[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 106313 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-13-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho mis ma tyo sajhako email check nai gardina ke. maile pathae reply.
 
Posted on 07-13-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल्न् २२ हाजिर् मिस्
ए ठुल्नानि तिमि कता हो भनन चित्रे ले तिमिलाइ लेखेको कबिता कस्तो लाग्यो ल ल । अनि चित्रे ल छिट्टै त्यो कथा नि सुनुम्न तर "भोज्" को साटो कथा भन्न चै पाइन्दैन है भन्दिया छ् ।
अनि मिस् र पिरति नानि को चै के हो तेस्तो ल कानाफुसि नि इमेलाँ? कतै मिसले खुसु खुसु प्रीति लाइ जाच् को कोइसन् त आउट् गर्दै हुनुहुन्न? बिचार् गर है इस्कुले साथिहरु हो ।मलाइ चै शंका लागो है।
अनि कुम्ले तपाइ को नि राम्रो छ् अब कबिता भनुम् भनि होइन है कबिता भन्नु होला जे होस् राम्रो छ ।
इन्द्रेनि मोरि कता गैछे,ल मलाइ पहेलो रिबन् ल्याइदिया छु भन्थि दिदा नि दिन्न । मोरी सुनाउछे मात्र।
 
Posted on 07-13-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, त्यो हाजिर खाताको पुछारको नाममा पनि हाजिर गर्दिनुस त। म हाजिर भएँ।
 
Posted on 07-13-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चित्रे मेरो लागि यो भनु जयन्ती को दिन मा कबिता लेखेको म । साह्रै राम्रो छ तपाईं को कबिता । तपाईं को त म पंखा अनि ...... :P
 
Posted on 07-13-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला...!!!! तितौरी, सङ्गै पो परिएछ। शंका गर्लान है घराँ।
:-)>
 
Posted on 07-13-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा धरै दिन पछी फोटो तास्नु भो नि । कता बियस्त हुनु हुन्त्यो ।
लु म एकै बस्नु पर्ला यो चाहरिमा ।
 
Posted on 07-13-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tiru timi pani aauna khusur pusur garna, ramailo hunchha ni. thulnani timi pani aau la.
 
Posted on 07-13-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले! कसरी नि म त सिनियर हो १ किलास् मा ।नयाँ आउनी र पुरानो कहा सङै हो त नि (लौ जा त भाउ खानि लाइ ) :-)
ए ठुल्नानि तिमि कत्ति पन्खा हम्किन्छौ चित्रे लाइ जाडो होला नि ;-)
 
Posted on 07-13-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, मिसले मलाइ डबल प्रोमोसन गरिदिनु भा'छ। तर रोल नम्बर भने जहिले नि पुछाराँ रे।

पछि किलास मनिटर भए पछि जान्या'छु। भाउ खाने पो भन्छिन :पि

:-)>
 
Posted on 07-13-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीति ल तिमि नै एकपटक् खुसुर् गर्देउ त मेरो इमेलाँ ,अनि म गरुला नि फुसुर् ल :) नत्र म हल्ला गर्नुसम्म गर्छु मिस् र तिम्रो खुसुर्फुसुर् को :)
 
Posted on 07-13-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेssssssssss! डबल् प्रोमोसन् कसरि पट्याको कुम्ले मिस् लाइ ?
पक्का बारी मा फलेको धान् को बोरानै घुस् दिएको हुनु पर्छ :D बिकेको थिएन नि त्यो .
 
Posted on 07-13-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी गर्मी भाको भएर पखा हम्काएदेको ।ठिकै छ चित्रेलै जादो हुन्च भनेर् स्वीतर् बुन्दै चु। तिमि धरै पिर् नगर्नु।
 
Posted on 07-13-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी कता आउ म ।
 
Posted on 07-13-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)
लु, रमैलो अर्दै अरम है। मलाई २-४ दिन फुर्सत छैन के। गैराबारीको ठूलोपाटो जोतेर सकेसि झरुम्ला चौतारी तिर फेरि। :-)

:-)
-भउते
 
Posted on 07-13-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते दाइ दिनभरी जोतेर साझ्ँ बिहान् तिर एस्सो चिसो हावा खान चौतरि झरे त हुनि हो नि बरै क्यार्नु होला सबै लाइ असार् ला छ हामि मात्रै सुकुम्बासि पयौ लौ ,फत् फत् गरो बसो ।
 
Posted on 07-13-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् ले पढ भनेर भन्नु भाको थियो त्यो उपल्लो घर्को पन्डितको कान्छो छोरा सँग खोपी खेल्दै बसियो मार्नुहुने भयो मिस् ले आज!
क्यर्नी हो कुन्नी आज मिस् ले डर लागि रा' च्!
***********************************
भौते काजी कहाँ जान लागेको? त्यो दिन भरि बारी जोतेर बेल्का पख यसो चिसो हावा खान झर्नु नि ज्याग्दी फाँटैमा! त्यो गीत छ नि क भन्छ यादै भएन, अलि अलि सम्झिएँ
*******"माया हो पात बजाउँदै झरें है बाटोमा,
भेटौँला ज्याग्दी फाँटैमा"
रोल न्ं १५, मिस्टे
हाजिर मिस्
 
Posted on 07-13-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाम्लेहरू, बाचा गरे अनुसार कथा चैं लेखें तर हतारमा लेखेको, के के भएछ खै, अरू पछि फुर्सदमा लेख्दै गरम्ला।

मेरो जिन्दगीको सिनेमा

ठूलो पर्दामा जब सिनेमा आरम्भ हुन लाग्छ, मधुरो संगीत सँगै कलाकार र अन्य सहयोगीहरूका नाम देखिन थाल्छन्। अनि शुरू हुन्छ पहिलो दृश्य। हरेक मानिसको जीवनको शुरूवात पनि कुनै पहिलो दृश्यबाटै भएको हुन्छ। जब म मेरो जिन्दगीको शुरूवातको स्मरण गर्छु, मलाई त्यो कुनै सिनेमाको शुरूवात जस्तै लाग्छ।

त्यो बेला धरान धनकुटा जोड्ने पक्की सडक निर्माण भैसकेको थिएन, हिंडेरै जानुपर्थ्यो धरानबाट धनकुटा उकाली ओराली गर्दै। हुन त म त्यतिबेला करीब दुई या अढाई वर्षको मात्र थिएँ होला, तर मलाइ याद छ त्यो यात्राको आरम्भ जुन मेरो जीवनकै यात्रारम्भ हो मैले सम्झेसम्म। हामी काठ्माडौंबाट उडेर बिराटनगर पुगेका थियौं रे र त्यसपछि बसमा धरान, तर यो पनि आमाले भन्नुभएको मलाई, मैले यसअघिका घटना पटक्कै सम्झेको छैन।

जब हामी धरानबाट धनकुटा जान तयार भयौं, मैले केही दूरीमा दुइओटा घोडा देखें, एउटा सेतो र अर्को कालो। मेरी कान्छी दिदीले खुशी हुँदै भनिन्, ‘ हेर त चित्रे, कति राम्रा घोडा, अब हामी मम्मी ड्याडीसँगै चढ्ने घोडामा !’
म पनि खुशी हुँदै कराएँ, ‘म सेतो घोडामा चढ्छु!’
मलाइ बाल्यकालमा चम्किला रंग बढी मन पर्थ्यो, अन्य रंग भन्दा चाँडो छुट्याउन सजिलो भएर होला। म कालो, खैरो भन्दा सेतो, पहेंलो रंग बढी छान्थें त्यो बेला।
ती घोडाहरू बुबा र आमाकालागि ल्याइएका थिए, मोटरबाटोको अभावमा पहाडैपहाड धरानबाट धनकुटा पुग्नु निश्चय पनि सहज थिएन। बुबा धनकुटाको कानून कार्यालयमा सरूवा हुनु भएको थियो, त्यसैले हामी सपरिवार त्यतै जाँदै थियौं, जेठी दिदीलाई चैं काठमाडौंमै छाडी।

जिन्दगीमा कहिल्यै पहिले घोडा चढेको अनुभव नभएकोले होला बुबा र आमा घोडा चढ्न चाहनुभएन, बरू पहाडको कठीन बाटो नै हिंड्ने विचार गर्नुभयो। म र दिदी चैं साना भएकाले हिंड्न नसक्ने हुनाले घोडा चलाउने दाइहरूका साथ एक एक घोडामा चढ्यौं, म सेतो घोडामा र दिदी कालो घोडामा। म निकै रमाउँदै थिएँ, रमणीय दृश्यको आवरणमा उकाली ओराली गर्दै घोडा लम्किंदै थिए। म बच्चामा आमालाई प्राय: छोड्दिनथें, तर घोडा चढेपछि मख्ख परेर आफैंमा रमाउँदै थिएँ। केही क्षणपछी मेरी दिदी भीरबाट मुनि औंल्याउँदै चिच्याईन्, ‘हेर त चित्रे, मम्मी ड्याडी त कति साना साना देखिनुभएका!’

मैले तल हेरें, पहाडको मुनि टाढा बाटोमा हिंड्दै गर्नु भएका बुबा र आमा साँच्चै सानो आकारमा देखिनुहुन्थ्यो। हामीलाई देखेर उहाँहरूले हात हल्लाउनु भयो तलै बाट। घोडा चढ्नमा रमाइरहेको म आमा बुबालाइ त्यति टाढा देखेर रून थालें, ‘मम्मी, मम्मी!’ भन्दै। घोडामा दाइहरूले सम्झाउनुभयो मलाई तर म चूपै लागिनँ। बल्ल कत्तिबेर पछि हामी धनकुटा पुगेर मात्र उहाँहरूलाइ नजीक पाउँदा खुशी भएँ। जताततै पहाडै र जंगलले घेरिएको धनकुटा, प्राकृतिक रमणीयताको भण्डार थियो। चौतारा, लाहुरे चौतारा, हाट बजार, सरस्वति थान, देब्रेवास मेरा बाल्यकालका प्रथम स्मृति हुन्।

क्रमश:
 
Posted on 07-13-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चित्रे!!

घोडा चडेको रे?? रमाइलो भयो होला नि?

पछि त्यो धरान धनकुटा बाटो बने पछि गा'छौ? सार्है राम्रो बाटो पो छ त। भेडेटार को तातो थुक्पा अनि तमोर को माछा। धनकुटा को मन्दिर (जेल सङ्गै को)।

ल ल लेखम् अरु पनि।
 
Posted on 07-13-06 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, nice one ! :)
मलाई तेत्ती प्रस्ट याद त छैन तर मनि गा'छु त्यो ठाउ धन्कुटा ,भेडेटार्, बच्चा मा खुब् रमाइलो ला'थिओ खास् गरि त्यो धुपिसल्ला को जङल् .
 
Posted on 07-13-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters