[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एभिन्युजका पत्रकारमाथि मालिकको मुक्का
[VIEWED 10603 TIMES]
SAVE! for ease of future access.
Posted on 07-24-13 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एभिन्युजका पत्रकारमाथि मालिकको मुक्का

 

92

Avenues TVएभिन्युज टेलिभिजनका एक पत्रकारमाथि समाचार कक्षमै हातपात भएको छ । पत्रकार नवीन ढुंगानालाई टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले समाचार कक्षभित्रै कुटपिट गरेको एभिन्युजका कर्मचारीले बताएका छन् ।

‘तलबको कुरा गर्ने यही हैन भन्दै एक मुक्का हान्नुभयो’, प्रत्यक्षदर्शी एक पत्रकारले भने, ‘हामी सबै समाचारकै तयारीमा थियौँ ।’ घटनापछि न्युजरुम दिनभर आतंकित बनेको थियो ।

टेलिभिजनमा कार्यरत दुई महिला पत्रकारबीच फेसबुकमा भएको भनाभनको विषयलाई लिएर क्यामेरा पर्सन तथा रिपोर्टर ज्योति शाहलाई एभिन्युज व्यवस्थापनले बर्खास्त गरेपछि आक्रोशित पत्रकारले ‘तलब पनि नदिने र पत्रकारलाई अन्यायपूर्ण तरिकाले निष्कासन गर्ने’ भन्दै बिरोध जनाएका थिए ।

बिरोधको नेतृत्व पत्रकार ढुंगानाले गरेका थिए । व्यवस्थापनले ढुंगानालाई निलम्बन गरेको छ ।

ढुंगानाले नेपाल सन्देश डट कमसँग भनेका छन्ः ‘१० महिनादेखि नियमित तलब पाएका छैनौँ । तलबका लागि हामीले सम्बन्धित निकायलाई पटक पटक जानकारी गराएँ तर, सुनुवाई भएन । आज एक्कासी तलबको कुरा गर्ने ?यहाँ तलबका लागि अरु कर्मचारीलाई उस्काउने र राजनीति गर्ने ? तँ जस्तो पत्रकार चाहिँदैन भन्दै कुट्न थाले ।’

पत्रकार रोजिता कँडेल र शाहबीच फेसबुकमा चर्केको व्यक्तिगत विवाद व्यवस्थापनसम्म पुगेपछि व्यवस्थापनले शाहसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई व्यवस्थापनले बर्खास्त गरेपनि पत्रकारहरुले भने उनीमाथि अन्याय गरिएको बताएका छन् ।

पत्रकारको बिरोधबाट अत्तालिएर व्यवस्थापन हातपातमा उत्रिएको एक पत्रकारले बताए । ‘यहाँ राजनीति चल्दैन । दादागिरी देखाउने सबैलाई तह लगाइन्छ’, एक पत्रकारले राजकर्णिकारको भनाई उद्धृत गरे ।

एभिन्युज टिभीका अधिकांश पत्रकारले एक वर्षदेखि तलब पाएका छैनन् । ‘व्यवस्थापनले ल्याएकाहरुलाई पहिल्यै पेश्की दिइन्छ । प्रतिष्पर्धाबाट आउने हामी तलब नपाएर हैरान’, एभिन्युजका एक पत्रकारले भने ।

एभिन्युज टिभीका कार्यकारी अध्यक्ष राजकर्णिकार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

अपडेटः 2013/7/24 6.52 pm

कुटपिटमा परेका एभिन्युज टेलिभिजनका पत्रकार नवीन ढुंगाना र ज्योति शाहले सूचना विभाग, नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय काठमाडौं र फ्रिडम फोरममा उजुरी दिएका छन् । उनीहरुले सुरक्षाको प्रत्याभूति र कुटपिटमा उत्रेका एभिन्युज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई कारवाहीको माग गरेका छन् ।

उजुरीमा ढुंगाना र शाहले दुईजना कर्मचारीबीचको व्यक्तिगत असमझदारीलाई टेलिभिजनका बोर्डकास्टिङ म्यानेजर सगुन शाक्यले सामुहिक बनाएर ज्योति शाहलाई असभ्य भाषाको प्रयोग गरी, गाली गलौज गरेको उल्लेख गरेका छन् । फोनमा भएको दुर्व्यवहारको न्याय नपाउँदै शाहलाई निस्काशनका लागि अनावश्यक लिखित स्पष्टीकरण सोधिएकोले पत्रकारहरुले अन्यायको बिरोध गरेको उजुरीमा उल्लेख छ ।

शाहको पक्षमा लागेर बोलेको भन्दै टेलिभिजन ब्यवस्थापनले नवीन ढुंगाना, सजिता केसी लगायतका ९ जना लाई गुटबन्दी र राजनीति गरेको झुठो आरोप लगाइएको र निश्कासन गर्ने धम्की दिइएको उनीहरुले जनाएका छन् । आइतवार जेनेरल म्यानेजरसँग मिलापत्र भईसकेको घटनालाई क्रान्तिकारी पत्रकार संघसंग सम्बन्ध राखेर १३ महिनाको तलब माग्न पत्रकार कर्मचारीलाई एकजुट बनाएको आरोपमा अनावश्यक उचालेर कर्मचारीमाथि दुर्व्यहार भएको उजुरीमा उल्लेख छ ।

एक वर्षदेखि तलब नपाएको र पत्रकार उर्मिला विष्टलाई गर्भवति भएकै आधारमा निष्कासन गरिएको घटनाको बिरोध गरेपछि रुष्ट ब्यवस्थापन कर्मचारीमाथि हातपातमा उत्रेको उनीहरुले उल्लेख गरेका छन् ।

उजुरीमा लेखिएको छः

म नवीन ढुंगाना समाचार संकलन गरेर समाचार कक्षमा फर्कदै थिएँ । समाचार कक्षामा कोही चर्को स्वरमा बोलिरहेको सुने । मलाई खोजिएको खबर रिपोर्टर चफ शिव दाहालले जानकारी दिएपछि म त्यहाँ माहौलमा पुगे, जहाँ कार्यकारी अध्यक्ष उफ्रिरहेका थिए । मलाई देख्नासाथ उनी झोक्किए र मलाई मिथ्या आरोप लगाएर मुक्का ताके । म बोलिनँ । प्रतिवाद गरिन । तर उनले मलाई पाखुरा र कुहिनामा मुक्का हाने ।

मलाई हात हाले पछि जेनेरल म्यानेजर लक्ष्मण बास्तोलाले राज कर्णिकारलाई समाए । उनले तल्लो तहमा उत्रिएर हामीलाई गाली गरे । आफू कानुन नियम केही नमान्ने भन्दै एक एक गरी ठेगान लगाउने उनले धम्की दिए । तलब माग्ने, अधिकार खोज्ने र व्यवस्थापनको गल्तिबारे बोल्नेलाई निष्काशन गर्न निर्देशन दिए । र, बाहिरीए ।

मैले एक महिला सञ्चारकर्मीमाथि भएको अन्यायको बिरुद्धमा आवाज उठाउनु गलत थियो ? पसिना बगाएर गरेको मेहनतको पारिश्रमिक माग्नु गलत थियो ?

उजुरीमा अन्य पत्रकारलाई पनि निष्कासन गर्ने धम्की दिइएको उल्लेख छ ।


 
Posted on 07-24-13 7:23 PM     [Snapshot: 381]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

राजावादी र माओवादीवीच सहकार्य हुन्छः कमल थापा

 


 

९ साउन, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामि मंसिर ४ गतको लागि तय भएको संविधानसभा निर्वाचन अवरुद्ध भए राजावादी र माओवादीवीच सहकार्य हुने बताउनु भएको छ ।

kamal-thapaनेकपा-माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध हुन सक्ने भन्दै उहाँले भन्नुभयो-’त्यस्तो अवस्थामा राष्ट्रियताको रक्षाको लागि राजा र माओवादी सहित सबै राष्ट्रवादी शक्तिहरुवीच सहकार्यबाट आन्दोलन हुन्छ र त्यसलाई कसैले पनि रोक्न सक्दैन ।’ रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा थापाले माओवादी अध्यक्ष मोहन बैद्य किरण, सचिव नेत्रविक्रम चन्द्र र देव गुरुङसँग आफ्नो भेटवार्ता भएको र अहिले पनि नियमित सम्पर्क भईरहेको बताउनु भयो ।

राष्ट्रियताको रक्षाका लागि राष्ट्रवादी शक्तिहरुवीचको एकता आवश्यक रहेको भन्ने माओवादी नेताहरुको भनाईको स्वागत गर्नुभयो । उहाँले भन्नुभयो-’बैद्यजीले अलि हिम्मत गरेर राष्ट्रियताको रक्षा र सम्बर्द्धनको लागि पूर्वराजसँग सहकार्य हुन सक्छ भन्ने अभिब्यक्ति सही छ । यसले राजनीतिक ध्रुविकरणको संकेत गरेको छ । अन्ततःराजावादी र माओवादी मिलेर राष्ट्रियतामाथि आएको खतराको समाना गर्ने छ ।’

नेपाली काग्रेसका नेता शसांक कोइराला र मोहन बैद्य किरण जस्तो जिम्मेवार नेताहरुले दिएको अभिब्यक्तिले नेपालमा राजसंस्थाको औचित्य र सान्र्दभिकता भएको पुष्टि भएको उहाँको भनाई छ । थापाले राजा र माओवादी मिलेर जानु पर्छ भनि प्रस्ताव राख्ने पहिलो ब्यक्ति पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराई नै भएको दावी गर्नुभयो ।

सुदुरपश्चिमका बाढी पीडित जनताको लागि राहत वितरण गरेको विषयलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्नु पर्छ भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै अध्यक्ष थापाले भने-प्रधानमन्त्रीबाट हटेपछि बाबुरामजीको अभिब्यक्ति, ब्यवहार र कार्य हेर्दा उहाँलाई आरामको आवश्यकता छ । म उहाँलाई ध्यान, योग र आध्यात्मिक निन्तन गर्न सुझाव दिन्छु ।’


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters