[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 168133 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 12-20-05 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Damn.... gotcha...
अब हुन्छ होला HTML हो भने हुन्छ, एकछिन है साथीहरू...
 
Posted on 12-20-05 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गौतम जी र सिरे बुरो
 
Posted on 12-20-05 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Congratulations BM.
 
Posted on 12-20-05 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

< font size="4" color="green" > गजब भयो नि अब त... Thanks again friends!!
 
Posted on 12-20-05 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry i did smth wrong in my previous post...:P:P
< font size="4" color="green"> गजब भयो नि अब त... Thanks again friends!!
 
Posted on 12-20-05 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरि बिर्खेले कागे बनायो, जानी जानी उल्लु बनायो, त्यो "&" र "lt;" एकै ठाममा होईन कि, साँच्चै जो तो तिखो परेको चईनी "<" लेखम न रेला नगरिकन, त्याँसी फेरि मुर्गा बनाम त हामीलाई, लौ हेरम त ।

Keep rolling...
 
Posted on 12-20-05 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्के जी

" यस्तो गर्यो भने" लेख्न तल हेर्नुस। :-)

 
Posted on 12-20-05 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Gautam ji :$
 
Posted on 12-20-05 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे बुरो मुर्गा :P:P
 
Posted on 12-20-05 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

< font size="4" color="blue"> Thanks Bhautee bro...
 
Posted on 12-20-05 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-20-05 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Bhautee bro... अब चाइन्जो थाहा भो ...
 
Posted on 12-22-05 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झना-

हरेक रात
तिम्रो यादको दियो बालेर
शैय्यामा लड्छु
सपनीमा पनि तिम्रै अधिकार हुन्छ
बिहानी हुन्छ
तिमिलाई बाहुपाशबाट हटाउने मन हुँदैन
तर यी आँखा खुल्छन्
अनायाशै तिमि हराउँछौ

अनि फेरि
चराहरुको चिरविर सङ्गै
तिमिले गित गाउँछौ
पात पात मा परेको शितको थोपा सङ्गै
तिमी मनभरि छाउँछौ
पूर्वको लालीमा पनि
तिम्रो खालि सिउँदो अझै खालि देख्छु
र त्यो लाली टिपेर रंगाउन खोज्छु

अनि मध्यान्न हुन्छ
सर्वस्व ढाक्ने तातो घामले
तिम्रो मिठो अंगालोको आभाष दिन्छ
तिमि मै हराउँदै हराउँदै
कति बेला सांझ पर्छ पत्तै हुँदैन
घाम डुब्दै जाँदा फेरि
तिम्रो गित सुन्छु
अनि अन्तरा अन्तरामा म हराउँछु

साँझको विरानीमा
एकछिन म एक्लै हुन्छु
फेरि तिमि निशा संगै आउँछौ
मेरो मन ढाकिन्छ, छोपिन्छ र हराउँछ
अनि फेरि अर्को रात पर्छ!!!
 
Posted on 12-22-05 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्वको लालीमा पनि
तिम्रो खालि सिउँदो अझै खालि देख्छु
र त्यो लाली टिपेर रंगाउन खोज्छु


जिम्माल्नी आमैलाई कति सम्झेको?

लप लेटर हो ऊ बेलाको? कि बिहेको प्रस्ताव?
 
Posted on 12-22-05 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गयो जिम्मालको!

.....तिम्रो खालि सिउँदो अझै खालि देख्छु
र त्यो लाली टिपेर रंगाउन खोज्छु
------------------------------------------------
साँझको विरानीमा
एकछिन म एक्लै हुन्छु
फेरि तिमि निशा संगै आउँछौ
मेरो मन ढाकिन्छ, छोपिन्छ र हराउँछ
अनि फेरि अर्को रात पर्छ!!!


सशक्त भाव संयोजन र प्रस्तुतिका लागि बधाइ।
 
Posted on 12-22-05 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा के गर्नु सम्झना आउँछ ( तर यो कबिताको 'तिमि' लाई चाहिँ जिम्माल्नी बनाउँनै बाँकि छ)
:)

धन्यवाद् गौतम जी, भाव संयोजन र प्रस्तुति मन पराइदिनु भएकोमा। तपाई हरुकै प्रभाव हो यो मेरो प्रयास!!
 
Posted on 12-23-05 1:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कहाँ छ मेरो माया?


बर्षौँ कुरेँ मैले!
कहिले साथ खोजेँ
कहिले सान्तवना खोजेँ
फगत एक साथी खोजेँ!

यात्रा मा खोजेँ
बास मा खोजेँ
जिवनको हरेक सास मा खोजेँ

आनन्दमा खोजेँ
खुसिमा खोजेँ
रमाएर त्यसै उल्लासमा खोजेँ

विस्मातमा खोजेँ
त्रासमा खोजेँ
कहाली लाग्दो उदासीमा खोजेँ

आशाको मिठो भावमा खोजेँ
निराशाको घोर त्रासदीमा खोजेँ
यथार्थको विराट,
कटु सत्यमा खोजेँ

तर

खै कहाँ छ मेरो माया?
बर्षौँ कुरेँ मैले
कहिले साथ खोजेँ
कहिले सान्तवना खोजेँ
फगत एक साथी खोजेँ!

 
Posted on 12-23-05 2:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-24-05 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी -

म तिमीमा हराएँ,
मैले के विराएँ?
शायद म,
तिमीलाई मन पराउँछु।

शायद म,
कुमारी युवतीको ओठ बाट फुस्केको
मोहक लजालु मुस्कानको पवित्रतामा हराउँछु ।

शायद म,
उत्सुक, चंचले बालकको
चम्किला आँखाको निर्दोषतामा डुब्छु।

शायद म,
पहिलो वर्षात्को पानी संगै आउने,
पृथ्वीको प्राकृतिक सुगन्धमा बिलाउँछु।

शायद म,
म असारे फाँटको नयाँ हरियाली अनि,
भर्खर फक्रेको गुलाफको सुन्दरतामा बाँच्छु।

शायद म,
तिमीलाई मन पराउँछु
त्यसैले,
म तिमीमा हराएँ,
मैले के विराएँ?


Happy Holiday everyone!!! :)
 
Posted on 12-24-05 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह माइला वाह,
केहि बिराएनौ तिमीले।
तर मुस्कानमा पवित्रता आउनलाई युवती कुमारी नभए पनि हुन्न र?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters