[Show all top banners]

Rudramati
Replies to this thread:

More by Rudramati
What people are reading
Subscribers
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 सौचालय - साहित्य
[VIEWED 9989 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-14 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लेखक : महाँकाल

सिनेमा हल, स्कुल,कलेज,सर्कारी कार्यलय,अस्पताल कहि न कहि त एक पटक भए पनि सौचालय बिचरण गर्नु भएकै होला । आउनुहोस् ति मिठा पलहरुको एक पल्ट फेरि स्मरण गरौ । सार्वजनिक सौचालयको तिखो सुवास नाकमा च्वाँस्स जसै पर्छ उसै सभ्य र शालिन शब्दहरु आँखाभरि नाचिहल्छन्, घन्किहाल्छ कानभरि नाक र निधारतिर पनि उस्तै देव-देवीको आकृतिहरु ठोकिन आइपुग्छन ।

यमराजको बैभव देखेर ईन्द्रले डाह गरि निर्माण गरेको भान हुने, शानदार र भयङ्कर भब्य चर्पीमा आफ्नो जुत्ताको फोहोर लाग्ला कि भनेर खुट्टा टेक्ने ठाँऊ नभेट्दा भित्ता, सिलिङ्ग्, चौकस ढोका, पल्ला प्यान र प्वालहरुमा समेत उत्कृष्ट साहित्यहरु महान स्रस्टाहरुले बडो गजबको शैलीमा रचेका, सृजेका भेटिन्छन् । नेपालमा सहित्यकारहरुको कमि पटक्कै छैन, न त साहित्य प्रेमीहरुको नै, एउटाले दुई-चार शुभ साईत गर्छन् त दुई सय चारले ले हजार भर्छन्। साहित्यमा नोबल पुरस्कार पनि तुच्छ पारिदिने कहिल्यै नसुनेको, नपढेको साहित्यहरु शौभाग्यबश ति भाग्यमानीले मात्र जो सार्वजनिक सौचालय छिर्छन, पढन पाउछन्। कुनै पत्रीकाको बर्गिकृत बिज्ञापनको खुला पाना झैं लोभ-लाभ, वारेन्टि-ग्यारेन्टि, नाप-साईज, सम्पर्क ठेगाना सहित सविस्तार बर्णनका महाकाब्यहरु भेटिन्छन्।

क्रान्तिकारी ति सर्जकहरुको चर्को नारावाजीले [Disallowed String for - inappropriate]ली प्रहार गर्दा आन्दोलन दमनकारीको टियर ग्याँसले आँखा, नाक पोलेर श्वास रोकिए झैं लाग्छ अनि पुरै चर्पी मेरो देश हो । र मेरो देश एउटा महान चर्पी हो । देशमा आन्दोलन चलिरहेछ, क्रान्ति भैरहेछ । यो आन्दोलनबाट कोही पनि उम्कने उपाय छैन । अस्पतालमा त झनै आफ्नो बिरामीको सेवा गरे वापत र आफ्नै रोग सन्च पारिदिएकोमा महिला डक्टर र नर्सहरुलाई कृतज्ञता व्यक्त गर्ने पवित्र स्थान नै टोइलेट रहेछ । त्यो पनि काव्यमा(आँशुकवि कुरुवा र भिजिटरहरुको ति बिशिस्ट वाङ्मयहरु बिशेष कारणले यहाँ उद्दरण गरिएको छैन) नामै तोकेर फलाना सिस्टरले यति सेवा गर्नु भयो भन्दै अति आभारी छु भनि उपहार नै टक्राउदो रहेछन ति कुरुवा र निको भएका बिरामीहरुले। ति सबै उपहार बटुल्न त अस्पतालका सबै स्टाफहरुलाई नै हम्मे हम्मे पर्छ म जोखेरै भन्छु । फेरि निको नभएर परम धाम गएकाहरुले चाँहि आफ्नो कविता र उपहारहरु यमलोकबाट सिधै ईमेल र कुरीयर गरि पठाउद रहेछन ।

यदा कदा यस्ता साहित्यहरु गाँऊ घरका कुनातिरका बाँसको बोटहरुमा र चौतारो फलैचाहरुमा पनि फाट्ट-फुट्ट भेटिन्थे । बाँसघारि र झाडीतिर पाईखानाका निम्ति जाँदा फुरेका ति काव्यरस कै बिकसित रुप हुनु पर्छ यि सौचालय साहित्यहरु । त्यसैले यसलाई अझै प्रोत्साहन गर्नलाई हरेक घरको हरेक टोईलेटको भित्ताहरुमा लेखिनु पर्छ । देशको बिशिष्ट टट्टिखानाहरु बडा हाकीम, नेताहरु, मण्त्रीहरु, उपप्रधान मण्त्री, प्रधान मण्त्री, उपराष्ट्रपति राष्ट्रपति सबैको, टोइलेट खाली छोडिनु हुन्न । यसो संसारभरिका साहित्य प्रेमीहरु नेपालमा साहित्य अध्ययन गर्न आउनेछन । मुलुकको आर्थिक बिकाश पनि हुनेथ्यो। नेपाल भ्रमण वर्ष २०११ लाई पनि ठुलो टेवा पुग्नेथ्यो!

(स्रोत : http://mahakaala.blogspot.com/)
 
Posted on 08-08-14 12:05 PM     [Snapshot: 18]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुराना कुरा ताजा गरायो सौ- सा ले !

संचय कोष   गएको बेला सौचालय का छ भनि सोध्नु पर्दा नगद शाखा मुखमा भएकोले सोध्न पुगीदो रहेछ (  सौचालय एता - उता को सुचना दिने चलन थिएन ), कति जबाफ दिने हुन् दिनहु , रिस पनि उठ्दो हो : तेस मध्देको उरनठेउलो पुर्बेलिले एस्तो पनि जबाफ दिएछ "पाइएछ"| तपाई जहा उभिनु भएको छ दाया फर्केर लामो स्वास लिनुस सौचालय कता छ भनि कसैले बताउनु नै पर्दैन |
Last edited: 08-Aug-14 12:05 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters