[Show all top banners]

SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 194474 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 02-03-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

copy & paste गरेको, घेरै त्रुटीहरु (typo) देखें अहिले । पछिल्लो अक्षरको बाईमात्रा ( ि ) अघिल्लो अक्षरमा लाग्न गएर कतिपय शब्दहरु बिग्रिएका छन्, सच्च्याएर पढ्नु है ?

किल्पत = कल्पित
पादिरयों = पादरियों

आदि आदि ।
 
Posted on 02-03-06 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी,

उर्दु गजल वार्णिक छन्द (भउतेको शिखरिणी छन्द जस्तै, तर केही उदार नियम पनि भएका) मा लेखिन्छ ।

- http://www.ebazm.com/beher.htm

गैरउर्दु गजल मात्रिक (?) छन्द (सबै पंक्तिहरुमा समान मात्रा हुने) मा लेखिएको देखिएको छ, वार्णिक छन्द कठीन हुने भएर होला ।

नेपाली गजलकारहरु माझ गजलको बेहर (मात्रा) गन्दा छन्दको भाँती अक्षर (letters) गन्ने कि गीतको भाँती syllables गन्ने भन्ने कुरा अनिर्णित नै देखिन्छ ।

तपाईले ८+८ (१६ सिलबल) प्रयोग गर्नु भएको देखिन्छ । यो बेहर सबभन्दा प्रचलित हो र साथै खै के कारणले हो सबभन्दा संगीतमैत्री पनि ।

म syllable गन्ने विधीलाई बढी संगीतमैत्री देख्छु । तर पुराना गजलकारहरु letters गन्ने विधीलाई प्रयोग गरिरहेको देखिन्छन् ।

बेहरबारे अधिक जानकारी शिरीष राख्छन् । उनलाई पनि सुनम् ।

*** ***

मलाई सबभन्दा बढि मन परेको शेर,

खन्याएको माया मेरो, अंजुलीमा अटेन कि?
छान्ने बानि भएकोलाई, अंजुली नि झुल भयो


अनि यो मिसरा (line) पनि दामी छ, माथिको शेरमा जस्तै अत्यन्त नौलो उपमा भएको कारणले समेत,

तिम्रो बैँश बाचा पढ्ने, सार्वजनिक तुल भयो
______
 
Posted on 02-03-06 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार कक्षामा कविता लेखेर पुरस्कार पाएको याद आयो । निरन्तरता दिएको भए त शायद यो धागोमा अभिब्यक्त पंक्ति र बुज्रुक्-सुझाबहरुलाई उचित ढङ्गले बुझ्न सक्ने थिंए होला । तर रमाइलै लागेको छ ।
 
Posted on 02-03-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छलफल भइराखेको रहेछ यहाँ। ल गुरुहरु, श्रोताको हूलमा म पनि छु है।
***************
बिर्खे जिम्मालको गजल धेरै राम्रो लाग्यो।
 
Posted on 02-03-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँलाइ स्वागत छ । केही sugggestions भए email गर्नु होला ।
मीठो

ढलक ढल हीँडाइ हाँसको भान हुने ।
मसक मस हँसाइ दीलको तान छुने ।
कमर त छ छीनेको बाघको लाग्छ जस्तै ।
रबी उदय सरी को चेहरा ज्योती उस्तै ।

घर बन दीन होस वा नीद होस वा उगँएको ।
पलपल मन उन्कै ध्यान्मा छ पुगेको ।
चरम चरम तुस्टी साट्छे आनन््द जो हो ।
भर जीवन त्यस लाई भुल्न सक्ने त को हो ।

हरर हर हावाको बस्न लाग्छ पृय ।
तबा त मन म्नैमा चाहना जग्छ पृय ।
हिम्शिखर उभे झैँ गोलगेडा जुटेका ।
चपक चप समाउ की क्यान होला उठेका ।

सरस रस हसीँलो पृयको बोल मीठो ।
तब त आहा समाधी पृयको कोल मीठो ।
हर तरह द्ययको चाल्को ताल मीठो ।
मधु सखर त के हो पृयसी माल मीठो ।
 
Posted on 02-04-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते काजि, ठिक कुरो गर्नुभो पुच्छर समाएर घिसारिनै पाए पनि कतै त पुगिन्थ्यो नि! :)

नेपे गुरु, धन्यवाद् छ र साथ साथै आभारी पनि छु म जस्तो भर्खर घस्रिँदै गरेको सिकारुको गजलमा एकछिन अलमलिनु भएकोमा! यस्तो प्रोत्साहन र खुराक पाएँ भने त म पनि केहि सिक्छु कि!

धन्यवाद् गौतम गुरु!
साँच्चै गजल ज्ञान बटुल्ने अमूल्य धागाहरु रहेछन यहाँ!
 
Posted on 02-04-06 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल खाशगरि पाँच गण मिलेर बनेको रहेछ: चम्चा-गण, शाषक-गण, नेता-गण, बिदेशी-गण
र जन-गण। अनि यी सबै गणका आ-आफ्नै रहर। मेरो अनुभवको यो सानो अर्को प्रयाश। :-)

:-)
-भउते

 
Posted on 02-04-06 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी ! तेत्रो बुट्टा भर्दा पनि यति ठूलो गल्ति देखिएन छ।

अन्तिमको छिचोल्ले लाई छिचोल्ने भनेर पढ्नुहोला है।
 
Posted on 02-04-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ चाहिँ एउटी भित्र्याएर घुम्टो खोल्ने रहर :):)

दामि छ भौते गुरु!
यो 'नितोल्ने' भनेको के हो गुरु?
:)
 
Posted on 02-04-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त थपडी मार्दै बस्दै ग‍-यो छु केरे, अब अर्को फेरि कतिखेराँ झर्नी हो कुन्तै ?

Keep rolling...
 
Posted on 02-04-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, धन्यबाद। रहर त आफ्नो पनि त्यहि हो, कहिले हो कहिले खै। :-)

त्यो "नितोल्ने" भन्ने हाम्रो स्थानीय भाषा परेछ कि के हो? । रस नै बाँकी नरहे सम्म पनि
क्यै आउछ कि भनेर तान्नुलाई नितोल्नु भन्छन के रे हाम्रो तिर। रस आउँदा सम्म त निचोर्नु
हुन्छ के रे।

झिंगाको खुट्टाको नौनी पनि "नितोल्नी" (अर्तात खिप्नी पनि भन्छन के रे सायद) भन्ने उक्तिलाई प्रयोग
गर्न खोजेको हो, सायद त्यो शेर अलिक प्रष्ट भएन कि कुन्नि।

:-)
-भउते
 
Posted on 02-04-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुद्ध अशुद्ध छुट्याउनुस्:
१. युद्ध
२. युध्द
३. युद्द

--- अरु चाहिँ श्री५ को ऐजन ऐजन ---
---
ओके
 
Posted on 02-04-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके दाई नमस्ते गरेँ है त। अनि धन्यबाद है, शुद्धा (शुध्दा :-)) शुद्धी को लागि। यो भाषाले सँधैँ धोका दिन्छ मलाई।
हिजो नेपे जी ले पनि सुधारिदिनुभएको थियो सान्दर्भिकतालाई। :-)। गुगलमा हेरेको त
तिनवटै प्रयोग गरेका रहेछन् झन् गाह्रो भो मलाई।

कैले काहीँ त अमेरिकनले "क" र "ख" एउटै भनेर पनि भा'को छ जस्तो लाग्न थाल्यो ( आफ्नो
खुबि नभएर के हा हा)।

हजुर त डाउटर भा' पछि त हाम्रो संगतै गर्न छोड्नु भो त ? :-) त्यसरी चटक्कै मायाँ
मारिदिनु त भए न नि। यसो चौतारी तिर पाल्नु भए नि हुन्थ्यो के रे। (यदि हाम्रा
गनफस्याङ गफमा आपत्ति छैन भने।)

:-)
-भउते
 
Posted on 02-05-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते प्रभो, हजुरको गजल लेखनले साँच्चैनै छलाङ मार्दै छ। ढाँटेको हैन। थोरै शब्दमा धेरै भाव दिएर गजल लेख्नु गाह्रो कुरो हो। हजुरसंग त्यो खुबी छ।
 
Posted on 02-06-06 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-06-06 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अग्रगामी छलाँङ ? :)
 
Posted on 02-06-06 3:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ चाहिँ फूलको साटो रहरै रहरमा उनेको यौटा माला लगाउने रहर ! :)
भउतु ! गोताएँ स्यानाले भनेओ कुरो मैले नि दोहो-याएँ है ! दामी छ ल !
 
Posted on 02-06-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुजी को त्यो गजलबाट नि:शव्द छु म त । नो कमेन्ट !!!


:-)>

ईश्वर
 
Posted on 02-06-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,
सबै गजलमा consistency (नेपाली शब्द सम्झिन सकिन) नआए सम्म छलाङ मारेको भनेर
स्विकार गर्न अलि गारो होला कि! १-२ वटामा लाटोको खुट्टा बाटोमा परेको हो सायद।
शिरिषजीको लगावलाई मार्ग दर्शक मान्ने र नेपेजीको दिनुभएको हौसलालाई आत्मसात गर्ने
हो भने क्यै अवश्य सिकिन्छ। सहपाठीहरुको "वाह वाह" को आफ्नै स्थान छ। पाठकहरुले गल्ति
र लेखाइको स्तरमा भएको गिरावट औँल्याइदिनु भए झन सहर्ष स्विकार हुनेछ। जे होस
प्रतिकृयाको लागि आभारि छु है।

दादा, समुन्द्र र ईश्वरलाई धन्यवाद।

प्रेम-बिछोडका बिषयमा धेरै स्तरीय कविताहर, गजलहरु र गीतहरु देखेकोले होला सायद यस
बिषयमा गरेको मेरो केहि लेख्ने प्रयास आफैलाई चित्त बुझ्दैन। अलिक अध्यन गर्नु पर्ने देखेको
छु। नेपेजीले माथि टाँस्नु भएको "मधुशाला" जस्तै केही कृतिहरु अध्यन नगरि हुँदैन जस्तो छ।
तै पनि यसो सुरुवात गरुँ भनेर अति सस्तो बिषयलाई समातेर गरेको यो झिनो प्रयास
तत्कालको लागि टाँसिहाल्न मन लाग्यो।


:-)
-भउते


खुसुक्क घर बाहिर गरेको बद्मासीको घरकी बुढी सँग बयान।

 
Posted on 02-06-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु,
मलाइ साझामा मैले लेख्न सुरु गरेको समय याद आयो।
"धुवाँ पिएँ, रक्सि पिएँ कहिले तिम्रो बैँश पिएँ"
यो पढेपछी म यति प्रभावित भएको थिएँ कि त्यसै त्यसै कबिता लेख्ने तिव्र इछ्या जागेको थियो। अनि गौतम जी को कबिता हरुले मन तानेको थियो। नेपे दाजू र शिरीष गुरुको त कुरै गर्न पर्दैन।
उस्तै छ यो पनि!!
जो सुकैलाई पनि एकछिन अडिएर सोच्न बाध्य बनाउने- 'गजल संसार हो र संसार गजल हो'!!
पहिले गुरु मानेको, अहिले माने गुरु!!!
:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters