[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 306232 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-09-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छन यि जिम्माल बुढा फेरि? त्यो इन्डिअन हरु लाइ नेपाली भनेर लिस्ट मा थपेर नागरिकता बाडे जस्तो रोगी को लिस्ट मा जो पायो थप्न त कहा पाइन्छ र?
सब भन्दा माथी आफ्नु नाम त लेख्नै बिर्से जस्तो छ बुढा ले लिस्ट मा।
 
Posted on 08-09-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nai nai ma ta tyo katha pardina rahul da
 
Posted on 08-09-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो न्वारान् गरिदिएकोमा रिठ्ठे र समस्थ गम्लेमा सधुबाद्।

अफु त मोरो सोझो, लप्पन् छप्पन् जन्दिन, सबैको नाम् को लिस्टो त चौतारिमै कुँदेर राखेको रैछ नि, मेरो पनि नाम् रख्दिनुस् है जिम्वाल् बा।
 
Posted on 08-09-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ त्यो रोगी को लिस्ट फेरी सन्सोधन गर्नु पर्‍यो। अन्तरिम संबिधान त घरि घरि सन्सोधन गर्नु हुन्छ भने हजुर को त्यो लिस्ट त जती पटक सन्सोधन गरे नि केही आपत्तिजनक छैन हाम्लाई
 
Posted on 08-09-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!

त्यसो भए भोलि यो किचकन्निको कथालाई ड्यान्जर भन्दा पनि खतरनाक बनाउनु पर्छ।
बरु गित सित थप्ने कि?

" कहिँ दीप जले कहिँ दिल, जरा देखले आकर परवानेssssss तेरि कौन सि है मन्जिल..ओओओओsssssssssssss ओओओओओ ssssss"

अनि ट्यार्याऊऊऊऊँऊँऊँऊँsss पुरानो हवेलिको धुलै धुलो भएको ढोका बिस्तारै खुलेको आवाज!

बच्चा रोएको आवाज!

अनि टाढा अँध्यारोमा सेतो सारि लगाएर किचकन्नि गित गाइराको-
आsssजाsss! आsssजाsss! भनेर

हुहुहुहिहिहिहाहाहोहोहोहोहोहेहेह
 
Posted on 08-09-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई उता हल्दार्नी दिदी को आवा आरछ । खबर पाउनु भयो होला हैन त?
 
Posted on 08-09-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चा रोएको आवाज!

birkhe da pls kya nabannu na. malai dar lagcha. real bhaneko.
 
Posted on 08-09-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raahul daa अनि लाट्कोसेरो फट्फट् गरेको ,चमेरा हरु उढेको, माकुरा को जालो अनि कालो बिरालो सबै थपेछि मात्र म डराउछु tyo kathaa maa !
 
Posted on 08-09-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे भाउजू, मैले माया मार्या छैन तपाइहरूको, ट्याम मिला'र फून गरम्ला नि!

नेउचे, खै कता हो कता, कहिले यता कहिले उता, औंरिका आएदेखि भौतार्या भौतार्यै छु। यौटा गीत गाम्न मन लाग्यो।
आदमी मुसाफिर है
आता है जाता है
ढ्यान्ट्यान्ट्यान ट्यान्

ग्वाँचू, मलाइ न सन्चै छ।

राहुलदाइ, इन्ट्रेस्टिउँ होला जस्तो छ किचकन्याको कथा।

तिरू, म कुम्भकर्ण त हुँ, तर तिमी हुन्छ मात्र भन न, म आफैं दुइटा अलार्म राखेर सुत्छु, अनि बिहानै ५ बजे उठेर तिमीलाइ फून गरेर उठाइ दिन्छु नि।
 
Posted on 08-09-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन रिट्ठे, त्यो रोगी को लिस्ट मा के संसोधन गर्नु परो, त्यो नि भन न। हाम्रा नेता जस्तो कुरा न गर न बाबै। अब देश को बिकश गर्नु पर्छ भन्ने तर कसरी गर्नु पर्छ चाइ न भन्ने।


ठुल्दाइ को कथा चाइ भयन्कर नै होला जस्तो छ। अब कास्टिङ नै एस्तो खत्रा छ भने क्लाइमेक्स झन कस्तो हुने होला।

सुन्तले, अर्को चौतारे बन्दा तिम्रो नाम नि त्यहा मथी लिस्ट मा आ उछ। बरु चौतारी खन्ने बेला मा खन्ने लाइ एक चोटि सम्झाइ दिनु नाम लिस्ट मा राख्न लाइ।
 
Posted on 08-09-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टेदाको समाचार्।

बाढी पीडितका लागि सिनेटर साबिनी



नेपालीपोष्ट प्रतिनिधि

न्यूयोर्क, अगस्ट ८


न्यूयोर्क स्टेट सिनेटर जोन साबिनीले नेपालमा हालै आएको बाढी पहिरोबाट पीडितहरुका लागि रकम संकलन अभियान संचालन गर्ने हुनुभएको छ।
नेपाल लगायत दक्षिण एशियाली राष्ट्रहरुमा हालै आएको बाढीबाट बिस्थापित भएकाहरुलाई सहयोग गर्ने आफ्नो लक्ष्यबारे जानकारी दिने उद्देश्यले बुधबार ज्याक्सन हाईट्सस्थीत ३७ ऎभेन्यूमा आयोजित एक पत्रकार सम्मेलनमा सिनेटर साबिनीले आफू सधै आप्रबासीहरुको पक्षमा उभिदै आएकाले आप्रबासीहरुको देशमा पर्ने आपत बिपदका लागि पनि आफू सहयोग गर्न सधैं तत्पर रहेको बताउनु भयो।
उहांले बिभिन्न देशका बाढी पहिरोबाट पीडितहरुका छुट्टा छुट्टै "फण्ड राईजिंग" कार्यक्रमहरुको घोषणा गर्दै आफ्नो अभियानलाई सघाउन सबैलाई अनुरोध गर्नु भयो।
आज घोषित कार्यक्रमका अनुसार सिनेटर साबिनीले नेपाली बाढी पीडितहरुका यही अगस्त २६ तारिख आईतबार दिउंसो ३ बजे क्वीन्स बुलेभार्ड ,३९ स्ट्रीट्स्थीत टांगरा मसाला रेषटूरेण्ट्मा आयोजना हुने "फण्ड राईजिंग लन्च" कार्यक्रममा भाग लिनुहुनेछ। ऊंहांले सो दिन उक्त रेष्टुरेण्ट्मा भेला हुन सबै नेपालीहरुलाई आव्हान पनि गर्नु भयो।
सो अवसरमा नेपाली समुदायका तर्फबाट पत्रकार सुजित ढकालले नेपालमा बाढीको स्थितीबारे जानकारी गराउनु भएको थियो। न्यूयोर्क नेपाली टाईम्स लगायत न्यूयोर्कस्थीत नेपाली संघ संस्थाहरुको सहयोगमा एलायन्स फर डेमोक्रेसी एण्ड ह्यूमन राईट्स ईन नेपालले आयोजना गर्ने सो "फण्ड राईजिंग" कार्यक्रमबाट उठेको रकम रेड्क्रस मार्फत बाढी पहिरो पीडितहरुका खर्च गरिने छ। यसैबिच एलायन्स फर डेमोक्रेसी एण्ड ह्यूमन राईट्स ईन नेपालका अध्यक्ष अनिल शाहीले पनि आपसी किचलोका बावजूद आपद बिपद पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्ने बताउदैं अगस्त २६ तारिखका दिन सिनेटर साबिनीसंग दिऊसोको खाना खाई रकम संकलन अभियान कार्यक्रम सफल तुल्याउन सबै न्यूयोर्कर नेपालीहरुलाइ आव्हान गर्नुभएको छ।
आज घोषित "फण्ड राईजिंग" कार्यक्रमहरु भारतीय र बंगलादेशी समुदाय पनि आयोजना गरिने जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो।
 
Posted on 08-09-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is sannani today?
 
Posted on 08-09-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि र तितौरी एउटै कोठामा सुतेका थिए!
मध्यरात!
अचानक ठुलिको आँखा खुल्छ!
....सन्नाटा.....
बत्ति गएको रहेछ!!!
बाहिर जोड जोडले आँधि चल्दै छ!...झ्याल खुलै रहेछ! झ्यालको पर्दा र झ्या दुबै हावाले पटक पटक जोड जोड को आवाज गर्दै खुल्ने बन्द हुने खुल्ने बन्द हुने भैरहेको रहेछ!...बाहिर हावा चल्दा डरलाग्दो साउन्ड आइरहेको थियो ऊँऊँssssssssssssssssss!
ठुलि अचानक झसंग भइन्!!!
नराम्रो सित डराइन्! .....किनभने....किनभने............................................................................. तितौरी सुतेको बेड खालि थियो!!! ................................................................................................तितौरी गायब थिइन्! .........................कोठामा अन्धकार थियो....संगै सुतेको तितौरी छैन...ठुलि एक्लै!........अचानक एउटा कानमा फुसफुसाएको जस्तो आवाज आयो!
.....'ठअअऊऊलिssss!".... बुढि आइमाईले गाह्रो गरेर बोलेको जस्तो आवाज ठुलिको दाहिने कानमा आयो! ठुलि झसंग भइन्...........
हुहुहुहिहिहिहििहाहाहाहुहुहुहिहिहिहाहाहाहा
 
Posted on 08-09-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, कथा छिट्टै अघी बढोस् है।

तिरु, पुलिसको गाडीले साइरन् बजाउदै पिलिक पिलिक बत्ती बाल्दै आएको rear view mirror बाट देख्दा चाँही डर लाग्छ कि लाग्दैन नि?
 
Posted on 08-09-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर्बा म त डराएकै छैन ह्हेहेहेहे

चिप्लु डर् होइन ki "Dang!! :@... not for me ..not ..me...not ...me.. :@ ..Helllllllll ya that's me .................." jasto hunchha !!!!
 
Posted on 08-09-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले अब त्यो कथा न लेख्ने बिचार गरेम् क्या रे। हाम्री बुइनी ठुली, कास्टिङ् मात्र पढेर डराएर् हाराउन थाले। पुरै कथा लेख्यो भने.....................। लौ बिर्खे दाईको कथा पो ड्यान्जर भन्दा नि खतरनाक होला जस्तो छ।
अनि त्यस पछि, दादु के भयो...........................?
 
Posted on 08-09-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि घर गैसकी होला, भोली बिहान नभै चौतारी छिर्दिन होला। कथा अघी बढोस् न, जिम्माल र ठुल्दाइ।
तिरु, मलाई चाँही थुक्क थुक्क थुक्क दु:ख पाइ चिप्ले आफ्नै ढंगले भन्या जस्तो हुन्छ। दुई चोटि traffic school गएर पोइन्ट बचाइयो, एक चोटि चाँही चेतावनी मात्रै दियो "sir, you need to slow down a bit ok" भनेर।
 
Posted on 08-09-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! जहिले पनि गोताएँको ब्लग हेर्छु भनो तेत्तिकै हुने रेछ।

मजाले हेरेँ!
बुडा त योङ्ग बेलाको टम ह्याङ्क्स जस्ता देखिने रेछन् नि तो सुट ला'र फोटु खिच्दा त!
हाहाहा एउटा फोटुमा त बुडा कर्कोजिया कर्कोजिया भन्दै टर्मिनल तिर दौडन्छन कि जस्तो लाउने गाँठे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters