हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ लुकि लुकि जिस्काउने। सर्सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।
अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।
"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।
"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।
"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।
"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।
"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।
"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।
"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।
"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।
"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।
"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।
"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।
"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।
"को उ?" सारा छक्क पर्छे।
"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।
CL, I am one of your silent readers. I am reading this story and following up everyday. Katha ramro chha. I will be waiting to read rest of the story. Keep it up.
"कहाँ कहाँको सगरलाइ तिमी आकाश हेरेर देख्छौ। म यहीँ तिम्रो छेउमा छु, तर किन तिमी मलाइ देख्दैनौ?" नीलले मुख्य प्रश्न सोध्यो।
नेहा बिचारशून्य भएर नीललाइ हेरिरही।
भाग-९
केहि बेरको मौनतापछि नेहा बोली।
"तिमीले ठिक भन्यौ, नजिक भएका केहि कुरा पनि महत्वपूर्ण लाग्दैनन्, अथवा जुन कुरा सजिलै पाउन सकिन्छ, त्यसको महत्व कम देखिन्छ। यो त मानबिय स्वभाव होइन र?"
"तिम्रो कुरामा म पूर्ण सहमत छु। पाउन नसकिने या दुर्लभ कुराले मान्छेलाइ दुख दिन्छ। अझ आफ्नो पहुँच भन्दा परको मानिस वा बस्तु अझै प्रिय लाग्छन्। किनभने तिनिहरु कहिल्यै आफ्नै हुन सक्दैनन्। अचम्मको नियम छ यो मनको पनि, जसको माया लाग्छ, उ अरु कसैलाइ चाहन्छ।" नीलले दाहिने आँखा झिम्कायो।
"त्यहि त! कहिले कहिं तिमीलाइ जीबन देखेर दिक्क लाग्दैन? कस्तो एकोहोरो समय है, कहि कतै परिबर्तन नहुने। उहि रुटिन, उहि एकरुपता" नेहा बिषय फेर्ने प्रयास गर्न थाली।
"त्यो त आफुमा भर पर्ने कुरा हो। यदि तिमी परिबर्तन चाहन्छौ भने त्यसको लागि आँट पनि गर्न सक्नु पर्छ। कोरा कल्पनामा बाँचेर जीबन रमाइलो हुँदैन।" नील परिबर्तनको लागि वकालत गर्ने वकिल जस्तै देखिन्थ्यो।
"तिमीले के भन्न खोजेको?" नेहाले नीलको कुरा बुझिन।
"हामी परिबर्तन चाहन्छौ तर त्यसको लागि आफु तयार हुन सक्दैनौ, हामीलाइ उहि पुरानो एकोहोरो जीबन मन पर्छ। नयाँ अबसरहरु ढोकामै बसेर ढकढकाँउदा पनि हामीलाइ उहि निराश जिन्दगी प्यारो लाग्छ।" नील अलि गम्भिर देखियो।
"नयाँ अबसरहरु सुख लिएर आएका हुन्छन भन्ने के ग्यारेन्टी छ र? के नयाँ अबसर पनि केहि दिन पछि उहि पुरानै ढर्रामा उदासी लिएर आँउदैनन् र?" नेहालाइ बिस्वास लागेन।
"हो मुख्य कुरा त्यहि हो! बिस्वास गर्न सक्नु पर्यो, सकारात्मक सोचाइ राख्न सक्नु पर्यो नयाँ अबसरहरु अरु सुखान्त हुन सक्छन्।" नील नयाँ अबसरमा जोड दिंदै थ्यो।
"भन्नु र हुनुमा फरक छ, शब्द र यथार्थमा फरक हुन्छ।" नेहाले आफ्नो ढीपी छोडिन।
"यही त दुख लाग्छ मलाइ! म तिमीसङ नजिकिन चाहन्छु, तिमी सगरको बहानामा टाढा भाग्छौ। म सगर जस्तो छु भन्छौ, मेरो माध्यमद्वारा तिमी सगरलाइ प्रेम गर्छौ। यो एकोहोरो यात्रा झन खतरनाक बन्दैछ। यसमा म असुरक्षित छु। म त माध्यम मात्र पो बनेको रैछु तिमी र सगरको पुनर्मिलनको। कत्रो बियोगको कुरा छ यहा?" नीलले गुनासो गर्यो।
"तिमीलाइ मेरो बारेमा के थाहा छ र?" नेहाले सोधी।
"तिमी हसिंली छौ, जब तिमी कुरा गर्छौ, मलाइ रमाइलो लाग्छ। तिम्रो मुस्कान धेरै आकर्षक छ। जब तिमी मुस्काँउछौ, मलाइ लाग्छ जीबन धेरै सुन्दर छ। तिम्रो आँखा पारदर्शी छन्। मलाइ लाग्छ, तिम्रो मनको कुरा आँखाहरु बताइरहेका हुन्छन्। तिम्रो खुशी, दुख सबै आँखामा देखिन्छ। यो भन्दा बढी अरु के जान्न जरुरी छ र?" नील सोद्धैथ्यो।
"तिमी बाहिरी आबरणलाइ मात्र हेर्दैछौ। तिमीलाइ मेरो बारेमा केहि थाहा छैन।" नेहा चिसी देखिन्थी।
"हामी किन सरल जिन्दगीलाइ जटिल बनाँउछौ हँ? मलाइ तिमी मन पर्छ। यही कुरालाइ किन लम्बाएर अनुसन्धान गर्नु पर्यो र? सत्य कुरा के हो भने म तिमीलाइ मन पराँउछु। स्वीकार गर्नु या नगर्नु तिम्रो कुरा। तर मन पराउनु मेरो चाहना हो। म तिमीलाइ म जस्तै एउटा साधारण मान्छे भन्ने बुझ्दछु। साधारण यस अर्थमा कि हामी मान्छे मा गुण, अबगुण, माया, दया, रिस, इर्श्या, लोभ, मोह सबै कुरा हुन्छन्। परिस्थिति अनुसार कहिले के देखिन्छन् कहिले के? म त्यसलाइ ठुलो कुरा मान्दिन।" नील प्रस्ट थियो शायद।
"तिम्रो कुराहरु मेरो बुझाइमा गार्हो बिषय जस्तो लाग्छन्।" नेहा भन्दैथी।
"त्यसो भए सुन, नेहा! यो समय तिमी र म छौँ, साथमा तिमीलाइ सुन्दर लाग्ने आकाश पनि छ। जुन, ताराहरु हाम्रो समयको साक्षी बसेका छन्। यो समय हिजो थिएन, भोली हुन्छ भन्ने पक्का छैन। अहिले जुन क्षण छ, यो पल अनमोल छ। म तिमीसङ मेरो मनको कुराहरु पोख्दैछु। यही नैं सुन्दरता हो यो समयको। यसलाइ म मनको एउटा कुनामा साँचेर राख्न चाहन्छु। जिन्दगीका सुन्दर पलहरुलाइ बचत गरेर राख्नु पर्छ।" नील खुशी देखिन्थ्यो।
नेहा चुप लागी, नीलको कुराहरुलाइ मनमनै बुझ्न खोजी, केहि बुझे जस्तो लाग्यो र केहि नबुझे जस्तो पनि। समय त नेहालाइ पनि रमाइलो लागेको हो सगरको संझनाले, नीलको मिठो मिठो कुराहरु। उ अझै सगर र नीललाइ फरक छुट्याउन खोज्छे, तर सगर आएर नीललाइ छेकिदिन्छ। अध्याँरो बाक्लिदैंथ्यो, उसले नीललाइ भित्र जाने अनुरोध गरी, भित्र सारा सबैलाइ केहि भनीरहीकी थी।
"नील! तिमीलाइ किताबहरु पढ्न रुचि छ?" भित्र पस्ने बितिकै साराले सोधी।
"किन? कहिले कहिं पढ्छु।" नील सजिलो जवाफ दियो।
"हामीहरु प्रत्येक पन्ध्र दिनमा "बूक-क्लब" को अर्को भेला गर्छौ, जहाँ हामी पढिएको किताब बारे छलफल गर्छौं। यदि तिमी पनि सहभागी हुन चाहन्छौ भने स्वागत छ।" साराले बूक- क्लबको बारे जानकारी दी।
"अबश्य ! तर यसपाली कुन किताबबारे छलफल गर्ने त?" नील ले सोध्यो।
"उदरिङ हाइटस्" भन्ने किताबबारे सुनेको छौ? त्यो बिश्व प्रसिद्ध प्रेम कथा हो "इमिली ब्रोन्ट" भन्ने लेखिकाले लेखेकी। हामी त्यही प्रेम कथा बारे चर्चा गर्नेछौ यसपाली।" साराले भनी।
"प्रेम कथा त रोचक नैं हुने भयो नि समय र परिस्थिति अनुसार। म अहिल्यै अमेजनबाट किताब किन्छु,आजैदेखि पढ्न पनि शुरु गर्छु।" नेहालाइ छड्के हेर्दै भन्यो नीलले।
"त्यस्तो हतार गर्नु पर्दैन, हामीसङ अझै दुइ हप्ता बाँकी छ, आरामले पढे हुन्छ।" सारा हाँसी।
नेहा "उदरिङ् हाइट्स्"की नायिका "क्याथरीन"को प्रेमबारे सोच्न थाली। यो उपन्यास नेहाले धेरै पल्ट पढेकी छे र उ हरेक पल्ट आफुमा "क्याथरीन" पाँउछे, अनि फेरि नेहामा हराँउछे।
क्रेजी, मलाई त एक्लै भाको बेलामा पनि त्यस्तो कुरा गर्न आउन्न, त्यो निल त क्या खतरा ! केटी लाई convince गर्न क्या गाह्रो लाग्छ मलाई । तपाईंको कथा पढे पछी सिकिन्छ जस्तो छ अर्को भागको प्रतिक्षामा !
म त अरबी मात्रै होइन, चाइनिज, जापानिज, कोरिअन, आदि इत्यादि केहि पनि भाषा बुझ्दिन।
होइन, यो stat लाइ धामी झाँक्रि लाएर उपचार गर्नु पर्ने हो कि क्या हो? केहि नि बुझ्दिन रे, मायामा सातो गाको जस्तो छ, हे हे हे।
बिर्खे चा,
तिमी कहाँ लुक्या हँ? खोइ त येसो कथाहरु लेख्नु पर्दैन? कथा चौतारीको शुरु गर न प्लिज।
राहुलदाइ,
जाँगर भन्या साथीहरुको मायाले गर्दा लाग्दो रैछ। अझ दाइले यस्तो करौडौंको कमेन्ट दिएपछि त झन झन लेख्न मन लाग्दो रैछ।
गुच्चा चोरले हँसायो! एक्लै भाको बेलामा किन त्यस्तो कुरा गर्नु पर्यो त, त्यो त दुक्लै हुँदा मात्र त हो नि। त्यति पनि थाहा छैन ? Convince गर्न माया गर्न भन्दा गार्हो हुन्छ नि।
यो फुच्चे चाहि कथा शुरु भाको छैन अन्त्य बुझ्न मन छ भन्छ। बssढ!
लौ! नेहालाइ पत्थर रे लहरेले। मान्छे पनि कहिँ पत्थर हुन्छ बौचा? छन्त आशे?
Hey CL long time how you doing?am a fan of your stories this one is also very interesting waiting for next read.wow thery are going to discuss abt wuthering heights eh hope Nil will not turnout to be like Heathcliff too much love n so much hate.
<<तिमीले ठिक भन्यौ, नजिक भएका केहि कुरा पनि महत्वपूर्ण लाग्दैनन्, अथवा जुन कुरा सजिलै पाउन सकिन्छ, त्यसको महत्व कम देखिन्छ। यो त मानबिय स्वभाव होइन र?>>
ओहो यो त मेरो पशुपती जस्तै भयो । कुरा त १००% ठीक हो । पछुताउने भयो तरुनी
<<यही त दुख लाग्छ मलाइ! म तिमीसङ नजिकिन चाहन्छु, तिमी सगरको बहानामा टाढा भाग्छौ। म सगर जस्तो छु भन्छौ, मेरो माध्यमद्वारा तिमी सगरलाइ प्रेम गर्छौ। यो एकोहोरो यात्रा झन खतरनाक बन्दैछ। यसमा म असुरक्षित छु। म त माध्यम मात्र पो बनेको रैछु तिमी र सगरको पुनर्मिलनको। कत्रो बियोगको कुरा छ यहा?" नीलले गुनासो गर्यो।>>
यो निल्ले आफ्नो ढोकामा अवसरले ढक्ढकाको सुनेन कि क्या हो , म त नेहाको माध्यम बन्न पनि तयार छु , निल बोकापन बाट ग्र्याजुएट भाको छैन जस्तो छ हेहेहेहेहेहे
<<हामीहरु प्रत्येक पन्ध्र दिनमा "बूक-क्लब" को अर्को भेला गर्छौ, जहाँ हामी पढिएको किताब बारे छलफल गर्छौं। >> कहा बाट बुक क्लब आयो हरे प्रभु !!!!!!!!
<<"उदरिङ हाइटस्" >> लौ लौ पहिलो उपन्यास चाँही दरो छ ।
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.