[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 217419 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-25-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त एउ दिनां १०० पुच के रे, तिनै दिना सकिएला जस्तो छ । खोइ सानदाइले अलि लामो हुनि मेसो दिएनि हुनि हो ? अब त रिठ्ठि ( रिदम ), काकी ( डल्लि ) , मिस ( मिस मि) आका छन के रे चौतारीमा, बल्ल केटाहरु होस पुरार बोल्न थाले । नेपे दाजि नै चाइदैन अब त डल्लि काकि को कुचो काफि छ ।
अब त यसो आखा झिम्कायो कि चौतारिमा को को आउने, हेरेर नै नभ्याइने कि । यसो कथा सथा हाले पढ्न हुन्थयो के रे । कथा हाल्ने सप्पै स्वास्थिनि को कथा हाल्न ग जस्ता छन , ल है मैले नि हाले :
यं बर्मा बरुणेन्द्र रुद्रमरुस्तै---
खै भुले जस्तो पो छ ।
 
Posted on 01-25-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यिनिहरुले मलाई रुवाएर छोडीसके, कस्तो होला कुरा नबुझ्नेखालका केटाहरु। मलाई जे भने नि फुफु चाहि नभन भनेको त झन सबैले फुफुपो भन्दा रहेछनबा।

त्यो सबै उसले खाए जस्तो छ। मलाई त केही पनि हात लगेन्।

मेरो छोरो कोक्रोमा बस्दैन के। दुइ बर्स्को केटो कोक्रोम बस्छ त??

यहाँहरु सबैलाई मेरो घर्-परिवार का सबै कुराहरु थाहा रहेछ क्यरे। ल अब देखि होसियरि हुनु पर्यो।
 
Posted on 01-25-06 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यी डल्लीलाई के को लाज हो फूपू भनेकोमा? अब डल्ली नानी, हाम्री फूपू नपरे नी कसै न कसैकी त फूपू त पक्कै पर्छ्यौ होला केरे!
 
Posted on 01-25-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा दाजु-भाइहरु छैनन्, त्यसकारण, म कसैको फुफु पर्दिन।
 
Posted on 01-25-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shree5 के भन्न खोजेको हो खे?
अब कथा सकियो फूलपाती लियेर हात जोड्नु सबजना


ॐ उपनयतु मंगलं व: सकलजगन्मँगलालय:
श्रीमान् दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षण: कृष्ण:
,,,,,,,,,,,,,,,,,,,, परस्मै नारायणायति समर्पयेत्
 
Posted on 01-25-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी डल्ली पनि अचम्मैकि रचन बाइ। अब कुकुरको पुच्छर ढुङ्रोमा राखेर पनि कहिल्यै
सोझिन्छ त? बरु हेर्दै जाउ, क्यै दिन पछि ढुङ्रै भङ्कुरी बाजा जस्तो घुम्रिएनछ भने
मलाई "भउते" नभन्नु ल। :-)
 
Posted on 01-25-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute hoina Bhunte bhannu paryo.
 
Posted on 01-25-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस ! मेरो त हाताँ ले'को फुलपाती पनि हाँस्दाखेरी भैँमा खस्यो । अब डल्लीलाइ फुपू भन्न सिकाको त्यै पापले हो कि ? :D
 
Posted on 01-25-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ssssss त्यसरी जवाफ फर्काम्नु पर्छ भनेको मैले। बल्ल कुरो बुझिछन् डल्लीले। अब ढुङ्रो
बाङ्गिन सुरु भयो। हेर्दै जाउ २-४ दिन मै कति बाङ्गिदो रे'छ :-)
 
Posted on 01-25-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई फुफु र काकी भन्ने जति सबैलाई पाप लग्छ है, एसो होस गर बाबु हो।
 
Posted on 01-25-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा पापै गरिएछ ! गायत्री मन्त्र जपेर पाप पखाल्न परो !
ॐ भुर्भूबस्वतत्सर्वितुर्वरेण्यम्
भर्गो देवस्य धिमही धियो योन:प्राचयोदयात् ॥

लौ अब एउछिन पछि साँइलीको भट्टीतिर ग'र एक बोतल गँगाजल ल्या'र नुहाउन पर्ला !:D
 
Posted on 01-25-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चौबिसै घन्टा मनमा पापै-पाप मात्र राखेर बस्नी, पापै-पापमा सँधैँ बस्न पाए हुन्थ्यो, चइनी
पापैमा रमाउन पाए हुन्थो भन्निहुर सँग पनि पाप लाउच भनेर डराम्चन् त? झन खुशी
हुन्छन। बरु "तिमेरुलाई धर्म होला" भनन डल्ली। अनि त केटाहुरले झुक्केर पनि तिम्लाई
फुपै र सुपै, काकी र साकी चइनी क्यै भन्दैनन। :-)

आजको दिन चइनी डल्लीलाई उपदेश दिएरै जान लाग्यो। :-)

:-)
-भउते
 
Posted on 01-25-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its tooooooooooooooooo much bye alllllllllllll
 
Posted on 01-25-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कस्ता जमाना आए, कसैलाइ मान्नु पनि पाप हुदोरैच । घर हजुराले त भन्थिन, कलि धप धपि बलि । हो कि रैच । अब झन मेसो मिलर काकि भने नि नहुने अनि कसै कसैले चेपारो घसेर डल्लि फुपु भनेर नि नहुनि । अब तेइ भउते ले भने जस्तो होला, डुङ्रो नै आफै बाङेर जाला, के को पुच्छर सिदा हुनि तनि ?
यो मुन्द्रे पनि के भको कुन्नि ? दिउसै गायत्रि मन्तर जपेर हुन्च । यसका गुरुबालाइ भनेर अक्षम घोषित अर्नु पर्ला जस्तो । जाबो एउ लाइनको मन्तर पनि सम्झन नसकेर कराम्दै हिड्च । जनैको चिन्ता को के कुरो उसलाइ तेइ रउसिको झोलको पिर छ । के को पिर अर्चो त नि, त्यो कैले बासि नि हुदैन,कैले नि कुइदैन न; त मुसाले खान्च न त बिरालाले नै खान्च । बरु मुन्छे सं चै जोगार राख है फेरि लुकेर आर तु्च्च पार्देलान । अनि पानि मिसार जालान । मट्टितेला जस्तो देखिन्न के रे पानि मिसाको ? ल है मुन्द्रे भरे वर पौवामा भलिबल ग्याम छ, हेर्न आउनु, उतै तुच्च पारम्ला ।
 
Posted on 01-25-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि ! मिस त रिसा'र हिन्नु भो कि के होला ? अब हाम्रा केटकेटीले इस्कूलाँ पिटाइ खानिभए के रे ! :)
 
Posted on 01-25-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dallilai kati vaneko ta????????? chautaree ma ladies na aaunuparthyo ki sayed !!!!!!!!
 
Posted on 01-25-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो हैन नि मिस, सानो मजाक मत्रै पो त ! आज चौतारीमा डल्लीको शायाद पहिलो दिन हो क्यारे त्यसैले सपैले मजाकमा अलिअलि irritate गराको नि ! सधैँ यस्तै त के को गर्लान र ?
 
Posted on 01-25-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन मिसले इउलिसमा के के भनिन, गालि अरेकि हुन कि मया अरेकि हुन, कसैले बुज्या भे बुझाइदेउ-----
font color="#0000ff">हे मलाइ पनि अंग्रेजि मा बोल्न सिकाइदेउन
अंग्रिजिमै मनको कुरो भन्न सिकाइदेउन
भन भन आइ लभ यु
भन भन आइ लभ यु
---------------
-----------
 
Posted on 01-25-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे, अब मास्टर्नी नानी को पालो :-)।

झगडा गर्न तयार हुनु हुन्छ मास्टर्नी नानी ? पैले नियम बनाम्नु पर्छ। हजुरले त्यो हातको
छडी लिन नपाईनी। मलाई छडी सँग सारै डर लाउच के। :-)
 
Posted on 01-25-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन मिसले इउलिसमा के के भनिन, गालि अरेकि हुन कि मया अरेकि हुन, कसैले बुज्या भे बुझाइदेउ-----
हे मलाइ पनि अंग्रेजि मा बोल्न सिकाइदेउन
अंग्रिजिमै मनको कुरो भन्न सिकाइदेउन
भन भन आइ लभ यु
भन भन आइ लभ यु
---------------
-----------

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters