[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135832 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-24-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रमाइलो गरम ।

 
Posted on 07-24-06 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro chha nepalean jee


हो हो ठिक् भन्यो तितौरी मैले नि त्यहि सोचिरको । :D :D
कति हास्नु ..........सम्झि सम्झि हासे म.
जे होस् कथ राम्रो छ मन पर्यो मलाइ पनि:)

अनि अब सबिना दी को चाहि लात् नै खान्छन् कुम्लेले । अलि बिचार् पुर्याएर जानु नि जान चाहि जाउ के कुम्ले जी ल!!!


:D :D
 
Posted on 07-24-06 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नै राम्री भएसि बिध्यार्थी त राम्रा हुने नै भए नि !
 
Posted on 07-24-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
म एकछिन बाहिर गएको त यहाँ मेरो कुरो काट्न थालिसकेछन।

तितौरी म के सक्थेँ र तिमीलाइ कबितामा उत्तर दिन? त्यहि पनि प्रयास गर्दछु। अनि मलाइ सरिता दि ले चप्पलले हान्ने आटँ किन गर्थीन र? उनको सिसा फुटाउदा त उनका बा ले केहि गर्न सकेनन्। हामी नि क्रीश ब्रो का प्यारा भाइ हौँ क्यारे। कसैले छुने आँट गरेछ भने त के र! :पि

अनि चित्रे तिमी मेरो पक्ष बाट बोल्नु पर्ने होइन??

जे भए नि मन मान्दैन क्यारे। लौ त मेरो पनि:

घाइते भएकै हो नयनले तिम्रो
पोल्या छ छाती भतभती!
तिम्रो हातको मल्हम भए राम्रो
नत्र यो घाइते मुटु नै जाती!!
 
Posted on 07-24-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सबैलाई!

नमे, चौतारी महोत्सवमा यहि पल्याक-पुलुक फुटो राखे हुन्छ यार! संगीतको लागि स्यान्कान्छालाई धन्यवाद। हो यस्तै चाहिन्छ चौतारीलाई!


कुम्ले, कथा राम्रो छ। अरु पनि जाओस्।
 
Posted on 07-24-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिssssssssssक्क ! हिssssssssssक्क ! हिssssssssssक्क !

उफ ! दिन भरी जोतेर फर्केँ, थकाइले हलाप परेर सुतेको। बाडुली लागेर हैरान भो। चौतारी तिर तितौरी, थुल्ननी, इन्दरेनीले भउतेदाइलाई सम्झेछन कि भनेर फेरी उठेर हेर्न आ'को, हैन रे'छ :(।

भान्जीले सम्झिछन कि कुन्नि। मुलाई सँधै मुयाँ मान्नि तिनै एउटी भान्जि त छिन। मास्टर्नी दिदीले त के सम्झिहुनन र खै ! "गामका अल्लारे-अल्लारी हरु बराल्ने यै भउते डाँका हो" भनेर अस्तिनै बेतको छडी मेरा ढाडाँ सोझ्याकी मुन्छे।

सररररररर हावा लाग्यारेछ। जुन पनि कस्तो टह टह लागेको। आज यैँ चौतारीमा सुतेँ भो म। राति पुन्टेदाइ धोबिनिकाँट जाँड खा'र, खुट्टा बङ्याउँदै आ'र चौतारीको छपनी मेरा खप्पराँ बजारेनन भने भोलि उजेलाँ भेटम्ला है त गाम्ले हो।

 
Posted on 07-25-06 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-06 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नमस्कार है! मिस यति ढिलासम्म पनि स्कूलमै?
 
Posted on 07-25-06 5:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पल्लाघर दाइले मेलामा बोलाएकोले उतातिरै भुलियो। यसो चौतारीमा पसिना पुछौं भनेर आएको त, बाफ्रे बाफ्रे नयाँ पुराना मान्छेहरु आएर पनि गैसकेका रैछन्।

प्रीति - ल उस्तै अनुभव त गरिया रैछ। तर तपाईंको अनुभव कस्तो हो? हामीले पनि सुन्न हुन्छ कि? लेख्न आउने नआउने त लेख्न थालेपछि थाहा हुन्छ। हामीले नेपालीमा सोच्ने भएकोले लेख्न नआउने भन्ने त कुरै हुँदैन (बाह्रखरी सिकेपछि)। दिमागमा जे जे आउँछ, त्यही त्यही किबोर्डमा हान्ने न हो? :D

मिस - त्यो दिन मामाघर गइएन। पाठकलाई ढाँटेर लेख्न त मिलेन नि! कि कसो?
मैले देखे अनुसार जो जसको पनि हजुर-बा हजुर-आमाले बा-आमाले भन्दा बढी माया दर्शाउनुहुन्छ। म पनि अपवाद भने थिइन।
ल, अब तपाईंलाई पनि लेख्ने खस-खस लागेजस्तो छ, मलाई चित्रेको आत्म-बृतान्तले लेखुँ लेखुँ लागे जस्तै। ल, हामी प्रतीक्षामा छौं।

तितौरी - यतिका दिन भोकै हिंडाएकोमा माफ :)! ल अब चाहिं टन्न मिठो-मिठो खानुस्। अरु कथा त खै के लेखुँ?

ठुल्नानी - नियात्रा पढेर तत्काल प्रतिकृया दिने तपाईं नै हुनुहुन्थ्यो, त्यही प्रोत्साहनले ९ भागसम्म लेखेर बिट मार्न सकें। मुरीका मुरी र पाथीका पाथी धन्यवाद! आजभोलि अलि व्यस्त भए जस्तो छ, त्यसको बाबजुद कथा पढेर कमेन्टसम्म लेखिदेकोमा हार्दिक आभार। एन्डिङ्को बारेमा गाली पाइएला भनेको त ताली पो पाइयो। :D

कुम्लेजी - लेखनशैलीको प्रशंसा त गर्नुभयो। तर दोहोर्याएर पढ्दा चाहिं गल्ती नै गल्ती र वाक्य-संयोजन देखेर लाज लागेर आउँछ। क्रिसको कथा चैं एकदम दामी लाग्यो। अब, ह्यारी (हरि) को पालो है?

बिर्खे काका - केटाकेटी बेला याद आयो भन्नुहुन्छ। भनेपछि जुग पैलाको कुरा होला केरे! मधेसबाट आएपछि मधेसका कुरा सुनम् न!

सानोकान्छा - ए! हाम्रो भेगतिर पनि पुग्नुभा'रछ। कि लेकतिर दरबन्दी थियो हो? हैन तपाईं त जता पनि हिंड्नुभएको हुनुहुँदो र'छ त! पुर्ख्यौली घर चाहिं कता पर्यो कुन्नी?

चित्रे - वास्तबमा तपाईंको धनकुटे लाइफ पढेर लेख्ने हौसला जागेको हो। तपाईं २-४ दिन बिजी भन्नुभा'थ्यो। फ्रि हुनुभो? ल अरु जावस्।

ल त, नियात्रा पढ्नेलाई पुष्पाञ्जली, प्रतिकृया दिनेलाई प्रेमाञ्जली :))

अस्तु:॥
 
Posted on 07-25-06 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते धरै धरै धन्यवाद छ तपाईं लाई हामी लाई उठेर हेर्नु आकोमा । के हो धरै दिन पछी हामी लाई सम्जिनु भो नि । पिलिज हामी लाई माया नमर्निस् है ।
रोल्# ६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र मास्टरनी दिदी
 
Posted on 07-25-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेलाई नमस्ते मेरो!

बल्ल फुर्सद निकालेर छिरे चौतारी

कुम्ले म तिम्रै पक्षमा बोल्छु ल ।:)

भौते लाई चै कति निद्रा लगेको नि ;)

गालब्, मेरो फुर्सद अब कहिले हुन्छ थाहा छैन, भो भने लेख्नेछु कथा

ठुल्नानी के छ हाल्खबर, सञ्चै छौ? :)

रोल # ८ चित्रे
हजुर मास्टर्नी दिदी
 
Posted on 07-25-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मलाई सञ्चै छ । तपाईंलाई नि ।
 
Posted on 07-25-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSSSSSSSSSSSSSSS ई!

निद्रा लागेर आयो।
 
Posted on 07-25-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि ठिकै छ ठुल्नानी
अचेल बिजी भएर धेरै लेख्नै भ्याएको छैन ।
 
Posted on 07-25-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rol # 5 hajir miss.

नमे preview राम्रो छ चौतारी महोत्सवको, बरु अरु पनि के के लेख्ने टुप्पामा भनेर अहिलेदेखिनै प्र्याक्टिस गर्ने हो कि? अनि नमिलेको केहि भए सबैले सच्च्याउँदै जाने, जस्तो निरे को नाम छुट्ला फेरि बिचरो रुन्चे छ के अलि :-) दादा ल के राख्ने हो टुप्पोमा?

वाह् वाह् कुम्ले कति राम्रो answer दिएको तितौरिलाइ। हेरौ अब के आउछ उताबाट।
साथीहरुलाइ एउट प्रश्न बढा इ कसरी लेख्ने हँ यस्मा?

हुन्छ हुन्छ गौतमजी खसि त घच्चिको रैछ, बरु एउटाले पुग्ला र भन्या? दुइटै खानुपर्ला जस्तो छ। दशैँमा अर्को किनौला नि बरु पल्लो घरे कान्छाकाँ बाट।

ठिक भन्नु भो मामा यिनिहरु के सम्झन्थे र आ-अफ्नै तालमा छन् सबै, मै मात्र हो सम्झिने तपाइँलाइ।

गालब लेख्न प्रोत्साहन् दिनु भएकोमा धेरै आभारि छु, हेरौँ कुनै दिन आँट् आइहाल्छ कि।

चित्रे र ठुल्नानी के छ खबर?
 
Posted on 07-25-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
लौन मन थक्क भै'राछ नमस्तेनै फर्काउन पाइन ।
चौतारीमा भुराभुरीले बदमासी गरेकि भनेर यसो चियाउन आ'कि कताट गौतमबाबु ले देखेछन किन आएको थिएकुन्नि राति राति कुखुरा चोर्न हो कि बिर्खे काकाले मधेसाट ल्याको रौसि खान हो??:P
अनिखेरि ,भौते पाले बस्यारे'छन चौतारीया र मन ढुक्क भो अस्ति कुम्ले ले कस्को हो कुन्नि के के जाति चोरेर खा'को हो भन्दैथिए। बिगबिगी बढ्या'छ आज भोलि ।

ए ठूल्नानी र चित्रे रैछन त यहि ।के गरेर बस्याछौ ह तिमुर ह्या??


हरि शरणम!!!!!!!

शुमुरात्री!!!! गाबजी
:)
 
Posted on 07-25-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे !!! गल्ति भएछ " गुड नाइट गालब जी"

ए प्रिती सिफ्ट पनि संगै थिच न
 
Posted on 07-25-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste miss, hasaunubhayo.
 
Posted on 07-25-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ई (Ii) यसो गर्नु पर्ने रहेछ
 
Posted on 07-25-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ii gareni hunerahechha, miss ke chha hajurko aru?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters