[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 158107 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 02-23-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका भागने भए गाउँ छोडेर अब ।हिजो दादा को भोजा ए बुढो धेरै नधोक भन्दा मानेनौ।अहिले चौतारा मा जे पायो तेइ भनेर हुन्छ।
 
Posted on 02-23-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका, के सुन्न परेको हो यस्तो? कि मेरा कानाँ कानेगुजी धेरै भएर मैले अभाषी कुरो सुनेँ ? अब अर्नी जो हो भनि त लोकन्ते बन्न आम्ला केरे, हैन भनि र सउछौ भने बरु हातै हाल तर सौता त नहाल गाँठे काकीलाई ।

Keep rolling...
 
Posted on 02-23-06 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरि आमौनि गांठे, अगतिनै पारियो लौ। हैन कलिजुउ लाओ भन्ते हैच, सुनियो देखियो। ए बुडा अब बैत्रनि अर्नि बेलां, हैन किन जाग्याछौ? तेता तिम्रा गामतिर यार्सागुम्मा टन्नै छ कि क्याहो हं? बुडेसकालां नखानि कुरा खाअसि तेस्तैत हो नि। तादिनै, सिरेले कुन्नि के हो भिजेत्रा हो कि के जाति दबाइ ख्याल ख्यालां खाकाअरे, बरा तिन दिन सअ घरट बाइर निस्किन भएन लाले भन्ते। अब गाममा पसेआ रिकुटेले जे जे दिओ ओओओ खांदै हिडेसि हुनि नहुनि जम्मै हुन्च।
यि बुडालाइ अब क्यारनिहोला गांठे। बारा तेति जाति काकि को हत्ते हुनि भओ। ए बुडा धोबिआ कुत्ता घरकान घाटका हौलानि फेरि। बिचार अर है। हामि गाम्ले जतिले त गामका जान्नि बुज्नि सोचेया थिएमकेरे, आखिरिआ आर आज देखाउनि!
पल्ला गामतिर मुख कसरि देखाम्नि हो गांठे। यि सिरे फेरि, लोकन्ति र सोकन्ति भनेर उचाल्याछन फेरि। बिर्सेउ! बरा ति बुडि काकिले अस्ति ढकनि बनार गुन्द्रुकको अचारसित खानदिएको?
 
Posted on 02-24-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका को अहिले सम्म दर्शन भएको छैन, भरे आएर सबैलाइ मजाले गाली गर्ने हुन की । मलाई त डर लाग्यो भागनु पर्‍यो यो चौतारी बाट ।
 
Posted on 02-24-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडाले गरे जो काम हुन्छ त्यो सर्वसम्मत ।
छैन शँकरको नङ्गा मगन्ते भेष निन्दित ॥

काका भन्या यो गामका पाका (ठुला) मुन्छे । यीनले जे अरेनी कसैले केइ नभन्नी भए ! उल्टै सपैजाना डराउनी गाँठे ! सपैले यसै अर्दिएपसि त काकाले छ महिना पछि फेरी आर्की समेल्नी मेसो अर्चन कि क्याओ !:)
मनाँ ला'को कुरो भन्नलाइ म त डराउन्न, गए गर्दन जाला !आर्की लिखौटी ले'र आचन भने म त यी
नका घराँ ग'र पानी पनि खान्न त नि लौ, मुन्द्रेले बोलेपसि बोलो बोलो !! :)

अनि यो साइँलो पनि के भ को हो कुन्नी, तिनकै साइट ला'र बोल्नी ! कि यल्लाइ पनि एउडी भिडाइदिम्ला भन्या छन् र हो यी छटाका काका ले !! :)
 
Posted on 02-24-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी आँवै नि हो, के सारो झिमरी (बारुला)ओ गोलाँ जो हात हाले झैं भएच ए गाँठे हुन नि। के हो ए लंठू हो, बुडो मान्छेले मनाँ लाको कुरो नि अर्न नपाइनी, मनओ गाँठो खोल्न नि नपाइनी भन्नी छ? काँ को नियानिसाप हो यो? बुडाओ त मनै हुन्न, पत्थर जो हो, घराँ राम्री तरुनी स्वास्नी राख्नी रहर नि हुन्न भनेओ छौ कि के हो तिमुरले? हिँज सम्म तुरी देखाएर हिन्नि स्वाँठहुरले आज काकालाई नानाथरी भन्नी? पखओ तिमुरलाई! जानेओ छु नि पालो फेर्न बेला आएसी।

तिनी मास्टर्नी नानी त झन कान्छी ल्याए भनि काकालाई मुलुकी ऐन लाम्न पर्च, समाजै बाट जो बइस्कार अर्न पर्च, लखेट्न पर्च भन्दै हिनेओ छिन रे। गामओ महिला संघ की अदच्छे के भकी थिन तिनी अगिल्ला मैना, न्यादिसै जो आफै हुम झैं अर्नी। मेरी बुडीलाई नि आएर 'नडराम्नुस काकी, काकाले दायाँ बायाँ अरेचन भनि हामी छम। जुत्ता-चप्लीओ माला, कालो मोसो ठीक्क पारेर राखेओ छम' भनेर भन्तिन रे। मेरा इस्ट भन्नी कोइ रइन्चन यो गामाँ। क्यार्नु तेइ साँइलो र सिरे केटो मत्रै जो रैचन परेओ बेला आड दिनि, बुडो काकाका नि रहर होलान त के रे नि भनेर कुरो बुज्नि। तो मुन्द्रे नि के भको हो आजकाल? पैले पैले त जे अराए नि मान्तो। अइले त ज्याद्रै जो बाउँठे भएर निस्केओ छ। पख्लास तलाइँ!

तो लंके हो कि थाने भन्नी हेर्दै झल्लो जस्तो देखिनि लंठूले त झन भओ नभओ कुरो लाम्दै हिन्दै छ रे। तो आइनेफाँ काम अर्नि एउटी कुइरीसित बुडा सल्के रे, तेसै सित जो लाएर हिँडे रे भन्च रे। बिर्खे जिम्माल चैं फेरी 'अरुलाई के का धन्दा घर जवैँलाई खानओ धन्दा' भने झैं मेरो बोउसी झार्नि निउँआँ मेरै जो भाले काट्नी रे। अनौठै छ गाँठे तिनको चाल पनि!

हिँज चौपारीआँ कुरो खोलेसी गाम भरी जो ढ्वाङ फुकेचन के रे, आकाश पाताल पारेचन। बुडीओ कानाँ कुरो पुग्नि जो भओ। घर पुक्चु भन्दा त बुडीले त तमाशा जो अरि के रे। बुडी त जगल्टा फिँजाएर, भुइँआँ थचार्रेर डाँको छोडेर रुन्ची के रे। एउछिन त के अरम कसो अरम जो बनाइ। त्याँसी 'किन तेसो अरेओ छिस् ए डंकिनी? के को आजै जो राँड भए झैं अरेओ छिस? मलामी जो आउनी गराउलिस फेरी, चुप लाइहाल् त्याँ' भनेर बेसरी जो हकारेसि बल्ल छोडि।

त्याँट 'मैले के अरेओ छु र मलाई छोड्नी कुरो अरेउ नि तिम्ले ए मेरा खसम, ए मेरा स्वामी' भन्दै अनेक विलौना जो अर्न लाइ गाँठे। ए मेरी बास्सै, के सुन्न परो आज त भन्दै म त छक्कै जो परेँ। मुखओ छुरो भएनि भित्र त मय अर्न त छोडेओ रइन्ची बुडीले भन्नी भओ। तेति जातिबिति जो मय अर्नि भए किन तेस्तो थतुनो लाउन पर्नि रैच र हो? तेल्ले ज्याद्रै जो अरेसी चैं मेरो नि मन पग्लो के। त्याँट मैले नि 'तलाइँ छोड्चु भनेर त काँ भनेओ हुम र? तिनी गाम्लेहुर काँ का गतिला छन र? मुखओ मत्रै मीठा पो हुन के रे नि। तँ र म एत्रा बर्ष सम्म नि ढूकुरओ जोडी जस्तो मिलेर बसेओ देख्न नसकेर डाह लाएर पो तथानाम बोल्दै हिनेआ हुन के रे नि। कुरो बुजे पो त तँ लाटीले!' भनेर प्याट्ट एक लबेटो गालाँ हानेसी बल्ल फक्किइ। त्याँट हाम्रो कुरो मिलो।

हिँज राति त खानि बेला भाताँ नि एक डाडू तात्तातो घीऊ हाल्दि बुडी ले। पैले पैले त घीऊ माग्दा तेइ डाडूले जो थाप्लाँ हान्न खोज्ति के रे।

शुरुआँ त के दशा लाएर कान्छी लेउँचु भनेचु भन्नी भओ, बोले पासो जो भओ भन्नी भओ। तर आखिराँ गएर चैं जे भओ राम्रै जो भओ गाँठे।
 
Posted on 02-24-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो बुढो घ्यु खाएर राती काकी लाई दुख पनि देउ कि के हो बुढेस् काल मा पनि।
 
Posted on 02-24-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै भएछ काकाले कान्छी नल्याएको । बुडेसकालमा एसो बिहान उठेर भजन्-किर्तन गर्नु पर्छ । बुढा-बुढी मिलेर बस्नु पर्छ ।
जे होस हाम्रा काकाको बुद्धी पलाएछ । बधाई छ है!!!
 
Posted on 02-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ काका पनि त्यति सानो कुरा ( घ्यू खान नदिएको)मा यति सारो रडाँको मचाउने हो त ??!!!!!!! आफै निकालेर खाएको भए भेहाल्थ्यो नि ! मर्ने बेला 'गोरुले भिर खोज्छ, मान्छेले निहु खोज्छ' भनेको ठिकै रहेछ। उता---'अब त पहिले जस्तो होइन जे भन्यो त्यहि मान्ने' , नानी, आउन देउ तिम्रो काकालाई ६ माहिना जेल मा नपठाइ त के छोडुम्ला' बन्दै कराउदे हुनुहुन्थ्यो। अहिले आएर काकाले मलाई पो दोष दिनुहुन्छ। सम्झाउन त मैले सम्झाकैहो काकीलाई तर " जुत्ता-चप्लीओ माला, कालो मोसो " यो चाँहि काकीले नै भनेको हो।
अलि ठिक्क सबैलाई मान्य हुने खाल को बोल्नु पर्यो नि काका । 'जो अगुवा उहि नियम मिचुवा' हुनु भएन नि त

:)
 
Posted on 02-24-06 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकीले जे भने नि काकालाई नपच्ने रहिछ। यो उमेराँ धेरै घ्यू खाए कोलेस्टरोल बढ्ला, मुटुमा ब्यथा लाग्ला भनेर माया गरेर पो नदेको त। कुरो बुझ्नु छैन। जे होस कान्छी ल्याउने बिचार छाड्या चाँही खुशी लागो। लौ अब मिलिजुली बस्नु दुई जना।
 
Posted on 02-24-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान काकाको घरतिर'ट झ-याथेँ, पीँढीमा काका र काकी भर्खर भर्खर लप प-या जोडीजस्तो मख्ख परेर बसिरा'थे। यस्सो पसेर चिया खानुप-यो भन्ने लाग्या त थ्यो, तर यस्तो लप प-या बेलाँ के बिथोल्नु भनेर हिने म त। कतिञ्जेल सम्म हो र यस्तो, अब भरे बेल्कै बाझ्न बेर लाउन्नन् यी बूढा बूढी त!

 
Posted on 02-24-06 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका:

काला कुर्तैऽले ६ मैने जागिर खायाँ
काला कुर्तैऽले ६ मैने जागिर खायाँ
काला कुर्तैऽले

दैया म-यो आफ्नै कालले मै मरेँ सुर्तैले
हे दैया म-यो आफ्नै कालले मै मरेँ सुर्तैले
हे दैया म-यो आफ्नै कालले मै मरेँ सुर्तैले

काकी:

पहारामा सुन छ हात पुग्दैन लौरी छैन
पहारामा सुन छ हात पुग्दैन लौरी छैन
पहारामा सुन छ

अर्कालाई बुझाउने मन आज किन रुन्छ
ए अर्कालाई बुझाउने मन आज किन रुन्छ
ए अर्कालाई बुझाउने मन आज किन रुन्छ

काका:

तितो भो करेऽली टिपिदेऊ बेलौँती
तितो भो करेऽली टिपिदेऊ बेलौँती
तितो भो करेऽली

मुखले बोले बैलो भन्लान् झिम्काइदेऊ परेली
ए मुखले बोले बैलो भन्लान् झिम्काइदेऊ परेली
ए मुखले बोले बैलो भन्लान् झिम्काइदेऊ परेली

काकी:

सिरुबरानीऽले हात काटे बिसाउँछ भन्छन्
सिरुबरानीऽले हात काटे बिसाउँछ भन्छन्
सिरुबरानीऽले

अर्काकी छोरीको माया नमन परनीले
अर्काकी छोरीको माया नमन परनीले
अर्काकी छोरीको माया नमन परनीले
... ...

 
Posted on 02-24-06 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ ओरालो लाम्दो, म पानि टुप्लुक्क काकाआ घर पुगेँ। अनि यसो पिँढिमा बसेर झ्यालको चरबाट सुनेको त मझेरीमा काका र काकीको लप परेछ, ऊ बेला काकाले काकीलाई पट्ट्याम्दाखेरिको गीत गाउँदै नाचिराखेका।

"हैन के को रतौली हो?" मलाई आँफैलाई लाज नलागोस् भुनेर आवाज दिएँ।
अनि २टै साम्य भए र काकीले "अब काकाको जागिर छैन दादा मरिच राखेको चिया खाऊ!" भन्दै चिया पकाम्न थालिन् मरिच र अदुवा राखेर। मलाई र काकालाई मरिच राखेको चिया मुन पर्छ के।
काका भने गाईलाई कुँढो ख्वाम्न गोठतिर लागे।

म नि हिने गोरुलाई खोले ख्वाम्न। आज जोत्नी हो के।
 
Posted on 02-24-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो रातभरि कुरेर आज सखारै तेल पेलेर फर्किँतै थेँ बाटाँ कान्ला मास्तिराट घोइरो घोइरो गिद गाआ अस्तो माने। यसो एउडा ढुङ्गाँ खुट्टो लाखेर हेर्या त अँध्याराँ काका र काकीओ फेरि चाइन्जो लप पर्दै रेछ र मजाले गिद गाम्तै रेछन्। त्याँसि म नि काकओ दिमाखा भूत उत्रेच भनेर ढुक्क भ' र घरतिर लाएँ।

काकी-
अब त जाउँ क्यारे घर
भाले बास्यो डाँडैमा घाम लाग्यो

काका-
नबासे जूनपंखी भाले
लाउन दे जुग जाने पिरती

काकी-
आइपुग्यो बिहानि तारा
घरबारिको बैरि छ रेलिमाई

काका-
खाइ मिठो भैँसिको दूध
नखाई मिठो माया यो रेलिमाई

काकी-
अब त जाउँ माया रेलिमाई
बिहानी उज्यालो भैसक्यो

काका-
पारि पिपल वारि छ बर
उज्यालो भएर के भो र

काकी-
आज लाई बिदा देऊ माया
लाउँदैनौ र जुग जाने पिरती

काका-
बस बस नजाऊ छोडेर
लाउँला माया कम्मरै कसेर

काकी-
अब त जाउँ क्यारे घर
भाले बास्यो डाँडैमा घाम लाग्यो

काका-
नबासे जूनपंखी भाले
लाउन दे जुग जाने पिरती

 
Posted on 02-25-06 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेंशीघरे लोकेको चिया पसलाँ चिया पिऊँदै थिएँ, मुन्द्रेका मामा आईपुगे।
"मामा, कता हो त?" मामाका लागि चिया आडर (order) गरेर मैले सोधेँ।
"केटी हेर्न हिनेको गोताएँ भाञ्जा!"
"केटी हेर्न रे?!" पहिला त झस्किएँ म, हिजो सम्मको काकाको उपद्रो सम्झेर। तर यी मामा भने आफैलाईँ केटी खोज्न हिनेका नहोलान्।
"अँ हाम्रा मुन्द्रे भाञ्जा बाउ (भाञ्जा बाबु) लाई केटी खोज्नु परो भनेर हिनेको।"
"अनि मुन्द्रे त टुप्पी बाँधेर पढ्न थाल्या छ भन्या होइन? पढाई नसकी ब्या' गर्छ र तेल्ले?"
"पढाई त अब सक्किहाल्छ नि।" चियाको पहिलो घुट्को लिएर मामा बोले। "भाञ्जाले पुरान लेख्दै छन् रे। त्यो पुरान सकेसी' त पण्डितै भइहाल्छन्। सके नेपालकै एक लम्बरी (१ नम्बरी) पण्डित होलान्। कमाउन पनि राम्रै कमाउलान् भाञ्जा बाउले।"
"तो एक लम्बरी भन्दा त दुई लम्बरी (२ नम्बरी) भ'को झन राम्रो मामा। कमाई पनि धेरै हुन्छ। मेरो विचारमा मुन्द्रे त दुई लम्बरीनै बन्छ। पहिला खोपी-तास खेल्दानै दुई लम्बरी हुने पारा ल्याईसक्या'थ्यो। हुने विरुवाको चिल्लो पात मामा।"
"ठीक कुरा ग-यौ गोताएँ भाञ्जा।" मामा दंग परे। "माथि गाममा बढेका-लायकका केटी कत्तिको छन्?"
"जत्ति भने पनि छन् मामा। बरु आज शनिबार, सप्पै घरमै होलान्। मामा उकालो लागिहालेकै राम्रो।"
मु्न्द्रेको आजै उद्धार होस्! कुन चाहिँनीको निधाराँ लेख्या छ कुन्नि मुन्द्रे स्याहार्न!

त्यसपछि मामा आफ्नो दुई लम्बरी भाञ्जा बाउलाई केटी खोज्न गामतिर उक्लिए।
 
Posted on 02-25-06 1:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर त हाम्रा रकमी मामाले त गोतायेँलाइ नि झुक्याउन सक्नी र’चन ! के को मलाइ केटी खोज्न
हिन्नु नि ति बुडा ! तेतीकुरो मनाँ ला’र अर्दिनी भा त भैयाल्तो के रे नि, हुन गुन मान्नी थिइन मैले
क्यार्नु र ! :)

हिजो यी काका को गनगन था’पासी मामा सँ नि एउपल्ट भेटेर कुरा अर्न परो भनेर भेट्न ग’को, कुरो त
गोतायैँकै धेरै अर्न लाये मामाले । अब ब्या अरेको नि धेरैनै जो साल भएसको, सपै दामलीका २-३ टा
भन्ट्याङ भुन्टुङ पनि भैसके तै पनि यो गोतायैँको केइ सुरसार छैन । कइले कैले याम्कीसँ कल अरेर
हप्ता दशदिन घरै आम्दैन अरे पनि भन्ते । धाराँ पानी थाप्न जाँदा याम्कीका कुरा माइजुले सुनेइ
रचिन, “हाम्रा खसम त घरै आम्दैनन्, त्यै किरिम पाउटर दोकाना सदैँ आइराख्नी एउडी बत्तिसपुतली
सित यीनको सारै हेमचेम बडिच आचेल” भनेर रोइथिन अरे ।माइजु का कुरा सुन्दा त मलाइ नि कस्तो
कस्तो लाओ के रे । यम्कीले सन्तान दिन सकिन भनेर गोतायैँले आर्को उपाय खोजेया झैँ मान्या
रचन् हाम्रा मामाले पनि ! :)

अब तो बत्तिसपुतलीसँ अजै कुरो बड्न थालो यीनको भने त रा्म्रो नहोला, ब्या अरेर ल्याओ भने गाम मा मेलापात अर्न पनि सउतिन तेल्ले, के गरेर खाली र । याम्की सारै शिलकी छ के रे, दुइटी भएनी समेल्ला नी केटाले बरु बेलैमा राम्रो घरानकी काम अरेर खान सक्नी एउडी फेरी खोज्दिन परो केटालाइ भनेर मामा आज गामतिर उकालो ला’का हुन अरे, माइजुले तसै भन्तिन् ! काकासँ नी पक्कै कुरो अरेका होलान के रे । कस्ता
रकमी रचन यी मामा ! सोजो कुरो भन्द्या भे नी हुन्तो नि बरा गोतायेँलाइ ! :)

 
Posted on 02-25-06 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो मुन्द्रेले क्या'र्न यस्तो लाज मानेको होला? अब लक्का ज्वान (जवान) केटो भ'र पनि ब्या'को कुरा गर्दा 'मेरो हैन, फलानोको हो' भनेर हिन्छ गाँठे! के बर्मचारी (ब्रह्मचारी) बस्ने मन छ? अब ब्या' नग-या मुन्द्रे छँदा छँदै मामाले मेरा लागि केटी खोज्दै हिन्लान् त? गाम्लेले पनि पत्याउनी कुरो पो गर्नुपर्छ।
याम्कीसं आफ्नु लप झन झन बढिराख्या बेलाँ के के कुरा गर्छ यार यो मुन्द्रे पनि। पूरा पखराभरिमा हाम्रो जस्तो लप भ'को जोडी कसैले खोजेर देखाउन सके मार्दिनु ल! एक दुई वर्ष अलि कमाम् अनि भाण्टाङभुण्टुङ भेला पारम्ला भनेर याम्कीले भनी र पो त । बजारमा अस्थायी पाइन्छ के मुन्द्रे। यो मुन्द्रे विचरोलाई के थाहा स्थायी-अस्थायीको कुरो, भैहालो।

अब त्यो बेलाँ बेलाँ बत्तिसपुतलीलाई त हेरिन्छ नि (याम्कीनभ' बेलाँ) । नत्र लिष्टिक- पाउडरको दुकान चला'को के काम लाग्यो र?

कतै मामाले आफैँलाई केटी हेर्न पो थालेनन्? अचेल गाम्का बूढा जति बहुलाउन थाल्या छन्, के बेर?
 
Posted on 02-25-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धतुरेहुर,

सप्पैले चईनी शिबरात्री राम्ररी मानओ है । शिबबुटी खाओ, धुनी जगाओ, रमाईलो गरओ है ।

Happy Maha Shiva-ratri

Keep rolling...
 
Posted on 02-25-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिबरात्रीको दिन पारेर गाम्लेहरु सपजना हामी, पस्पति गएम।
जय पशुपतिनाथ प्रभो।।।

 
Posted on 02-25-06 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि दादा, भउते, सिरे, गोताएँ मिलेर चैं खोज्न थाले के रे माल ताल।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters