[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०८ ---

[Please view other pages to see the rest of the postings. Total posts: 586]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 283324 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-26-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०८ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 108 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!



चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-26-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-26-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हो रिठ्ठे त्यो मागी खाने भाडो लाई त्यस्तरि पिटेको?
अरु कता मरे खै?
 सुधा फुच्ची भैन्जेल् हल्ला गरेका थिए अहिले त भागेचन
हाम्रो ठुल्दाइ खै? अब बिज्ञापन सहित् आउनु हुन्छ होला
 
Posted on 03-26-08 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली पहीले नै भन्नु पर्ने नि आज मात्रै एक प्यकेट सकैयो ! तीमीले भने पछी त खैन्नथ्योनी!
 
Posted on 03-26-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-26-08 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-26-08 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि शरणम!!!!!
नाराने को भो? आज नि बाटो बिरायो?
अन्तरेजि लाइ नमस्कार् गरे है।


 
Posted on 03-26-08 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची भाभी दर्शन गरे है !
के हो हिजो आज त गीतान्जली सुन्न नि आउनु हुन्न तेती सारो? कल्ले चित्त दुखायो हाम्रो भाभीलाई भन्नुस् न मलाई-- म ठीक पार्दिहाल्छु नि !
लहरे हिजो बेलुका देखी गायब छ, ल भाभीले यसो खोज खबर गर्नु पर्‍यो अब !अन्तरे दाई पनि पलेटी कसेर बसिसक्नु भो उ, अब हर्के आइपुग्छ कती खेर मुढा ले'र !
 
Posted on 03-26-08 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Duplicate entry
Last edited: 26-Mar-08 07:26 PM

 
Posted on 03-26-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कस्ले चित्त दुखाउनु नि मेरो। कोइ छैनन् हो त्यस्तो। अब जिन्दगानी अलि अस्त-ब्यस्त भाको जस्तो भान् पर्छ कहिले काइं।
त्यो लहरेको चालामाला ठिक् देख्दिन म त। अब कसैले ठिक गर्नु परो त्यस्लाइ। सधै टोलाएर बस्छ, खाना नि माग्दैन, हांस्न नि हांस्दैन, केहि सोध्यो भने ट्वाल्ल हेरेर बस्छ। मैले त आजसम्मन त्यस्तो लक्षण भाको कुनै रोगबारे था' पाकी छैन। मदनवा नि टुपुल्केको देखेकी थिएं, अब अहिलेलाइ त्यै मदनवाको मा भए नि एक् तालि जचाउन नलगि नहुने भो।

रिट्ठे को के छ नि नयां हालखबार? घर तिरा'ट चिट्ठि कत्तिको आम्छ ? कि मान्छे नै आम्ने कुरो छ?
लु म अब लाग्नु परो भान्सा तिर, खाइवरी आम्ला गितान्जली सुन्न।


 
Posted on 03-26-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भनेशी लहरेलाई प्रेम रोग लाग्यो तेशो भए।
लौ मेरो फर्मायिश आझको
नेपाली: माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ : सञ्जय श्रेष्ठ (यो गीत चै लहरे र मेरो लागि)
मुटु छुने लुम्ले को हावाले मन छुने गाजलु आँखाले: गएक्को नाम बिर्सें
चैते दशै बाग्लुङे बेलामा ज्यादै माया बशो है ख्याल ख्यालैमा: गएक्को नाम बिर्सें
लुकी लुकी आँखा तिमी नजुदौ त्यसरी : धीरज राइ।

हिन्दी म यो गीत चै इस्पेसल्ली दुई दिन देखी गाएब हुनु भएका हाम्रो ज्यादै मिलनसार, हश्मुख मित्र लहरे को लागि
हिन्दी: सर्धी खाशी न मलेरिया हुवा, ए गया यारओ यिश्को लभेरिया हुवा। Film Raaju bangaya gentlemen

ईंग्लिशमा चै: 

wherever i roam where i lay my head is home : Metallica


 
 
 
 
    

 
Posted on 03-26-08 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया मेरी माया:



 
Posted on 03-26-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन कता गये सबै, के गर्छन यिनीहरु, सिङै खशी नै पकाउन थालेकी के हो? कत्रो बेर लाउने हो पकाउन खाननी, भन्शाको काम त आफु आधा घण्टामा नै सकिदिन्छु हो।

जाबो भात दाल तरकारी पकाउन नि पहाड नै भो यिनिहरुलाई, गर्नु पर्ने केही हैन फेरी।

 
Posted on 03-26-08 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riththe euta matrai bajyoni aaru khai?????
 
Posted on 03-26-08 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaaaaa aru geet khai bhanyaa, yaaha aafno gardhan nai dukhi sako tauko uthaudaa uthaudai..
 
Posted on 03-26-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लागे सबै, सुकला हुने बेला भोकी के हो? अब तातो भात पारीगो होला सबैको भुँडीमा, गएर घुप्लुक्क होकी के हो।
 
Posted on 03-26-08 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हर्के किन कराँ हो तेस्सै? तिउरा भन्सा सक्यो भनेर फुर्ती लाउछौ? ह्या हाम्रो भाडा चुलो तेसै छ, लु पख एउछिन, अब धन्ना गरेर आउछु ! बल्ल त खाइ सकियो ! लहरे लाई के भ'छ नि फेरी ? लु न हौ भाभी ले सम्झाइदिनु पर्‍यो !
 
Posted on 03-26-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालिन नमस्ते है सबैजनालाई !

आज हर्केदाइ मात्र चौतारी कुरेर बसेको हो कि के हो? सब कता मरेछन ?

मुन्छेलाई राम्रो बोलेर कहाँ निस्किन्छन त दाजु? कोइ छ भने निस्क, एक एकका दाँत झार्छु भनेपछि बल्ल प्वाक्क दाँत देखाउन आउँछन् के दा'।


 
Posted on 03-26-08 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रिठ्ठे कहाँ आझै भाडा माझ्न लागेको, तातो पानीमा भिजार राखे भयी हाल्छनी अनी भोली खानु भन्दा अगाडि धुनु क्या, म तेसै गर्छु।
नेपालमा जस्तो दुई चोटि भात, दाल खाने भएनी खाने बित्तिकै माझ्नु कि कसो, कि खाने गरेको छ बिहानै भात बेलुकै भात।
बरु लहरे मान्छे कयिदाको थियो, केही नबोली भनेको भनेको गीत बजाउथ्यो, आफुलैनी सजिलो, बश्यो सुन्यो।
 
Posted on 03-26-08 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो चै ज्याद्रो गर्छ हाम्रो भउतेले जे होश, चित्त बुझ्छ मेरो चै भउतेको कुरो सुनेर। बरु त्यो मैले माथि लेखेको गीत खोज खोज।
 
Posted on 03-26-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यि झ्याक्ने हरुको दात सात फुकल्नु पर्‍यो, सचिक्कै बा अत्ती भो यो त। पुरै घर नै खान थाले जस्तो छ अब चै।  
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters