punambc

More by punambc
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बन्दको मन्द र गरिवी
[VIEWED 3858 TIMES]
SAVE! for ease of future access.
Posted on 06-08-14 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्दको मन्द र गरिवी

चिप्रा भरिएका आखा विस्तारै खुले । भुईमा एकसरो बोराको भरमा तिनचार ठाउँमा च्यातिएको बुढिको पछ्यौरा ओढ्दै हामी बुढाबुढी लम्पसार परेका थियौँ । मास्थिर खटियामा ठुली छोरी र चकचके छोरो निन्द्रादेवीको जिम्मामा थिए । जुन खटिया, पल्ला घरे चौधरी दाईले घरमा नयाँ सल्लाको खाट बनाएपछी, खटियामा हामीलाई सहुलिएत दिएका थिए ।

वाया पट्टि टाउको घुमाउदै बुढीलाई हेरेँ । उ त म भन्दा अघी नै बिउझिसकेकी रहिछ । म तिरै फर्किएकी थिई । आखा जुध्यो । मुस्कुराउदै दाया फर्कि । बिचरीलाई कति सपना देखाउदै ल्याएको थिए । अहिले एक छाक खुवाउन पनि धौ धौ परिराछ । मनमा भङ्ककर पिडा लुकाउदै ओठमा हासो ल्याउछी मेरी बुढी । आफु खानामा पानी पिएर पनि खुशिका साथ छोराछोरीलाई एकगास भात खुवाउछे मेरी बुढी । यस्तो परिस्थितीमा आत्तिएको मेरो मनलाई सम्हाल्दै मोजको अनुभुती गराउछे मेरी बुढी । संसारकै भाग्यमानी म नै हुँ सायद, जसले लक्ष्मी सरह बुढी पाएको छ ।

जुरुक्क उठेँ । पहेलो रबरको जर्किनबाट, कुच्चिएर कालो दाग बसेको लोहटामा पानी सारेँ । पहेलो भाडो, छोरी स्कुलमा पढ्दा तेल सहित, स्कुलका मास्टर साहेवले दिएका थिए । केही वर्ष अगाडि हो, छोरीलाई सरकारी स्कुल पठाउदा पढाईसंगसंगै सोयाविन तेल पनि पाईन्थ्यो । जुन तेलले घरको भुटुन खर्च उतार्ने गथ्र्याे ।

हिजो लगाएको, मैलो भएको सेतो रंगको कट्टु र कालो टिर्सट लगाउदै म कामतिर लागे । टिर्सट कालो भएतापनी रंग खुईलिएर खैरो भएको हो । बाटो सुनसान थियो । मौसमले पानी दिन्छु भन्दै थियो । नदिनु पनि कसरी आज असार २ पो भएछ । अव पनि पानी नदिए सबै किसानहरुले सराप्नेछन् ।

मोटरहरु चलेका थिएनन् । खै कसैले संविधान विषयमा बन्द गरेका हुन् रे । जति जे संविधान बनेपनि नबनेपनि मेरो जीवन यस्तै त होलानी । गरिव संग धन हुदैन मन हुन्छ भन्छन् । मन भएर यो पेटलाई के दिनु ? आखिर भोजन त धनलेनै मिल्छ नि, हैन ।

साहुको नयाँ बन्दै गरेको घरमा पुगेँ । म जस्तै केही मजदुर गफ गरी बसीरहेका थिए । उनिहरुका अनुसार आज ल्याउने भनेको सामान बन्दका कारण ल्याउन मिलेन रे, त्यसैले काम बन्द । अव के गर्ने ? पेटलाई त बन्द गर्न मिलेन । जहान पाल्नका लागी बचेको यही एउटा बाटो । त्यसमा नि तगारो .

साझलाई त घरमा चामलको एकदाना नै छैन । फेरी चोकको खाद्य पसलमा पनि पुरानो हजार रुपैया तिर्न नसकेको धेरै भयो । अव त्यो भाईले फेरी देला र ? अह दिदैन । अस्ति बुढीलाई पठाउदा, पहिलाको दिएपछि मात्र दिने भन्यो । अव त्यसलाई नराम्रो भनु कि ? अह, भन्न मिल्दैन होला । त्यसको पनि बालबच्चा छन् । उनिहरुलाई पनि पाल्नु छ । पढाउनु छ, ठुलो मान्छे बनाउनु छ । म जस्ता गरिवलाई अझै उधारो दियो भने त डुविहाल्यो नि । आज बन्दले उसलाई पनि अझ म भन्दा झन् प्रभाव पा¥योहोला । व्यापार छैन । कोठाभाडा, साहुको रिण, सबै तिर्नुपर्ने । महिनामा दशपन्ध्र दिनत बन्द भन्ने चाड पर्नसक्छ हाम्रो नेपालमा । कहाँ, कुन ठाउमा, कसबेला पर्छ जोतिषले पनि भन्न सक्दैनन् । न त कुनै वैज्ञानिकले नै । हाम्रो दुनियामा भविष्यवाणि गर्ने यि दुई त हुन् नि । कसरी मिलाउछ होला बिचरा । समस्यामै होलानी नि । हुनत उसको घरमा त केही महिनालाई पुग्ने चामल छदैछनी । तर मेरो घरमा भने ।

घरमा गएँ । बुढिले पल्लो घरबाट पैचो गरेकी रहिछ । विहानको छाक त ट¥र्यो । धन्य भगवान, छिमेकी चाही सहयोगी परेकाछन् । जसको मैले फाईदा उठाए भनौँ या उनिहरुले । मेरो नजरमा हेर्दा मेरो नै होला । हुनत उनिहरुको पनि स्वार्थ त होलानै यसमा, हुनुपनि पर्छ । कहिले मैले दिउँला कहिले उनिहरुले देलान् ? आखिर फाईदा र काम त दुवैको हुन्छ नि हैन र ? यसरी सहयोग गर्नु र गरेवाफत केही लिनु उनिहरुको महानता हो नि, षड्यन्त्र हैन । फेरी भनिन्छ नि, कुनैपनि ज्ञान, सिप अथवा पैसा दिईयो भने केही त लिनैपर्छ । यदी लेनदेन नभएमा ति ज्ञान, सिप अनि पैसाको कुनै महत्व रहदैन, लिने तथा दिनेलाई ।

अव मैले, मेरो घरको लागी केही गर्न नसक्ने अवस्था आएमा, छिमेकीका षड्यन्त्रका कारण सकिन भन्न त मिलेन नि, हैन । कमजोरी त आफैमा छ नि । यसको समाधान तिर पो लाग्नुप¥यो । अरुको खरावि देखाई आफु बच्नु त भएन नि ।

घरदेखी ६०० मिटरमा रहेको सानो घुम्तिमा आज म आफै जान्छु भन्दै बुढिलाई घरमै बस्न अ¥याए । जसमा बुढिले सुर्ति, श्याबहार बेच्ने गर्थि । बुढिले पनि बन्दको सदुपयोग गरी एककोठे हाम्रो महलमा लागेका माखुराका जालहरुलाई हटाउने योजना बनाई । पुरानो भनाई छ नि, घरमा जति माखुराको जाल हुन्छ त्यति रिणि भईन्छ रे । घुम्तितिर जादै गर्दा, ३०० मिटर अगाडि २,४ जना चोकमा भाटा समाएर बसिरहेका थिए । सोचे धनिकै छोराहरु होलान् । जसको कुनै काम छैन होला । खान लाउन प्रशस्तै पुग्ला । त्यही भएर यहाँ यसरी देशको नाममा निर्धक्क बसेका ।

मनमा कुरा खेलाउदै गर्दा घुम्ति पनि आईपुग्यो । देब्रेपट्टिको ढोकाबाट भित्र पसे । अनि अगाडिका पनि खोले । एकप्याकेट धुप नजिकै राखिएको थियो । जसमा ८ वटा सर्कामात्र बाकी थिए । एउटा सर्का तान्दै बालेँ । भगवानलाई सम्झिए । एउटा सर्का बालेनि १०० वटा सर्का बालेनी उहि त होलानि हैन । भगवान खुसी नै होलान् । कित जागिर खान नेपालमा जस्तो पद अनुसारको घुस दिनुपर्छ भगवानलाई । देशमा विविध कारण फष्टाएको घुसतन्त्रको पनि जय होस् । जसकारण क्षमतावान मानिसले पनि गिट्टि कुटेर खानुपर्छ । वार्षिक रुपमा शैक्षिक क्षेत्रमा लगानि बढाउदै जादा पनि ४१–४५ प्रतिशत विद्यार्थीमात्र पास हुने हाम्रो एलएलसी, मैले पास नै गरिन राम्रै भएछ । सानोमै २–४ कक्षा मात्र पढियो, हजार सम्मका नोट चिनिन्छ । ओलामै हिसाव गरिन्छ, त्यो मेसिनको पैसा नि जोगियो ।

आखिर हाम्रो देशको लागी गर्ने को त ? सबैले यसो गर्नुपर्छ त्यसो गर्नुपर्छ । यहाँ गर्नुपर्छ, त्यहाँ गर्नुपर्छ भन्छन् । हाम्रो देशलाई गर्ने सायद भगवान नै होलान् नि । बाहिरी दुनियामा नेपाललाई स्वर्ग भन्छन् रे । भनेपछि, हामी स्वर्गवासी भयौँ । अव स्वर्गवासी भएपछि त सुख, चैन तथा आनन्दका साथ बाच्न पाउनु हाम्रो अधिकार हो नि । त्यसैले पनि होला, गर्नुपर्छ भनिन्छ तर यहाँ गर्ने कोही जन्मदैन । स्वर्गवासी जो परियो । अव आज असार २, मानिसहरु बन्दका लागी चोकचोकमा भेला भएका छन् । देशका नाममा नारा लगाएका छन् । अरुको पदमा आखा गाडेका छन् । उनिहरु त्यो पदमा पुग्दा फेरी अरु कसैले नारा लगाउछ । फेरी बन्द ।

यसो बुझ्दा ‘बन्द’ र ‘पद’को अर्थ नै फरक छ । काम, दाम र नाम पनि फरकै छ । तरपनि आजभोली ‘बन्द’ र ‘पद’ संगै आउछन् । पद आयो कसैले बन्द गर्ला भन्ने डर मनमा । के गरुन् । १२ वर्ष भएपनि पुच्छर त बाङगै । सायद १२ वर्ष अगाडिको उदेश्य नै बिलासिताको प्राप्ति नै थियो कि ? अथवा १२ वर्ष पछि बिलासिताका कारण सिधा हुन्छ भनि आसा गरिएको पुच्छर बाङगो भएको हो ? जे भएपनि करोडौँ जनता घुमिरहेका छन् । यसरी घुमिरहेका छन् कि आफ्नै दाजुभाईमा पनि पार्टिका नाममा मनमुटाव । यहाँ सम्म कि केटाकेटीका अभिवाभकको राजनैतिक दल फरक परेमा विवाह असम्भव । यस्ताँ घटनाहरु समाजमा देखिरहन्छन् । अझै हामी हाम्रो पार्टिका लागी ज्यान दिन्छौ । हामी रगत दिन्छौ तर हाम्रा अगुवाहरु हैनन् । हामी स्कुल फेर्न पनि सक्दैनौँ, किनकी आजसम्म कोही राम्रा प्रध्यानाध्यापकहरु छैनन् तथा भएकालाई अगाडि आउन रोकिन्छ ।

साझ भैसकेछ । घर फर्किए । ५०–६० रुपैयाको मात्र व्यापार भयो आज । धन्न घुम्ति चाही खोल्न दिएका रहेछन् । खै कोही आएनन् क्यारे ‘घुम्ति बन्द गर’ भन्न । बुढिले पिठोफाडो बनाएकी रहिछ । उज्यालो चन्द्रका साथ उसले पस्किदिई । सवै परिवार मिलि सानो छोरोलाई गिज्याउदै पिठेफाडो सक्यौँ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters