[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 306097 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-09-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaaute daa ko ta haatko aaulaa ko kaap kaap ma dandifor aako cha re. ani hajur ni te haatai maa aako haatai maa aako bhanera geet gaai rakhnu bhaako bhara haat ma dandifor aayo ki bhanera ni.
 
Posted on 08-09-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चिठ्ठी पाको हो मामा? तो चिठ्ठी पाएपछी अरुलाई नि बाँड्दिनु है। यति गरेमा २ दिन भित्र सुनै सुनले भरिएको गाग्रो फेला पर्नेछ, हैन भने ठूलो अनर्थ हुनेछ।
 
Posted on 08-09-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल हरितालिके!

पाएँ आज बिहान। अनि के हो चिठि नि राति भुतले खाजा खाने बेलाँ पठाएछौ त! आजकल सुत्ने अरेओ छैन???
 
Posted on 08-09-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे, हरि मिसनानीको दर्शन् गरें, तारेमाम्।
मास्टर्नी नानी को कबिता, मेरि सबिता जस्तै। भावमा, गहराईमा चुर्लुम्म डुबे म।
 
Posted on 08-09-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेको गाडीलाई बाढिले छति पुर्याएको रहेछ, बोरे लाग्यो सुन्दा। Insurance ले cover त गर्ला नि।
 
Posted on 08-09-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डन्डिफोरको बारेमा केहि चर्चा-परिचर्चा-

१) आफूलाई आएको डन्डिफोर हो हैन स्योर गर्नु पर्छ।

२) ऐना मा हेर्ने। ऐना नहेरि आँखाले देखिने ठाउँमा आएको पिम्पल डन्डिफोर हैन। यस्ता पिम्पलहरु सिरियस केसहरु हुन जुन अन्त्यमा छलफल गरिने छ।

३)डन्डिफोरलाई सुम्सुम्याउने, चलाउने, फिल गर्ने र त्यसको सौन्दर्यमा एकछिन रमाउने आफैँलाई भुल्ने। केटा भए 'ठिटिले हेरेर डन्डिफोर आयो यार' भन्दै मख्ख पर्ने र कसैले नहेरे पनि आफुलाई च्वाँक लगेको ठिटिले हेरिछे भनेर दंग पर्न। केटि भए 'छ्या भाइ कस्तो झ्याउ भयो ठिटाले नहेर्ने भए' भन्दै ठुस्स पर्ने। विवाहित लोग्नेमान्छे वा स्वास्निमान्छे भए डन्डिफोरलाई बाल नदिने! आउँछ जान्छ के को ट्याँस ट्याँस!

४) डन्डिफोर जस्ता पिम्पलहरु ढाड र फिलातिर पनि आउन सक्छ, उमेर सरसफाइ र त्वँचाको प्रकार अनुसार। धेरै डन्डिफोर निचोर्ने बानि लागेकाहरु समेत ढाड र फिलाको डन्डिफोर तिर ध्यान दिँदैनन किन भने यो कपडा लगाउँदा लुकेको हुन्छ। यस्तो केस पनि सामान्य नै हो।

५) एक्युट भाउते डन्डिफोर सिन्ड्रोम- अत्यन्त सिरियस केस हो यो डन्डिफोरको संसारमा! आउनुहोस यो रोग को बारेमा डिटेलमा चर्चा गरौँ!

यसको चर्चा एकै छिन पछि-


 
Posted on 08-09-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghanti bajena gwaa gwaa :'O overslept gwaa gwaa :'O speeding tikessss paayo ......whaaaaaaaaaaaaaa whaaaaaaaaaaaaaaaa :'O :'O :'O

g'(bad)morning !
 
Posted on 08-09-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तिरु, के भाको नि तिमीलाई फेरी। भर्खर पून्टेको कुरा थाहा भएको थियो। कति बढीमा चलाएको थियौ लिमिट भन्दा?
 
Posted on 08-09-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru moriiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
 
Posted on 08-09-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठैsssss तित्तौलू!!!

अनि ढिलो भओ भनेर कति फास्ट चलाएको त???

यस्तो हुन्छ, इसिका नाम जिन्दगी!

लु अब चौतारीमा हुने कुराहरु पढ त्यस्त जाबो ब्याड मर्निङ गुड डे मा चेन्ज हुन्छ!
 
Posted on 08-09-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

speeding tikessss paayo re :O. mori bistarai gadi chalaunu pardaina ta.
 
Posted on 08-09-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु लाई तारेमाम
अनी हामी सञ्चै छौ?

 
Posted on 08-09-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तितौरी, क्यार्न तेस्तो हतार गरेको होला नि। अब यस्तै हो, अदालत तिर धाएर हटाउन/घटाउन मिल्छ कि? मैले त तेस्तै गर्या थें पोहोरै। मर्नीङ ब्याड भएनी दिउँसो गूड बनाउने अब
 
Posted on 08-09-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु नानीले त्यो टरक को पछाडि लेखेको पढेनौ वा पढेर बिर्स्यौ?
"बिस्तारै गए गन्तब्य पुगिन्छ, हतार गरे भन्न सकिन्न"। कहिले काहि कमाल को लेखेको हुन्छ, ट्रक को पछाडी।
जे होस्, अम्रिका मा टिकेस् पाउनु राम्रो मनिदैन रैछ। हाम्रो देशमा त्यहि टिकेसको लागि मारामर् हुन्थ्यो र हुन्छ नै। सिनेमा को टिकेस् बिल्याक चल्छ, हवाइजहाजको टिकेस त सोर्स फोर्स लगाएर पनि भएन भने दोब्बर तिर्छ।
लौ अब चौतारिमा रम्ने, मन मनै गम्ने। टिकेस् लाई तिर्दिने, अनै बिर्सिदिने।तारेमाम्।
 
Posted on 08-09-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी अब धेर नसोच, तो केस तेत्तिकै के जाति डिसमिस अर्छ अदालतमा, तेस्तो धेरै हुन्छ केहि भएको छैन। अब देखि अलि होस गर्ने नि। हुन पनि बिहान अलार्म सुनिएन भने पछि उठेर सबै कुरा हतार हुन्छ म पनि धेरै परेको छु त्यस्तो हतारपनाको शिकारमा!

ल अब स्वास्थ्य कार्यक्रम अघि गरेको बाचा अनुसार प्रस्तुत गर्दै छु!

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम-

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम (ABS) एक डरलाग्दो महिलाघातक रोग हो। यो रोग पुरुषहरुलाई मात्र लाग्छ तर यसको शिकार भने महिलाहरु मात्र हुन्छन्। छैन त अचम्म?
आउनुहोस यो रोग को उत्पत्ति, लक्षण, कारण र निवारणको बारेमा केहिबेर चर्चा गरौँ।

उत्पत्ति-
यसको उत्पत्तिको इतिहास त्यति थाहा नपाइएता पनि यो रोग केनडाँडाबाट उत्पत्ति भएको बिश्वास गरिन्छ। सर्वप्रथम यो रोग केनडाँडामा बस्ने भाउत भाइ भन्डारि नामका एक युवकमा देखिएको हुनाले यसको नाम एक्युट भाउते डन्डिफोर सिन्ड्रोम रहन गएको हो।

लक्षण-
रो रोगले सुरुमा कुनै बिशेष लक्षण नदेखाउने भएकोले रोगले च्यापिसकेपछि मात्र रोग पत्ता लाग्छ। तै पनि निम्न लक्षणहरु यो रोगका बिशेषताहरु हुन्।

१)२४ घन्टामा कयौँ पटक बिना कुनै कारण फ्यास्स हाँस्न मन लाग्ने, ठुस्स रिसाइदिन मन लाग्ने र प्याच्च दायाँ बायाँ नसोचि बोल्न मन लाग्ने।

२)आफ्नो वरिपरि ५ मिटरको अर्धव्यासमा कुनै केटि देखिएमा लागेको निद्रा हराउने, पेट कता कता त्यसै कराउने र त्यत्तिकै बर्बराउने हुन थाल्छ।

३)एक ठाउँमा बसेपछि कतै जान मन नलाग्ने तर पनि कतै जानु पर्ने कुरा मनमनै आफैँसंग र अनलाइन वा फोन मा भएको साथि संग भने बारम्बार दोहोर्याइरहन मन लाग्छ।

४)खाना धेरै रुच्ने तर पकाउन पटक्कै रुचि नहुने।

५)कि त अरुको सालि मन पर्ने के त आफैँले सालि बनाउन मन लाग्ने।

६)सालि संग दोहोरि खेल्न मन लाग्ने, जिस्कन मन लाग्ने र भुत लागेको जस्तो हुने।

७)रोगले धेरै च्यापे पछि बिस्तारै शरिरको बिभिन्न अंगहरुमा डन्डिफोरहरु देखा पर्न थाल्छन। जस्तै- अनुहार, ढाड, पाखुरा, हात, हत्केला र भन्न नहुने अरु ठाउँहरु।

८)डन्डिफोर शरिर भरि फैलिएर काप कापमा आउन थालेको अवश्थालाई नै वास्तवमा एक्युट भाउते डन्डिफोर सिन्ड्रोम भनिन्छ।

९)समयमा उपचार हुन नसकेको खन्डमा यसले रोगिको वरिपरि भएका र परिचित महिलाहरुमा नराम्रो असर पार्छ।

कारण-
कुनै स्पस्ट कारण पत्ता नलागेता पनि तथ्याङ्क अनुसार यो रोगलाई एक किसिमको सामाजिक बन्धन विवाह संग जोडिएको छ।

निवारण-
१)उमेर पुग्ने बित्तिकै विवाह भ्याक्सिन लगायो भने यो रोग लाग्दैन।
२)रोग लागिसकेको खन्डमा एउटै मात्र उपचार विवाह हो।

 
Posted on 08-09-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो तिनो कुरो हो झड्का झड्किले झन अनुभव थपिन्छ तिरु :)

राहुलदा, मेरी कबिता र हजुरको सबिता उस्तै उस्तै भएको थाहा पाउदा खुशी लाग्यो । अर्को पटक उनैको चित्र कोरुम्ला है त । हजुरको शब्दहरु मेरो लागि प्रेरणा श्रोत भएकi छन

 
Posted on 08-09-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा
 
Posted on 08-09-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् जिम्माल् बा लोल्।
आक्युट भउते सिन्ड्रोमको को परिचय पाइयो। आफ्नो त झ्याईं भएकै जुग बितिसकेकोले यस्तो कहाली लाग्दो रोग लाग्ने डर भएन। बरु, हरिया, चित्रे सोम र मदनवालाई चाहि आलर्ट गर्नु पर्ने भयो जस्तो छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters