[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 196139 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-15-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाईsssssssssssssssssssssss!
जन्मदिनको शुभकामना!
म भन्दा जेठो हुने probability 1/5 :)

हे हे हे चौतारीमा कसैलाई नभनेर अर्को गाउँमा धुनधाम मनाइराको रहेछ।
 
Posted on 08-15-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्तिको बाठो छ कुम्ले उमेर गै सक्या र'छ भन्छन भनेर सुटुक्क मनाइरा'को होला नि अर्को तिर

भउतेलाई के विधि दु:ख दे'को हो नि पु्न्टेदा ले त्यस्तो ।
भउते वावु होस त्यो नरा्म्री
काली !!
ख्याँचि !!
भुन्टी!!
झ्याउरी !!
लुरी !!
जुरेली लाई ----जासुकै जाओस के ----तिरुले भन्या जस्तै भंगेरी खोजुम्ला ल!
 
Posted on 08-15-06 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज दिनभरि खोजिरहे नि त्यहि भेळीको झोला ।
का"राके राखे जस्तोला्थ्यो? चौतारीमा आ'र था"भो ।
फेरि यि दादा के जाति भडुवा निक्लिनु भे'छ ।गाउँ घराँ सानो तिनो कुरो त छरछिमेक ऐचोँ पैँचो गरेर नि त टर्छ नि । गाँउ घरका साना साना भूरा भुरिलै चोरेर ल्याओ भनेरा सिकाउनि के फेरि।
अस्ति हाट ग'को बेलाँ देखेकिथिम के रे मैले नि। "सेलरोटी पकाउने भन्छे मास्टर्नी नानि तिम्रो भाउजुले -- त्यै भ'र भेली किन्न आको" भन्दै हुनुहुन्थ्यो॥
पाउनु भ'नछ कि के हो ? फेरि चोरी गर्न पर्दा हो त? पैँचो मागेको भे'त दिन्थिम के रे हाम्ले नि ।
बरा कुम्ले लै पो अइले आ'र दोष लाउनि

:D:D:P
 
Posted on 08-15-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब जी, मिसले दिन चाहि ठिक लेख्नु भाको हो, तर साल अलि मिलेन। तरपनि २-४ बर्षले जेठो कान्छो नि के जेठो कान्छो? एउटै उमेर को भन्नु पर्ला हे हे हे।

गोपिनीको कुरो चाँहि यहाँ भन्नु हुन्न, गार्‍हो पर्छ। हैन मेरो नाम नै त्यस्तो छ कि के हो? जल्ले नि मलाई त्यस्तै ठान्छन् भन्या कसैले पनि "सोझो छ कुम्ले" भनेनन्, के भाको होला? :पि

अब जिम्माल बाले पनि कुम्ले दाई भन्न थालेपछि, सकिएन त? अनि जन्मदिन नलुकाएर के गर्नु?

मिस के भन्नु भा'नि त्यस्तो? जस्तो भए नि जत्ति उमेरको भए नि हजुरकै भाई हुँ क्यारे! अब त मेरो उमेर घटाउने होला कि??

त्यो छ नि शम्भु राई को गाना
"उमेर फुल्यो बैस फुल्यो
यो मन फुलेन....." भन्ने, त्यस्तै हो :डि

********************************************************************
हा हा हा!! हो भन्या मिस, म सोझो लाई "तैँले चोरिस" भनेर।
 
Posted on 08-15-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शंकाले लंका खान्च भन्चन्; लहै एउडाले आर्कालाई शंका गर्नी काम चैं नगरम्। कल्ले चोर्या हो, सिधै भनम्। नियाँ निसाफ हामी दिम्ला - पैलो चोटिलाई माफ हुन्च। इज्जत फाल्नी गुन्द्रुकको झोलमा भन्या' जस्तो - पुस्टकारीको विषय लिएर धेरै हल्ला खल्ला नगरम्।

जाइन्जो, हाम्री मास्टर्नी दिदी पनि कस्तो भन्या (फेरि फिल गराइदिन्या हो कि?), भउतेलाई जुरेली नै चाइन्च। भउते अस्ति हाम्रो मेलाँ आ'थ्यो। भन्थ्यो, "हेर गालउ यो जिन्दगीमा दुईचोटि रोइयो। पैलो चोटि, ठगेले ढुङ्गाले हानेर टाउको फुटाइदिंदा। दोस्रो चोटि, अस्ति झन्नै जुरेली भनेर अर्कीलाई सिन्दूर हाल्दिंदा। क्यार्नी सानै देखि पिर्ती बसेकी मान्छे - माईको थानाँ (मनकामना मन्दिर) गएर त्यसैलाई ब्या' गर्नी कसम पनि खाइयो। मैले अर्कीसँग, अँझ उसकै बैनीसँ, ब्या गर्न ला' भन्ठानेर जुरेलीले कति धिक्कारी होला।' भन्दै दुख पोख्थ्यो। अब, आफ्नू पनि मन गरुङ्गो भ'र आयो। अनि मैले पनि भन्दिएँ - "हेर भउते, पुन्टेले सारै अन्याई गरे। मान्छे भ'र अति गर्नू; अतिचार नगर्नू। म पनि पन्नितको नाति हुँ। तिम्रो र जुरेलीको ब्या' गर्दिनी जिम्मा मेरो भो।" जाइन्जो, त्यै भ'र म यस्सरी तम्स्या हो।
 
Posted on 08-15-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालउ, जुरेली हाम्रो घराँ आम्दैछे भोलि, तेइ बेला पारेर भउतेलाई नि बोलाम्नु पर्छ अनि सट्याक सुटुक तिमि मन्तर फलाक्नु भउतेलाई चाइन्जो मेरो पुरानो पटुकाको लगन गाँठो बाँध्न लगाम्ला के रे, २० मिनेठाँ काम तमाम अर्नु पर्छ, कराम्दै नहिँड्नु नि फेरी भित्ताको नि कान हुन्छ भन्छन फेरि पुन्टे दाईको कानाँ कुरो पुग्ला। अनि ब्याको काम चलुन्जेल म पुन्टे दाईलाई ले'र धोबोनिकाँ तिनपाने धोक्न जाम्ला तिमेरु कुरा मिलाम्नु!

क्यार्न पिर अर्छौ कुम्ले, चाइन्जो कसैले "कति बर्खको भयौ?" भुनेर सोधो भुने "एउबाजी २० बर्खको भा थेँ" भन्नु र ङिच्च दाँत देखाम्नु अनि हुन्छ। म तेसै अर्छु :)
 
Posted on 08-16-06 3:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन जुनिको कति रिन खा’को रईछु र मुईले नि यो भउतेको, खै? आफ्नो परान भुन्दा नि प्यारी साली उसैलाई दिंदा नि नानाभाँती अरोप पो लाउँच।

जुरेली आफैं चईं तो घ्याल्सीसँग कुरो मिला’र नाटक अरिछे त मुलाई के को दोस? यो गाम्मा मेरो नजर गढेको भुनेको मेरो भेना नै हो के रे, उसैले भउतेसंग जाऊ भुने नि मरेनि जान्न लौ, भुनेर तो कोई पोई नपा’र छटपटेकी घ्याल्सीलाई फकाईछे। घ्याल्सी मोरी मच्चिने भईहाली पोई पाम्नि आसामा।

तो टिका लाम्नि दिन तेस्को मुख देख्दा मेरो नै सातै गा’को, लु! घ्याल्सी कै दिदी धोबिनीको च्यात्त्याऽऽऽ पेटिकोट कै कस्सम्! भउतेले था’पासि भाग्ला भुनेर २-४ जना भुसतिघ्रेहुरलाई नि ल्याकी रैछे! हन, ए भउते! तो दिन तिम्लाई र सिरेलाई भाग्नि बाटो देखाम्ने मै होईन भुने होईन भन, लौ! तिम्रो तो लंगडी ईलु कै कस्सम खा’र, लौ! ईलु को कुरा खोल्दिम् सारा गाम्लेहुरको सामुने?

जुरेली कठै कता लुक्न गईछिन् भुनेर मुलाई नै पर्नु पिर त परेको होईन, गाँठे! उनकी बुईनीलाई के के आईलगायो भुनेर यता जेठीले नि पाँच दिन सम्म खानै दिईन, ल! धोबिनी नभा’कि भए त मरिजाम भोका’र मरि सक्थें त्यत्निखेरै। तै घ्याल्सीलाई चईं था’होला भुनेर तेस्कि दिदी धोबिनीलाई फकाम्न लाएं। तिम्लाई चईने नयाच केटो आ’छ गाम्मा, नाउँ फुलौरे हो रे, खूब लायकको छ, उसैसंग मिलाई दिम्ला भनेसि फक्कि हाली।

रातको बेला के रे। कता कता लई, कस्को घर पुराई, पत्तै लागेन। औंसी नि परेच तै रात, दुई कदम अघिको द्रिस्से चिनम त मरिजाम! मट्याङ्‌री, च्याँसी, हेर्दै उल्टी हरन झैं लाग्नि काली दैतिनि भएनि घ्याल्सीको नजर चईं कडै र’च। कता कताऽट कस्को घराँ पुराई अनि यईं लुकेछि जुरेली भुनेर देखाई। को जवान कटो थो के रे, म त चिन्दिन, तर भेनासंग केई नहुने भए भउते भुन्दा त यई केटो संग पोईला जान्छु भुनेर पसेकी रे तो घर! सहराँट ईस्कुले छुट्टीमा आ’को भन्तो के रे, पडाम्नी काम अर्छ रे। केटकेटीलाई होईन रे, ठुल्टुले भएका जवान केटकेटीलाई तो के जाती हाँरो गामको ईस्कुल भुन्दा नि माथि पुगेला लाई पडाम्च रे बुनेर सुनाई।

औंसीको मद्दे राताँ त्याँ रनाको मच्चाम त फेरि माउबादी भुनेर कताऽट आफैंलाई खुत्रुक्कै पार्ला भन्नि डरले जो सुके होस्, जे सुकै अर्न परोस्, ऊज्यालै भएसि हरम्ला भुनेर ढुकेर बसें मु नि।

मिरमिरेमा अलि अलि देख्न थालेसि त घर पनि चिने चिनेऽऽऽ जस्तो लाओ।

भाले बासेसि एकेछिनाँ आवाज आओ के भित्राँट। कान थापेको, कता चिने चिनेऽऽऽ जस्तो स्वर लाओ फेरि।

“हेर, जुरेली, तिम्रो भेना, भउते, सारा गाम्ले हुरले हाम्लाई अब य्हाँ त बाँच्न दिन्नन्। अहिले नै बरु भागी हालम् सहर। राम्रै कमाउँछु के रे। बिस्सोबिदालईको तलब बाहेक टिसनबाट नि आउँच पैसो। फेरि, यस्सो चाडपर्व परे बेला पुजा सुजा अरेर नि दख्खिना बटुल्छु। अब तिमी मेरो, म तिम्रो भई हालेम के रे। सहर तिरै मरम्ला काल आएसि। य्हाँ चईं बस्न हुन्न।“ रे!

आँखा च्यात्तेर, खप्पर सुन्नेर, कान रन्केर, नाक फुल्लेर, आङ् नै फन्केर को रईच तो चिने चिने ज्सतो बेवकुफ भुनेर ढोका सोका डड्याम् डुडुम् फोडेर भित्र गएं म नि! जुरेलीलाई काखाँ सुम्सुम्याउँदै अरेको बज्जे त ट्वाँ परेर, “पुन्टे दाई?” भन्दै तर्स्यो!

तेस्सिम्या तो सहरको हुर्की सकेका केटकेटीहुरलाई संस्किरित पडाम्नि जागिर पा’छ रे भुनेर सुनेको तो सुदर्सन पन्नितको नाती गालउ पो!

परभुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! नारन, बज्रङ्गबली!
 
Posted on 08-16-06 3:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khititiii............khititiii............khititiii............khititiii............

:-)

Lau na bhunya poonte daai bhayena yasari ta kati baraliyera matrai hidnu, gharjam garnu paryo bhunya.
 
Posted on 08-16-06 5:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठोकम ठोकम्, पुन्टे दाईको दाँत झर्ने गरेर ठोकम ।
मेरो पनि हात चिलाई रा' छ ।
जन्ती गाको दाँत तिखारेर यो भौतेको, काँ झन्डै मारेनन बजिया हरुले ।
कस्तो रैचन यि दाई भनाउँदा पुन्टे ।
अरु पनि छन यो चौतारीमा दाँत झार्नु पर्ने मान्छे हरु ।
लिस्ट बनाउँदै अरम है त इच्छुक् ब्यक्तिहरु।
मेरो लिस्टाँ फलाना फलाना को नाम छ
१) पुन्टे दाई
२) चित्रे
३) कुम्ले
४) दादा ब्रो
 
Posted on 08-16-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्ते तपाईं को नाम चै #५ मा राखे ।
ल म हाजिर गरे
रोल्# ६ ठुलिईईईईईईईईईईईईईईईईईईईई
हाजिर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
 
Posted on 08-16-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन लास्टाँ आएर त गालव पो? लौन लौन लौन नि सकिन, के भा हो दुनिया?
 
Posted on 08-16-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी के भो ? आर यौ ओके ?
 
Posted on 08-16-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी माथि सबैजनाले लेखेको पढ त, पुन्टे दाईको कुरा हेर त लास्टमा गालव रे सबै कृयाकलाप गराउनी त, खै आमाले पुन्ट्या कुरा पत्याएर नि हुन्छ भन्नुहुन्थ्यो पहिले पहिले। अब के हो के हो खै बुझ्नै गारो भो।
 
Posted on 08-16-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले लाई जन्म दिनको शुभकामना ।

आज गाम्लेहरुले कति हसाएका :D

ठुल्नानी के छ ? :)
 
Posted on 08-16-06 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि ठुल्नानीले केहि नपढेर हाजिर मात्र गर्छिन कि के हो? फेल हौली है नानु.... पढन सबै अनि मज्जाले हाँस ओ के।
******
मैले त्यसै गालि गरेको हो र त्यो जुरेली लै अझै गालि गर्न पर्यो
च्याखुरी
छुच्चि
धोकेवाज
घुस घुसे
:):)
कठै हाम्रो भौते वाउ(बाबु) च्व!! च्व!!
अइले आ'र था भो.....गाँठी कुरो..... गालव किन एस्तो अन्याय गरेको ह?????अझ पण्डित को नातीभ'र पनि
मलै था'थ्योके अब यि पुन्टैदा के लेख्नुहुन्छ भनेर...:)

****
के गर्छौ त प्रिती दुनिया यस्तै छ :D:D:D:D
 
Posted on 08-16-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् मैले पढे तर खै सपै गाम्ले हरु के के लेखचन बुझ्नै गाह्रो । मिस् मेरो सातोमा नि चित्रे ले पदिदिन्छ रे । उस्ले २ चोटि पढि सक्यो रे ।कन्थ भाई सकियो रे चित्रे लाई ।
 
Posted on 08-16-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस नानु हस
तिमीलाइ गाह्रो त पक्कै हुन्छहोला ठेट नेपालो भाषामा जो केखेको हुन्छ।चौतारीमा, गाउँघरको भाषा त्यो नि पूर्व देखि पस्चिम मिसिएको खिचडी जस्तो हैन त।
झन मेरो लेखाइ दुइथरि खिचडि मिसिएको जस्तो पो हुन्छ त ।एक ठाँउमा बोल्ने भाषा अर्को ठाँउको बोलिचालिको भाषा संग मिसाइ दिदो रहेछु मलाईनै थाहा हुदैन।
:D :D:D
 
Posted on 08-16-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईले चाँहि निकाल्ने हो कथा। हा हा हा।

ए मिस्टे! किन मलाई तिम्रा लिस्टाँ राख्यौ नि? झन मिलिजुली भकुर्नु पर्छ पुन्टे दाई लाई भनेको त। लौ म त ठिकै छ, हाम्रो चित्रेले चाँहि के भूल गर्यो नि त्यस्तो?? :डि

चित्रे, धेरै धेरै धन्यवाद है तिमीलाई, त्यो अर्को thread को लागी पनि यहिँ धन्यवाद दिन्छु है! अर्को thread लाई तल झार्न पर्‍यो।

ठुल्नानी, सान्नानी, मिस सबैलाई जदौ छ है मेरो!!
 
Posted on 08-16-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेब्रो लाइ उमेरको एउटा अर्को कुम्लो भिराइदिएछ जिन्दगीले --- अब जति बुढेसकाल तिर् लाग्यो उति धेरै कुम्लो थपिदै जान्छन के नी -- तै पनि मेरो शुभकामना। कुम्लो धेरै गरम भो भने भनम है एउटा लठ्ठी वा तोक्मा पठाइदिम्ला अर्को बर्ख।
 
Posted on 08-16-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरै कुराँ झन्नैले बिर्सेको। कुम्लेलाई सुभकामना के रे! धेरै खान पाएस, तितौरी नपाए घ्याल्सीको पिरेमले भिजेस। ठुल्बुईनीले भनेझैं, ह्यापी बट्-डे!
*******************************

"काली !!
ख्याँचि !!
भुन्टी!!
झ्याउरी !!
लुरी !!
च्याखुरी
छुच्चि
धोकेवाज
घुस घुसे"

लौ, ज-जसलाई मिल्छ एउटा एउटा रोज है केटा हो! म त लागें मुरली फुक्न। आज मेरास्टमी (किस्नास्टमी) रे, नाच्न पर्च गोपिनीहुरसंग! ;)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters