[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 332567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-01-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबाले के खान्छन हो? कती जानेको हसाउन

"बिस्टेको छोरोलाई डि पि डि को खोप दिन कहिले लाने हो बेला हुन लाग्यो होलानी अब त ?"

हर्के नि छोरा पाएर बोरा (बुढा) भैसक्या हो? सबै ज्ञान रैछ त

ल मैले मासु ल्याएँ कसैले चिउरा नि ल्याए त मजा आउथ्यो है


 
Posted on 10-01-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मध्यान्हकालीन् जदौ सबैलाई। 

जिम्मालबाको ५ तारे सूचिलाई मेरो तर्फबाट पनि ५ तारे रेटिङ।


auta Chinese ra auta Indian chhan!! ( Ma nepali bha bhayera, mero kursi uniharu ko beech ma chha)



चेली साँच्ची नै दुई ढुङ्गा बीचको तरुल भइछौ नि।  

 

 
Posted on 10-01-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई ढुंगा बिचको तरुल हो कि दुई दुष्ट बिचको इस्ट ?
 
Posted on 10-01-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""auta Chinese ra auta Indian chhan!! ( Ma nepali bha bhayera, mero kursi uniharu ko beech ma chha)""

हे हे हे देशको भौगोलिक अवस्थिती अनुसार नै बसेको रहिछौ!

सान्नानीले टाँसेको मासुको फोटु देखेर यसपाली दशैँमा एउटा घोर्ले खसि ढालौँ ढालौँ लाग्यो, ठूल्दाईको कवितालाई बिर्सेर भए पनि!


अब दशैँको रेसिपी लेख्नु पर्ला तितो मिठो अमिलो पिरो खानाहरुको।

आजको रेसिपी मुलाको अचार! आज बेलुका मुला किन्न जानुभए दशैँ सम्ममा अमिलो र पिरो मुलाको अचार तयार हुन्छ!

एकैछिनमा है त! त्यतिन्जेल सम्मको लागि बत्तिस दाँत सहितको यो बिर्खे स्माइल हेँख हेँख हेँख
 
Posted on 10-01-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्मालबा, तपाईंका ३२ वटै दाँत छन् र? कि नक्कली हाल्नुभएको हो? अस्ति कहिले हो माहिली बुढीले दाँत झारिदिन्छु भनेर चौतारीमै घोषणा गरेको पढेको थिएँ।     

 
Posted on 10-01-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले टाँसेको मासुको फोटो मीठो थिएन हो माल्दाइ? नो कुरा , त्यति मीठो साँधेको सेकुवाबारे??
 
Posted on 10-01-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ सकियो। इटिङ नि सकियो। अब डाइटिङ सुरु , कफी सुरुप सुरुप। साथमा चिलिम।

 
Posted on 10-01-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई अस्ति देखि अशोक भट्टराईको दु:खद अन्त्य सम्झेर एक दम दिक्क लागि राछ। हुन त मैले उनलाई ब्यक्तिगत रुपमा चिनेको थिएन। तर उनले जस्तै रहरहरु बोकेर कुनै बेला परदेशिएको थिएँ म पनि। आमा बाउ माथि त बज्रपात नै परेको छ। त्यसमाथि दशैको बेला। कस्तो नरमाईलो।

एक दुई दिनमा हामी आ-आफ्नै नियमित जिन्दगीको समय तालिकामा ब्यस्त हुन्छम तर अशोक? आफ्नो जिन्दगीलाई भन्दा छोरालाई बढी माया गर्ने उनका बाउ आमा? अशोकका आफन्तहरु? साथीहरु?

हामीले यस्तो माया गर्ने जिन्दगी हामी सँगै किन यस्तो क्रुर हुन्छ?


 
Posted on 10-01-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पिटिदिम् कि क्याहो म आफ्नै जिन्दगीलाई ?

 
Posted on 10-01-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन पिट्ने चेली? आफ्नो जिन्दगी पनि आफुले भने जस्तो कहाँ हुन्छ र? यो जिन्दगी खै के जिन्दगी ?

 
Posted on 10-01-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीबासी समस्त दाजु भाई तथा दिदी बहिनीहरु प्रती बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
 
Posted on 10-01-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के रङिला के माफिक दोपेहेर के जदौ ठोक्ने के वास्ते आरेला है अप्पुन भिच।

 ठोका और रस्ता नाप लिया।

जाते जाते बडे भाई को भि तारेमामिच बोलेर्ला।

 

Last edited: 01-Oct-08 02:25 PM

 
Posted on 10-01-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awwww चेली नानी, तिमीले टाँसेको देखेर त भोक लाग्न सुरु भा नि, पछि सान्नानीले पनि टाँसेपछि भाउन्न भएर खसि ढालम ढालम लाग्यो भन्या, चित्त दुखाको?  साँधेको सेकुवा बनाउने तरिका भन न ल?
अनि किन आफ्नै जीन्दगीलाई पिट्ने नि? जीन्दगीले पिट्दै छ हामि सबैलाई प्रभु! सधैँ :डि गर्ने मान्छेले :( गर्न हुँदैन नराम्री हुन्छ नि फेरी, यस्तो गर्नु पर्छ क्या सधैँ‍=>

दीप प्रभो! अशोक भाईलाई मैले पनि व्यक्तिगत रुपमा चिनेको त थिइन, तर मैले व्यक्तिगत रुपमा चिन्ने कयौँ भाइ बहिनीहरुको साथि रहेछन्। उनका आमा, बाबु, साथि संगीहरुलाई परेको वेदना त हामि कल्पना पनि गर्न सक्दैनौँ होला! यस्ता कुराले मन यति खल्लो बनाउने रहेछ कि के भन्नु खै!

सम्धीज्यू, तारेमामिच रे लोल!


 
Posted on 10-01-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमामिच
hehehehehe
lol lol lol

 
Posted on 10-01-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुइक्क जिन्दगी, एस्तो जिन्दगी नि के जिन्दगी? मजाले आमाले बनाएको कवाब, आलुको अचार, सेलरोटी आदी इत्यादी खान छोडेर, के के न खान आथें अम्रिका। अब केही नपाएर सान्नानी र चेलीले टाँसेको फोटुहरु हेरेर चित्त बुझाउनु पर्ने भयो। थुइक्क जिन्दगी
 
Posted on 10-01-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा मेरो  जिन्दगि  अस्ति हो कि हिजो  देखी हो  दहि च्युरा खान मन लागेको लागेइ छ


 
Posted on 10-01-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे ब्रो, त्यहि त भन्या, साँघुरो दुलोमा मुसा खान पसेको सर्पको जस्तो हालत भएको छ यहाँ!
थुइक्क जीन्दगी!


 
Posted on 10-01-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दही च्यूरा खान त त्यति गाह्रो नहोला भन्छु म अलि ठिक्कको शहरमा हुनुहुन्छ भने! भारतियको पसलमा गएर च्यूरा किन्यो दहि पनि किन्यो , मिसायो बजायो! हेँख हेँख हेँख



 
Posted on 10-01-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतियको पसल छैन    दहि घरमा बनाउन खोजेको  जमेन छ खालि माथि माथी टङलगं  मात्रै भएछ  बिचरा दहि  च्युरा पाए  मिसिन्छु भनेको हुदो हो 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters