[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 343057 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-16-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


birkhe daa LOLZ

 
Posted on 01-16-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि पराकास्ठा भन्या नै त भउते हो भन्छु


 
Posted on 01-16-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो बैंश कहिले गाथ्यो र भगुत भाई? अहिले नि हाम्रो बैशं १ बिसे भन्दा चमक्दार धमाकेदार छ क्या र। बेलाँ बुद्धी न पुर्‍या पछी बैंशले नि हेलाँ गर्छ भन्थ्यो, साँचो रहेछ।
अब त्यो के जाती अलुबुम अनी धार्मिक तथा मार्मिक चलचित्र अनी पाठ्य सामाग्री त २० बर्ष पहिला नै पढ्न भ्याइ दिएथेम क्या र। अब उमेर डाँडा माथि पुगे सि स्त्यानाश को अलुबुमको ग्राह्क बनेर हुन्छ। बैंशले नि लात मारेको कठै बारा भगुत भाई भण्डारी
  
 
 
 
Posted on 01-16-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आफु एसो खाजा खान साइली को पसला गर आ त या के के भेसकेछ। चित्रे लाई धन्यवाद मेरो नाम लिस्टो म हाल्देको मा। मेरो मा त भक्खर १:४० हान्दै छ् आफु पारीयो तराइ तिर। सप्पै लाई मेरो नि साँढे एक को ज्-अदौ
भौते किन पात्या नि हुँ आच्याल ?

 
Posted on 01-16-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते के हो आफु एक्लै एक्लै खाजा खान जाने। हाम्लाई बोलाको भेनी हुन्त्यो नि। हाम्ले नि खाजा खाको थिएन नि। तेही एउटा ice cream मात्रा खाको।


 
Posted on 01-16-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol    जिम्माल !

अब सुन बुढेउलीको प्रकार।

 

१- कुखुरे बुढेउली: उमेरले डाँडा काटे पनि मन चैँ काँढा मै अड्केको बुढेउली, तारेमाम्। यो बुढेउली लागेको मान्छे भर्खर बास्न सिकेको कुखुराको भाले जस्तै  पोथी देखेपछि अलि अलि खुट्टा बटार्दै अनि घरी घरी जुँगा मठा्र्दै बेला बेलामा पखेटाले भ्याट भ्याट ज्यानमा हान्दै हिड्ने बुढेउली।  तर उमेरको कारण २-४ पल्ट पखेटा भ्याट भ्याट गरेपछि जोश जाँगर च्याट हुने हुनाले यसलाई कुखुरे बुढेउली भनेर नामाकरण गरियो। जत्तो कि जिम्मालबाको बुढेउली।

 

२- ढुकुरे बुढेउली:  यो बुढेउली लागेको मान्छे धेरै जस्तो पिढीमा ढुकुर जस्तै ढुक्रुक्क परेर बस्ने, उठेर हिड्ने समेत तागत नभएको तर प्वाँठ प्वाँठ तरुनी बाटोमा हिनेको देखेर घ्वाँट घ्वाँट थुक निल्ने बुढेउली। यस्तो बुढेउली लागेको मान्छेको शरिरमा अत्तिनै जोश र जाँगर भरिएको तर नली खुट्टोमा धोद्रो लागिसकेकोले डेग चल्न नसक्ने हुन्छ। जस्तो कि जिम्मालबाको बुढेउली।

 

३-कुकुरे बुढेउली: यो बुढेउली लागेको मान्छे बर्षमा ११ महिना सिकिस्त बुढो हुन्छन्।  तर एक महिना चेँ बिछट्टै तन्नेरी भएर निस्किन्छन्। अब त्यो एक महिना कुन भनेर भन्ने कुरा बुढेउलीको नामले नै स्पस्ट पार्छ। तै पनि समय अनुसार ग्लोबल वार्मीङको कारणले महिना परिवर्तन पनि हुन सक्छ। जस्तो कि जिम्माल बुढाको त्यो महिना छिटै आउँदै छ।

 

 

 


 
Posted on 01-16-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ मार्यो  मलाई के था त् मैले त तिमारु सप्पै म भन्दा एक घण्टा अगाडि छौ अनी भोक पनि एक घण्टा अगाडि लाग्यो होला अनी खाजा नि एक घण्टा अगाडि खाइसक्यो होला नि भन्ठानेर । हुन त अलिकत भ् ट्टास चिउरा ल्या छु अली बारा खान भनेर त्यो खाने भए चै छ् , पोल्टा हालेर लैजाउ न त ठुली हुन्न

 
Posted on 01-16-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल् भउते लोल्
लोल् जिम्मले लोल्
 धेरओ नगर पोल्
 खोला खोल्
 लोल्

 
Posted on 01-16-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हसायो भाउते ले नि।

मुखाभरी जवाफ दिन त कस्ले सिकावोस यो भाउते बजिया लाए नि
सम्धी ज्यु भएन थप्न पर्‍यो यो भाउते लाई अली


 
Posted on 01-16-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


thanks biste tara yo पोल्टा bhaneko ke ho?

 
Posted on 01-16-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आईमाई मान्छे ले धोती, फरिया मा खाने कुरा हाल्च्न नि तेसैलाई पोल्टा भन्चन खै कसरी सम्झाउ
तिमी ले लगाएको घागर अगाडि दुई हात ले तानेर चिउरा थाप त तेही हो पोल्टा भनेको
बुज्यो कि बुजेनौ
 
Posted on 01-16-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

बिस्ते मैले आज घागर होइन पाइत र तिशर्त लगाको छु।


 
Posted on 01-16-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलि त हामीकाँ एकदम जाडो हुन्छ रे, आइस रेन हुन्छ रे!
 हुहुहुहुहु! थरथरथरथरथर! म त आजै काम्न थालिसकें!


 
Posted on 01-16-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेले गज्जबको उत्तर दिएछन् जिम्मी बुडालाइ!

बिस्टे, मलाइ नि दिनुस् नि बारा एक टुक्रा।
ठूली, यस्तो जाडोमा नि आइस किरिम खाको?


 
Posted on 01-16-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बारा त मैली एकै गास पारी हाले नि 

 बरु मकला सखर् खन्ड पिडालु पोल्न हाल्या छु त्यो खाने हो भने चै छ


 


 
Posted on 01-16-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मकला सखर् खन्ड पिडालु पोल्न हाल्या छु . naai naai aalu ni polna haalnus na kyaa. mitto huncha

ice cream khaanlai keko jaado ke ko garmai. ma ta jun belaamaa ni khaai dinucha hehehhheh

 
Posted on 01-16-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टु राम जी, मकलमा सखरखन्ड, पिंडालु पोल्ने भन्या सुनेर मलाइ माघको जाडोमा मकल ताप्दै स्वस्थानीको
कथा भनेको, सुनेको याद आयो। लु अब तपाइले स्वस्थानीको कथा भन्नु परो यसपाली!

ठुल्लू, मलाइ नि देऊ न त आइसक्रिम मलाइ नि खान मन लागो!


 
Posted on 01-16-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ice cream khaako 1 hr bhai sakyo aba magcha.

 
Posted on 01-16-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई भन्न त मन लागेको हो तर आउँदैन के गर्नु, बच्चा बेला घरमा स्वस्थानी भन्न सुन्न साह्रै रमैएलो लग्थ्यो । सबै भन्दा रमाएलो लाग्ने चैइ नैबेद खाने पार्ट । धेरै जसो के तिल को लड्डु कि पेडा कि तिलौडी हुन्थ्यो।
अब नेपाल गको बेला मा चै एउटा किताब किर्नेर आउछु आर्को माघ को लागि नभए सम्धी ज्यु सँग मगाउनु पर्ला

 
Posted on 01-16-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है ! मलाई नि है शखरखण्ड, जिम्मीका सम्धी ज्यु।  यो ठुल्नानीले जाचाँ त्यति धेरै आलु खा'र नि अझै नपुगेको ? फेरि काममा नि आलु खान पर्नि !

अनि यो जाडोमा आइसक्रिम खानीको दाँत झरीईईईईईईईईईईईईईईईईईईईईईईई जाओस्।  अनि भोलि "भउते दाइ" भन्न नि नमिलेर "तउते ताइ" भन्दै आउन परोस्।

जिम्मी बुढो कता मरेछन्, अगि आ'र २-४ पल्ट भ्याटभ्याट गरे'सि जाँगर साँगर च्याट भो जस्तो छ, कुखुरे बुढेउलीको।

राहुल दा'

लोल लोल

उपहार खोल

उपहारमा टिनको ढोल

कसले लिनी बोला-बोल

खोलेर हेर्दा त गुन्द्रुकको झोल

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters