[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उप्रेतीकाे 'एकल इजलास'
[VIEWED 6603 TIMES]
SAVE! for ease of future access.
Posted on 05-25-15 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उप्रेतीकाे 'एकल इजलास'

  • भरतराज उप्रेतीकाे सम्झना



bharat raj

काठमाडौ, जेष्ठ ११ - शिक्षण अस्पतालको एउटा कक्षमा उनको शरीर लम्पसार थियो । अघिल्तिर थिए चिकित्सकहरु र त्यसभन्दा पनि पछिल्तिर थिए फूलमाला बोकेर आँसु चुहाउँदै श्रद्धाञ्जली दिन बसेका आफन्त, शुभेच्छुक र सहकर्मीहरु ।

सर्वाेच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीको पार्थिव शरीरलाई श्रद्दासुमन चढाउन आउनेहरुलाई बीचमै रोक्दै चिकित्सकहरुले शवलाई भित्र लगे । फूलमालाको डंगुरलाई निकालेर एकातिर राखे । अनि अपरेसन थिएटर जस्तो एउटा कक्षमा पुगेपछि ढोका ढ्याम्म लगाए ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली अलिक ढिलो आइपुगेका थिए । ‘एक पटक मलाई पनि यो फुल उहाँलाई चढाउन दिनुस्,’ अस्पतालका कर्मचारीलाई उनले आग्रह गरे । फूलमाला चढाउन नपाई फर्किएका अरु धेरै भन्दा ज्ञवालीको अवस्था यस मामिलामा भिन्न हुन गयो । चिकित्सकहरुले एक पलका लागि ढोका खोले र फूल चढाउनसम्म दिए ।

‘हामीलाई ढिलो हुन लागिसक्यो,’ डा. विशाल कार्कीले भने, ‘अब काम गर्न दिनुस् ।’

आफ्नो शरीरलाई नजलाइयोस् भन्ने इच्छा आफूलाई झुण्ड्याउनु अघि उप्रेतीले लेखेको पत्रमा देखिन्छ । त्यसैलाई आधार मानेर परिवारजनले शिक्षण अस्पतालमा लैजान प्रहरीलाई अनुमति दिएका थिए । र, प्रहरीले लगेको थियो उनलाई बिहानै ।

अस्पताल लैजाने बित्तिकै चिकित्सकहरुले उनको आँखाको कोर्निया झिके । ‘यो भोली नै एक विरामीको आँखामा राखिनेछ,’ आँखा अस्पताल तिलगंगाका काउन्सुलर सुरज गौतम भन्दै थिए, ‘अब छाला निकाल्ने काम हुँदैछ ।’

सामान्य ज्ञानका पुस्तकमा उप्रेतीको नाम एउटा प्रश्नको उत्तरका रुपमा थपिँदै थियो– नेपालमा पहिलो पटक छाला दान गर्ने व्यक्ति ।

आँखाजस्तै उनको जिउको छाला पनि आगोले जलेको कुनै व्यक्तिको जिउमा छिट्टै प्रत्यारोपण गरिने छ । उनकै इच्छा अनुसार बाँकी शरीर मेडिकल साइन्सका विद्यार्थीको प्रयोगात्मक दानका लागि राखिनेछ ।

सर्वाेच्च अदालतमा चार वर्ष अस्थायी न्यायाधीश भएर बिताएका उप्रेती कम्पनी कानूनका ज्ञाता थिए । इमानदार तर खरो छवि बनाएका उनलाई चिन्ने र जान्नेहरु आत्महत्याको खबरले व्यथित थिए ।

‘मलाई पत्यारै लागिरहेको छैन,’ विद्यार्थीकालका उनका साथी हरिकृष्ण भन्दै थिए, ‘यसरी हरेस खाने मान्छे त उनी हुँदै होइनन् ।’

उनलाईजस्तै धेरैलाई यतिखेर यही लागिरहेको छ, आखिर के कारण उनी यो निस्कर्षमा पुगे ?

सोमबार बिहान ३ बजे ज्ञानेश्वरस्थित आफ्नो निवासमा पासो लगाउनु अघि उनले लेखेको पत्रमा यसलाई, ‘इच्छामरण’ भनेका छन् ।

आखिर किन ‘इच्छामरण’को निर्णयमा पुगे उनी ? यसको जवाफ ठ्याक्कै दिन सक्ने त सायदै कोही होला । तर उनको जीवनको सेरोफेरो, उनलाई नजिकबाट नियाल्नेहरुको अनुभवले उनको ‘एकल इजलाश’ आत्महत्या गर्ने निर्णयमा पुग्नुका कारणहरु संकेत गर्छन् ।

उप्रेती चल्तीको कर्पाेरेट वकालती पेशा छाडेर सर्वाेच्चमा न्यायाधीश हुन गएका थिए सर्वाेच्चमा । दुई वर्षका लागि उनलाई अस्थायी न्यायाधीश बनाइयो ।

‘सर्वाेच्च अदालत क्लासिकल जजहरुले भरिएको छ,’ २०६४ सालमा नेपाल ल क्याम्पसमा आफूले लेखेको कम्पनी कानून पुस्तक विमोचनका बेलामा उप्रेतीले भनेका थिए, ‘यस्तो ढर्राले न्याय पर्न सक्दैन ।’

कुर्सीबाट जुरुक्क उठ्दा दुई हात फिँजारेपछि अर्दलीले कोट लगाइदिनु पर्ने संस्कारका न्यायाधीशहरुलाई संकेत गर्दै उप्रेतीले बोलेको कुरो त्यही कार्यक्रमका लागि आएका खिलराज लाई पचेनछ ।

‘उनले आफू बोल्ने पालो आएपछि मुखै फोरेर क्लासिकल जज म नै हुँ, कसले भन्छ न्याय पर्दैन भनेर भनिदिएका थिए,’ एक अधिवक्ता भन्छन्, ‘त्यही दिनदेखी उप्रेती र रेग्मीको मुख बोले पनि मन कहिल्यै बोलेन ।’

त्यसको केही समयपछि उप्रेती सर्वाेच्चमा अस्थायी न्यायाधीश भए भने अलि पछि रेग्मी प्रधान न्यायाधीश बने । स्थायी न्यायाधीलाई अस्थायीका लागि संसद्मा सिफारिस गर्ने काम प्रधानन्यााधीशको हो । उप्रेतीलगायत पाँचै जनाको नाम रेग्मीले सिफरिस गर्दै गरेनन् । दुई वर्ष उनको कार्यकाल त्यसै सकियो ।

थप दुई वर्षमा पनि उनी स्थायी हुन सकेनन् ।

अस्थायी पदावधी सकिनु एक महिनाअघि उनले रेग्मीलाई राजीनामा बुझाए र जानु अघि मुखै फोरेर व्यंग्य गरे, ‘चार–चार वर्ष मलाई अस्थायी भएर सेवा गर्ने मौका दिनु भएकामा धन्यवाद ।’

राजीनामा दिएर उनी सोझै अनामनगरस्थित आफ्नो कार्यालय ‘पायनियर ल फर्म’ गए । त्यस दिन यो पंक्तिकारले उनलाई ल फर्ममै भेटेर कुराकानी गरेको थियो ।

मैले उनलाई राजीनामा दिनुको कारण सोधेको थिएँ । अनि उनले केही झोंकका साथ भनेका थिए, ‘कुरो आफैं बुझ्नुस्, अदालतलाई मेरो खाँचो हुने भए डेढ वर्षअघि नै मलाई स्थायी गर्ने थिएन ?’

२०४२ सालमा सुवास नेम्बाङ र वैद्यनाथ उपाध्यायसँग मिलेर उप्रेतीले खोलेको पायनियर ल फर्ममा उनीहरु तीनैले धेरै वर्ष सँगै काम गरे । कालान्तरमा नेम्वाङ राजनीतिमा लागे र सभामुख भए । उपाध्याय पुनरावेदन अदालत पाटनका न्यायाधीश भए । त्यसपछि उप्रेती एक्लैले धेरै वर्ष ल फर्म सम्हालेर बसे ।

न्यायाधीश भएपछि भने उनी त्यहाँ फर्किएर गएका थिएनन् । स्थायी भइदिएका भए जाने पनि थिएनन् । तर त्यो हुन नसकेपछि उनी त्यही ल फर्ममा फर्किएर पुरानै काम सम्हाले ।

सर्वाेच्चमा गइसकेपछि स्थायी अस्थायीको कुरा हुँदैन । अधिवक्ताका रुपमा उसको जीवन सकिन्छ । उनको हकमा पनि यही हुन गयो ।

नाम चलेका वकिल उप्रेतीलाई चार वर्ष आइलागेको अस्थायी न्यायाधीशको छापले बहस गर्नबाट रोक्यो ।

उनी ल फर्ममा लेखपढ गर्ने, मुद्दाहरुको तथ्य र तर्कहरु खोज्ने अनि बहस रणनीतिहरु बनाएर आफ्ना स्टाफहरुलाई निर्देशन दिने भूमिकामा सीमित भए ।

हालै बार एशोसिसनको चितवनमा गरेको भेलाबाट पारित घोषणा पत्रले उप्रेतीको यो काममा पनि नैतिक वन्धन खडा गरिदियो । सर्वाेच्चबाट बाहिर गइसकेपछि न्यायाधीशले ‘च्याम्बर प्राक्टिस गर्न नपाउने’ भन्ने बारको यो निर्णयले उप्रेतीको मनको तलाउमा ढुंगा हानेर अशान्त छालहरु ल्याइदिएको उनलाई चिन्नेहरु बताउँछन् ।

प्राय: अनुहार न्यायाधीशको कुर्सिमा बसिसकेपछि विवादका धर्साहरुले विरुप हुने गर्छ । उप्रेती यो मामिलामा तुलनात्मक रुपले सग्लो निक्लिएका केही विरल मानिसमा पर्छन् । सिन्धुपाल्चोकको दुर्गम गाउँ लिसंखुमा जन्मेहुर्केका उनी अति सामान्य परिबारबाट माथि उठेका थिए ।

उनको गाउँ कतिसम्म दुर्गम थियो भने प्राथमिक शिक्षा लिन पनि डेरा गरी बस्नु पथ्र्याे । त्रिचन्द्र कलेजमा आइकम गरेको वर्ष उनलाई घरबाट पैसा पठाउन छाडिएको थियो । त्यसपछि आफूलाई निकै सास्ती परेको मसँगको त्यस भेटमा भनेका थिए ।

जीवनको रथ अघि बढाउन उनले गोरखापत्रमा प्रुफरिडिङको जागिर खाए ।

‘कानुन पढ्ने मेरो कुनै योजना थिएन,’ उनले भनेका थिए, ‘एउटा सिल्ली घटनाले म अचानक ल क्याम्पसको विद्यार्थी हुन पुगें ।’

उनी एमकम पढ्न कीर्तिपुर जाने बस चढिरहेका थिए । कोचाकोच बसमा उनले भर्खरै किनेको कोटमा कसैले उल्टी गरिदिएछ ।

कोचाकोच बस चढेर उनलाई सँधै कीर्तिपुर पुगिएला भन्ने भर लाग्न छाडेछ । एमकम पढ्ने इच्छा बदलेर उप्रेतीले डेरा र कार्यालय पायक पर्ने कानुन क्याम्पस रोजे । पछि त्यहीँ शिक्षक पनि भए । अझै पछि भारतको पुने विश्वविद्ययालयमा स्नातक गर्न छात्रवृत्ति पनि पाए ।

पुनेबाट र्फकेपछि उप्रेती वकालततिर लागे । उनको पेसा मज्जैले जम्यो । ३२ वर्ष वकालत गरेपछि उनी न्यायाधीश बनाइए ।

‘मलाई न्यायाधीश हुन पटक्कै मन थिएन, किनभने म वकालतमै जमेको थिएँ,’ राजीनामा दिएको दिन उनले भनेका थिए, ‘तर यो चार वर्षको समय मेरो जीवनमा सबभन्दा बढी रोमाञ्चक, चुनौतीपूर्ण र अनुभवलायक भए । सर्वाेच्च अदालत भनेको अनुभवको सागर रहेछ ।’ उनले सुनाएका थिए, ‘त्यहाँ बसेर हेर्दा मान्छेका ईष्र्या, अहंकार, घृणा र कमजोरीहरु निकै प्रस्ट गरी देखिनेरहेछ, आखिर मुद्दामामिला भनेको मान्छेको ईष्र्या र कमजोरीकै दस्तावेज न हो ।’

‘निराशाको संकेत त उहाँले कहिल्यै देखाउनु भएन,’ उनको ल फर्ममा काम गर्ने अधिवक्ता रत्नमणी खरेल भन्छन्, ‘उहाँ जहिल्यै सबभन्दा पहिल्यै अफिस आउनु हुन्थ्यो र सबभन्दा ढिलो निक्लनु हुन्थ्यो ।’

बिहान ठीक साढे आठ बजे कार्यालय पुग्ने उनी दिनभरि अध्ययन, अनुसन्धान र मुद्दाका अनेक कोणहरु केलाएर बस्ने गर्थे । अनि साँझ साढे सात बजे निक्लन्थे ।

आइतबार भने उनी दिउँसै निक्लिए । केहीबेर आफ्ना पुराना साथी वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठकोमा पुगे ।

‘त्यसपछि सिधै उहाँ मकहाँ आउनु भएको रहेछ,’ उनका निकटतम सहकर्मी प्रोफेसर कनकविक्रम थापाले भने, ‘रातो पुलमा हामी वारीपारी बस्ने भए पनि यसरी उहाँ मकहाँ आएको धेरै वर्षपछि हो ।’

थापाको अनुभवमा उप्रेतीको स्वभाव भिन्नै खालको थियो, अरुको घरमा पनि नजाने र अरुलाई आफ्नो घरमा पनि नबोलाउने ।

‘भेट्न पर्‍यो भने उहाँ बाहिर रेस्टुरेन्ट वा अफिसतिर बोलाउने गर्नु हुन्थ्यो,’ थापा भन्छन्, ‘अन्तिम भेट रहेछ, मकहाँ आएर चार घण्टै बस्नु भयो ।’

भेटमा करिअर, न्याय सेवा र अरु यस्तै घरपरिबारका सामान्य गफगाफ भएको थियो भन्छन् थापा । ‘कम्पनी कानून र वाणीज्य कानुनका बारेमा लेखिएका आफ्ना पुस्तक फेरि निकाल्ने विचारमा उहाँ हुनुहुन्थ्यो, भोलिपल्ट बिहान आत्महत्या गरेको खबर सुन्दा त चकितै परेँ,’ थापाले भने ।

पत्याउने गाह्रो पर्ने आत्महत्या अघि लेखिएको पत्र थापाले एक सासमा पढिसिध्याए ।

‘एक पृष्ठ लामो पत्रमा उहाँले मैले धेरै मुद्दा छिने, किताब लेखेँ र पढाएँ पनि, जति पनि काम गरे सन्तुष्ट छु, काम गर्दा त्रुटि भए होलान् तर बदनियतपूर्ण कुनै पनि काम नगरेकाले पछुतो छैन भनेर लेख्नु भएको रहेछ,’ थापा भन्छन्, ‘बार एशोसियसनले पूर्वन्यायाधीशले व्यवसाय गर्न नपाउने भनेर गरेको निर्णय आफूलाई चित्त नबुझेको कुरो पनि पत्रमा थियो ।’

झोलामा पाँच लाख भएको र त्यो किरिया खर्चका लागि नभएर भूकम्प पीडितका लागि दिनु भन्ने इच्छा पनि पत्रमा व्यक्त थियो ।

काज किरिया नगरी शवलाई शिक्षण अस्पतालमा बुझाउनु भन्ने उप्रेतीको पत्र पढिनसक्दै थापालाई भाउन्न भएर आयो । उनी शिक्षण अस्पतालमा धेरै बेर बस्न सकेनन् ।

अन्तिम भेटमा थापाले उप्रेतीमा आत्महत्यै गर्नु पर्ने खालको कुनै निरासा, कुण्ठा वा असन्तुष्टीको संकेत देखेका थिएनन् ।

आखिर किन गरे त आत्महत्या ? उनका एक निकटतम भन्छन्, ‘अरु त कुनै कारण देखिँदैन, उही न बारतिर न बेञ्चतिर परेँ भन्ने चिन्ता नै मनमा गढिँदै गएर विषादले ढाकेको हुन सक्छ ।’

 


 
Posted on 05-25-15 7:33 AM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why upreti why?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters