[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 192435 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-07-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते मेरो नाम नेपे होइन नमे हो । नेपालीमा भुझैदेकोमा धन्यवाद । वीरखे त्यो चौतारी ५ को कबिता हो ।
 
Posted on 09-07-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे १ र २ को उत्तर मैले देको मिल्यो कि मिलेन ? खोइ त पुरस्कार ?
 
Posted on 09-07-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र दीप् दाइ बरफ् जस्तो कैइता रे :ओ :O:O
हजुर् को ट्रान्स्लेसन् :O रमाइलो गरि गर्दिनुभो हि..हि..हि
अनि पुन्टे दा ले पनि ......कति हास्नु ल,

जिम्माल् बा हजुर् कता हराउनु भा'थ्यो अलकल् ,धेरै भो' नदेखेको ?

ठुल्नानि ल त अब म नाच्छु नि त तिमि बसन त सान्नानि, मिस् खै' नि ?
 
Posted on 09-07-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, कति शंका गर्या हो म माथि? अब म छाती चिरेर देखाम् त? :D

ल तिम्रोलागि कविता लेखिदिएको छु।

शंकाको आगोले लंका नजलाउ
अरू पनि धेरै चीज जलिरहेछ
सुन्दर नयनका तीखा वाण नचलाउ
छातीबाट पैले नै रगत बगिरहेछ ;)


यो चैं पहिले पहिले भन्दा अलि फरक भएछ, माइन्ड नगर्नु है ठूल्नानी। :D

नमे, तिमीले पहिलो प्रश्नको मात्र सही जवाफ दियौ, दोस्रो मिलेको छैन। पुरस्कार चैं भोली दिम्ला, सबै प्रश्न सोध्न सकेपछी।

सबै गाम्लेको एक से एक गैरा'छ। हिजो नेपे दाजीको गजल नि साह्रै राम्रो लागो।
 
Posted on 09-07-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टेक से गलती भएछ, नमे! लु त नि, सजाईं वापत हरु नि बुझाईदिन्छु:

:p

"I am Vindicated
I am selfish
I am wrong
I am right
I swear I'm right
I swear I knew it all along

And I am flawed

But I am cleaning up so well
I am seeing in me now the things you swore you saw yourself

So clear
Like the diamond in your ring
Cut to mirror your intentions
Oversized and overwhelmed
The shine of which has caught my eye
And rendered me so isoloated, so motivated
I am certain now that"

म त सच्चाईमा परें
म त स्वार्थी रे
म गलती
म नै ठीक, गल्ती पनि ठीक पनि, म त कन्फ्युज्ड पागल
धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्, म दायाँ
मरिजाम् मलाई सँधै था’थ्यो

म बिग्रेको मान्छे
तेल धस्दै सुध्रंदै छु
तैं मोरीले म मा आफूलाई देखेको कुरो, म बल्ल देख्दैछु

कस्तो सफा!
कुन नाठोले तँलाई दिएको औंठीको हिरा जस्तो
सिसाले काटेको तेरो धारणा
फुल्लेको टुनटुन जस्तो
तेस्को रापले मेरो आँखै पोल्यो
मलाई एक्ले बनायो, तर म मा जोस छ अझै
अब भने मेरो गोरुको सोह्रै टाका, म पक्का भएं

miste le godne bho aba! :D
 
Posted on 09-07-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकी:

“So turn
Up the corners of your lips
Part them and feel my finger tips
Trace the moment, fall forever
Defense is paper thin
Just one touch and I'd be in
Too deep now to ever swim against the current
So let me slip away [3x]
So let me slip against the current and let me slip away

(Chorus)

Slight hope
It dangles on a string
Like slow spinning redemption...”

एता फर्कि, मोरी!
माथिको तेरो त्यो अधरका कुना काप्चामा
मेरो औंलाको टुप्पै गाडेर च्यातिदिम्?
समयको ख्याल राख, भुक्लुक्कै ढल, सदाको लागि
कागज जस्तो पातलो तरो मनको पर्खाल
फु गर्दा ढल्ला जस्तो, छोयो कि भित्रिनि
धेरै गहिरो, अब क्यारी पौडने?
मलाई उम्किन दे
कालीको धार बिरुद्ध पौडन्छु अब, मलाई उम्किन दे

(कसको रस? Chorus?)

मधुरो आशा
नाईलनको डोरीमा झुन्डेछ
फनफनि रिङ्ग्याउने पश्चाताप…
 
Posted on 09-07-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चौतारीको बारेमा पुराना सम्झना केही कोर्नु पर्यो। चौतारीको कुरा गर्दा साझाको कुरा नगरी मलाई सुखै छैन, किनकी साझा नै चौतारीकि जननी हो। पाँच वर्ष जति पहिले यो विरानो देशतिर हानिंदा, नेपालको समाचारहरू पाउने माध्यम धेरै थाहा थिएन। एक दुइवटा न्यूज साइटहरू हेरेर नि चित्तै बुझ्दैनथ्यो। फेरी त्यो बेलामा यहाँ खास नेपालीको संख्या उल्लेख्य थिएन। नेपाली साईटहरू खोज्दा खोज्दै साझा फेला पर्यो, तर कसरी फेला पर्यो भनेर चैं मलाई राम्ररी याद छैन।

कुराकानीमा धेरै नेपालीहरूको गफ सुनेर रमाइलो लाग्थ्यो। त्यो बेला नेपाली युनिकोडको बिकास नभैसकेको अवस्थामा नेपाली पनि अंग्रेजी रोमनमा लेखिन्थ्यो। तर रोमन नेपाली पढ्न मलाई गाह्रो लाग्थ्यो, त्यसैले अंग्रेजी धागो नै बढी पढ्थें। त्यसबेलाका अनुहारहरू अहिले कमै बचेकाछन्, पून्टे दाई, नेपे दाजी, आशु, सितारा, आदी त्यतिबेलाका मैले सम्झेका नामहरू हुन्। पून्टेदाईले आफ्नो बिहेको फोटोमा ‘कवि शिरोमणि’ भनी लेखेर टाँसेको सम्झेर अहिले नि मरी मरी हाँस्न मनलाग्छ। नेपे दाजीको गजलले साझालाई उसैबेलादेखि गुन्जायमान गर्दै आएको हो।

मैले साझामा सक्रिय सहभागिता जनाएको चैं २००५ अप्रिलदेखि मात्र हो, त्यसभन्दा अघि मेरो न्वारन भएको थिएन। एक पल्ट पहिले नै नाम लेखाएको त थिएँ तर उक्त नाम कहिल्यै प्रयोग भएन। भूगोल आफ्नो हब्बी (hobby) भएकोले यौटा भौगोलिक नाम नि जुराइहालें, पछि सिरेले चित्रे नामकरण गरिदिंदा त क्या खुशी लाग्यो।

नेपाली युनिकोडको विकासले साझाको रूप नै परिवर्तन गरिदियो। सहभागिता पनि निकै बढ्न थाल्यो। तर पोहोर चौतारीको जन्म हुँदासम्म नि मलाई नेपाली टाइपिङ् गर्न गाह्रो लाग्थ्यो, गति ढिलो थियो, औंला दुख्थे। पहिलो चौतारी बनेपछि म यसो छिरेको थिएँ, सिरेसँग दोस्ती भैहाल्यो, दादा नि आउनुभो। पछी मैले चौतारी-२ नाम दिएर फोटा क्वीज गर्दा निकै रमाइलो भयो। त्यसपछिका चौतारीहरूमा समयाभावको कारणले लेख्न सकिनँ, मूक दर्शक मात्र भैरहें। दशैं, तिहारमा त झन् पढ्नै भ्याइएन, त्यो बेला धेरै मान्छे नि थिएनन्, सिरे, दादा, भौते, पून्टेदाई, नेपे दाजी, नमे, महिलाहरूमा चैं रूइना र पुष्पपुरी(matrix rose) थिए क्यारे।

एकदिन म फेरी चौतारी छिरें, सिरेले फेरी नानाथरी कुरा गरेर हसायो, अनि अरूले नि स्वागत गरे। त्यसपछी आइरहन मनलाग्यो। मुन्द्रे, डल्ली फुपूसँग नि धेरै गफ भो, अहिले त ती हराएछन्। जिम्माल बूढा र गोतामेज्यूका साहित्यले चौतारी मात्र होइन, साझा नै रंगीचंगी बनाएको थियो। मास्टर्नी दिदीको आगमनपछि चैं चौतारीमा अनुशासन बढ्यो, भाषा पहिलेभन्दा परिष्कृत भयो। अहिले सान्नानी, ठूल्नानी, तितौरी हुँदा त झन् रमाइलो हुँदैछ, महिलाको सहभागिता बढेको हुनाले।

नेपाली भाषा र जनजिब्रोलाई माया गर्ने र कथा, कविता, हाँसो ठट्टा गरेर मित्रता बढाउन चाहनेको लागि चौतारी ईश्वरको वरदान हो। चौतारी अझै नि फलोस् फुलोस, यसलाई हाम्ले अघि बढाइराख्नु पर्छ।
 
Posted on 09-07-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सब्बै सकि नसकि पढि सिध्याएँ।
ग्वाँचेको कथा कति सरल अनि मर्मस्पर्शि, गौतम् जि को joke पनि पढेँ :D:D:D
जिम्माल् बा, कुम्ले अनि पुन्टे दाईको ट्वाक्क टुक्क ले अति हसायो।
पर्कास् चाहीँ name of the day नै भयो आज। :D:D:D
मिस्टेको गीतको उल्था ... कति हाँस्नु।
हर्के, सुर्जे, खबर्दार् चाहीँ को परेछन्?
तितौरिको कइता (कस्तो गारो भाको यो के भन्या भनेर बुझ्न पहिले मलाइ, कबिता भन्या रेछ) कति मिठो, रसबरि जस्तै। ओहो painting त झन् राम्रो।
चित्रेले सारै गारो गारो प्रश्न राख्या छ, मिसलाइ आउला कि खै?
 
Posted on 09-07-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे तिम्रो २ र ३ लुम्बेर को उत्तर । ल अब पुरुषकर ल्याउ ।

 
Posted on 09-07-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2 ra 3 lumber ho hai, mistake le galti bhayo nepe ko jastai.
 
Posted on 09-07-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या सान्नानि मैले नि पढि सके हे।हे।हे सब् एक् से एक् ! आज हास्या हास्यै मुख् गाला सबै दुखि सक्यो भन्या।

त्यो काइता भनेको त मलाइ नि हासो लागेर मरे को सुरु मा ,के के आउने दीप दाइ लाइ ।

चित्रे को प्रस्न को जबाफ् मलाइ कहिले आउदैन कस्तो गार्हो दिन्छ जैले नि ,सजिलो सजिलो सोधन न हाम्ले नि केहि त पुरस्कार् पाउ बाबै , कस्तो खालि हात् घर् जानु होला हो येस्तो महोत्सब् पछि पनि।

ए साचि नेप्चे कता हरायो महोत्सब् मा नि आयेन ल?त्यस्तो ज्ञानि मुन्चे, इस्कुल् छुट्टि को दिनाँ नि हाजिर् गर्थ्यो , हराएको सुचना निकाल्नु पर्यो ।

सान्नानि तिमि म र ठुल्नानि को नि बना'थिए स्केच् ,पछि change गरेको ।
 
Posted on 09-07-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै कराम्दै रेछन।
कता हराम्नु तितौरी यतै छु, चाइन्जो तिम्रो आउने ट्याम र मेरो आउने ट्यामको र्र्याङठ्याङ नमिलेओ मात्तै हो। दिम्सोभरि कइले चौतारिआँ च्याम्नै पाइन्न अनि आधाराताँ एसो क्यार्दैछन गाम्लेअरु भनेर आओ सपै सुतिसक्ने रेछन। अस्तिन एउ रात त चौतारिमा म बुडो मात्तै सुनसान राताँ भुत सँअ बात मारेको अस्तो भओ। पराटि गोताएँले खोकेर मात्तै सास आओ नत्र यो बुडेसकालाँ ३ बर्खको बच्चो अस्तो डरले सुरुवालको झन्डै गति खुस्केओ!
अब मउसब मनाम्नु परो भनेर आजभोलि चाइँ भाग्गेले नि अलि ट्याम मिलाइदो।
बरु बेलुइखेर क्यार्ने हो कुन्नि। नमेले सिरानघरे थपिनिकाँ ग'र ४ गोटा झक्किको रातो भाले ल्याम्छु भन्तो, खै आइपुगेन त? न बाटाँ मेला जाने उरन्ठेउलि देखेर भाले किन्ने पैसोले चुरा धागो किन्न लाओ कि? यि ठिटाअरुको केइ भर हुन्न।

पुन्टे दाई, भउते, गोताएँ को पाटि लाउन कुरेर बसेको छु क्यारे। लु चित्रे, कुम्ले तिमेरुनि आओ बरु ठुल्नानि, तितौरीले भेउ पाउलान् लुसुक्क आओ। यो ठिटा बेलाँ ढुङ्गा खाएनि पच्छ गाँठे। लाले कता अन्मरियो? एस्तो बेलाँ लाले, सिरे र काकाको खुप सउँजना लाउछ मुलाई। कता बिरउतेर बसिरा होलान??
 
Posted on 09-07-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे बा भाले त साह्रै ठुलो रैछ, भैंसी घिचाएको जस्तै गरेर घिचौदै छु । लु ल्याए ।

 
Posted on 09-07-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो स्केच नि टाँस त तिरु हेर्न मन् लाग्यो के। जिम्माल् बा भन्दिन्छौ है हामि जिम्मल्नि आमालाई हजुरको पिलान्।
 
Posted on 09-07-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, मिलायौ ल, पुरस्कार पछि दिम्ला, अरू प्रश्न नि सोध्न बाँकि छ त। तर त्यो नउसाको फोटो कति ठूलो टाँस्या होला, चौतारी नै भित्तातिर सर्यो, पढ्न नि यता उता टाउको घुमाउनु पर्ने।

कुम्ले, दिप जी, ग्वाँचे, पून्टेदाई, तितौरी अनि अरू सबैको कथा कविता पढें, साह्रै मज्जा भो। तितौरी, अब भोलि सजिलो प्रश्न सोध्छु, चिन्ता नगर। जिम्माल बा, लौ रातो भाले खाम् न त, कि भोलि खाम्ला, आफ्नो त सुत्ने बेला नि भैसको, फेरी अलि सन्चो नि छैन। आज यौटा कथा लेख्छु भन्या, भ्याइएन।

ल, चौतारी आधा त भरिसक्यो, भोलिसम्ममा त पूरै तीन सय पुर्याउनुपर्छ है गाम्ले हो! अनि दादा चैं कता गायब हो, चौतारी महोत्सवको आईडियाको जन्मदाता!
 
Posted on 09-07-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा आज् भने भेट् भो हजुर् सँ, लौ अब सुनाउनुस् कथा ..........
ए ..ए अनि अस्तिनै कैले हो "तितौरी गटटि खेल्न सिकाइदेउ "भन्नु भा'हैन आज सिकाइ दिन्छु ल बा पख्नुस् है पैले ढुङा खोजेर ल्याउ अनि ल :D
अनि मैले गटट्टि खेल्न सिकाइदे'छि चै जिम्माल्नि आमा लाइ भनेर सहराट ल्याएको गुत्पाक् दिनुस् है:D

चित्रे नभए मलाइ question out गरन आजै :p

सान्ननि जाउ टास्दिन तिमि ले मलाइ झुक्याएको छैन र :D
 
Posted on 09-07-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे तिमी नभै खा'को मे मजा भओ र भन्या? बरु भोलि नै खाउँला! तर नमेले भालेओ फोटु टाँसेछ हेर्दै मुखाटि पानी आओ गाँठे!

सान्नानी! तिमीलाई झुम्का साह्रै मन पर्छ हैन? लु एउजोडि झुम्का मैले हालिदिने भएँ। अब जिम्माल्नि आमै पनि बिर्स अनि पिलान सिलान नि बिर्स है? :)
 
Posted on 09-07-06 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कतिबेला तितौरी आ'र चिरबिर अरिराको रेछे चाल नै पाएनछु।
हुन्छ हुन्छ गुँदपाक खाउलि। बरु हामि बुडाहेरुको बेलुकाको पिलान चाइँ तिम्ले नि नभन्नु नि कसैलाई
लु गट्टा फाल :)
 
Posted on 09-07-06 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि चुप् लाग्लि नि झुम्का पाएर , ठुल्नानि र म चै मरेम् कि क्या हो? अझ कुरा थपेर सुनाइ दिउला जिम्माल् नि आमा लाइ नै कुचोले झटारो हाने 'सि तालि पिट्दै नाचुम ला लौ जा :(
गटटि खेल्न नि सिकाइ दिन्न अब :D
 
Posted on 09-07-06 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम!!!!

लु सब जना त्ये चीया मात्र खा'र बस्या र'चन । लु मकै भाँचेर ल्याए के रे पोलेर खान पर्यो। आगो बालेओ पनि छैन .... सबजना कुरै मात्र अरेर बस्चन मेलापात गर्ने बेला हरौचन ......लु मकै खोस्रदै गर कसैले कसैले पोल्दै गर म चै लागे ........

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters