[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 287661 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 06-29-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली, म त अघि बिजी नै थिएँ, तर अरूको जासूसी हैन मेरो आफ्नै जासूसी गरेको छु यसपाली। लु हेर मेरो फोटू।

 
Posted on 06-29-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ साँच्ची नै खडेरि परे छ चौतारिमा। शुक्रबारे जदौ बिर्खे माइलाको भन्दै सबै भट्टि तिर् जसो छ।

अब चौतारिको धेरै पुरानो सदस्य न भए नि उमेर खाएको मान्छे जो परें, अलि कति रिसोच् गरेको।

चौतारिका हिराहरु त काठमाडौं मा मोटर् साइकल हराए जस्तो छ पो भएको रैछ,
सहिला, काका, सिरे, झिल्के, लाहुरे जेठा, निरे, पुष्पपुरी, मुन्द्रे, लाले, बेसींथाने नेपाली, सान्कान्छा, इश्वर, फुलौरे, धने, ड्ल्ली फुपू, सन्जु, लुते, शेर्पिनि, चमेलि, रामकिस्ने, काहिला, चरिनंग्रे, बब दाइ, इण्ड्रेणी, माने, कैले, रिकुटे, च्याँसे, किन्जे, सुनिमा, दिले, हरिस, भिण्डे, नानु, निले, पाण्डे, नेप्ले,थाप्ले, रेसस्म, आदि इत्यादि हराएको हराए भए।

त्यस्तरि माया मार्नु पर्ने कुनै प्रलय आको जस्तो त छैन। ब्यस्तता हुन सक्छ। हुंदा हुंदा, तितौरि नि हराए भने अचेल। हराएको मोटर् साइकल् जस्तो खोज्दा निओ भेटिएन।

मेरो चौतारिको तर्फबाट बिनम्र आग्रह छ, चौतारिलाई माया गर्नु होला, ब्यस्तताको बाबजुद केहि समय दिनु भए अझ यो चौतारिले चौतर्फि शितलता दिने छ भन्ने बिश्वास छ। माफ गर्नु होला, छोटि मुह बडि बात् भए छ भने।
 
Posted on 06-29-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो यो गीतमा जुन मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ
को भन्न सक्छ

शुक्रबारे जदौ यो बिर्खे माइलाको।
 
Posted on 06-29-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी कालो रेलको धुवाले
हामी कालो छाता हजुर ओड्दै नओड्नाले

शुक्रबारे गदौ यो बिर्खेमाइलाको!!

चित्रेलाइ जासुस भन्ठानेको त ठुली पो र छिन् त जासुस

सबैले के के गरिराछन् भनेर कस्तो था पा को
 
Posted on 06-29-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ता माछा बनामन लागेको
ज जसलाइ खान मन लाग्छ स्वागत छ
 
Posted on 06-29-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

durgi di dont u know i dont like seafood :P
 
Posted on 06-29-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli,
Don't you know that Khola ko machha seafood haina.
 
Posted on 06-29-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau usa ma kholako macha paincha bhaneko mantra. tara khola ko hos waa sea ko i dont like.
 
Posted on 06-29-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि मैले बनाउन लागेको माछा खोलाको पनि होइन sea को पनि होइन
pond को हो के
सारै मिठो पो हुन्छ त
खाएर हेरेसिन था हुन्छ के ठुली
 
Posted on 06-29-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेसोरिले पोखरिको माछा सम्झाइदिन गाँठे!
लु माछाको सुकुटि बना'र खानु गाम्लेओ!

माछाको सुकुटि बनाउने र पकाउने तरिका:)

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।


 
Posted on 06-29-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे माता, अलिकती पोखरीको माछा यता पनि पाम न। भरेलाई बियरसित सितन चाहियो के।
 
Posted on 06-29-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले हरु लाइ सुक्रबारे जदौ अनि पैतला देखि को नमस्ते यो बिर्खे माइला को।

 
Posted on 06-29-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरूमा जदौ!

जिम्माल बा, माछाको सुकुटी बनाउने तरिका भन्दा पनि मलाइ खाने तरिका भए पुग्छ। खाने तरिका नि टाँसुम् न!

दुर्गे भाउजू, तपाइले पकाउन लाग्नुभाको माछाको जासूसी गर्या छु मैले! लु हेरम्।

 
Posted on 06-29-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो पइला चित्र बना'र देखाम कि अस्तो ला' थो तर कति गाह्रो हुँदोरेछ गाँठे चित्र बनाम्न त! :)

माछा खाने तरिका-

१) माछाको टुक्रा समात्ने।
२) दायाँ बायाँ हेर्ने।
२) मुखमा हुल्ने।
३) चपाउने।
४)फेरि दायाँ बायाँ हेर्ने।
५) निल्ने।
६) टन्न खाएर अघाएपछि तितौरिले जस्तो :D गर्ने।



 
Posted on 06-29-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा, अनि माछाको टुक्रो समाएर दायां बायां किन हेर्ने नि? वाख्या गरि दिनुस् न।
 
Posted on 06-29-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, २ नं र ४ नं मा किन दायाँ बायाँ हेर्ने भन्नुभा' हो? मैले त बुझिनँ।मैले तपाइलाइ माछा खाने तरिका पो सोध्या त, माछा चोरेर खाने तरिका त सोध्या हैन नि।

कि नाच्दै माछा खाने तरिका लेख्नुभाहो?
 
Posted on 06-29-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल आमैलाइ झुक्काएर खाने तरिका होला
 
Posted on 06-29-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"टुक्रो समाएर दायां बायां"

प्रस्तुत हरफ, साझा चौतारीको माछा खाने तरिकाबाट उद्धृत गरिएको हो। यसमा लेखकले माछा तथा माछाबाट बनेका परिकार खाँदा डुलाउनु पर्ने नजरहरुको बारेमा बयान गरेका छन्। नजर बिभिन्न किसिमका हुन्छन; खुसि नजर, दुखि नजर, लोभि नजर, रोगि नजर, भोकाएको नजर, अघाएको नजर, उठेको नजर, गिरेको नजर, अचम्म मान्दाको नजर, आफ्नो ठान्दाको नजर, डराएको नजर, हारेको नजर इत्यादी। तर यि बिभिन्न नजरहरु भन्दा खानेकुरा धेरै मन लगाएर खाँदाको नजर भने फरक हुन्छ। यस्तै माछा खाने बेलामा धेरै नजर माछालाई मात्र दिंदा अन्यत्र कुरामा ध्यान नपुगि माछाको काँडा अड्किने सम्भावना हुन्छ, तसर्थ माछा खाने बेलामा माछालाई मात्र नहेरि दायाँ बायाँ हेर्नाले मस्तिष्क खुल्ला हुन्छ जसले गर्दा माछाको काँडा अड्कने डर हुँदैन।

इति श्री जेपिटि व्याख्या!
:)
 
Posted on 06-29-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछा खाने बिभिन्न तरिकाहरु र काँडा अड्कने तथ्याङ्क:

घुसुल्टुम बिश्वबिध्यालय, अमेरिकाका साइन्टिस्टहरुले माछा खाने तरिका र काँडा अड्किने तथ्याङ्कको अनुसन्धानमा एउटा निकै अनौठो किसिमको सम्बन्ध पत्ता लगाएका छन्। अमेरिकाको 'फिस खाउनडेसन एन्ड काँडा अड्कीन्डेसन रिसर्च इनस्टिच्युटले' सन २००७ मा गरेको अध्ययन अनुसार, माछा चोरेर खाने व्यक्ति भन्दा माछा हेरेर खाने व्यक्तिमा माछाको काँडा अड्किने सम्भावना ७५ प्रतिशत बढि हुन्छ। उक्त इन्सटिच्यूटका प्रोफेसर पिसेज फिसका अनुसार प्रत्येक व्यक्तिको जिब्रोको तल्लो भाग र घाँटिको माथिल्लो भागले एक किसिमको रसायन उत्पन्न गर्छ जसले हाम्रो मस्तिष्कमा माछा र काँडाको भिन्नता थाहा दिन्छ।चोरेर माछा खाँदा चोरेको कारणले व्यक्तिको रक्तचाप बढ्न जान्छ र फलस्वरुप उक्त रसायन बढि उत्पादन हुन्छ र माछाको काँडा अड्किँदैन। यसको विपरित यदि कसैले माछा हेर्दै खान्छ भने उसको घाँटिमा उत्पन्न हुने उक्त रसायनको मात्रा अत्यन्तै न्युन हुन पुग्छ र माछाको काँडा अड्किन सक्छ भन्ने कुरा प्रोफेसर फिसले माछा खाँदै हाम्रा सम्बाददातालाई बताउनुभयो।


 
Posted on 06-29-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा नि माछा माछा भ्यागुता बिषयमा सोधग्रन्थ तयार् गर्न कम्मर् कसेर टुपी कसेर लाग्नु भएको जस्तो छ। आशा छ उहाँ जस्तो बौद्धिक ब्यक्तित्वले गरेको सोधले चोरेर माछा खानेहरु को समाज संगठनमा युगान्तकारि परिवर्तन ल्याउने छ। माछा को बजार र भागुताको धार्नी दुबै पक्षमा सकरात्मक झुकाव र प्रभाव पार्ने छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters