[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 196131 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-15-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गामको कसै को कुरो पत्याए त मरी जाम
सपै जना एकसा एक रहेछन कसको कुरा पत्याउने कस्को न पत्याउने । रणभुल्लमा छु म त
खै के खै के ठिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
अनि भौते मेरो साली म कसैलाई दिन्न, मै सँग राख्छु ।
कसैले आँखा लगाए आँखा निकालेर गुच्चा खेल्छु, त्यसको कंरगको गीतार बजाउ छु बुज्या हो । हा हा हा हा
लु कोइ छ ............................ :D
 
Posted on 08-15-06 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर सान्नानी र तितौरी सुरिएर हाम्रा घराँ जान लाएको!
हुन्छ जाउ बाबा जाऊ, हाम्रि आमा (जिम्माल्नि आमा) सँअ कुरो अर छोरोले बे अर्ने रे भन्ने सुनेर बुडि आमा खुसि हुन्चिन।:)

हेर फुलौरे, बरु मेरो घर हिँड, पित्रि भ'का बुडा बा आमा सँअ कुरो नि अरुम अनि तिम्लाई नि छरलङ्ग हुन्छ कुरो।
पर्दैन अब तिमिले चिन्ता नै नअरे हुन्छ। म छु,..... हेर्नेको आँखा झिकिदिन्छु, बोल्नेओ जिब्रो थुतिदिन्छu अनि छुनेओ हात काटिदिन्छु! ए रात्तै अलि अलि बुडो भएनि ज्यानमा ताकत त छ ए!!
 
Posted on 08-15-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीमा बिच बिचमा चुस्स छिर्दा त केहि पनि नबुझिने रै'छ। माल्दाईले के कुरा झूट बोल्नु भयो नि? बुढा मान्छे भएर नि त्यस्तो झूट बोल्छन्?? हे हे हे!!

सबै लागेछन् त हजुरकी जिम्माल्नीलाई कुरो पुर्याउन। लौ अब सत्तर्क भएर घर जानुहोस है। अस्ति न को जस्तो कुचोको झटारो भेट्नु होला नि फेरि। केटिहरुले लगाको कुरो हो क्यारे एउटा भन्न खोजेका हुन्छन् भरै कुरो अर्कै भएर कहाँको कहाँ पुग्छ। गार्हो पर्ला फेरि सम्झाउन। साँचि गार्हो काम हो है केटी मान्छेलाई सम्झाउन। भन्देको छु मैले।

लौ आज राति पनि चौतारीकै बास होला जस्तो छ माल्दाई को। त्यस्तो केहि परे मलाई बोलाउनु क्यारे बसेर फलाँस खेलम्ला १२ बजे सम्म अनि त तपाईलाई नि निन्द्र लाग्ला नि त्यो चौतारीमै। हे हे हे!!
 
Posted on 08-15-06 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर बिर्खेजिम्माल( माफ गर्नुस है -- सबैले तेहि भनिरा'छन ) अस्ति ए मास्टर्नि नानी मेरीजिम्बाल नि माइती ग'कि छिन घरमा एउ छिटो नि पानी नभे'र अनि पानी ल्याउन आको "भनेको के त पानी पधेँरोमा :D :D
अहिले,
आ'र नानाभाँति कुरा गार्दा काकाको जस्तो चाल होला है फेरि :D
 
Posted on 08-15-06 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यो कुम्लेको कुरा ,झन जिमोवल बा लाई फकाएर जिमोल्नी कहाँ पठाउनु त कहाँ हो कहां, उल्तो केही परे मलाई बोलाउनु रे फराश् खेल्ने रे, हि हि हि
 
Posted on 08-15-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चौतारीमा सबै रमाइलो गर्दै रैचन । आफु मात्रै बिजीओ । बल्ल फुर्सद् मिल्यो र् येता सितल् हावा खाना हाजिर् भये। ए गाम्ले हो भोलि को के कार्यक्रम् च। भोलि कृष्ण ज्यो को जन्म दिन्। चौतरिमा सबै मिलि कृष्ण ज्यो को भजन् गाम्ने हो कि। गम्ने हो भेने सबै जना लै खबर् गर्नु परो।

Happy butt-dayकृष्ण :P
 
Posted on 08-15-06 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले आफ्नु जन्मदिन हाम्लाई था' नदिइकन लुसुक्क पारी गाममा गएर मनाएजस्तो छ नि। तिरुलाई पनि भनेन?
 
Posted on 08-15-06 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदिनको शुभकामना छ कुम्ले!
 
Posted on 08-15-06 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! गोताएँ दाई,

धन्यवाद!

खोइ त्यस्तै पर्‍यो दाई, के गर्ने! (क्या गार्‍हो बाहना बनाउन) ठिकै छ नि एउटा खसी काटौँला कुनै दिन। हैन त दाई??
 
Posted on 08-15-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो कुम्ले काति चोटि जन्मिएको रे'छ एक वर्ष मा????

गौतमजी झुक्किनु भो कि ?? अस्ति अगस्ट ११ १९७.. भनेको सुनेकि थिए ।
 
Posted on 08-15-06 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मिस,
कत्ति चोटी जन्मेको रे?? लौ !! एक चोटिको यो जन्म त गार्‍हो परिसक्यो धान्न लाई। हे हे हे!!

धन्न त्यत्ति मात्र लेखिदिनु भयो त्यो अन्तिम अंक नलेखिदिनु भएकोमा धन्यवाद। :पि
 
Posted on 08-15-06 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्दाज गरेको नि... अssss ...मलाई त ७ संग १ जोडि दिन मनलागेको थियो :D
नभए २,३,४,५,६,७,८,९, मा एउटा त पक्कै हो

नढाटी भन त हो कि हैन ??
:D :D
 
Posted on 08-15-06 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ हो भने त यो कुम्ले म भन्दा पनि बूढो हुन्छ, हैन होला। मान्छे हेर्दा भख्खरको देखिन्छ, ओठ निचोरे दूध आउला जस्तो।
 
Posted on 08-15-06 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो मिस हो!!

हजुरलाई म के लुकाउन सकुम्ला र? अस्ति न स्कूलमा भर्ना गर्दा मेरो नालीबेली सबै सुनाइहालिन नि तितौरीले हजुरलाई। अब त्यहि हेर्दै भने भैहाल्यो नि हैन? हे हे हे!!
 
Posted on 08-15-06 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ परेन फसाद!!
अब गोताएँ दाईले मलाई दाई भन्न थाल्ने भए, क्यार्न आउनु नि चौतारीमा? हा हा हा
 
Posted on 08-15-06 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो मास्टर्नी नानीले "सेलरोटी पकाम्दाखेरि, अलिकति भेलि हाराओ कि जस्तो मानिचू"
भनिन् केरे. हट्टियामा चिनी नपा'र हो कि भेलि जाति हुन्छ भुनेर हो कुन्नि.
भेलि ल्याका रे'चन के.

आज स्कुलाँ कुम्लेले पुस्टकारी बेचेको खुसुखुसु.

"काँ'ट ल्याइस् यी पुस्टकारी सुस्टकारी? तेरा घराँ पुस्टकारीको बुटो छ? "

भनेर मैले मार सातो टिपेको त.

"हैन दादा! कसैलाई नभन्नुहोला. हिजो मिसको भेली चोर्नी मै हुम्.
तेसैको पुस्टकारी बनार बेचेको के. कट्टु किनेर लाम्चु्. माफ पाम्." भनेर भनो केरे अनि म नि हिने माली गाई धपाउँदै.
 
Posted on 08-15-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले-दाइ :-)

जन्मदिनको धेरै धेरै शुभकामना ल !

यस्तो कुरा नि बासी हुँदा सम्म लुकाउने। म त नबोल्ने के अब हजुर सँग । :-(




:-)
-भउते
 
Posted on 08-15-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle happy butt-day to u. :P
 
Posted on 08-15-06 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दादा के भन्या त्यस्तो? झन "मलाई एउटा सित्तैमा दिइस् भने भन्दिन" भनेको होइन? पुस्टकारी पनि खाने अनि मिसलाई पोल लगाउने? यो चाँहि मिलेन है। :-डि

भउते काजी,

धेरै धेरै धन्यवाद!

तिमीले नि मलाई BUGG नगरे यो बिदेशमा अरु कस्ले गर्छ नि? सार्‍है राम्रो लाग्यो कार्ड। :-)

ठुल्नानी धेरै धेरै धन्यवाद!!
अनि butt-day रे?? एकदिन एउटा इन्डियन साथीको जन्मदिनको पार्टीमा गएको थिएँ उनिहरुले त birthday को दिन butt मा किक हान्ने गर्दा रहेछन् के। हे हे हे
 
Posted on 08-15-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल मोजमस्ती, गफ-गाफ चल्दै र'च क्यारे गाम्लेहेर्को। यो एक-दुई दिन खेत गोड्ने कामले फुर्सतै पा' हैन भन्या। आज चैं यसो खेतालालाई पानी ल्याउनी बाहना गरेर आइपुग्याँ।

हैन कुम्लेजी जन्म्या दिन हिजो आजै हो? खै मास्टर्नी दिदीको कुरा अन्सार चैं, जाइन्जो, मैले त ठुल्दाइ भने पनि फरक नपर्नी र'च क्यारे! ल, किस्न-अस्टमीकै सेरोफेरोमा जन्मिनुभा' र'च; गोपिनी चैं कति सय छन् भनेर सोध्न मन ला'थ्यो तर भैहाल्यो। पछि सोधिरम्ला।
अनि, जाइन्जो, यत्रो उमेरमा नि पुस्टकारी बेच्दै हिंन्नी हो त गाँठे?

ए पुन्टे दाइ! भौतेमाथि ठुलो अन्न्याई गर्या र'चौ गाँठे! हाम्लाई चैं जुरेली भौतेसँग हिनी भनेर भन्या हैन? सक्कली कुरा त अर्कै पो र'च त। हैन जुरेलीलाई कहाँ लुका'छौ हो? महादेवले बाघको छाला' पोल्टाँ लुका' झैं गरी राख्या छौ कि क्या हो? त्यो अर्की थुसुल्लीसँ' ब्या' गर्देर भौतेलाई घात गर्न खोज्नी? ल खुरुक्क जुरेलीलाई चौतारीमा ल्याऊ र हाम्रै सामुन्नी दियो कलस पुजा गरेर कन्नेदान देऊ। अब, जाइन्जो, पन्नित काम आफैंले गरेर भने पनि यो ब्या' पार नलाई भएन।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters