[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 180084 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-16-05 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे जवईँ

गहिरीको दाईँ त सकियो। बरु यो साझाको बर्खाले धान चै अलि हक्कुवा हक्कुवा भो कि जस्तो मानिचु। उता टारीको दाईँ चै बाँकी नै छ। सोँबार छ। फेरै वरीपरी मुन्छे राखेर
मज्जाले हम्किनु पर्ने छ, टारीको धान चैँ। अलि धेरै पोहोटा बसिच कि जस्तो लाग्याछ।
हजुरलाई नि दयँरा बोलाम् कि जस्तो लाग्याथ्यो, अलि टाढा पर्नु भो।

:-)
-भउते
 
Posted on 12-16-05 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे गुरु, डम्मर हमाल त सारै माजाका मुन्छे छन। आचल चइ एतै अउरिका तिरै छन। बिया चाइ मेरो साथिको बइनि सित गरेकेरे, मुन्छे मजाका छन। टि उ मा पडदा, डम्मर दाइ सित खुब हित्त चित्त मिलाइथ्यो। हक स्टिक भन्नि लौरो अनि लौरा टुप्पां चम्चा जस्तो भअको अनौठो अस्त्र लियेर रात भोरि जागाराम बसिन्थ्यो बा।

भौतेले दाइ हालेर आका, दाइ कास्तो अरेहुन! पराल कति भारि भओ?
गोरु काति नाल थिए साच्यै! मलाइ तेसै खस खस भअछ गांठि न गुंठिसित।
 
Posted on 12-17-05 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अव नेपेदाईले राउनितिका कुरा लेर आएचन्। सिरेले आफ्ना कुरा फलाकेसि अव राउनितिका कुरा नगरम् पो भन्दो रैच ए गाँठे! अब म अलिकति भन्चु अनि बन्द अरम्।

हाम्रा पालाँ नि तो कुमार गुरुङ भन्नि अखिलेले जितेओ थो। अव म चाहिँ तो सिरे जस्तो धर्मर धर्मर हैन, सप्पै भोट नेविसंगे हुरलाई हालेथेँ। कुन मुन्छे कस्ता हुन भन्नी त कुरै थेन मेरो तेतिवेला। अहिले सम्जिदा हाँसो उठ्नी कुरो तो वेला ममता र रचना भन्नी केटी मध्येआट दुइटा मात्र उठेकाहुरले नेविसंगाँट जितेका थे। केटी भनेसी अउसलका किताबे (Geek) हुरको नि तिन नेत्र हुनि रैच गाँठे! के अचम्म!

तेस्को केहि समयसि तो खुंखार बामनेता राधा किस्न मैनालीले लेखेको �लुटिएका दुई थुंगा फुल� भन्नि किताब पढेँ। भउतेले नि पढेथें भन्तो कतै अस्तिन। तो पढेसि मेरा आँखा खुले, अखिले नि मुन्छे रैचन् भन्नी था भओ। हुन नि नेपालको तो कालाँ जब काँउरेस र कम्नीस्ट कुकुर र बिराला झैं थे, मैनालीले दुइटा काँउरेसी भीम नारायण श्रेस्ठ र यज्ञ बहादुर थापाको वारेमा राउनितिक वृत्तआट उठेर जो लेखे तो मेरो विचाराँ मानवता को विलक्षण पर्दशन हो। अहिले आएर मैनालीले गु खाएनी म तिनलाई सधैं मान्नेछु।

तेत्ति हो भन्न मन लाको।

अव भउतेले दाँइ हालेको कुरो गर्चु भन्तो। मिलाँ जमुनि र सिरेका चर्तिकला सुनाएर हँसाओ गाँठे! अनि तो दादाको लास्ट फोटुले नि जातिबिति हँसाओ। नमे, तो साङ्लो भन्नी दिमागाँ आएन त के अर्चस्? सुद्दी हराओ भन्चस्? वैठाइदिमला बज्जेलाई!
 
Posted on 12-17-05 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका, भनेसि हामी त दमाली जो हईचम् कि क्या हो?

मेरो नि एउटा दाईँमा गोरु खेद्नी काम (interview) जस्तै छ केरे, २-४ दिन लुक्छु होला सईँहुर हो ।

Keep rolling...
 
Posted on 12-18-05 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(>(अखिल नेपाल युवक संघ)
संघ नै हो र सगंठन होला नि?

स्वभावत: अस्कलमा अखिल र टीसिमा नेविसंहरुसितै बढि सगंत र घुलमेल भओ।
अहिले जस्तो स्कुल देखुन नै अखिल र नेविसं प्रस्ट छुट्टिएर क्याम्पस छिर्ने जमाना थिएन केरे। क्याम्पसमै तटस्थ भन्ने कि राजनैतिक रुपले निस्कृय देखिनेहरु पनि धेरै हुन्थे। म नि त्यस्तै भित्र परेँ कि भनेको के हुन्थो चुनाबका बेलाँ जम्मै थाहा पाइहाल्नी नि। मिलेकोले साथिपुनी राता आँखा लाइहाल्नी।
जसले जे भने नि, साँस्कृति कार्यक्रम र भाषण त अखिलकै मीठा। मलाई त स्वतन्त्र विद्यार्थी मण्डल मुन पर्थ्यो, नामले के। जुडो कराँते नि सिकुम् कि भुनेर खोज्या पुनि हो। तर भेटिएन कोई पिनि अस्कलमा त। गफै त हो।)
 
Posted on 12-18-05 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-19-05 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी अस्तिसम्म राम्टिके (romantic) मात्तै थियो, अब त पोल्टिके (political) पनि भईसकेछ! ल ल साथीहरु, रमाइला रमाइला पोल्टिके कथा पनि सुनाम् है, सुन्दैछु। मंसिरभरि नाचेर बिताइयो, अब पुसाँ चटारो छ मलाई त। पुसाँ भित्र्याको बाली मिठो हुनी हो कि नहुनी हो!?
 
Posted on 12-19-05 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरीहुर अब जुनकुरो गरे नी गर्न त खास्साकै गर्नी हुन् तर यो चौताराँ चैं मायापीर्ति, नाचगान र दैनिक जीवनका दुखसुखका कुरा नै बढि जम्छन् है।
अब कुरो के भने, यस्पाली मेरो गहिरी खेताँ धान चुट्न भनेर खलो हाल्या छु। परार साल जस्तै राँको बालेर बाली भित्र्यौन नपरोस अनेर, यसपाली त सुख्रामे ले देश तिरा'ड लेराको मिसिन नी लाउन लाछु। कस्तो रमैलो खाले हुँदो र च त्यो। हेर्नी भे निम्तो छ है सप्पै लै।
 
Posted on 12-19-05 2:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मात्रै हो कि भनेको त सप्पैको चटारो रैच । तेइ भर पो आजकाल चौतारिआं सबैलाइ झुल्किन ट्याम तेति नमिलेको ।
अब रउनिति को कुरा अर्नि भने त म र भउते त एउटै ड्याङ का मुला परेम केरे ।
 
Posted on 12-19-05 2:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चटारो साँच्चै सपैको रेच। मु मात्त होला भन्ठान्या सपै आ-आफ्नो कामाँ रेचन। लु चटारोले अर्दा चौतारिआँ आम्न नि पाइएन पचि आम्दै अरम्ला।
 
Posted on 12-19-05 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



२X वसन्तका चीसा रातहरु पार गरी २X+1औँ वसन्तको चीसो रातमा प्रवेश गरेको उपलक्षमा हाम्रा चौतारीका एक फूल, दौँतरी भउते काजीलाई हार्दिक बधाइ तथा शूभकामना व्यक्त गर्दछौँ।


- दादा_गिरी


लेक फुल्यो लालि गुराँस
बेँसी फुल्यो टाँकी
अझैपनि बुढो भाऽछैन
सरुसित जाँ कि?

भउतेप्रति समर्पित!
 
Posted on 12-19-05 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भौते काजीलाई मेरो तर्फ बाट पनि जन्मदिनको धेरै धरै शुभकामना छ। अब धेरै चिसा रातहरु बाँकि नरहुन!
:)
 
Posted on 12-19-05 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२X वसन्तका चीसा रातहरु पार गरी २X+1औँ वसन्तको चीसो रातमा प्रवेश गरेको उपलक्षमा हाम्रा चौतारीका एक फूल, दौँतरी भउते काजीलाई हार्दिक बधाइ तथा शूभकामना व्यक्त गर्दछौँ।
--------------------------------------------------------------------------------------
भउतु यो बर्ष चाइ खेरे नजाओस, ठ्याम्मै सिंङो केटि मान्छे भेटाय ।
 
Posted on 12-19-05 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येसो तै पनि के हुँदै रैच भनेर चौतारीतिर के हे-याथेँ, भउते जन्म्या दिन पो परेछ त । धेरै धेरै शुभकामना तथा
यो साल भरि तपाईले चिताएको सप्पै पुगोस् ।

पुवा काट्नी गरिया छ कि छैन कुन्नि, काटेको पुवा खान आम भनि पनि ईत्तिले टाढै जो भईयो केरे ।

Keep rolling...
 
Posted on 12-19-05 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhakte le mero pani SHUBHA KAMANA.........................:=) naya thread shuru gare kaso hola Bhakte prati samarpit??


Once again SHUBHA kamana
 
Posted on 12-19-05 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, म पनि भौतेजी लाइ जन्मदिनको शुभकामना दिइहालम् न। यो वर्ख राम्रो वाली लागोस् अनि वाली काट्न सहयोग गर्ने यौटी पनि भेटियोस्।

अनि चौतारीमा भोजको पनि व्यवस्था पनि छ कि छैन हँ भौतेजीको तर्फबाट? छ भने चैं एकछिनाँ छिरौंला नि है फेरी!!
 
Posted on 12-19-05 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्कै ट्याम मा आ'चु लौ म पनि !

भउतु ! जन्मदिनको अवसरमा मेरो पनि धेरै धेरै शुभकामना छ है !

 
Posted on 12-19-05 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरि हो चाइन्जो बेल्का हाम्रा घराँ भौते काजी को जन्मदिनको भतेर खानु पर्च है। सपै लाइ चुले निम्तो च।
:)
 
Posted on 12-19-05 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भउते, यो काकाको नि बधाइँ छ। अब ब्वारी लेउनि तिर विचार अर्न परो। कति एक्लै बस्चस्? अव एउटी लिउनि, भन्ट्याङभुन्टुङ बनाइहाल्नि। अव ढिलो अरेर त जितिन्न के रे नि। जे भा नि नातोले काका हुम् के रे। भनेओ मान्।
 
Posted on 12-19-05 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला'घराँ आज पल्ला गाम का तरुनिरु बोला'र गीद गाम्न पर्च !दोरी गाम्नि हो आज ! केटा पाटीको अगुवा भउतेलाइ बनाम्नि अनि गीद गाम्नी !
ए भउते ! पल्ला गाममा मन पर्नी केटी कुन छ भन् त, हामी केटारू मिलेर ग'र घिच्यार भे'नी लेराम्चम् गीद गाम्न !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters