छोटो बसाइपछि अमेरिका फर्कन लागेका प्रबलले आफ्नो सामाजिक सेवाबारेमा आधारित रही कान्तिपुरसँग संक्षिप्त कुराकानी गरेका थिए ।

अहिले स्वदेश आउनुको उद्देश्य ?
भूकम्प गएपछिको अवस्था बुझ्नको लागि पनि आएको हुँ । त्यसबाहेक वर्षको एकपटक म परिवार भेट्न स्वदेश आएकै हुन्छु । यसपटक बीचमा आउन मिलेन । गतवर्ष नै आउन लागेको बेला भूकम्प गएपछि यहाँ आउनुमा भन्दा त्यहीँ बसेर आर्थिक सहयोग जुटाउनु उपयुक्त हुन्छजस्तो लाग्यो । यहाँ मेरो फाउन्डेसनले काम गरिरहेको थियो, त्यहाँ मैले सीएनएनमा गएर हुन्छ कि अमेरिकी दूतावासमा गएर हुन्छ, देशको बारेमा अवगत गराएँ । त्यहीं बसेर फन्ड रेजिङ गर्नु फलदायी हुन्छजस्तो लागेर नै म देश आइनँ । नभए त मेरो पूरै परिवार नै यहीं, आउन त मन लागिहाल्छ नि ।

त्यसो भए भूकम्प आएलगत्तै नेपाल आउनचाहिँ मन लागेको थियो ?
मन लागेको थियो नि । सुन्नेबित्तिकै रातभरि सुत्न सकिएन । घरमा फोन गर्न खोज्यो फोन नै लाग्दैन । त्यसपछि फेसबुकमा हेरेर जानकारी लिएँ । पूरा एक दिनपछि बल्ल परिवारसँग कुरा भयो । जान्छु भनेरै बसिरहेको थिएँ, त्यो बेला फेरि हवाई टिकटको पनि समस्या भइरहेको थियो । ठयाक्कै त्यतिबेला मैले सोचें, मेरो काम त यहीं बसेरै गर्दा बढी हुन्छ । मेरो नामले गर्दा पनि होला, तुरुन्तै सीएनएनहरूले कुरा गर्न बोलायो । त्यसपछि पैसा उठाउन पनि सहज भयो । फेसन उद्योगकादेखि सबैजनाले ऐक्यबद्धता जनाउन थाले । ट्वीट गर्ने, सहयोग जुटाउने गर्न थाले । म यहाँ आएको भए बरु केही गर्नै सक्थिनँ होला जति त्यहाँ बसेर गर्न सकें ।

यहाँ रहँदाको कार्यक्रम के छ ?
आएदेखि नै फाउन्डेसनको पार्टनरहरूसँग गयौं । के कस्तो काम भइरहेको छ भन्ने रिपोर्ट लिनेदेखि अझै के–कस्ता राहतका कार्यक्रम गर्न सकिन्छ भन्नेमै छलफल भइरहेको छ । आएदेखि ननस्टप काम नै काम भइरहेको छ । त्यसबाहेक युवाहरूलाई कसरी प्रोत्साहन दिलाउने भन्नेबारेमा अभियान थालेका छौं । देशले के गर्छ भन्ने होइन कि हामीले के गर्न सक्छौं भन्ने भावना जगाउनु नै अभियानको उद्देश्य हो ।

भूकम्पलगत्तै विश्वव्यापी रूपमा आर्थिक सहयोग जसरी जुट्यो, त्यो अनुपातमा पुनर्निर्माणको काम सुस्त भएको लाग्दैन तपाईंलाई ?
हुर्केर बढेको नेपालमै भएकोले हामीलाई यहाँको सरकारको स्थिति पनि थाहा नै छ । त्यही भएर पनि हामीले के गर्न सक्छौं ? हामीले नै गर्ने हो । सरकारमा निर्भर भएर नबसौं । मेरो अनुरोधचाहिँ सक्दो छिटो राम्रो होस् भन्ने नै हो ।

यहाँका युवाले खेल्न सक्ने भूमिका के हो जस्तो लाग्छ ?
अहिलेको अवस्थामा मात्रै हैन कि जुनसुकै बेला पनि आफू र आफ्नो देशको लागि ठूलो सपना देख्नुपर्छ नै । सानै काम जसले आफूबाहेक अर्को एकजना मात्रैलाई पनि इफेक्ट गर्न सकियो भने पुग्छ । सय जनालाई पनि गर्न पर्दैन । त्यसैले सपना देख्ने आँटको सुरुआत गरौं, आफू र आफ्नो देशको लागि । मलाई कसैसँग आशा छ भने यिनै युवाहरूमै छ । गर्ने उनीहरूले नै हो ।

नेपाली फेसनबारे कत्तिको अपडेट हुनुहुन्छ ?
इन्ट्रेस्टिङ छ । यहाँ आएर पनि मैले डिजाइनर, मोडलहरूलाई भेटिसकें । मलाई मजस्तै अर्को नेपाली डिजाइनर त्यहाँ (अमेरिकामा) भेट्न पाए दंग पर्ने थिएँ ।





 
Posted on 04-24-16 4:57 PM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना हरपल देखि राखेकोछु : साकार भएको सपना तिमीले साझा मा टास्नेछौ !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters