[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 184969 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-07-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सही गीत सम्झनु भो। अर्को पनि छ, "चौतारीमा बसेर रुन पाऊँ, मनको पीर आँसुले धुन पाऊँ...." भन्ने। चौतारीमा छलफल चलाउनु पर्ला।
****************
बरु यतिखेर यो चौतारीमा हामी दुई मात्तै हो कि के हो? यता शनिवारको मध्यान्ह हुँदैछ। सुत्ने बेला भ' छैन भन्या तेता?
 
Posted on 04-07-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>ए चित्रे, "आउँछु" लाई "आम्छु" अनि "पाउछु"लाई "पाम्छु" त चले कै कुरा भो। चौतारी लाई चम्तारी त अति भो यार, हजम भएन। :p

हा हा हा ! अब "दौँतरी"लाई "दम्तरी" भन्न भएसि "चौतारी"लाई "चम्तरी" भन्न नि हुन्च कि भुनेर होला नि, है चित्रे! झुक्केछ बरा!

राखुम्, लु, बसुम्, मुलाई मुन लागो आदि सम्म त ठिकै हो हुँदा हुँदा हजुरले "भुनेर" "बुसेर" भुन्या बिर्सिनु भो?


गौतमजी,
मेरोमा नि आयो त्यो गीत। कसले राखेछ? चौतारीको वातावरण अनुसार दिनदिनै फेर्दिए सुनमा सुगन्ध हुन्थ्यो नि है। ल त नि १५ तारिक पैयुँका बोटमुनि बुसेर साके खाम् केरे।
मिल्यो भुने आम्ला। मिल्नलाई क्यार्च क्यार्च।
 
Posted on 04-07-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>एउटा राम्रो गीत चौतारी चिन्दा नै राख्न भन्नु परो। शुरुमा राके पछि त जति खेर नि बज्छ नि।
नाई! पेजैपिच्छे फरक गर्नुपर्छ नत्र त औडाहा हुन्छ। चौपारी भुनसि त लोकगीत नै बेश होला तर यो गीत पनि मिठो रेछ। मीठो भए देखुन अरु पनि चल्नर गरम् कि भून्या नि।
तर स्यानुखान्छो गुल्टेछ, कसले राख्छ है।
 
Posted on 04-07-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले अघिल्लो शनिवारबाटै थाल्या हैन हानामी? ल दादा मिलाएर आउनुप-यो।

यसपाली साके संगै मेरा हाइकु पनि खाने बनेका छन् साथीहरुले। हुनत आजभोलि नया केहि लेखिएको छैन पुरानै सुनाउनुपर्ला। धेरैजसो साझामा नआउने नै छन्, तीनका लागि त नयै भो।
 
Posted on 04-07-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste chha hai . chautari ma ramailo bhaira rahechha


:)

 
Posted on 04-07-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज सपै रेछन।
जदौ अरेँ है दादा, गोताएँ, भौते सपैलाई!
कान्छो छिटो ठिक हुनु र मजाओ लोकगितहरु टाँस्नु चौतारिमा।

हे हे हे चित्रे चम्तारि रे :)
 
Posted on 04-07-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु माष्टरनी नानी नि टुप्लुक्क आउनुभएछ!
नमस्ते है माष्टरनी नानी
 
Posted on 04-07-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी नानी पनि भो ! हाम्लाई पनि त्यस्तै नमस्कार गरेको हो कि के हो ? :P :-) :D

त्यसै हो भने त मैले नमस्ते फर्काइन हजुरलाई। :-)

बिर्खे-जिम्माल कता हो आजकाल, देख-भेट छैन नि। जिम्माल्नी आरामै ? :-)
 
Posted on 04-07-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठेर चिया पकाम्नी बनेको उठ्नै मुन लाग्दैन बा।
जदौ! बिर्खे भाइ!
जदट मास्टर्नी!
हेर, मास्टर्नी पनि क्रान्तिकारी छिन्। पारसेलाई तत्यस्तो भन्दिइन्। बुल्ल खायो।
---
 
Posted on 04-07-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हुनु भाऊते डियाँ चरार भर्खर फर्केओ म त!

दादा चियामा सुकमेल पनि हालुम है, मुलाई मन पर्छ क्या :)


झन सम्झ्यो रुन्छ मन
तल हेर्यो निला बन
माथि हेर्यो ठाडो भिर
पापिनीले पार्यो ठुलो पिर

 
Posted on 04-07-06 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गएचन फेरि गाम्लेहरु?

चित्रे-

हाSSS सपनिमा मायाले जिस्किँदा मायाले जिस्किँदा
मिठो बास आउँछ नि बिउँझिँदा
तोरि फूलको पात
अन्तै मन भुल्यो कि मायाको गर्नै छाड्यौ बात

मैना-

हाSSS अधुरो मन गुजार्नु पर्ने गुजार्नु पर्ने
सपनीमा देखेर के गर्ने
तोरि फूलको पात
अन्तै मन भुल्यो कि मायाको गर्नै छाड्यौ बात

चित्रे-

हाSSS चाहन्छु म मायालाई अति मायालाई अति
मेलापातमा लाएको पिरती
तोरि फूलको पात
अन्तै मन भु्यो कि मायाको गर्नै छाड्यौ बात

 
Posted on 04-07-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी बिर्खेले काँट ल्याम्चन् हँ नौला नौला गीत।
 
Posted on 04-07-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं १ नमे
एस मिसससससससससससससससससससस
 
Posted on 04-07-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अलि अलि काम गर्नु थियो र अड्डा पसेको, नेपालको समाचार हेर्दा हेर्दै दिन जाने भो!
 
Posted on 04-07-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए नमे दाइ,
रोल नं १ भनेपाछि, तपाईं त फस्टब्वाइ पो हुनुहुँदो रैछ? कति लम्मर ल्याउनुभा'थ्यो गाँठे?

गौतमजी, घर कतातिर परो नि? कि माझ्घरे (त्यही क्या च्युबुवाली) गौतम भन्ने तपाईं नै पर्नुभो?

भुलचुक माफ!
 
Posted on 04-07-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीकै ठम्याउनु भो गालबजी।
 
Posted on 04-07-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तै छ गोताएँ मेरो नि चाला, अड्डाँ काम अरेओ जस्तो अरो बेला बेलाँ घरको सम्चार हेरो दिन जो बित्छ!

दादा क्यार्नु गितै गित छन् साह्रै राम्रो लाग्छ अनि चौतारिआँ गाउँछु :)

भनिहाल्नुभो एउडा अर्को :)

चित्रे-

आफू त सानै उमेरैमा लाहुर
आहाSS रिति थिति केहि था छैन
चिट्ठिमा फोटो पठाउने नानीलाई
आहाSS यसपालि त नलइ भा छैन

मैना-

करायो कागचरी आंगनिको डिलमा
आहाSS भेट्न पाए मनको चरिलाई
साँचेर सपना बाटो हेरि बसे म
आहाSS चिनो राखौँ जुनि भरिलाई

(बाँसुरिको मिठो धुन)

चित्रे-

मुहारे हेर्दा चन्द्रमालाई हराउने
आहाSS मनको कुरा भन्ने पा छैन
भागेर जाने कि पन्चे बाजा बजाउने
आहाSS ज्यानलाई तिमी नभै भा छैन

मैना-

मनै भो सागर तिमी जस्तो पाएर
आहाSS लगन जुराइ लैजाउ शहर
बिताउँला जुनि तिम्रो सिन्दूर पैरेर
आहाSS तिमि भए पुग्छ रहर

 
Posted on 04-07-06 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, छिमेकी पो परेछम् त! मलाई त अहिलेसम्म थाहा पनि नभा' भन्या। यो हानामीको कुरा गराइले पो यसो शंका लागिरा' । दादाले अहिलेसम्म मलाई भन्दा पनि नभनेका।

तपाईंका तिर १५ तारिखमा शान्तिपार्क भन्ने ठाममा भेला कार्यक्रम रैछ। ल ल मोज गरम्। हाम्रा तिर पैंयू फुल्ने अँझै नामनिसान छैन। हानामीको लागि सिंगो १ हप्ता त कुर्नै पर्नी छ।
साँच्ची, जुलुसमा तपाईं पनि हिंड्नुभो कि? क्यार्नी, मोफसलमा भएसि यस्तो कार्जेमा भाग लिन गहारो हुँदो रैछ।

अस्तु :।
 
Posted on 04-07-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका भउतेजी कहि नपार मा हजूरलाई त्यस्तो भन्छु म??!!!
घर तिरको खबर सुन्दा आक्रोस पोख्ने ठाउँ त्यहि भेटियो के।

गौतमजी आर्या र भाउजुलाई कस्तो छ? छोरीले कविता चौतारी सबै बिर्साइ दिइन त?!! :)

ए नमे हुदैन यस्तो त ............ एस मिसससससससस भन्दै भागेर जादै .........
अर्कोपटक नि हाजिर मात्र गरेर भाग्यो भने नाम काटिन्छ है.
 
Posted on 04-07-06 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबजी कता हो? टोहोकु तिरै हो र?
जूलूशमा त हिनिएन, तपाईँले भनेजस्तै मोफसलवासी हुनुको पिडा छ।
पैयूँ फूलिसक्या देखिन्छ यता त। सबैभन्दा राम्रो दिन त भोलि हुन्थ्यो होला पैयूँ फूलाईको हिसाबले, तर सकेसम्म बैशाख १ को नगिच पार्ने धूनमा १५ मा पुगेको हो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters