[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 217420 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-26-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख, म तिमीहरुका बा लाई पोल लगाइ दिन्छु यता चौतरिमा केटाहरुले रौसी खाएर धुमधाम मातिरहेका छन र मलाई जे पायो त्यहि भन्दाइछन है दज्यै। अनि हाम्रा दाज्यैको रिस ता तिमीहरुलाई थाहा भाकै हो क्यारे। अनि म खुचिङ खुचिङ गर्दाइ बस्ने छु।
 
Posted on 01-26-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त अब यसो चिया-खाजातिर लग्नु पर्यो, छोरो पनि उठ्यो केरे। अब केहि घन्टा पछि फेरी चौतरिमा गफ गर्न आउला है।
 
Posted on 01-26-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए छोरो पनि रैछ! म त त्यसै पछि लागेछु । :-)
 
Posted on 01-26-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै....हन के बिधि रमाइलो हो चौतारिआँ? एउ राताँ मुन्चे त चाइन्जो चौतारि ढाक्ने अरेर बढेचन् नि।
लाउरे दाई.. गाम मा आम्नु भाको म बज्जे चाइँ हिजो रातिओ 'तुच्च तुच्च' ले भुसुक्कै भएचु। मुगलानाट दाइ आको के चाइयो र अब। के के ल्याका चन, दुईटा झक्किको रातो भाले खोज्न भन्नु परो नमे लाई अनि लालेकाँट एउ जर्किन झोलनि ल्याम्न परो राति भाले रा झोल लगाम्तै लाउरे दाईको पल्टने कुरो सुन्नु परो। भनिआलेँ नि मुलाई त पल्टनाँ जान साह्रै रहर थ्यो। गाममा गल्लावाल आम्दा यि लाउरे दाई र म संगै छेकिन गाको, दाइ त पास भए केरे
आफ्नो त छातिओ नाप पुगेन भनेर फाल्द्यो।

लु गाम्ले भाषा बोल्न सिकाम्ने प्रतिध्वनि बाबु पनि आएचन्।
लु लु गफ चुटम रमाईलो अरम् म भेँसिलाई कुँडो हालेर आम्चु।
 
Posted on 01-26-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सुप्रभात यो राम्किस्ने को। लौ हो साथि हो आफ्ले त गाइ लाई तल को चौर मा लाईदेर आको। एसो तुरुप खेल्ने होइन भनेको। लौ अर्को भाका हाले।

लाउरे दाइ ले खुकुरि उदाको
पुन्ते ले धोबिनि कुदाको।।
 
Posted on 01-26-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसौली - वालिगं - स्याग्जां- पोखरा

दादा ब्रो, धेरै ठाऊ हरु छुटे जस्तो लागोनि मलाई त

खस्योलि (बुट्वल्)- सिद्बबाबा-झुम्सा- दोभान्-केराबारि-प्रवास्-ब्रतुङ्-तान्सेन्, पाल्पा
अनि फेरि

आर्य भन्ज्यानग ओरालो- पोखराथोक्-मदनपोखरा- अगाहखोला-राम्दि-मालुङा-बल्पूक्-गल्याङ्-बायटारि-भकुन्डे-वालीङ्

अनि फेरि

राम बाच्छा-छाङ्छाङ्दि, बयर्घारि, दहथूम्, हेलुइ, करेन्डान्दा, जैसि डादा, सूम्रे खोला, राङ खोला, स्याङ्जा बजार, सञ्ग्जा बजार चोउकि, प्रगतीनगर, फेदिखोला, नौडादा, पोखरा

La ta feri euta git ta gaaunai paro........

..बटौलिमा जानलाई आटियो, मिनिबस्को टिकतै काटियो, पोखरामा बस्मा चढओउला, बस्मा चडओल,

बटओउलिमा झरौला, तीनअऊ खोला सँगइ तरओउला।।।।।।।।।।।।।।।।।।

-------------------------------------

Kasaile tareko chha Tinau khola???????//
 
Posted on 01-26-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा, डल्लीले त हाम्लाई जँड्याहा बनाइछन। जाँडै खाए नि चेलीबेटी त्यतिसारो जिस्काम्दै
हिँड्ने चैँ हैनम है हामी। :-)

लाहुरे दाजु नि पाल्नु भे'छ। ए लाहुरे दाजु, एसो जिरा-मसला ल्याम्नु भाछैन?

लु अब कलबेरेक खेलम। ए आइते ! तिमी त्यै एउटो सुरतको बाद्सोमा गणेसमा बोलेको होला
केरे। त्यस्तो एक्लो बाद्सोमा नि भर पर्नी? , लु फाल अब। :-)

:-)
-भउते

 
Posted on 01-26-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो चौतारी त क्या हीट भएछ, यति चाड्चाडो बढ्दैछ, एउटा कुरा गरेर गयो, पछि आउँदा त आफ्नो कुरा कता हो कता हराइसक्ने भन्या। अनि पाउपुलेशन (population) नि ह्वात्तै बढेछ, नयाँ नयाँ अनुहारको दर्शन पाइयो। ल रामकिस्नेले राम्रो गीत गाम्दै रैछ। लाहुरे दाइ नि धेरै दिनपछि देखापर्नुभो।

डल्ली आन्टीऽऽऽ, नमस्ते है! हिजो तपैंको चौतारीमा खुब भनाभन पर्या थ्यो केटाहरूसँग भन्ने सुन्याथें, भौतेले खुब हैरान पार्यो रे हो तपैंलाई? दिनुस् न एक झापट चट्ट्याम्म्म गालाँ, अनि २२ वटा दाँत नि झरेर १२ वटा भएपछि ठीक हुन्छ आफैं!! अनि हाम्रो पोरगामर (programmer) ईकोसजी नि चौताराँ आज झुल्किनुभो नि, डल्ली आन्टीकै पछि लाग्या रे!!! लौ!!
 
Posted on 01-26-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या कस्तो हैरान बनाएका थिए यी केटाहरुले मलाई। लौ, अब तास खेलौ पनि भन्छन्, आफुलाई त तास खेल्न नी आम्दैन। जड्याह मात्रै होइन जुवारीहरु पनि रहेछन मेरा भदहाहरु।
 
Posted on 01-26-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आइते र भौते नि यतै रैछन्, के छ हो केटाहरू? भौते त तास खेल्दै रैछ, त्यो नि सुरतको एक्का फालेर जित्न खोज्दै रैछ। लौ म नि फाल्छु त्यै तास, कसरी खाँदो रैछ हेरूम् न। ल भौते मैलै नि फालें तास!!

 
Posted on 01-26-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते,
मैले तरेको छ तिनाउ खोला!
सिद्ध बाबा को थान तल बाट तरेको छ। चर्चरे(केराबारि भन्दा अलि उत्तर तिर हाइवे मा जाँदा) मा पनि तरेको छ।
अनि डुम्रेमा तरेको छ। डुम्रे त छुटाएछौनि? अनि बर्तुङ उक्लने बाँसटारि पनि छुटाएको? अनि नाउडाँडाको लगत्तै आउने
डरलाग्दो भालु पहरा नि छुटाएको? सम्झ सम्झ अरु नि होलान ठाउँहरु।
:)
 
Posted on 01-26-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बुढलाई त भदा नबन है डल्ली, हिजो यसो एउचिन जिस्क्या पो त।
लु तास बाँड मुलाई नि , भौते म्यारिज खेल्ने हैन? आफुलाई त माल परेको मजा लाउच क्यार्नु
:)
 
Posted on 01-26-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहुरले म सित 'हैन काका, यस्पाली भोज खान जानि हैन र?' भनेर अस्तिनै देखुन जो भनेओ भनै थे। यस्तायस्ति वनभोज सनभोज खान जानि कुराहुर मैले जो ताँजोपाँजो मिलाउनी अरेओ छु के रे केटाहुरका लागि बर्षेनी जो। हुन नि यो बर्ष त ज्याद्रै ढिलै जो भएच। सिरे केटोले 'काका, लौ केइ त अर्नै परो। यो त भैन्। लाउरेदाई नि मल्याट छुट्टी लेर आका छन। तिन्ले भोज खान जानि हो भनि एउटो चेंग्रो एक्लैले जो हाल्चु भनेआ छन्' भनो। 'ए लौ तेसो भए त काइदै हुनि भओ के रे नि गाँठे' भनेर भने।

त्याँसि सिरे र म भएर ठानाँ (police post) गइम्। क्यार्नि नगएर? पैले पैले जस्तो काँ हो र अव? तिनी कैं नभका माउवादी भन्नि डाँकाहुरले अर्दा वनभोज खान जान नि डरमर्दो छ के रे आजकल। खोलाआ तिराँ जमघट देख्दा पुलिसले माउवादी भनेर भुटे भनि त बर्बादै भओ के रे नि। तेइभेर पैले जो गएर असई सापलाई काँ जान लाछम के अर्न लाछम सप्पै भनिम्। असई सापले 'ठीक ठीक छ, तर रात नपर्दै जो फर्कन पर्ला' भने। 'हुन्च असई साप' भनेर भोजलाई चाइनि चिजहुर मिलाउन तिर लाइम्।

भोजाँ जान सप्पै जो आए। गोताएँ, मुन्द्रे, नमे, बिर्खे जिम्माल, दादा, साइँलो, नेपे दाजी, भउते, लाले, पर्देसी, जङ्गे, चित्रे, रामकिस्ने, आशे (Echoes) हुर सप्पै भएर आँधीखोलाओ तिराँ गइम्। मासुओ लाइ चैं अस्ति तरालीहुराट किनेको नमेओ चेंग्रो लएर गइम। तेस्को पैसो चैं लाउरे माइलाले पछि दिनि सल्ला भओ। केटाहुर कसैले चामल, कसैले आलु, कसैले नुनतेल के के लेएर आए। सिरेले चैं आफूलाई भनेर एउटो सान्सानो कुबिन्नो नि बोकेर आओ। तेल्ले मासु खान्न के रे। एउटो ठूलो गेलिनाँ कोदोओ रउसी ले‍र आओ लालेले।

खोलाओ तिराँ पुगेर समान बिसाएसि नमे, दादा, साइँला, आशे र चित्रे चेंग्रो काट्न तिर लाए। बिर्खे र भउतेले दाउरा झिंजा खोजेर आगो पार्न तिर लाए। अरुले आलुसालु पकाउन तिर लाए। ज्याद्रै जो रमैलो भओ। त्याँसि दिनभरि जो चेंग्राओ मासुसित सुरा लाइयो। गोताएँले फेरि यस्पालि नि धेरै जो धोंकेच के रे तो पर्देसीलाई 'मार्चु यल्लाई' भन्दै लखेट्दै थो। पर्देसी चैं बरा डरले चेत हराए झैं भओ थो। पछि चैं फेरि के भएच कुन्नि 'मित लाम त नि' भन्दै हातेमालो अरेर बसेआ थे दुइजनै जो। यिनी दुइटाले अलिअलि गडबड गरेनि अरु सप्पैले रमैलो अरे।

यसो रमैलो अर्दै बसेर दादाओ गित सुन्दै थिम्, जेठो लाउरेले खुसुक्क कोट्याएर 'काका, एउटो सल्ला अर्न पर्नि छ, एता आउनुस् तो' भनेर अल्ली पर ठूलो जूर (ढुंगो) भएतिर लओ। के रैच र हो भनेओ त जेठओले त मल्या तिराट लेएको काइदाओ रउसी खानलाई पो बोलाओ रैच। केटोले त अगिँनै जो खुसुक्क यता तिर आएर दुइटा शिसी बिकासी रउसी पानीआँ डुबाएर राखेओ रैच। पानीआँ राखो भनि चिसो भएर स्वादओ हुनि रैच। अव तेस्तो कुरो हाम्लाई के था? तेल्ले मल्या तिर जो सिकेओ होला के रे तेस्ता कुरा। जेठोले सिरे र मुन्द्रेलाई नि खुसुक्क बोलाएर लेओ। अव सप्पैलाई बोलाएर त काँ सकिन्च तनि पुराम्न यस्तो मङ्गो रउसी! मीठो नि के ज्याद्रै भओ भनि सितन नि नचाइनी रैच यस्लाई खान त। माइलोले लाउरका कुइरी तरुनिआ कथा हालेर ज्याद्रै जो हँसाओ गाँठे।

त्याँसी सप्पै मिलेर सिङगै चेंग्राओ मासु कुत्रुक्कै पारिम्। पछि खोलाआँ भाँडाकुँडा माजेर वरेर फर्किम। बाटाँ फर्कदाँ नमेले मादल ठोको। अनि दादा र बिर्खे जिम्मालओ गित र अरुहुरको तालीआँ गोताएँ र पर्देसी नाच्दै गाम आइपुगिम।

गोताएँ घराँ पुगेसी नि अजै नाच्दै थो...

 
Posted on 01-26-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तास पो खेल्न थालेछन चित्रेभाइ हरु! म त बिद्यार्थीलाइ नम्बर दिदै थीए। यो नेपालिएन जी ले ता १००मा १००% नै पाए नी अउरेजिमा त।
भाउतेजिका दाँत अब १२ वटा मात्र।!!!!!!!! ३बीस र १ हुनु भैसक्यो छ त
 
Posted on 01-26-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हतारमा लतार पो भएच गाँठे। लाउरे जेठा हुनु पर्निमा कैले जेठा कैले माइला भएच है।
 
Posted on 01-26-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त यतै छु नि चित्रे। यी यहाँ सिरेको नजिकै। म तास तिर घोरिएँ के रे। चित्रेले मलाई
देखेनछ। अनि त उता मेरा दाँत झार्न सिकाम्दै बसेको रच ल। :-)

चौताराँ त मेरो दाँत भागबन्डा अर्न थालेछनन्। काकाले च्याङ्रा नै ल्याछन् नि। त्यै
काटेर भाग बन्डा अर्नु नि। बिचरा मेरो दाँत, न त मकै झैँ भुटेर खान मिल्नु, न त कौडी
बना'र खेल्न मिल्नु।

ए चित्रे हाम्रा चेलीहरु नि चौतारोमा आउँदा आउँदा कुकुरकै पुच्छर जस्तो घुम्रीसके। फेरि
नानाभाँति सिकाएर। भोलि मेरा दाँत सक्किएसि फेरि पालो तिम्रै आम्छ के रे। दाँत झार्न बानि
परेसि त फेरि जो भेट्यो तेसैका झार्दै हिँड्नी हुन्छन है होस अर। :-)


ह्यात्तेरी म्यारिजका लागि ३ जोडी तास मिसाको, नछुट्याइकन कलबेरेक खेल्न थालेसि नि केको
हुन्तो। जम्मैले सुरत कै एक्का फाल्निभे' अब। बाँकी एउटो मास्टर्नी नानी सँग छ जस्तो छ,
उता तास मिलाम्दै मुसुक्क हाँस्नु भा'छ के रे।

डल्ली त जुट पत्ति बाहेक अरु क्यै खेल्न आम्दैन भनेर परक्क बटारिइन के रे, अझ हाम्लाई
जुवाडे भन्दै। तिमी पनि त खेल्छेउ नी जुट पत्ती। तिमी पनि जुवाडिनी भयौ उसो भए। हे हे हे

:-)
-भउते
 
Posted on 01-26-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ए काका - भोज त दामि भो गाँठे। च्याङ्रा त थियो नै, तेस्माथी माइला ले रातो भाले मज्जा को ल्याछ - काड ल्याछ ठि टोले? अनि माइलाई मलायाडी रोइ वान को चश्मा ल्याइ द या, केटोले भोजको राति लगाइदिएर कम्ति बद्नाम गर्या होइन। ए माइला, तो त घाममा लाम्ने हो के, भन्छु माने त के मरि जाम। लु त लु लगा भनेको त रातभरि त लगायो लगायो, सुत्दा समेत लगाएछ। सँगइ सुतेको सिरे र चित्रे राति तर्सेछन भुत भनेर।।

मलायाडी ल्या रौसी खान देको भौ इते, मुन्द्रे, काका, नमे, दादा, जङे/आइते सब्का सब भुस मातेर्। सिरे ले क्या नाम फेरि सुरुवाल मा पिसाप फेरि पठाएछ - धन्न आची चैन गरेन छ केटो ले।। दादाआ गित सुन्या सुन्यै भेछु म पुनि - कति खेर भुस भैइछ थाहा पत्ता क्या नाम छैन्।
 
Posted on 01-26-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जुट पत्ती भनेको के हो ???
 
Posted on 01-26-06 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुट भनेको त कपल नि । पत्ति भनेको तास । कपल मिलाउनि के । फेरि किंग संग कुइन होइन नि , किङग किङग मिलाउने ---तेस्तै तेस्तै । मैले अउरेजिया १००% पाए रे के , तेइ भर अउरेजि बोलेको ।
 
Posted on 01-26-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो म त भात पकाउन गए। भोक पनि लागिसक्यो , त्यस पछि हिन्दी फिलिम हेर्छु।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters